Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › जहाज र समुद्री यात्रा

अचम्मका विवरणहरू

बाइबलमा जहाज र समुद्री यात्रा

पवित्र बाइबल (ULB) का 31 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • नोआको जहाज: गोफेर काठको, कोठाहरूसहित, अलकत्राले पोतिएकोउत्पत्ति 6:14–15
    पदहरू
    उत्पत्ति 6:14–15तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू। जहाजभित्र कोठाहरू बनाउनू र त्यसलाई भित्र-बाहिर अलकत्र लगाउनू। तैँले यसलाई यसरी बनाउनुः यसको लम्बाइ एक सय चालिस मिटर, चौडाइ तेईस मिटर र यसको उच्‍चाइ चौध मिटरको होस्।
  • सोलोमनले लाल समुद्रको एस्योन-गेबेरमा जहाजी बेडा बनाए१ राजाहरू 9:26
    पदहरू
    १ राजाहरू 9:26सोलोमन राजाले लाल समुद्रको किनारमा भएको एदोमको एलात नजिकै एस्योन-गेबेरमा जहाजहरू बनाए।
  • हीरामका नाविकहरूले ओपीरबाट 450 तोडा सुन ल्याए२ इतिहास 8:18
    पदहरू
    २ इतिहास 8:18अनि हीरामले समुद्रको बारेमा जानकारी भएका मानिसहरूसहितका आफ्‍ना अधिकारीहरूका कमाण्‍डमा रहेका रहेका पानी जहाजहरू पठाइदिए र सोलोमनका सेवकहरूका साथमा तिनीहरू ओपीरमा गए र तिनीहरूले त्‍यहाँबाट सोह्र टन सुन ल्‍याए र त्‍यो सोलोमन राजालाई दिए।
  • हरेक तीन वर्षमा: सुन, चाँदी, हात्तीदाँत, बाँदर र मयूर१ राजाहरू 10:22
    पदहरू
    १ राजाहरू 10:22हीरामका जहाजहरूसँगै समुद्रमा सोलोमन राजाका पनि जहाजहरू थिए। हरेक तिन वर्षमा एक पटक जहाजहरूले सुन, चाँदी, हस्ति-हाडसाथै ढेडु र बाँदरहरू ल्याउने गर्थे।
  • यहोशापातका जहाज यात्रा गर्नुअघि नै भत्किए१ राजाहरू 22:48, २ इतिहास 20:36–37
    पदहरू
    १ राजाहरू 22:48यहोशापातले समुद्रमा आवात-जावत गर्ने जहाजहरू बनाए। ती सुनको लागि ओपीरमा जानुपर्थ्यो, तर एस्योन-गेबेरमा ध्वंश भएको कारण ती जान सकेनन्।
    २ इतिहास 20:36–37तर्शीशमा जाने जहाजहरू बनाउनको निम्ति तिनले उनीसँग मित्रता गरे। तिनीहरूले एस्‍योन-गेबेरमा जहाजहरू बनाए। तब मारेशाका दोदाबाहुका छोरा एलीएजरले यहोशापातको विरुद्धमा अगमवाणी बोले। तिनले भने, “तपाईंले अहज्‍याहसँग मित्रता गर्नुभएको हुनाले, परमप्रभुले तपाईंका योजनाहरू नष्‍ट पार्नुभएको छ।” ती जहाजहरू नष्‍ट भए ताकि ती तैरन सकेनन्।'
  • इजकिएल टुरोसलाई सल्ला, देवदारु, फलाँट र मलमलको जहाजको रूपमा चित्रण गर्छन्इजकिएल 27:5–7
    पदहरू
    इजकिएल 27:5–7तिनीहरूले तेरा सबै काठपात हर्मन पर्वतका सल्‍लाहरूबाट बनाए। तिनीहरूले तेरा लागि मस्‍तूल बनाउनलाई लेबनानको देवदारु ल्‍याए। तेरा पतवारहरू तिनीहरूले बाशानबाट ल्‍याएका फलाँटबाट बनाए। साइप्रसका सल्‍लाका काठले तिनीहरूले जहाजका तला बनाए, र त्‍यसलाई हस्‍ती-हाडको जलप लगाए। तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपडाबाट बनेको थियो। त्‍यसैले तेरो झन्‍डाको काम गर्‍यो। एलीशाहको किनारका नीलो र बैजनी रङ्गका कपडा तेरो चँदुवाका निम्‍ति प्रयोग भए।
  • निगालोका डुङ्गाहरूले पानीमा दूतहरू बोक्थेयशैया 18:2
    पदहरू
    यशैया 18:2जसले नरकटका डुङ्गाहरूमा समुद्रहुँदै राजदूतहरू पठाउँछ। हे फुर्तिला दूतहरू, सबै अग्ला र चिल्ला जातिकहाँ जाओ, टाढा नजिकका मानिसलाई डराउनेहरू, एउटा बलियो र विजयी जाति जसको देशलाई नदीहरूले विभाजन गर्छ।
  • ठूलो जहाज एकदमै सानो पतवारले चलाइन्छयाकूब 3:4
    पदहरू
    याकूब 3:4पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीँ लगिन्छ।
  • समुद्रमा जहाजको बाटो: आगूरका निम्ति अति अचम्मकोहितोपदेश 30:18–19
    पदहरू
    हितोपदेश 30:18–19तिनवटा कुरा छन्, जुन मेरा लागि ज्यादै उदेकका छन्, चारवटा छन्, जसलाई म बुझ्न सक्दिनँ: आकाशमा चिलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बिचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल।

यात्राहरू

  • योनाले तर्शीश जाने जहाजको भाडा तिरेयोना 1:3
    पदहरू
    योना 1:3तर परमप्रभुको उपस्थितिबाट भाग्‍न, र तर्शीशतिर जानलाई योना उठे। तिनी तल योप्‍पामा गए र तर्शीशतिर जाने एउटा पानी-जहाज फेला पारे। त्यसैले तिनले जहाजको भाडा तिरे र परमप्रभुको उपस्थितिबाट टाढा तर्शीशमा तिनीहरूसितै जानलाई त्यही जहाजमा चढे।
  • आँधीमा नाविकहरूले माल समुद्रमा फालेयोना 1:4–5
    पदहरू
    योना 1:4–5तर परमप्रभुले समुद्रमा एउटा ठुलो बतास पठाउनुभयो र त्यो समुद्रमा एउटा शक्तिशाली आँधी बन्यो। जहाज चाँडै नै नष्‍ट हुन लाग्‍दैछ भन्‍ने थाहा भयो। तब नावीकहरू धेरै डराए र हरेक मानिसले आ-आफ्नै देवतालाई पुकार्‍यो। जहाजलाई हलुको बनाउनका निम्ति त्यसका मालसामान तिनीहरूले समुद्रमा फाले। तर योनाचाहिं जहाजको भित्री भागमा तल गएका थिए, र तिनी त्‍यहाँ मस्त निद्रामा सुतिरहेका थिए।
  • तिनीहरूले जोडसँग खियाए, तर किनारमा पुग्न सकेनन्योना 1:13
    पदहरू
    योना 1:13तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्‍यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो।
  • येशूले सिमोनको डुङ्गाबाट भीडलाई सिकाउनुभयोलुका 5:2–3
    पदहरू
    लुका 5:2–3उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्‍नुभयो। जालहारीहरूले बाहिर निस्‍केर आफ्ना जालहरू धोइरहेका थिए। येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिँ सिमोनको थियो र उनलाई जमिनभन्दा पर पानी भएको ठाउँतिर लैजान भन्‍नुभयो। त्यसपछि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउनुभयो।
  • आँधीमा येशू डुङ्गाको पछाडिपट्टि सिरानीमा सुत्नुभयोमर्कूस 4:37–38
    पदहरू
    मर्कूस 4:37–38त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्‍न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो। तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्‍त निदाउनुभएको थियो। तिनीहरूले भने, “गुरुज्यू, हामी मर्न लागिसक्दा पनि तपाईंलाई वास्ता छैन?”
  • चेलाहरू बतासको विरुद्धमा कष्टसाथ खियाएमर्कूस 6:48
    पदहरू
    मर्कूस 6:48तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो। लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्‍न चाहनुभयो।
  • पावलको तीन पटक जहाज भत्कियो र उनले एक दिन खुला समुद्रमा बिताए२ कोरिन्थी 11:25
    पदहरू
    २ कोरिन्थी 11:25मलाई तिन पल्ट लौराले पिटियो। एक पल्ट मलाई ढुङ्गाले हानियो। तिन पल्ट म पानी जहाज दुर्घटनामा परेँ। मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु।

पावलको रोमको यात्रा

  • एसियाको किनार भएर जाने एड्रामिटेनोसको जहाजप्रेरित 27:2
    पदहरू
    प्रेरित 27:2हामी एड्रामिटेनोसबाट जहाजमा चढ्यौँ, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो। त्यसैले, हामी समुद्रतिर गयौँ। माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए।
  • उपवासपछि समुद्री यात्रा खतरनाक थियोप्रेरित 27:9
    पदहरू
    प्रेरित 27:9हामीले ज्यादै धेरै समय लगायौँ। यहूदी उपवासको समय पनि बितिसकेको थियो। सामुद्रिक यात्रा खतरनाक भएको थियो। त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,
  • उत्तर-पूर्वी तुफान आयो; तिनीहरूले जहाजमुनि डोरी बाँधेप्रेरित 27:14, प्रेरित 27:17
    पदहरू
    प्रेरित 27:14तर त्यसको केही समयपछि डरलाग्दो उत्तर-पूर्वी नामक तुफान चल्यो र त्यो सम्पूर्ण टापुभरि हामीमाथि बज्रन थाल्यो।
    प्रेरित 27:17जब तिनीहरूले यसलाई माथि उचाले, त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे। हामीहरू सिरटिसको बलौटे धापमा फस्छौँ कि भनेर तिनीहरू डराएका थिए। त्यसैले, तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैँ तैरन थाल्यो।
  • माल, अनि जहाजका सामग्री समुद्रमा फालिएप्रेरित 27:18–19
    पदहरू
    प्रेरित 27:18–19हामी आँधीद्वारा धेरै धकेलियौँ। त्यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे। तेस्रो दिन जहाज चालकहरूले जहाजलाई नियन्‍त्रण गर्न सामान पुन: फाले।
  • गहिराइ नाप्दा: पानी कम गहिरो हुँदै जान्छप्रेरित 27:28
    पदहरू
    प्रेरित 27:28तिनीहरूले गहिराइ नापे र गहिराइ लगभग छत्तिस मिटर भएको पत्ता लगाए, केही समय पछि फेरि उनीहरूले नाप लिए र गहिराइ सत्ताइस मिटर भएको पत्ता लगाए।
  • पछाडिबाट चारवटा लङ्गर खसालिएप्रेरित 27:29
    पदहरू
    प्रेरित 27:29हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौं कि भनेर तिनीहरू डराए, त्यसैले तिनीहरूले जहाजको पछाडि पट्टिबाट चारवटा लंगर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे।
  • नाविकहरू सानो डुङ्गामा भाग्न खोजे; सिपाहीहरूले त्यसलाई काटिदिएप्रेरित 27:30, प्रेरित 27:32
    पदहरू
    प्रेरित 27:30जहाज चालकहरूले त्यो जहाजलाई त्याग्‍नको लागि बाटो खोजिरहेका थिए र सानो डुङ्गा समुद्रमा तल झारे अनि जहाजको अगाडिको भागबाट लंगरहरू तल खसाल्छौँ भनी बहाना बनाए।
    प्रेरित 27:32त्यसपछि सिपाहीहरूले त्यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए।
  • जहाजमा 276 जना मानिस थिएप्रेरित 27:37
    पदहरू
    प्रेरित 27:37हामी जहाजमा 276 जना मानिस थियौँ।
  • जहाज हलुका पार्न तिनीहरूले अन्‍न समुद्रमा फालेप्रेरित 27:38
    पदहरू
    प्रेरित 27:38जब उनीहरूले पर्याप्‍त खाना खाए, त्यसपछि तिनीहरूले गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए।
  • जहाज बालुवामा अड्कियो र पछाडिको भाग टुक्रियोप्रेरित 27:41
    पदहरू
    प्रेरित 27:41तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो। जहाजको अगाडिको भाग त्यहीँ अड्‌कियो र जहाज हलचल गर्न सकेन। तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो।
  • सबै किनारमा पुगे, कोही फल्याकमाप्रेरित 27:44
    पदहरू
    प्रेरित 27:44त्यसपछि तिनले बाँकी मानिसहरू जाऊन्, कोही काठका तख्ताहरूमा र केही जहाजका अन्य सामानहरूमा चढेर जाऊन् भने। यसरी हामी सबै जना जमिनमा सुरक्षित आइपुग्यौँ।
  • जुम्ल्याहा दाजुभाइको तस्बिर भएको अलेक्जेन्ड्रियाको जहाजमा रोमतिरप्रेरित 28:11
    पदहरू
    प्रेरित 28:11तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्‍यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार