Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › खुट्टा र हात धुनु

अचम्मका विवरणहरू

बाइबलमा खुट्टा र हात धुनु

पवित्र बाइबल (ULB) का 27 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • अब्राहाम पाहुनाहरूलाई खुट्टा धुन र आराम गर्न पानी दिन्छन्उत्पत्ति 18:4
    पदहरू
    उत्पत्ति 18:4केही पानी ल्‍याउन दिनुहोस्, र तपाईंहरू आफ्‍ना गोडा धुनुहोस्, र यही रुखमुनि आराम गर्नुहोस्‌।
  • लोत: खुट्टा धोएर रात बिताउनुहोस्उत्पत्ति 19:2
    पदहरू
    उत्पत्ति 19:2तिनले भने “मेरा मालिक, म बिन्ती गर्दछु, कि आफ्नो दासको घरभित्र आउनुहोस्, आजको रात यहीँ बिताउनुहोस्, र आफ्ना पाउ धुनुहोस्। त्यसपछि बिहान सबेरै उठेर तपाईंहरू आफ्नो बाटो लाग्‍न सक्‍नुहुन्छ।” उनीहरूले जवाफ दिए, “होइन, हामी सहरको चोकमा नै रात बिताउनेछौँ।
  • लाबानको घरले अब्राहामका सेवक र उनका मानिसहरूलाई खुट्टा धुन पानी दिन्छउत्पत्ति 24:32
    पदहरू
    उत्पत्ति 24:32तब त्‍यो मानिस घरमा गयो र ऊँटहरूका भारीहरू झार्‍यो। उँटहरूलाई पराल र दाना दिइयो, अनि त्यस मानिस र त्‍यससित हुने मानिसहरूका निम्‍ति खुट्टा धुने पानी पनि दिइयो।
  • योसेफका भण्डारेले दाजुभाइलाई खुट्टा धुन पानी दिन्छउत्पत्ति 43:24
    पदहरू
    उत्पत्ति 43:24भण्डारेले ती मानिसहरूलाई योसेफको घरभित्र लग्यो। त्यसले पानी दियो, र तिनीहरूले आ-आफ्ना गोडा धोए। त्यसले तिनीहरूका गधाहरूलाई पनि दानापानी दियो।
  • गिबामा वृद्ध मानिसको घरमा तिनीहरूले खुट्टा धोए, खाए र पिएन्यायकर्ताहरू 19:21
    पदहरू
    न्यायकर्ताहरू 19:21त्यसैले ती मानिसले ती लेवीलाई आफ्नो घरभित्र ल्याए र गधाहरूलाई केही खान दिए। तिनीहरूले आफ्ना खुट्टा धोए र खाए र पिए।
  • अबीगेल: मेरा मालिकका सेवकहरूका खुट्टा धुन तयार छु१ शमूएल 25:41
    पदहरू
    १ शमूएल 25:41उनी उठिन्, आफ्‍नो अनुहार जमिनमा घोप्टो पारिन् र भनिन्, “हेर्नुहोस्, तपाईंकी दासी मेरो मालिकको सेवकहरूका खुट्टा धुने दासी हुँ।”
  • दाऊद उरियाहलाई: आफ्नो घर गएर खुट्टा धोऊ२ शमूएल 11:8
    पदहरू
    २ शमूएल 11:8दाऊदले उरियाहलाई भने, “तल आफ्नो घरमा जाऊ र आफ्नो खुट्टा धोऊ।” त्यसैले उरियाह राजाको दरबारबाट गए र राजाले उरियाह गएपछि तिनको पछिपछि उपहार पठाए।
  • दाऊद टाढा हुँदा मपीबोशेतले आफ्ना खुट्टाको हेरचाह गरेनन्२ शमूएल 19:24
    पदहरू
    २ शमूएल 19:24त्यसपछि शाऊलका नाति मपीबोशेत राजालाई भेट्न तल आए। तिनले राजा गएको दिनदेखि उनी शान्तिसँग घर नफर्केसम्म उनले आफ्नो खुट्टाको नङ्ग काटेका थिएनन्, न दाह्री नै काटे न लुगा नै धोएका थिए।
  • श्रेष्ठगीत: मैले मेरो खुट्टा धोएको छु; के मैले यसलाई फेरि फोहोर बनाउने?श्रेष्ठगीत 5:3
    पदहरू
    श्रेष्ठगीत 5:3“मैले मेरो लुगा फुकालेको छु। के मैले यसलाई फेरि लगाउने? मैले मेरो खुट्टा धोएको छु। के मैले यसलाई फेरि फोहोर बनाउने?”

सुसमाचारहरूमा

  • येशू सिमोनलाई: तिमीले मेरो पाउ धुन पानीसम्म दिएनौलुका 7:44
    पदहरू
    लुका 7:44येशू स्‍त्रीतिर फर्केर सिमोनलाई भन्‍नुभयो, “तिमी यो स्‍त्रीलाई देख्दछौ। म तिम्रो घरभित्र प्रवेश गरेँ। तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ, तर तिनले त आफ्नो आँसुले मेरा पाउ भिजाइन्, र कपालले मेरा पाउ पुछिन्।
  • एउटी स्त्रीले आँसुले उहाँका पाउ भिजाइन् र कपालले पुछिन्लुका 7:38
    पदहरू
    लुका 7:38तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन्। तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन्।
  • मरियमले जटामसीले येशूका पाउमा अभिषेक गरिन् र कपालले पुछिन्यूहन्ना 12:3
    पदहरू
    यूहन्ना 12:3तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन्। त्यो घर अत्तरको सुगन्धले भरियो।
  • भोजमा येशूले कम्मरमा रुमाल बाँध्नुभयो र चेलाहरूका खुट्टा धोइदिनुभयोयूहन्ना 13:4–5
    पदहरू
    यूहन्ना 13:4–5उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्‍त्र फुकाल्नुभयो। त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो। त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो।
  • पत्रुस: तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुनेछैन!यूहन्ना 13:8
    पदहरू
    यूहन्ना 13:8पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन।”
  • येशू: नुहाइसकेकोलाई खुट्टा मात्र धुनु पर्छयूहन्ना 13:10
    पदहरू
    यूहन्ना 13:10येशूले तिनलाई भन्‍नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन र त्यो पूर्ण रूपमा शुद्ध हुन्छ; तिमी शुद्ध छौ, तर तिमीहरू सबै जना नै त छैनौ।”
  • तिमीहरूले पनि एक-अर्काको खुट्टा धुनुपर्छयूहन्ना 13:14
    पदहरू
    यूहन्ना 13:14तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ।
  • सन्तहरूका खुट्टा धुने काममा चिनिएकी एउटी विधवा१ तिमोथी 5:10
    पदहरू
    १ तिमोथी 5:10तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्‍वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन्।

हात धुनु

  • सेवा गर्नुअघि पुजारीहरू काँसाको कुण्डमा हात र खुट्टा धुन्थेप्रस्थान 30:18–21, प्रस्थान 40:31
    पदहरू
    प्रस्थान 30:18–21“तैँले धुनलाई काँसाको एउटा ठुलो बाटा बना। यो भेट हुने पाल र वेदीको बिचमा होस् र यसमा पानी राख्‍नू। हारून र त्यसका छोराहरूले यो पानीले तिनीहरूका हात र खुट्टा धोऊन्। तिनीहरू आगोद्वारा चढाइने बलि लिएर मेरो सेवा गर्न भेट हुने पालमा जाँदा वा वेदीको नजिक जाँदा तिनीहरू नमरून् भनेर तिनीहरूले पानीले धुनुपर्छ। तिनीहरू नमरून् भनेर तिनीहरूले आ-आफ्ना हातगोडा धोऊन्। हारून र त्यसका मानिसहरूका पुस्ता-पुस्ताका लागि यो एउटा स्थायी विधि हो।”
    प्रस्थान 40:31मोशा, हारून र तिनका छोराहरूले बाटाको पानीबाट तिनीहरूका हात-खुट्टा धुने गर्थे।
  • हत्यारा थाहा नभएको हत्यामा धर्म-गुरुहरू एउटी कोरलीमाथि हात धुन्छन्व्यवस्था 21:1, व्यवस्था 21:6
    पदहरू
    व्यवस्था 21:1परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको कुनै मैदानमा कोही मारिएको पाइयो र यसको हत्याराको निधो भएन भने,
    व्यवस्था 21:6मारिएको मानिसको निकटतम सहरका सबै धर्म-गुरुले उपत्यकामा घाँटी निमोठिएको कोरलीमाथि आ-आफ्ना हात धोऊन्।
  • पिलातसले भीडको सामु हात धोए: यस मानिसको रगतबाट म निर्दोष छुमत्ती 27:24
    पदहरू
    मत्ती 27:24जब, पिलातसले आफूले केही गर्न नसक्‍ने देखे, बरु खैलाबैला मच्‍चिन लागेको थाहा पाएर, उनले पानी लिई भिडको सामु आफ्ना हात धोए र भने, “यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु। तिमीहरू आफैँ जान।”
  • धर्म-गुरुहरूको परम्पराअनुसार फरिसीहरू हात नधोई खाँदैनन्मर्कूस 7:3–4
    पदहरू
    मर्कूस 7:3–4(फरिसी र सबै यहूदी आफ्ना हात राम्ररी नधोउन्जेल केही खाँदैनन्, तिनीहरू आफ्ना धार्मिक अगुवाहरूको परम्परामा लागि पर्छन्, जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैँ ननुहाईकन केही खाँदैनन्। कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र खानलाई बस्‍ने ठाउँहरू धुनेलगायत धेरै नियम तिनीहरू कडाइका साथ पालन गर्छन्।)
  • येशूका चेलाहरू किन हात नधोई खान्छन् भनेर तिनीहरू सोध्छन्मत्ती 15:2, मर्कूस 7:5
    पदहरू
    मत्ती 15:2“किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन्?”
    मर्कूस 7:5फरिसी र शास्‍त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?”
  • येशूले खानाअघि हात नधोएकोमा एक फरिसी छक्क पर्‍योलुका 11:38
    पदहरू
    लुका 11:38खाना खानुभन्दा पहिले हात नधोएको कारणले गर्दा फरिसीहरू छक्‍क परे।
  • कानामा शुद्धीकरणका निम्ति पानी राख्ने छवटा ढुङ्गाका घैँटा थिएयूहन्ना 2:6
    पदहरू
    यूहन्ना 2:6त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार