Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › बाटोहरू

अचम्मका विवरणहरू

बाइबलमा बाटोहरू

पवित्र बाइबल (ULB) का 15 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • इस्राएलले एदोम हुँदै राजमार्गमै रहने अनुमति माग्योगन्ती 20:17–19
    पदहरू
    गन्ती 20:17–19हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु। हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ। हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्‍ने छैनौँ।” तर एदोमको राजाले तिनलाई जवाफ दिए, “तिमीहरू यो मुलुक भएर जान सक्दैनौ। तिमीहरू आयौ भने, म तरवार लिएर आक्रमण गर्न आउने छु।” अनि इस्राएलका मानिसहरूले तिनलाई भने, “हामी राजमर्ग भएर मात्र जाने छौँ। यदि हामी र हाम्रा गाईवस्तुहरूले पानी पिए भने हामी यसको मूल्य तिर्ने छौँ। कुनै कुरा नगरी हामीलाई पैदल जान मात्र दिनुहोस्।”
  • एमोरीहरूका सीहोनसँग पनि त्यही बिन्तीगन्ती 21:22, व्यवस्था 2:27
    पदहरू
    गन्ती 21:22“हामीलाई तपाईंको मुलुक भएर जान दिनुहोस्। हामी खेत वा दाखबारी कतै पस्‍ने छैनौँ। हामी तपाईंका इनाहरूबाट पानी पिउने छैनौँ। हामी तपाईंको सिमाना पार नगरेसम्म राजमार्ग भएर मात्र यात्रा गर्छौं।”
    व्यवस्था 2:27'मलाई तपाईंको देश भएर जान दिनुहोस्। म लोकमार्ग भएर जानेछु। म दाहिने र देब्रे लाग्‍ने छैनँ।
  • शरणका सहरहरूसम्म बाटोहरू बनाइएव्यवस्था 19:3
    पदहरू
    व्यवस्था 19:3परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशलाई तिन भागमा विभाजन गरी ती सहरहरूमा जाने सिमाना निर्धारण गर्नू ताकि ज्यानमारा त्यहाँ भागेर जान सकोस्।
  • राहेललाई एप्रात जाने बाटोमा गाडियोउत्पत्ति 35:19
    पदहरू
    उत्पत्ति 35:19राहेल मरिन् र एप्राता (अर्थात् बेथलेहेम) जाने बाटोमा उनलाई गाडियो।
  • यहोशूले बेथ-होरोनको उकालोमा शत्रुलाई खेदेयहोशू 10:10
    पदहरू
    यहोशू 10:10परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्योलमा पार्नुभयो, र इस्राएलले गिबोनमा ठुलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ-होरोनसम्मै खेदे। तिनीहरूले आजेका र मक्‍केदाको बाटोसम्मै उनीहरूलाई मारे।
  • शमगरको समयमा राजमार्गहरू सुनसान थिएन्यायकर्ताहरू 5:6
    पदहरू
    न्यायकर्ताहरू 5:6शमगर (अनातका छोरा) को समयमा, याएलको समयमा, मुल बाटोहरू त्यागिएका थिए, अनि पदयात्रीहरूले घुमाउरा बाटोहरू मात्र प्रयोग गरे।
  • बेथेलदेखि शकेम जाने बाटोको पूर्वमा शीलोन्यायकर्ताहरू 21:19
    पदहरू
    न्यायकर्ताहरू 21:19यसैले तिनीहरूले भने, “तिमीहरूलाई थाहा छ, कि हरेक वर्ष शीलोमा परमप्रभुको निम्ति एउटा भोज हुन्छ (जुनचाहिं बेथेलको उत्तरमा, बेथेलबाट शकेमजाने बाटोको पूर्व, र लबोनाको दक्षिणमा पर्छ)।”
  • गाईहरूले सन्दूकलाई सिधै बेथ-शेमेशको बाटोमा तानेर लगे१ शमूएल 6:12
    पदहरू
    १ शमूएल 6:12गाईहरू सोझै बेथ-शेमेशको दिशातिर गए। ती गाईहरू कराउँदै गए तर दाँया र बाँया कतैतिर नलागी, तिनीहरू लोकमार्ग हुँदै गए। पालिश्‍तीहरूका शासकहरू बेथ-शेमेशको सिमानासम्म नै तिनीहरूको पछि-पछि गए।
  • कुलोको छेउमा धोबीको खेत जाने बाटोयशैया 7:3
    पदहरू
    यशैया 7:3तब परमप्रभुले यशैयालाई भन्‍नुभयो, “तेरो छोरा शार्यासूबलाई साथमा लिएर आहाजलाई भेट्न धोबीको खेत जाने बाटोमा माथिल्लो पोखरीको नहरको छेउमा जा।
  • यरूशलेमबाट यरीहो झर्दै गरेको एक मानिस डाँकाहरूको फेला पर्‍योलुका 10:30–31
    पदहरू
    लुका 10:30–31येशूले जवाफ दिँदै भन्‍नुभयो, एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो। ऊ लुटेराहरूको हातमा पर्‍यो, जसले उसका सम्पत्तिहरू लुटे र उसलाई पिटे, अनि उसलाई अर्ध-मृत अवस्थामा छोडे। त्यसै बेला एक जना पुजारी त्यही बाटो भएर झरे र जब उनले त्यसलाई देखे, तिनी अर्को छेउबाट भएर गए।
  • यरीहोबाट निस्कने बाटोको छेउमा बारतिमै बसिरहेका थिएमर्कूस 10:46
    पदहरू
    मर्कूस 10:46उहाँहरू यरीहोमा आउनुभयो। र उहाँ आफ्ना चेलाहरू र ठुलो भिडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्‍टिविहीन भिखारी बाटोमा बसेको थियो।
  • यरूशलेमबाट करिब सात माइल टाढाको इम्माउसलुका 24:13
    पदहरू
    लुका 24:13हेर, तिनीहरू दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी किलोमिटर टाढा थियो।
  • यरूशलेमदेखि गाजा जाने मरुभूमिको बाटोप्रेरित 8:26
    पदहरू
    प्रेरित 8:26अब परमप्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर जाऊ जहाँ यरूशलेमदेखि गाजासम्म जाने बाटो छ (यो बाटो उजाड-स्थानमा पर्दछ)।”
  • गालील जाँदा येशू सामरिया भएर जानुपर्‍योयूहन्ना 4:3–5
    पदहरू
    यूहन्ना 4:3–5उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो। तर उहाँ सामरिया भएर जानु आवश्‍यक थियो। त्‍यसैले, उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार