खोजी गर्नुहोस् › विषयहरू › जुम्ल्याहा
अचम्मका विवरणहरू
बाइबलमा जुम्ल्याहा
पवित्र बाइबल (ULB) का 8 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
एसाव र याकूब
- रिबेकाका जुम्ल्याहा उनको गर्भमा एक-अर्कासँग लडेउत्पत्ति 25:22
पदहरू
उत्पत्ति 25:22तिनको गर्भमा भएका बालकहरू एक-अर्कासँग लड्न लागे, र तिनले भनिन् “मलाई किन यस्तो भयो?” तिनले यसको बारेमा परमप्रभुसँग सोधिन्।
- एसाव पहिले निस्के, राता र रौँले ढाकिएकाउत्पत्ति 25:24–25
पदहरू
उत्पत्ति 25:24–25तिनको सुत्केरी हुने बेला आउँदा तिनको कोखमा जुम्ल्याहा थिए। जेठोचाहिँ शरीरभरि रौँको लुगा लगाएजस्तै रातो वर्णको जन्म्यो। तिनीहरूले त्यसको नाउँ एसाव राखे।
- याकूब एसावको कुर्कुच्चो समातेर निस्केउत्पत्ति 25:26
पदहरू
उत्पत्ति 25:26त्यसपछि त्यसको भाइ बाहिर निस्क्यो। त्यसको हातले एसावको कुर्कुच्चा समातिरहेको थियो। त्यसको नाउँ याकूब राखियो। इसाहककी पत्नीले तिनीहरूलाई जन्माउँदा तिनी साठी वर्ष पुगेका थिए।
- जुम्ल्याहा जन्मँदा इसहाक साठी वर्षका थिएउत्पत्ति 25:26
पदहरू
उत्पत्ति 25:26त्यसपछि त्यसको भाइ बाहिर निस्क्यो। त्यसको हातले एसावको कुर्कुच्चा समातिरहेको थियो। त्यसको नाउँ याकूब राखियो। इसाहककी पत्नीले तिनीहरूलाई जन्माउँदा तिनी साठी वर्ष पुगेका थिए।
फारेस र जेरह
- तामारले जुम्ल्याहा जन्माइन्; एउटाको हातमा रातो धागो बाँधियोउत्पत्ति 38:27–28
पदहरू
उत्पत्ति 38:27–28तिनको बच्चा जन्माउने समय भयो। तिनको गर्भमा जुम्ल्याहा थियो। तिनले बच्चा जन्माइरहँदा एउटाले आफ्नो हात बाहिर निकाल्यो, र सुँडेनीले एउटा गाढा रातो धागो लिएर त्यसको हातमा बाँधिदिएर भनी, “योचाहिँ पहिले बाहिर आयो।”
- तर उसको भाइ पहिले निस्क्यो र उसको नाउँ फारेस राखियोउत्पत्ति 38:29
पदहरू
उत्पत्ति 38:29तर त्यसपछि त्यसले आफ्नो हात भित्र लग्यो, र त्यसको भाइ पहिला बाहिर निस्कियो। सुँडेनीले अचम्म मानेर भनी, “यो कसरी पहिला बाहिर आयो!” यसैकारण त्यसको नाउँ फारेस राखियो।
- त्यसपछि हातमा रातो धागो भएको जेरह निस्क्योउत्पत्ति 38:30
पदहरू
उत्पत्ति 38:30त्यसपछि हातमा गाढा रातो धागो भएको त्यसको दाजु बाहिर आयो, र त्यसको नाउँ जेरह राखियो।
यो पनि
- पावल जुम्ल्याहा दाजुभाइको तस्बिर भएको अलेक्जेन्ड्रियाको जहाजमा यात्रा गरेप्रेरित 28:11
पदहरू
प्रेरित 28:11तिन महिना पछि त्यस टापुमा हामीले अलेक्जेन्ड्रियाको जहाजमा यात्रा सुरू गर्यौँ, जुन हिउँदमा यसै टापुमा थियो, र त्यसमा जुम्ल्याहा दाजुभाइको तस्विर थियो।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार