Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › सलहहरू

अचम्मका विवरणहरू

बाइबलमा सलहहरू

पवित्र बाइबल (ULB) का 14 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • सलह, खुइले-सलह, किथ्रो र फटेङ्ग्रा खान अनुमति थियोलेवीहरू 11:22
    पदहरू
    लेवीहरू 11:22तिमीहरूले कुनै पनि प्रकारका सलह, खुइले-सलह, किथ्रो, वा फटेङ्ग्रो पनि खान मिल्छ।
  • बप्तिस्मा दिने यूहन्‍ना सलह र वन-मह खान्थेमत्ती 3:4, मर्कूस 1:6
    पदहरू
    मत्ती 3:4अब यूहन्‍नाले उँटको रौँका वस्‍त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे। उनका खानेकुरा सलह र वन-मह थिए।
    मर्कूस 1:6यूहन्‍नाले ऊँटको रौँबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्‍थे र तिनले सलहहरू र वन मह खान्थे।
  • सलहहरूको राजा हुँदैन, तैपनि ती लस्करमा अघि बढ्छन्हितोपदेश 30:27
    पदहरू
    हितोपदेश 30:27सलहहरूको कुनै राजा हुँदैन, तरै पनि तिनीहरू हुल बाँधेर अगाडि बढ्छन्।
  • सोलोमन अनिकाल, डढुवा, ढुसी र सलहबारे प्रार्थना गर्छन्१ राजाहरू 8:37
    पदहरू
    १ राजाहरू 8:37जब देशमा अनिकाल पर्दा वा रोग, विपत्ति, वनस्पति ओइलाउने ढुसी वा शीत वा सलहहरू वा झुसिलकिराहरू आउँदा वा तिनीहरूको कुनै सहरमा मूलद्वारमा शत्रुले आक्रमण गर्‍यो वा त्यहाँ कुनै विपत्ति वा रोग लाग्दा,
  • तिमी धेरै बीउ छर्नेछौ, तर सलहले खाइदिनेछव्यवस्था 28:38
    पदहरू
    व्यवस्था 28:38तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ, तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन्।

मिश्रमा विपत्ति

  • मोशाले देश ढाक्ने र घरहरू भर्ने सलहबारे चेतावनी दिएप्रस्थान 10:4–6
    पदहरू
    प्रस्थान 10:4–6तैँले मेरा मानिसहरूलाई जान दिन इन्कार गरिस् भने सुन्, भोलि म तेरो देशमा सलहहरू ल्याउनेछु। कसैले जमिनलाई देख्‍न नसक्‍ने गरी तिनीहरूले भुइँलाई ढाक्‍नेछन्। असिनाबाट बचेर रहेका कुनै पनि चिज तिनीहरूले खाइदिनेछन्। खेतमा उम्रने हरेक रुखलाई पनि तिनीहरूले खाइदिनेछन्। तिनीहरू तेरा, तेरा सबै अधिकारीसाथै सबै मिश्रीका घरहरूमा भरिनेछन्। यस्तो तिमीहरूका बुबा र हजुर बुबाहरूले पृथ्वीको स्थापना भएदेखि आजको दिनसम्म कहिल्यै देखेका छैनन्'।” त्यसपछि मोशा फारोकहाँबाट निस्केर गए।
  • पूर्वी बतासले बिहानसम्म तिनीहरूलाई ल्यायोप्रस्थान 10:13
    पदहरू
    प्रस्थान 10:13मोशाले आफ्नो लट्ठी मिश्र देशमाथि पसारे अनि परमप्रभुले दिनरात समस्त देशमा पूर्वीय बतास चलाइदिनुभयो। बिहान हुँदा पूर्वीय बतासले सलहहरू ल्याएको थियो।
  • देश कालो भयो; केही हरियो बाँकी रहेनप्रस्थान 10:14–15
    पदहरू
    प्रस्थान 10:14–15सलहहरू मिश्र देशभरि गए र यसका सबै भू-भागमा हुल-हुल भएर बसे। त्यस देशमा सलहहरूको यस्तो हुल कहिल्यै देखा परेको थिएन र यसपछि पनि यस्तो कहिल्यै हुनेछैन। पुरै अन्धकार हुने गरी तिनीहरूले पुरै देशको सतहलाई ढाके। असिनाले नष्‍ट गरेर छाडेका रुखहरूका सबै फल र खेतका सबै बोट-बिरुवा तिनीहरूले खाइदिए। मिश्र देशभरि कुनै जीवित हरियो बिरुवा बाँकी रहेन न त खेतमा नै कुनै रुख-बिरुवा बाँकी रह्‍यो।
  • पश्चिमी बतासले तिनीहरूलाई लाल समुद्रमा उडाइदियोप्रस्थान 10:19
    पदहरू
    प्रस्थान 10:19परमप्रभुले निकै शक्तिशाली पश्‍चिमी बतास चलाइदिनुभयो जसले सलहहरूलाई उडाई लाल समुद्रमा लग्यो। मिश्रका इलाकाभित्र एउटै पनि सलह रहेन।

तुलनाहरू

  • योएल: एउटा सलहले छोडेको अर्कोले खायोयोएल 1:4
    पदहरू
    योएल 1:4बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठुला सलहले खाएका छन्, ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्‍याङ्‍ग्राले खाएका छन्, र फट्‍याङ्‍ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्‍किराले खाएका छन्।
  • मिद्यानीहरू सलहको हुलझैँ आएन्यायकर्ताहरू 6:5, न्यायकर्ताहरू 7:12
    पदहरू
    न्यायकर्ताहरू 6:5तिनीहरूले आफ्‍ना पाल्तु वस्तुहरू र पालहरू लिएर आउँदा, तिनीहरू सलहहरूका हुलझैं हुन्‍थे, र तिनीहरूका मानिसहरू र ऊँटहरू गन्‍न असम्भव हुन्थ्यो। त्यस देशलाई नष्‍ट गर्नको निम्ति तिनीहरूले आक्रमण गर्थे।
    न्यायकर्ताहरू 7:12मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेसीमा, सलहका हुलझैं भेला भएर बसेका थिए। तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए।
  • अनाकका सन्तानको छेउमा जासुसहरूले आफूलाई फट्याङ्ग्राजस्तो पाएगन्ती 13:33
    पदहरू
    गन्ती 13:33हामीले त्यहाँ देखेका सबै मानिस अग्ला कदका छन्। हामीले त्यहाँ दैत्यहरू अर्थात् अनाकका सन्तानहरू देख्यौँ जो दैत्यहरूबाट आएका थिए। तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ।”

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार