खोजी गर्नुहोस् › विषयहरू › ऊँटहरू
अचम्मका विवरणहरू
बाइबलमा ऊँटहरू
पवित्र बाइबल (ULB) का 26 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- ऊँट खानु हुँदैनथ्योलेवीहरू 11:4
पदहरू
लेवीहरू 11:4तर, उग्राएर चबाउने वा चिरिएको खुर मात्र भएको पशुचाहिँ तिमीहरूले नखानू, जस्तै ऊँट, किनभने त्यसले उग्राएर चबाउँछ तर त्यसको खुर चिरिएको हुँदैन। यसकारण त्यो तिमीहरूका निम्ति अशुद्ध हो।
- अब्राम, याकूब र अय्यूबले ऊँटलाई आफ्नो धनमा गन्थेउत्पत्ति 12:16, उत्पत्ति 30:43, अय्यूब 1:3
पदहरू
उत्पत्ति 12:16फारोले तिनको खातिर अब्रामलाई राम्रो व्यवहार गरे र तिनलाई गोरु, गधाहरू, नोकरीहरू, गधैनीहरू र ऊँटहरू दिए।
उत्पत्ति 30:43याकूबले ज्यादै उन्नति गरे। तिनका ठुला-ठुला बगालहरू, नोकर-चाकरहरू ऊँटहरू र गधाहरू थिए।
अय्यूब 1:3तिनका सात हजारवटा भेडा, तिन हजारवटा ऊँट, पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए। तिनी पूर्वमा भएका सबै मानिसहरूमध्ये सबभन्दा महान् मानिस थिए।
- अय्यूबसँग 3,000 ऊँट थिए, पछि 6,000अय्यूब 1:3, अय्यूब 42:12
पदहरू
अय्यूब 1:3तिनका सात हजारवटा भेडा, तिन हजारवटा ऊँट, पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए। तिनी पूर्वमा भएका सबै मानिसहरूमध्ये सबभन्दा महान् मानिस थिए।
अय्यूब 42:12परमप्रभुले अय्यूबको जीवनको अगिल्लो समयमा भन्दा पछिल्लो समयमा झन् धेरै आशिष् दिनुभयो। तिनका चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधैनी थिए।
- इश्माएली ओबील दाऊदका ऊँटहरूका जिम्मेवार थिए१ इतिहास 27:30
पदहरू
१ इतिहास 27:30ऊँटहरू इश्माएली ओबीलको जिम्मामा थिए, र गधाहरू मेरोनोती येहदयाहको जिम्मामा थिए। भेडाबाख्रा हग्री याजीजको जिम्मामा थिए।
कथाहरूमा
- अब्राहामका सेवक इसहाकका निम्ति पत्नी खोज्न दसवटा ऊँट लिएर गएउत्पत्ति 24:10
पदहरू
उत्पत्ति 24:10आफ्ना मालिकका दशवटा ऊँट लिएर त्यो नोकर बिदा भयो। त्यसले आफ्ना मालिकबाट सबै किसिमका सौगात पनि लिएर गयो। ऊ बिदा भएर अराम-नाहारैमतिर नाहोरको सहरमा गयो।
- साँझमा उनले इनारनजिक ऊँटहरूलाई घुँडा टेकाएउत्पत्ति 24:11
पदहरू
उत्पत्ति 24:11त्यसले ऊँटहरूलाई सहरको बाहिर इनारको नजिकै घुँडा टेक्न लगायो। त्यो साँझपख स्त्रीहरू पानी भर्न आउने बेला थियो।
- रिबेकाले उनका सबै ऊँटका निम्ति पानी भरिन्उत्पत्ति 24:14, उत्पत्ति 24:19–20
पदहरू
उत्पत्ति 24:14यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस्। तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु।”
उत्पत्ति 24:19–20त्यसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्ति पनि तिनीहरूले पिई नसकुञ्जेल म पानी उघाएर दिनेछु।” तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डुँडमा खन्याएर फेरि पानी उघाउन इनारतिर दौडेर गइन्, र तिनले सबै ऊँटहरूका निम्ति पनि पानी उघाइदिइन्।
- रिबेका इसहाकलाई भेट्न ऊँट चढेर आइन्उत्पत्ति 24:61, उत्पत्ति 24:64
पदहरू
उत्पत्ति 24:61तब रिबेका उठिन् र तिनका सहेलीहरूसँग ऊँटहरूमा चढेर त्यस मानिसको पछि लागिन्। यसरी रिबेकालाई लिएर त्यो नोकर आफ्नो बाटो लाग्यो।
उत्पत्ति 24:64रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लिन्।
- राहेलले लाबानका मूर्तिहरू ऊँटको काठीमा लुकाएर त्यसमाथि बसिन्उत्पत्ति 31:34
पदहरू
उत्पत्ति 31:34राहेलले ती घर-देवताहरू ल्याएकी थिइन् र तिनलाई ऊँटको काठीमा लुकाएकी थिइन्। उनी तीमाथि बसेकी थिइन्। लाबानले पुरै पालमा खोजी गरे तापनि ती पाएनन्।
- एसावलाई याकूबको उपहारमा बच्चासहित 30 वटा दुहुना ऊँट थिएउत्पत्ति 32:15
पदहरू
उत्पत्ति 32:15तिसवटा दुध दिने ऊँट र तिनीहरूका बच्चा, चालिसवटा गाई र दसवटा साँढे, बिसवटा गधैनी र दसवटा गधा।
- इश्माएली ऊँटहरूले मिश्रमा मसला बोकेउत्पत्ति 37:25
पदहरू
उत्पत्ति 37:25तिनीहरू भोजन गर्न बसे। तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, र गिलादबाट ऊँटहरूमा मसलाहरू, लेप र मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे। तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए।
- मिद्यानीहरूका ऊँट बालुवाझैँ असङ्ख्य थिएन्यायकर्ताहरू 7:12
पदहरू
न्यायकर्ताहरू 7:12मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेसीमा, सलहका हुलझैं भेला भएर बसेका थिए। तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए।
- गिदोनले राजाहरूका ऊँटका चन्द्रहारका गहना लिएन्यायकर्ताहरू 8:21
पदहरू
न्यायकर्ताहरू 8:21त्यसपछि जेबह र सल्मुन्नाले भने, “तपाईं नै उठेर हामीलाई मार्नुहोस्! किनभने तपाईंसँग पुरुषको बल छ।” गिदोन उठे र जेबह र सल्मुन्नालाई मारे। तिनले उनीहरूका ऊँटका घाँटीमा भएका चन्द्रहारका गहनाहरू पनि लगे।
- चार सय अमालेकी ऊँट चढेर दाऊदबाट उम्के१ शमूएल 30:17
पदहरू
१ शमूएल 30:17दाऊदले तिनीहरूलाई बिहान सबैरैदेखि अर्को दिनको साँझसम्म नै तिनीहरूलाई आक्रमण गरे। ऊँटमा चढेर भागेका चार सय जना जवान मानिसबाहेक एक जना पनि उम्केनन्।
- शेबाकी रानी मसला र सुन बोकेका ऊँटहरू लिएर आइन्१ राजाहरू 10:2
पदहरू
१ राजाहरू 10:2उनी मसलाहरू लादिएका ऊँटहरू, थुप्रै सुन र धेरै बहुमूल्य रत्नहरू लिएर ज्यादै ठुलो लावालश्करसाथ यरूशलेम आइन्। उनी आइपुगेपछि उनले आफ्नो ह्रदयमा भएका सबै कुरा सोलोमनलाई बताइन्।
- हजाएलले एलीशाका निम्ति चालीस ऊँट-भारी उपहार ल्याए२ राजाहरू 8:9
पदहरू
२ राजाहरू 8:9त्यसैले हजाएल तिनलाई भेट्न गए र तिनले आफूसित चालिसवटा ऊँटमाथि राखेर दमस्कसका हरेक असल थोक उपहार लगे। हजाएल आए र एलीशाको सामु खडा भए र भने, “तपाईंका छोरा अरामका राजा बेन-हददले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'के म यस रोगबाट निको हुन्छु'?”
- कल्दी लुटेराहरूले अय्यूबका ऊँटहरू लगेअय्यूब 1:17
पदहरू
अय्यूब 1:17जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “कल्दीहरूले तिनवटा समूह बनाएर ऊँटहरूलाई आक्रमण गरे र ती लिएर गएका छन्। नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे। तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु।”
- यूहन्ना ऊँटको रौँको वस्त्र लगाउँथेमत्ती 3:4, मर्कूस 1:6
पदहरू
मत्ती 3:4अब यूहन्नाले उँटको रौँका वस्त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे। उनका खानेकुरा सलह र वन-मह थिए।
मर्कूस 1:6यूहन्नाले ऊँटको रौँबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्थे र तिनले सलहहरू र वन मह खान्थे।
येशूका भनाइहरू
- ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलोमत्ती 19:24
पदहरू
मत्ती 19:24म फेरि तिमीहरूलाई भन्दछु, “धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु भन्दा त उँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ।”
- तिमीहरू भुसुना छान्छौ, तर ऊँट निल्छौमत्ती 23:24
पदहरू
मत्ती 23:24ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्दछौ, तर उँटलाई चाहिँ निल्दछौ!
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार