खोजी गर्नुहोस् › विषयहरू › नुन
अचम्मका विवरणहरू
बाइबलमा नुन
पवित्र बाइबल (ULB) का 21 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- लोतकी पत्नीले पछाडि फर्केर हेरिन् र नुनको खम्बा बनिन्उत्पत्ति 19:26
पदहरू
उत्पत्ति 19:26तर लोतकी पत्नीले पछाडि फर्केर हेरिन्, जो तिनको पछि-पछि थिइन्, र तिनी नुनको ढिक्का बनिन्।
- के खल्लो खानेकुरा नुनबिना खाइन्छ र?अय्यूब 6:6
पदहरू
अय्यूब 6:6के स्वाद नभएको खानेकुरालाई नुनविना खान सकिन्छ र? वा अण्डाको सेतो भागको कुनै स्वाद हुन्छ र?
- एलीशाले यरीहोको मूलमा नुन फाले२ राजाहरू 2:20–21
पदहरू
२ राजाहरू 2:20–21एलीशाले जवाफ दिए, “एउटा नयाँ कचौरा मकहाँ लेओ, र यसभित्र नून हाल।” त्यसैले तिनीहरूले त्यो तिनीकहाँ ल्याए। एलीशा पानीको मुहानमा गए, र त्यसमा नुन छर्किदिए। तब तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'मैले यो पानीलाई शुद्ध पारेको छु। अब फेरि मृत्यु हुने वा फलविहीन जमिन हुनेछैन'।”
- अबीमेलेकले शकेमलाई भत्काए र त्यसमा नुन छरेन्यायकर्ताहरू 9:45
पदहरू
न्यायकर्ताहरू 9:45अबीमेलेक सहरको विरुद्ध दिनभर युद्ध लडे। तिनले त्यो सहरमाथि कब्जा गरे, र त्यहाँ भएका मानिसहरूलाई मारे। तिनले सहरका पर्खालहरूलाई भत्काइदिए र त्यसमाथि नून छरिदिए।
- नवजात शिशुलाई नुन दलिन्थ्योइजकिएल 16:4
पदहरू
इजकिएल 16:4जन्मँदा तेरी आमाले तेरो नाभि काटिन, न त त्यसले तँलाई सफा गर्नलाई पानीले नुहाइदिई वा तेरो शरीर नुनले दली, वा तँलाई लुगाले बेह्री।
- फारसी राजाले मन्दिरका निम्ति असीमित नुन दिएएज्रा 6:9, एज्रा 7:22
पदहरू
एज्रा 6:9तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्वरको निम्ति होमबलि चढाउन साँढेहरू, भेडाहरू वा थुमाहरू र यरूशलेमका पुजारीहरूको आज्ञामुताबिक अन्न, नून, दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू।
एज्रा 7:22अर्थात् एक सय तोडा चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल र नूनचाहिं असिमित रूपमा दिनू।
आराधनामा
- हरेक अन्नबलिमा नुन हालिन्थ्योलेवीहरू 2:13
पदहरू
लेवीहरू 2:13तिमीहरूले आफ्ना सबै अन्नबलिहरूमा नून मिसाउनू। आफ्नो अन्नबलिमा आफ्ना परमेश्वरको प्रतिज्ञाको नून कहिल्यै नछुटाउनू। आफ्ना सबै भेटीहरूमा तिमीहरूले नून चढाउनू।
- पुजारीहरूले होमबलिमा नुन छर्कन्थेइजकिएल 43:24
पदहरू
इजकिएल 43:24ती परमप्रभुको अगि चढाउनु। पुजारीहरूले तीमाथि नून राख्नेछन् र परमप्रभुको निम्ति होमबलिझैं चढाउनेछन्।
- नुनको करारगन्ती 18:19, २ इतिहास 13:5
पदहरू
गन्ती 18:19इस्राएलका मानिसहरूले परमप्रभुलाई चढाएका सबै पवित्र बलि निरन्तरको अंशको रूपमा मैले तँलाई, तेरा छोराहरू र छोरीहरूलाई दिएको छु। यो तेरो र तेरा सन्तानहरू दुवैको निम्ति परमप्रभुको सामु अनन्तको बाध्यकारी करार अर्थात् नूनको अनन्त करार हो।”
२ इतिहास 13:5परमप्रभु इस्राएलका परमेश्वरले औपचारिक करारद्वारा सधैँको निम्ति दाऊद र तिनका सन्तानलाई इस्राएलमाथि शासन गर्न दिनुभएको कुरा के तिमीहरूलाई थाहा छैन?
ठाउँहरू
- नुनिलो समुद्र, इस्राएलको पूर्वी सिमानाउत्पत्ति 14:3, गन्ती 34:12, यहोशू 15:2
पदहरू
उत्पत्ति 14:3यी पछिल्ला पाँच जना राजाहरू सिद्दीम अर्थात् मृत सागरको बेँसीमा भेला भए।
गन्ती 34:12यो सिमाना किन्नरेत समुद्रको पूर्व किनारसम्म अघि बढ्ने छ। त्यो सिमाना यर्दन नदी हुँदै मृत सागरसम्म र मृत सागरको पूर्वी किनाराबट तल झर्ने छ। चारैतिरका सिमानासहितको यो तिमीहरूको देश हुने छ।
यहोशू 15:2दक्षिणतिरको सिमाना खारा समुद्रदेखि दक्षिणी मोहडाको खाडीसम्म जान्छ।
- यहूदाको उजाडस्थानमा नुनको सहरयहोशू 15:62
पदहरू
यहोशू 15:62निब्शान, नूनको सहर र एन-गदी थिए। यिनीहरू तिनीहरूका सहरहरूसहित छवटा सहर थिए।
- नुनको बेँसीमा एदोमसँग युद्ध२ शमूएल 8:13, २ राजाहरू 14:7
पदहरू
२ शमूएल 8:13दाऊदले नुनको बेसीमा अठार हजार अरामीहरूलाई जितेर फर्कंदा तिनको नाउँ चर्चित भएको थियो।
२ राजाहरू 14:7नुनको उपत्यकामा एदोमका दस हजार सिपाहीलाई तिनले मारे। तिनले युद्धमा सेलालाई जिते त्यसको नाउँ योक्तेल राखे जसको नाउँ आजको दिनसम्म पनि त्यही छ।
भनाइहरू
- नुनिलोपन गुमाएको नुन कुनै कामको हुँदैनमत्ती 5:13, लुका 14:34
पदहरू
मत्ती 5:13तिमीहरू यस पृथ्वीका नून हौ। तर यदि नूनले आफ्नो स्वाद गुमायो भने, यसलाई फेरि कसरी नुनिलो बनाउने? यसलाई बाहिर फ्याँक्न र मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन।
लुका 14:34नुन असल हो, तर यदि नुनले यसको स्वाद गुमायो भने, यसलाई कसरी फेरि नुनिलो बनाउने?
- आपसमा नुन राख, र शान्तिसँग बसमर्कूस 9:50
पदहरू
मर्कूस 9:50नुन असल हो, तर यदि नुनले आफ्नो नुनिलोपना गुमाउँछ भने यसलाई फेरि कसरी नुनिलो बनाउने? आफू-आफूमा नुन राख र एक-आपसमा शान्तिमा बस।
- तिम्रो बोली अनुग्रहपूर्ण, नुनले स्वादिलो होस्कलस्सी 4:6
पदहरू
कलस्सी 4:6तिमीहरूका वचनहरू सधैँ अनुग्रहसहित होस्। तिनीहरू नुनले स्वादिलो पारिएको जस्तै होऊन्, र हरेक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ, सो तिमीहरूले जान्न सक।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार