Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › कपाल र दाह्री

अचम्मका विवरणहरू

बाइबलमा कपाल र दाह्री

पवित्र बाइबल (ULB) का 36 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • तिम्रो शिरका कपाल पनि सबै गनिएका छन्मत्ती 10:30, लुका 12:7
    पदहरू
    मत्ती 10:30तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन्।
    लुका 12:7तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको छ। उहाँसित नडराओ, किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ।
  • तिमी एउटै कपाल पनि सेतो वा कालो बनाउन सक्दैनौमत्ती 5:36
    पदहरू
    मत्ती 5:36न त आफ्नो शिरको शपथ खाओ, किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ।
  • पावल: लामो कपाल पुरुषका निम्ति लाज, स्त्रीका निम्ति महिमा हो१ कोरिन्थी 11:14–15
    पदहरू
    १ कोरिन्थी 11:14–15कुनै पुरुषले लामो केश पाल्नु उसको निम्ति शर्मको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? कुनै स्‍त्रीको लामो केश हुनु, उसको निम्ति गौरवको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
  • सुन्दरता बाटिएको कपालबाट आउनुहुँदैन१ तिमोथी 2:9, १ पत्रुस 3:3
    पदहरू
    १ तिमोथी 2:9यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍त्र पहिरेर होइन,
    १ पत्रुस 3:3यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्‍त्रहरूजस्ता बाहिरी सजावट नगर।

व्यवस्थामा

  • छेउका कपाल नकाट वा दाह्रीको किनारा नछाँटलेवीहरू 19:27
    पदहरू
    लेवीहरू 19:27तिमीहरूका कन्‍चेटको कपाल नखुर्कनू वा दाह्रीका कुना-कुना नकाट्नू।
  • पुजारीहरूले शिरमा तालु नखौरून् वा दाह्रीको किनारा नछाँटून्लेवीहरू 21:5
    पदहरू
    लेवीहरू 21:5पुजारीहरूले आफ्नो शिर नखौरून् वा तिनीहरूका दाह्रीका कुना-कुना नकाटून्, न त तिनीहरूले आफ्ना शरीरहरू काटून्।
  • मृतकका निम्ति निधार खौरने होइनव्यवस्था 14:1
    पदहरू
    व्यवस्था 14:1तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका मानिसहरू हौ। मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा चोट नपुर्‍याउनु न त आफ्नो शिरको अगाडिको भाग खौरनू।
  • कपाल झरेको मानिस पनि शुद्ध रहन्छलेवीहरू 13:40–41
    पदहरू
    लेवीहरू 13:40–41यदि कुनै मानिसको केश झरेको छ, र त्यो तालु खुइले भएको छ भने पनि त्यो शुद्ध रहने छ। यदि त्यसको शिरको अगिल्‍लो भागको केश झरेको छ, र यदि त्यसको निधार खुइलेको छ भने, त्यो शुद्ध रहने छ।
  • नाजिरीले कपाल बढ्न दिन्थ्यो र भाकल पूरा हुँदा त्यो जलाउँथ्योगन्ती 6:5, गन्ती 6:18
    पदहरू
    गन्ती 6:5अलग हुने त्यसको समय अवधिभर परमप्रभुप्रति अलग रहने त्यसको भाकल पुरा नभएसम्म त्यसको शिरमा कुनै किसिमको छुरा प्रयोग गर्नुहुँदैन। त्यो परमप्रभुको निम्ति अलग हुनुपर्छ। त्यसले कपाललाई आफ्नो शिरमा लामो हुन दिनुपर्छ।
    गन्ती 6:18नाजिरीले आफू अलग रहेको सङ्केत गर्न भेट हुने पालको प्रवेश-द्वारमा आफ्नो शिर खौरनुपर्छ। त्यसले आफ्नो शिरको कपाल लिएर मेल बलिको आगोमा जलाउनुपर्छ।

उदाहरणहरू

  • फारोकहाँ जानुअघि योसेफले दाह्री खौरेउत्पत्ति 41:14
    पदहरू
    उत्पत्ति 41:14त्यसपछि फारोले योसेफलाई डाक्‍न पठाए। तिनीहरूले तिनलाई चाँडै नै झ्यालखानाबाट निकालेर ल्याए। तिनले दारी खौरेपछि लुगाहरू बद्लेर फारोकहाँ आए।
  • शिमशोनको शिरमा छुरा लगाउनु हुँदैनथ्योन्यायकर्ताहरू 13:5, न्यायकर्ताहरू 16:17
    पदहरू
    न्यायकर्ताहरू 13:5हेर, तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ। उसको कपालमा छुरा लाग्‍नेछैन, किनकि त्यो बालक गर्भदेखि नै परमेश्‍वरको निम्ति नाजिरी हुनेछ, र उसले इस्राएललाई पलिश्तीहरूका हातबाट छुटकारा दिन सुरु गर्नेछ।”
    न्यायकर्ताहरू 16:17यसैले शिमशोनले त्यसलाई हरेक कुरा भने र तिनलाई यसो भनिदिए, “मेरो शिरको कपालमा कहिल्यै पनि मैले खौरेको छैन, किनभने मेरी आमाको गर्भदेखि नै म परमेश्‍वरको निम्ति एक नाजिरी भएको छु। मेरो कपाल खौरियो भने, मेरो शक्ति मबाट जानेछ, र म कमजोर र सामान्य मानिसझैं हुनेछु।”
  • दलीलाले उनको शिर खौराइन्; त्यसपछि उनको कपाल फेरि उम्रन थाल्योन्यायकर्ताहरू 16:19, न्यायकर्ताहरू 16:22
    पदहरू
    न्यायकर्ताहरू 16:19त्यसले तिउनलाई आफ्नो काखमा सुताई। तिनको शिरको सातवटा लट्टा खौरिदिन त्यसले एक जना मानिसलाई बोलाई, र त्यसले तिनलाई काबूमा पार्न लागी, किनभने तिनको शक्ति हटिसकेको थियो।
    न्यायकर्ताहरू 16:22तर तिनको शिरमा कपाल खौरपछि फेरि पलाउन थाल्यो।
  • बौलाएको बहाना गर्दै दाऊदले आफ्नो दाह्रीमा र्‍याल चुहाए१ शमूएल 21:13
    पदहरू
    १ शमूएल 21:13उनीहरूको सामु तिनले आफ्‍नो व्‍यवहार बदले र तिनीहरूकहाँ पागल भएको बाहाना गरे। तिनले प्रवेशद्वारको ढोकाहरूमा लेखे र आफ्‍नो र्‍याल दाह्रीभरि चुहाए।
  • हानूनले दाऊदका दूतहरूको आधा दाह्री खौरिदिए२ शमूएल 10:4
    पदहरू
    २ शमूएल 10:4त्यसैले हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका दाह्री आधा खौरे, तिनीहरूको जाँघसम्म तिनीहरूको पोशाक काटिदिए र तिनीहरूलाई पठाए।
  • दाऊद: दाह्री नउम्रिन्जेल यरीहोमा बस२ शमूएल 10:5
    पदहरू
    २ शमूएल 10:5जब तिनीहरूले यो कुरा दऊदलाई बताए, तब तिनले तिनीहरूलाई भेट्न मानिसहरूलाई पठाए, किनकि यी मानिसहरू साह्रै लज्‍जित भएका थिए। राजाले भने, “तिमीहरूको दाह्री फेरि नबढेसम्म यरीहोमा नै बस र त्‍यसपचि फर्क।”
  • अब्शालोमको वार्षिक कपाल काट्दा दुई सय शेकेल हुन्थ्यो२ शमूएल 14:26
    पदहरू
    २ शमूएल 14:26जब तिनले हरेक वर्षको अन्‍तमा गह्रौं भएको हुनाले आफ्नो कपाल काट्थे, तब तिनले आफ्नो कपाल तौलन्थे। यो लगभग दुई सय शेकेल हुन्थो, जसलाई राजाको मानकअनुसारको तौलद्वरा नापिन्‍थ्‍यो।
  • दाऊद टाढा हुँदा मपीबोशेतले आफ्नो जुँगा छाँटेनन्२ शमूएल 19:24
    पदहरू
    २ शमूएल 19:24त्यसपछि शाऊलका नाति मपीबोशेत राजालाई भेट्न तल आए। तिनले राजा गएको दिनदेखि उनी शान्तिसँग घर नफर्केसम्म उनले आफ्नो खुट्टाको नङ्ग काटेका थिएनन्, न दाह्री नै काटे न लुगा नै धोएका थिए।
  • योआबले चुम्बन गर्लाझैँ गरी अमासाको दाह्री समाते२ शमूएल 20:9
    पदहरू
    २ शमूएल 20:9त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठिकै छ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते।
  • एलिया छालाको पेटी लगाएका रौँदार मानिस थिए२ राजाहरू 1:8
    पदहरू
    २ राजाहरू 1:8तिनीहरूले तिनलाई जवाफ दिए, “तिनले रौँका लुगा लगाएका थिए, र आफ्नो कम्मरमा छालाको पेटी बाँधेका थिए।” त्यसैले राजाले भने, “तिनी त तिश्बी एलिया हुन्।”
  • केटाहरूले एलीशालाई गिज्याए: ए मुडुले, माथि जा!२ राजाहरू 2:23
    पदहरू
    २ राजाहरू 2:23त्यसपछि एलीशा त्यहाँबाट बेथेलमा गए। तिनी बाटोमा जाँदै गर्दा सहरबाट केही केटाहरू आए र तिनको खिसी गरे। तिनीहरूले भने, “ए मुडुले, तिमी माथि जाऊ! ए मुडुले, तिमी माथि जाऊ!”
  • हारूनको दाह्री र त्यसमा बगेको उत्तम तेलभजनसंग्रह 133:2
    पदहरू
    भजनसंग्रह 133:2यो शिरमा लगाएको असल तेलजस्तो हो जुन दाह्रीतिर, हारूनकै दाह्रीतिर बगेर झर्छ र त्‍यसपछि यो तिनको वस्‍त्रको कठालोसम्म झर्छ।
  • शोकमा अय्यूबले आफ्नो शिर खौरेअय्यूब 1:20
    पदहरू
    अय्यूब 1:20तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे।
  • अत्यासमा एज्राले आफ्नो शिर र दाह्रीका कपाल लुछेएज्रा 9:3
    पदहरू
    एज्रा 9:3जब मैले यो सुनें तब मैले मेरो लुगा र खास्टो च्यातें अनि मेरो शिरको कपाल र दाह्री उखेलें र दुःखित भई बसें।
  • असी जना शोक गर्नेहरू दाह्री खौरेर परमप्रभुको भवनमा आएयर्मिया 41:5
    पदहरू
    यर्मिया 41:5शकेम, शीलो र सामरियाबाट आ-आफ्ना दारी खौरेका, लुगा च्यातेका र शरीर चिरै-चिरा पारेका असी जना मानिस आ-आफ्ना हातमा खानाका भेटीहरू र धुप लिएर परमप्रभुको मन्दिरमा जानलाई आए।
  • नबूकदनेसरको कपाल गरुडका प्वाँखझैँ बढ्योदानिएल 4:33
    पदहरू
    दानिएल 4:33नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्‍तै पुरा भयो। तिनी मानिसहरूबाट निकालिए। तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो। तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राझैं भयो।
  • एउटी स्त्रीले येशूका पाउ आफ्नो कपालले पुछिन्लुका 7:38, यूहन्ना 12:3
    पदहरू
    लुका 7:38तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन्। तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन्।
    यूहन्ना 12:3तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन्। त्यो घर अत्तरको सुगन्धले भरियो।
  • पावलले भाकलका निम्ति किंक्रियामा कपाल खौरेप्रेरित 18:18
    पदहरू
    प्रेरित 18:18धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला र प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अगि बढे। बन्दरगाह छोड्नुभन्दा पहिले किंक्रियामा पावलले आफ्नो कपाल खौरे किनकि उनले नाजरी भाकल गरेका थिए।

शोकमा

  • शोकका चिन्हको रूपमा खौरिएका शिर र छाँटिएका दाह्रीयशैया 15:2, यर्मिया 48:37, मिका 1:16
    पदहरू
    यशैया 15:2तिनीहरू माथि मन्दिरमा गएका छन्, दीबोनका मानिसहरू रुनलाई अग्लो ठाउँमा गए। नेबोको निम्ति र मेदबाको निम्ति मोआबले विलाप गर्छ। तिनीहरूका सबै शिर खौरिएका छन् र तिनीहरूका सबै दाह्रीहरू काटिएका छन्।
    यर्मिया 48:37किनकि हरेक तालु खुइलेको छ, र हरेक दारी खौरिएको छ। हरेकको हात काटेर चिरिएको छ, र तिनीहरूका कम्मरको चारैतिर भाङ्ग्रा छ।
    मिका 1:16तिमीहरू हर्षित हुने आफ्ना छोराछोरीहरूका निम्ति आफ्नो केश खौर। आफैँलाई गिद्धझैँ तालुखुइले बनाओ, किनभने तिमीहरूका छोराछोरीहरू तिमीहरूबाट टाढा निर्वासनमा जानेछन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार