खोजी गर्नुहोस् › विषयहरू › नयाँ नाउँहरू
अचम्मका विवरणहरू
बाइबलमा नयाँ नाउँहरू
पवित्र बाइबल (ULB) का 16 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- असल नाउँ ठूलो धनभन्दा बढी चाहनलायक हुन्छहितोपदेश 22:1
पदहरू
हितोपदेश 22:1धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु अनि निगाह सुन र चाँदीभन्दा उत्तम हो।
उदाहरणहरू
- अब्राम अब्राहाम भएउत्पत्ति 17:5
पदहरू
उत्पत्ति 17:5तेरो नाम अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ। किनकि म तँलाई धेरै जातिका पिता हुनलाई नियुक्त गर्छु।
- सारै सारा भइन्उत्पत्ति 17:15
पदहरू
उत्पत्ति 17:15पमेश्वरले अब्राहामलाई भन्नुभयो, “तेरी पत्नी साराईलाई चाहिँ अबदेखि साराई भनेर नबोलाउनू। तर त्यसको नाउँ सारा हुनेछ।
- याकूब इस्राएल भएउत्पत्ति 32:28
पदहरू
उत्पत्ति 32:28ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ। किनकि तिमीले परमेश्वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ।”
- राहेलले छोराको नाउँ बेन-ओनी राखिन्; उनका बुबाले उनलाई बेन्यामीन भनेउत्पत्ति 35:18
पदहरू
उत्पत्ति 35:18उनको प्राण जाने बेलामा उनी चिच्च्याउँदै गर्दा उनले त्यसको नाउँ बेन-ओनी राखिन्, तर त्यसका पिताले त्यसलाई बेन्यामीन नाउँ दिए।
- फारोले योसेफको नाउँ सापनत-पानेह राखेउत्पत्ति 41:45
पदहरू
उत्पत्ति 41:45फारोले योसेफको नाउँ “सापनत-पानेह” राखिदिए। तिनले योसेफलाई पुजारी पोतीपेराकी छोरी आसनतसित विवाह गराइदिए। योसेफ मिश्र देशभरि जान्थे।
- मोशाले नूनका छोरा होशियालाई यहोशू नाउँ दिएगन्ती 13:16
पदहरू
गन्ती 13:16मोशाले भूमिको जाँच गर्न पठाएका मानिसहरूका नाउँ यिनै थिए। मोशाले नूनका छोरा होशियालाई यहोशू नाउँ राखे।
- नाओमी: मलाई नाओमी होइन, तितो भनरूथ 1:20
पदहरू
रूथ 1:20तर तिनले तिनीहरूलाई भनिन्, “मलाई नाओमी नभन। मलाई तितो भन, किनभने सर्वशक्तिमानले मसँग धेरै तिक्ततापूर्ण रूपमा व्यवहार गर्नुभएको छ।
- सोलोमनको अर्को नाउँ यददीयाह पनि थियो२ शमूएल 12:24–25
पदहरू
२ शमूएल 12:24–25दाऊदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए र उनकहाँ गए र उनीसँग सुते। पछि उनले एउटा छोरा जन्माइन् र त्यो बालककको नाउँ सोलोमन राखियो। परमप्रभुले त्यसलाई प्रेम गर्नुभयो र तिनको नाउँ यददीयाह राख्नू भनी उहाँले नातान अगमवक्ताद्वारा सन्देश पठाउनुभयो, किनभने परमप्रभुले तिनलाई प्रेम गर्नुभयो।
- फारो नेकोले एल्याकीमको नाउँ बदलेर यहोयाकीम राखे२ राजाहरू 23:34
पदहरू
२ राजाहरू 23:34फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको ठाउँमा राजा बनाए, र तिनको नाउँ बद्ली यहोयाकीम राखे। तर तिनले यहोआहाजलाई चाहिँ मिश्रदेशमा लगे, जहाँ तिनको मृत्यु भयो।
- बेबिलोनका राजाले मत्तन्याहको नाउँ बदलेर सिदकियाह राखे२ राजाहरू 24:17
पदहरू
२ राजाहरू 24:17बेबिलोनका राजाले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा बनाए, र तिनकको नाउँ बद्लेर सिदकियाह राखे।
- दानिएल, हनन्याह, मीशाएल, अजर्याह: बेलतसजर, शद्रक, मेशक, अबेद्नगोदानिएल 1:7
पदहरू
दानिएल 1:7प्रमुख अधिकारीले तिनीहरूलाई यी नाउँहरू दिए: दानिएललाई तिनले बेलतसजर भने, हनन्याहलाई तिनले शद्रक भने, मीशाएललाई तिनले मेशक भने र अजर्याहलाई तिनले अबेद्नगो भने।
- सिमोनलाई केफास, अर्थात् पत्रुस भनियोयूहन्ना 1:42
पदहरू
यूहन्ना 1:42उनले आफ्ना भाइलाई येशूकहाँ ल्याए। अनि येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, “तिमी यूहन्नाका छोरा सिमोन हौ। तिमीलाई केफास (जसको अर्थ पत्रुस हो) भनिनेछ।
- याकूब र यूहन्नालाई बोअनर्गेश, गर्जनका छोराहरू नाउँ दिइयोमर्कूस 3:17
पदहरू
मर्कूस 3:17जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो;
- साइप्रसका योसेफलाई बारनाबास, उत्साहको पुत्र भनियोप्रेरित 4:36
पदहरू
प्रेरित 4:36साइप्रसबाट आएका योसेफ नाउँका एक जना मानिस थिए जो लेवी कुलका थिए जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हुन्छ) नाउँ राखिदिएका थिए।
- शाऊल, जसलाई पावल पनि भनिन्थ्योप्रेरित 13:9
पदहरू
प्रेरित 13:9तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, उसलाई एकटक लाएर हेरे
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार