खोजी गर्नुहोस् › विषयहरू › घडी र पहरहरू
अचम्मका विवरणहरू
बाइबलमा घडी र पहरहरू
पवित्र बाइबल (ULB) का 49 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- साँझ भयो र बिहान भयो — पहिलो दिनउत्पत्ति 1:5
पदहरू
उत्पत्ति 1:5परमेश्वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो - पहिलो दिन।
- येशू: के दिनमा बाह्र घण्टा हुँदैनन् र?यूहन्ना 11:9
पदहरू
यूहन्ना 11:9येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? यदि कोही दिनको समयमा हिँड्छ भने त्यसलाई ठेस लाग्दैन, किनकि त्यसले यस संसारको उज्यालोको सहायताले देख्छ।
- एक दिनको यात्रा: एलिया उजाडस्थानमा त्यति टाढा गए१ राजाहरू 19:4
पदहरू
१ राजाहरू 19:4तर तिनी आफैचाहिँ एक दिनको यात्रा गरेर उजाड-स्थानमा गए, र अम्रिसको एउटा झाडीमा आए। आफू मरोस् भनी तिनले बिन्ती गर, “हे परमप्रभु, अब अति भयो। मेरो प्राण लिनुहोस् किनकि म मेरा पित्रहरूभन्दा असल छैनँ।”
- एक शबाथ दिनको यात्रा: जैतून डाँडादेखि यरूशलेमसम्मप्रेरित 1:12
पदहरू
प्रेरित 1:12त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक शबाथ दिनको यात्रा जति टाढा थियो।
- तयारी गर्ने दिन: शबाथ-दिनको अगिल्लो दिनमर्कूस 15:42, यूहन्ना 19:31
पदहरू
मर्कूस 15:42जब साँझ पर्यो, यो तयारी गर्ने दिन अर्थात् शबाथ-दिनको अगिल्लो दिन भएको हुनाले
यूहन्ना 19:31यो तयारीको दिन भएको, र शबाथको अवधिमा शरीर क्रुसमा नरहोस् भन्ने हेतुले (किनकि शबाथ महत्त्वपूर्ण दिन थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे।
- शबाथअघि साँझको छायाँ पर्दा नहेम्याहले ढोकाहरू बन्द गरेनहेम्याह 13:19
पदहरू
नहेम्याह 13:19शबाथअगि यरूशलेमका प्रवेश-द्वारहरूमा साँझ पर्नेबित्तिकै ती बन्द गरेर शबाथ नसकिएसम्म नखोलिऊन् भनी मैले आज्ञा दिएँ। शबाथ-दिनमा कुनै भारी भित्र लैजान नसकियोस् भनेर प्रवेश-द्वारहरूमा मैले मेरा केही सेवकहरू नियुक्त गरेँ।
- आहाजको सिँढीमा छायाँ दस खुड्किला पछाडि सर्यो२ राजाहरू 20:9–11
पदहरू
२ राजाहरू 20:9–11यशैयाले जवाफ दिए, “तपाईंको लागि परमप्रभुबाट चिन्ह यो हुनेछ, कि परमप्रभुले बोल्नुभएको कुरा उहाँले गर्नुहुनेछ। घामको छाया दस सिंडी अगाडि जानुपर्यो कि दस सिंडी पछाडि जानुपर्यो?” हिजकियाले जवाफ दिए, “घामको छायालाई दस सिंडी अगाडि जानु त समान्य कुरो हो। त्यो छाया दस सिंडी पछाडि जाओस्।” त्यसैले यशैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे र उहाँले घामको छायालाई आहाजको सिंडीमा जहाँ पुगेको थियो त्यहाँबाट दस सिंडी पछाडि सार्नुभयो।
रातका पहरहरू
- विलाप: रातमा पहिलो पहरदेखि पुकारा गरविलाप 2:19
पदहरू
विलाप 2:19रातको हरेक पहरको सुरुमा उठेर चिच्च्या। परमप्रभुको मुहारको सामुन्ने तेरो हृदय पानीझैँ खन्या। हरेक सडकको कुनामा भोकले मुर्छा पर्ने तेरा बालबच्चाका प्राणको लागि तेरा हात उहाँतिर उठा।
- पहरा फेरिएपछि गिदोन बीचको पहरको सुरुमा आएन्यायकर्ताहरू 7:19
पदहरू
न्यायकर्ताहरू 7:19यसैले गिदोन र तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए। मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए, तिनीहरूले तुरहीहरू फुके र आफ्ना हातहरूमा भएका गाग्रोहरू फुटाए।
- बिहानको पहरमा मिश्री छाउनीमा खलबल मच्चियोप्रस्थान 14:24
पदहरू
प्रस्थान 14:24तर बिहानी पखतिर परमप्रभुले आगो र बादलको खाँबोबाट मिश्री सेनालाई हेर्नुभयो। उहाँले मिश्रीहरूका बिचमा अलमल गराइदिनुभयो।
- शाऊलले बिहानको पहरमा अम्मोनी छाउनीमा आक्रमण गरे१ शमूएल 11:11
पदहरू
१ शमूएल 11:11भोलिपल्ट शाऊलले मानिसहरूलाई तिन समूहमा विभाजन गरे। बिहानको पहरमा तिनीहरू छाउनी बिचमा आए र तिनीहरूले आक्रमण गरे र मध्यन्हसम्ममा अम्मोनीहरूलाई पराजित गरे। ती जीवित रहेकाहरू सबै यसरी छरपष्ट भए, कि तिनीहरू कोही पनि दुई जना सँगै रहेनन्।
- रातको चौथो पहरमा येशू समुद्रमाथि हिँड्नुभयोमत्ती 14:25, मर्कूस 6:48
पदहरू
मत्ती 14:25बिहान तिन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो।
मर्कूस 6:48तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो। लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्न चाहनुभयो।
- मालिक दोस्रो वा तेस्रो पहरमा आउन सक्छलुका 12:38
पदहरू
लुका 12:38यदि मालिक दोस्रो पटक रातको समय आयो भने पनि वा तेस्रो चोटि हेर्न आयो भने पनि तिनीहरू जागा भेट्टाइए भने, तिनीहरू धन्यका हुन्।
- साँझ, मध्यरात, भाले बास्दा, वा बिहानमर्कूस 13:35
पदहरू
मर्कूस 13:35त्यसकारण, जागा रहो! किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्दा वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ।
- एक भजनकार रातका पहरहरूभरि मनन गर्छन्भजनसंग्रह 63:6, भजनसंग्रह 119:148
पदहरू
भजनसंग्रह 63:6जब आफ्नो ओछ्यानमा तपाईंको बारेमा म विचार गर्छु र रातको समयमा तपाईंमा ध्यान गर्छु।
भजनसंग्रह 119:148रातका पहरहरू बद्लिनुअगि नै मेरा आँखाहरू खुला हुन्छन् ताकि म तपाईंको वचनमा ध्यान गर्न सकूँ।
दिनका घडीहरू
- पत्रुस: अहिले त दिनको तेस्रो घडी मात्र भएको छ!प्रेरित 2:15
पदहरू
प्रेरित 2:15किनभने तपाईंहरूले ठान्नुभएजस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो प्रहर मात्र भएको छ।
- तेस्रो, छैटौँ, नवौँ र एघारौँ घडीमा कामदारहरू भाडामा लिइएमत्ती 20:3, मत्ती 20:5–6
पदहरू
मत्ती 20:3उनी नौ बजे बाहिर गए र बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे।
मत्ती 20:5–6फेरि उनी बार्ह बजे र तिन बजे बाहिर गए र त्यसै गरे। एक पटक फेरि उनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए। उनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ?’
- साँझ पर्दा सबैलाई ज्याला दिइयो, अन्तिममा आउनेलाई पहिलेमत्ती 20:8–9
पदहरू
मत्ती 20:8–9जब साँझ पर्यो, ती दाखबारीका मालिकले उनका व्यवस्थापकलाई भने, ‘ती कामदारहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ।’ जब पाँच बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले एक दिनार पाए।
- तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा तेस्रो घडी थियोमर्कूस 15:25
पदहरू
मर्कूस 15:25तिनीहरूले उहाँलाई क्रुसमा टाँग्दा तेस्रो पहर भएको थियो।
- छैटौँ घडीदेखि नवौँ घडीसम्म अन्धकारमत्ती 27:45, मर्कूस 15:33, लुका 23:44
पदहरू
मत्ती 27:45अब मध्यान्नदेखि दिउँसो तिन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो।
मर्कूस 15:33छैटौँ घडीदेखि नवौँ घडीसम्म सारा जगत्मा अन्धकार छायो।
लुका 23:44यो छैठौँ घडीको बेला थियो, र नवौँ घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो।
- पिलातस: हेर, तिमीहरूका राजा! करिब छैटौँ घडी थियोयूहन्ना 19:14
पदहरू
यूहन्ना 19:14निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!”
- अधिकारीको छोराको ज्वरो सातौँ घडीमा छुट्योयूहन्ना 4:52
पदहरू
यूहन्ना 4:52यसकारण, उसको सुधार कति बेलादेखि भएको थियो भनी तिनले तिनीहरूलाई सोधे। तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौँ घडीमा उसलाई ज्वरोले छोड्यो।”
- करिब दसौँ घडीमा दुई चेला येशूसँग गएयूहन्ना 1:39
पदहरू
यूहन्ना 1:39उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ अनि देख्छौ।” तब उनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे। त्यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो।
- पत्रुस र यूहन्ना प्रार्थनाको समय, नवौँ घडीमा मन्दिर गएप्रेरित 3:1
पदहरू
प्रेरित 3:1अब पत्रुस र यूहन्ना प्रार्थना गर्ने समयको नवौँ घडीमा मन्दिरतिर जाँदै थिए।
- कर्नेलियस नवौँ घडीमा प्रार्थना गर्दै थिएप्रेरित 10:3, प्रेरित 10:30
पदहरू
प्रेरित 10:3दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे। स्वर्गदूतले भने, “ए कर्नेलियस”
प्रेरित 10:30कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए।
- करिब छैटौँ घडीमा पत्रुस प्रार्थना गर्न छानामा उक्लेप्रेरित 10:9
पदहरू
प्रेरित 10:9भोलिपल्ट लगभग दिउँसोको बाह्र बजेको थियो। तिनीहरू यात्रा गरेर शहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले।
- सिपाहीहरू रातको तेस्रो घडीमा कैसरियातिर निस्केप्रेरित 23:23
पदहरू
प्रेरित 23:23त्यसपछि तिनले दुई जना कप्तानलाई बोलाए, र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार। तिमीहरू रातको तेस्रो पहरमा हिडँनुपर्नेछ।”
बिहान, मध्यान्ह र मध्यरात
- दानिएल यरूशलेमतिर झ्याल खोलेर दिनमा तीन पटक प्रार्थना गर्थेदानिएल 6:10
पदहरू
दानिएल 6:10कागजातमा ऐन बनाउनलाई दस्तखत भएको छ भनी दानिएल थाहा पाएपछि, उनी आफ्नो घरमा गए (यरूशलेमतर्फ फर्केका उनको माथिल्लो कोठाका झ्यालहरू खुल्ला थिए), र जसरी उनले दिनको तिनपटक गर्ने गर्थे, त्यसरी नै उनले आफ्ना घुँडाहरू टेके, अनि उनले पहिले गरेझैं प्रार्थना गरे र आफ्ना परमेश्वरलाई धन्यवाद दिए।
- एउटा भजन: साँझ, बिहान र मध्यान्ह म पुकारा गर्छुभजनसंग्रह 55:17
पदहरू
भजनसंग्रह 55:17साँझ, बिहान र मध्यन्हमा म गुनासो गर्छु र विलाप गर्छु। उहाँले मेरो आवाज सुन्नुहुनेछ।
- दिनको गर्मीमा अब्राहाम आफ्नो पालको ढोकामा बसेउत्पत्ति 18:1
पदहरू
उत्पत्ति 18:1दिउँसोको गर्मीमा मम्रेका फलाँटका रुखहरूछेउमा भएको आफ्नो पालको ढोकामा अब्राहाम बसेको बेला परमप्रभु तिनीकहाँ देखा पर्नुभयो।
- इसहाक साँझपख खेततिर निस्केउत्पत्ति 24:63
पदहरू
उत्पत्ति 24:63इसहाक साँझपख एकाग्रताका निम्ति बाहिर निस्केका थिए। उनले आँखा उठाएर हेर्दा ऊँटहरू आइरहेका देखे।
- निस्तार-चाडका थुमाहरू गोधूलिमा काटिन्थेप्रस्थान 12:6
पदहरू
प्रस्थान 12:6तिमीहरूले यसलाई त्यो महिनाको चौधौँ दिनसम्म राख्नुपर्छ। त्यसपछि इस्राएलको सारा समुदायले यी पशुहरूलाई साँझमा मार्नू।
- साँझको बलिको समयमा एलियाले प्रार्थना गरे१ राजाहरू 18:36
पदहरू
१ राजाहरू 18:36साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता नजिक आएर भने, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ र म तपाईंका दास हुँ र यी सबै कुरा मैले तपाईंको वचनअनुसार गरेको छु भनी आज थाहा होस्।
- नहेम्याहका मानिसहरूले बिहान झिसमिसेदेखि तारा नउदाउन्जेल भाला समातेनहेम्याह 4:21
पदहरू
नहेम्याह 4:21यसरी हामीले काम गर्दै थियौँ। आधा मानिसहरूले सूर्योदयदेखि सूर्यास्तसम्म तरवार भिर्दै थिए।
- मध्यरातमा शिमशोनले गाजाको सहर-ढोकाका खापा उखेलेन्यायकर्ताहरू 16:3
पदहरू
न्यायकर्ताहरू 16:3शिमशोन मध्यरातसम्म ओछ्यानमा पल्टे। मध्यरातमा तिनी उठे र तिनले सहरको ढोका र त्यसका दुईवटा खम्बालाई समाते। तिनले बारसहित ती जमिनबाट उखेले, र ती आफ्ना काँधमा राखे, र हेब्रोनको सामुन्ने डाँडाको चुचुरासम्म बोकेर लगे।
- मध्यरातमा बोअज ब्युँझँदा आफ्नो पाउमा एउटी स्त्री सुतिरहेकी पाएरूथ 3:8
पदहरू
रूथ 3:8मध्यराततिर ती मानिस झसङ्ग भए। तिनी फर्के र त्यहाँ एउटी महिला तिनको खुट्टा छेउमा सुतिरहेकी थिइन्।
- करिब मध्यरातमा पावल र सिलासले झ्यालखानामा प्रार्थना गरे र भजन गाएप्रेरित 16:25
पदहरू
प्रेरित 16:25मध्यरातमा पावल र सिलास परमेश्वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए।
- पावल मध्यरातसम्म बोले, र युटिकस झ्यालबाट खसेप्रेरित 20:7, प्रेरित 20:9
पदहरू
प्रेरित 20:7हप्ताको पहिलो दिन जब हामी रोटी भाँच्नलाई भेला भएका थियौँ, तब पावल विश्वासीहरूसँग बोल्न थाले। उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे।
प्रेरित 20:9युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो, र त्यो गहिरोमा निद्रमा पर्यो। पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्यो जवान मानिस तेस्रो तल्लाबाट झर्यो र तिनीहरूले त्यसलाईलाई मृत अवस्थामा उठाए।
- भाले दोस्रो पटक बास्यो, र पत्रुसले सम्झेमर्कूस 14:30, मर्कूस 14:72
पदहरू
मर्कूस 14:30येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीलाई भन्दछु, कि यस रात भाले दुई पल्ट बास्नुअगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ।”
मर्कूस 14:72तुरुन्तै भाले दोस्रो चोटि बास्यो। त्यसपछि पत्रुसले येशूले उनलाई भन्नुभएका वचनहरू स्मरण गरेः “दुई चोटि भाले बास्नुअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ।” र उनी धुरुधुरु रोए।
- हप्ताको पहिलो दिन बिहानै, घाम उदाएलगत्तै, तिनीहरू चिहानमा गएमर्कूस 16:2
पदहरू
मर्कूस 16:2हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार