Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › जनगणनाहरू

अचम्मका विवरणहरू

बाइबलमा जनगणनाहरू

पवित्र बाइबल (ULB) का 21 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

उजाडस्थानमा

  • सेवा गर्न सक्ने बीस वर्ष र सोभन्दा माथिका हरेक पुरुष गनिएगन्ती 1:2–3
    पदहरू
    गन्ती 1:2–3“इस्राएलको हरेक कुलको सबै पुरुषहरूको तिनीहरूका पुर्खाहरूका परिवार-परिवारअनुसार जनगणना गर्। तिनीहरूका नाउँअनुसार गन्। हरेक पुरुषको गणना गर्, जो बिस वर्ष वा त्यसभन्दा माथिका छन्। इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्‍ने सबैलाई गन्। तैँले र हारूनले तिनीहरूका सशस्‍त्र समूह-समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्‍नुपर्छ।
  • गनिएका हरेक पुरुषले, धनी होस् वा गरिब, आधा शेकेल तिरेप्रस्थान 30:13–15, प्रस्थान 38:26
    पदहरू
    प्रस्थान 30:13–15जनगणनामा गन्ती भएको हरेकले पवित्रस्थानको शेकेलको नापअनुसार चाँदीको आधा शेकेल तिरोस् (एक शेकेल बराबर बिस गेरा हुन्छ)। यो आधा शेकेल परमप्रभुको निम्ति भेटी हुनेछ। बिस वर्षभन्दा माथिको गन्ती हुने हरेकले मलाई यो भेटी दिनुपर्छ। मानिसहरूले आ-आफ्ना जीवनको प्रायश्‍चित्तको लागि मलाई यो भेटी दिँदा धनीहरूले आधा शेकेलभन्दा बढी नदेऊन् न त गरिबहरूले कम देऊन्।
    प्रस्थान 38:26यो भनेको पवित्र वासस्थानको शेकेलअनुसार एक जना मान्छे बराबर एक बेका अर्थात् आधा शेकेल थियो। जनगणनामा गनिएका बिस वर्षभन्दा माथिका मानिसहरूको जम्मा सङ्ख्या ६,०३,५५० थियो र यसैको आधारमा हरेक व्यक्तिको तथ्याङ्क निकालिएको थियो।
  • पहिलो गन्ती: 603,550गन्ती 1:46
    पदहरू
    गन्ती 1:46तिनीहरू ६,०३,५५० पुरुष थिए।
  • लेवीहरू अरू कुलहरूसँग गनिएनन्गन्ती 1:47–49
    पदहरू
    गन्ती 1:47–49तर लेवीका सन्तानहरूको गन्ती गरिएन, किनभने परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले लेवीको कुललाई नगन्‍नू वा इस्राएलका कुल मानिसहरूमा नगाभ्नू।
  • एक महिना र सोभन्दा माथिका लेवी पुरुष: 22,000गन्ती 3:39
    पदहरू
    गन्ती 3:39परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले लेवीका कुल एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गरे। तिनीहरूले बाइस हजार पुरुषहरू गन्ती गरे।
  • यर्दननजिक दोस्रो गन्ती: 601,730गन्ती 26:2, गन्ती 26:51
    पदहरू
    गन्ती 26:2“इस्राएलका सारा समुदायलाई तिनीहरूका पुर्खाहरूका कुल-कुलअनुसार बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्‍ने सबैको गन्ती गर।”
    गन्ती 26:51इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो।
  • पहिले गनिएकाहरूमध्ये कालेब र यहोशूबाहेक कोही बाँकी रहेनन्गन्ती 26:64–65
    पदहरू
    गन्ती 26:64–65तर यिनीहरूमा मोशा र पुजारी हारूनले सीनैको मरुभूमिमा गन्ती गरेका इस्राएलका सन्तानहरू कुनै पनि थिएनन्। किनभने ती मानिसहरू सबै मरूभूमीमा नै मर्नेथिए भनी परमप्रभुले भन्‍नुभएको थियो। तिनीहरूमा यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक कोही पनि बाँकी रहेनन्।

दाऊदको जनगणना

  • गन्तीमा नौ महिना र बीस दिन लाग्यो२ शमूएल 24:8
    पदहरू
    २ शमूएल 24:8जब तिनीहरू देशमा सबैतिर गए, तब तिनीहरू नौ महिना बिस दिनको अन्तमा यरूशलेममा फर्केर आए।
  • शमूएल: इस्राएलमा 800,000 र यहूदामा 500,000२ शमूएल 24:9
    पदहरू
    २ शमूएल 24:9त्यसपछि योआबले लडाकु मानिसका जम्‍मा सङ्ख्या राजालाई बताइदिए। इस्राएलमा तरवार चलाउन सक्‍ने साहसी मानिसहरू ८,००,००० थिए र यहूदामा ५,००,००० मानिसहरू थिए।
  • इतिहास: इस्राएलमा 1,100,000 र यहूदामा 470,000१ इतिहास 21:5
    पदहरू
    १ इतिहास 21:5त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए। इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा ११ लाख थिए। यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए।
  • योआबले लेवी र बेन्यामीनलाई छोडे१ इतिहास 21:6
    पदहरू
    १ इतिहास 21:6तर लेवी र बेन्‍यामीनलाई तिनीहरूसँग गन्‍ती गरिएन, किनकि राजाको हुकुमले योआबलाई साह्रै खिन्‍न पारेको थियो।
  • गन्तीपछि दाऊदको विवेकले उनलाई पिरोल्यो२ शमूएल 24:10
    पदहरू
    २ शमूएल 24:10दाऊदले गणना गरेपछि तिनको हृदय दुःखी भयो। त्यसैले तिनले परमप्रभुलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु। अब हे परमप्रभु, आफ्नो सेवकको दोष हटाइदिनुहोस्, किनकि मैले धेरै मूर्ख भएर काम गरेको छु।”
  • त्यो सङ्ख्या राजा दाऊदको इतिहासमा लेखिएन१ इतिहास 27:24
    पदहरू
    १ इतिहास 27:24सरूयाहका छोरा योआबले जनसंख्‍या लिन सुरु गरे, तर तिनले त्‍यो काम सिद्ध्याएनन्‌। यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्‍यो। यो जनसंख्‍या दाऊद राजाको इतिहासमा लेखिएन।

अरू गन्तीहरू

  • तीस वर्ष र सोभन्दा माथिका लेवीहरू: 38,000१ इतिहास 23:3
    पदहरू
    १ इतिहास 23:3तीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका लेवीहरूको सङ्‍ख्‍याको गणना भयो। तिनीहरूको संख्या अठ्तीस हजार थियो।
  • सोलोमनले देशमा 153,600 परदेशी गने२ इतिहास 2:17
    पदहरू
    २ इतिहास 2:17आफ्‍ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्‍ने सबै विदेशीको जनगणना लिए। यिनीहरू १,५३,६०० जना थिए।
  • फर्केका निर्वासितहरू 42,360 थिएएज्रा 2:64
    पदहरू
    एज्रा 2:64सम्पूर्ण समुहको जम्‍मा सङ्ख्या ४२,३६० थियो,
  • अगस्टसले जनगणनाको आदेश दिए; कुरेनियस सिरियाका हाकिम थिएलुका 2:1–2
    पदहरू
    लुका 2:1–2ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्‍ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे। कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो।
  • योसेफ र मरियम नाउँ दर्ता गराउन बेथलेहेम गएलुका 2:3–5
    पदहरू
    लुका 2:3–5त्यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए। योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेममा गए, जुन ठाउँ दाऊदको सहरको नामले चिनिन्‍थ्‍यो, किनभने उनी दाऊदको वंशका थिए। उनी मरियमसँगै दर्ता गर्न त्‍यहाँ गएका थिए, जससँग उनको मगनी भएको थियो र तिनले एउटा बालकको आशा गरेका थिए।
  • जनगणनाका दिनमा गालीलको यहूदा खडा भयोप्रेरित 5:37
    पदहरू
    प्रेरित 5:37त्यो मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा खडा भयो र कतिपय मानिसहरूलाई आफ्नो पछि खिँच्यो। त्यो पनि नष्‍ट भयो र उसका आज्ञा पालन गर्दै आइरहेकाहरू सबै छरपस्ट भए।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार