Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › कुष्ठरोग

अचम्मका विवरणहरू

बाइबलमा कुष्ठरोग

पवित्र बाइबल (ULB) का 25 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

व्यवस्थामा

  • छालामा भएको कुनै सुन्निएको, दाग वा टल्कने धब्बा पुजारीले जाँच्थेलेवीहरू 13:2–3
    पदहरू
    लेवीहरू 13:2–3“यदि कसैको शरीरको छाला सुनिएर फुल्‍यो वा त्यसमा खटिरा वा उज्‍ज्‍वल दाग आयो, र त्यो सङ्क्रमित भएर त्यसको शरीरमा छालाको रोग आयो भने, त्यसलाई प्रधान पुजारी अर्थात् हारून वा त्यसका पुजारी छोराहरूकहाँ ल्याइनुपर्छ। त्यसपछि पुजारीले त्यसको शरीरमा आएको छालाको रोगको जाँच गर्ने छ। यदि रोग लागेको ठाउँको रौँ सेतो भएको छ, र त्यो रोग छालामा गहिरो भएको छ भने, त्यो सरुवा रोग हो। पुजारीले त्यसलाई हेरेपछि उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्ने छ।
  • रोगीले च्यातिएका लुगा लगाउँथ्यो र अशुद्ध, अशुद्ध! भनेर कराउँथ्योलेवीहरू 13:45
    पदहरू
    लेवीहरू 13:45सरुवा रोग लागेको मानिसले झुत्रो लुगा लगाओस्, त्यसले आफ्ना कपाल खुला छोडोस्, र आफ्नो अनुहारलाई नाकसम्‍म ढाकेर त्यसले सोर निकालेर ‘अशुद्ध, अशुद्ध’ भनोस्।
  • उसले छाउनीबाहिर एक्लै बस्नुपर्थ्योलेवीहरू 13:46, गन्ती 5:2
    पदहरू
    लेवीहरू 13:46त्यसमा त्यो सरुवा रोग भइन्जेलसम्‍म त्यो अशुद्ध रहने छ। फैलिन सक्‍ने रोगद्वारा त्यो अशुद्ध भएको कारण, त्यो एक्‍लै बस्‍नुपर्छ। त्यो छाउनीभन्दा बाहिर बस्‍नुपर्छ।
    गन्ती 5:2“छालाको सरुवा रोग भएका सबै, धातुको रोग भएका सबै, लास छोएर अशुद्ध भएका सबैलाई छाउनी बाहिर पठाउन इस्राएलका मानिसहरूलाई आज्ञा दे।
  • लुगा र घरको ढुसीमा पनि त्यही व्यवस्था लागू हुन्थ्योलेवीहरू 13:47, लेवीहरू 14:34
    पदहरू
    लेवीहरू 13:47यदि कुनै लुगामा ढुसी परेको छ भने, चाहे त्यो ऊनी होस् वा सुती,
    लेवीहरू 14:34“मैले तिमीहरूलाई अधिकार गर्न दिएको कनान देशमा पुगेपछि तिमीहरूको अधिकार हुने त्यस देशमा यदि मैले तिमीहरूका घरमा फैलिने ढुसी पठाएँ भने,
  • शुद्धीकरण: दुईवटा चरा, देवदारुको काठ, रातो धागो र हिसपलेवीहरू 14:4
    पदहरू
    लेवीहरू 14:4त्यसपछि कोही शुद्ध हुनको निम्ति दुई जीवित, शुद्ध चराहरू, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो, र हिसप ल्याउनू भनी पुजारीले आज्ञा गर्ने छ।
  • शुद्ध भएको मानिसले सबै कपाल खौरेर नुहाउँथ्योलेवीहरू 14:8–9
    पदहरू
    लेवीहरू 14:8–9शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने छ, आफ्‍नो सबै कपाल खौरने छ, र पानीले नुहाउने छ, र त्यो शुद्ध हुने छ। त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस्। सातौँ दिनमा त्यसले आफ्नो शिरको कपाल, र आफ्‍नो दाह्री र आँखीभुइँ खौरोस्। त्यसले आफ्‍नो सबै कपाल खौरोस्, र आफ्‍ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो शुद्ध हुने छ।

उदाहरणहरू

  • मोशाको हात कुष्ठरोगी भयो, हिउँजस्तो सेतोप्रस्थान 4:6
    पदहरू
    प्रस्थान 4:6परमप्रभुले तिनलाई यसो पनि भन्‍नुभयो, “अब तेरो हात आफ्नो खास्टोभित्र राख्।” त्यसैले मोशाले आफ्नो हात खास्टोभित्र राखे। तिनले बाहिर निकाल्दा तिनको हातमा हिउँजस्तै सेतो कुष्‍ठरोग लागेको थियो।
  • मिरियम कुष्ठरोगी भइन् र सात दिन छाउनीबाहिर राखिइन्गन्ती 12:10, गन्ती 12:15
    पदहरू
    गन्ती 12:10बादल पालमाथिबाट हट्यो र मिरियम अचानक कुष्‍ठरोगी भइन्। तिनी हिउँजस्तै सेतो भइन्। हारून मिरियमतिर फर्कंदा तिनले तिनलाई कुष्‍ठ रोग लागेको देखे।
    गन्ती 12:15यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो। तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन्।
  • अरामी सेनापति नामान कुष्ठरोगी थिए२ राजाहरू 5:1
    पदहरू
    २ राजाहरू 5:1अरामका राजाका सेनापति नामान आफ्ना मालिकको दृष्‍टिमा महान् र इज्‍जतदार मानिस थिए किनकि तिनीद्वारा परमप्रभुले अरामलाई विजय दिनुभएको थियो। तिनी बलिया र साहसी मानिस पनि थिए, तर तिनी कुष्ठरोगी थिए।
  • उनले यर्दनमा सात पटक डुबुल्की मारे र उनको छाला निको भयो२ राजाहरू 5:14
    पदहरू
    २ राजाहरू 5:14तब तिनी तल गए र परमेश्‍वरका मानिसको सल्‍लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए। तिनको देह बच्‍चाको झैँ पहिलेजस्तै भयो र तिनी निको भए।
  • गेहजी हिउँजस्तो सेतो कुष्ठरोगी भएर एलीशाकहाँबाट निस्के२ राजाहरू 5:27
    पदहरू
    २ राजाहरू 5:27त्यसैले नामानको कुष्ठरोग तँ र तेरा सन्तानमाथि सधैँभरि रहनेछ।” त्यसैले गेहजी हिउँजस्तै सेतो कुष्ठरोगी बनेर तिनको उपस्थितिबाट बाहिर गयो।
  • सामरियाको ढोकामा चार कुष्ठरोगीले अरामी छाउनी खाली भेट्टाए२ राजाहरू 7:3–8
    पदहरू
    २ राजाहरू 7:3–8मूल ढोकाको ठिक बाहिर कुष्ठरोग लागेका चार जना मानिस थिए। तिनीहरूले एक-अर्कालाई भने, “हामी नमरेसम्म हामी यहाँ किन बसिरहने? हामी सहरमा जाऔं भनौं भने, सहरमा अनिकाल परेको छ र हामी त्यहाँ मर्नेछौं। हामी यहीँ बसौँ भने पनि हामी मर्नेछौँ। अब हामी अरामीहरूका सेना भएको ठाउँमा जाऔँ। तिनीहरूले हामीलाई जिउँदै राखे भने हामी जिउनेछौँ, र तिनीहरूले हामीलाई मारे भने हामी मर्नेछौँ।” त्यसैले अरामी छाउनीभित्र जानलाई तिनीहरू साँझपख उठे। जब तिनीहरू छाउनीको बाहिरी भागमा आइपुगे, त्यहाँ कोही पनि थिएन। किनकि परमप्रभुले अरामी सेनालाई रथहरू, घोडाहरूको होहल्‍लाजस्‍तै— अर्को ठुलो सेनाको होहल्‍ला सुन्‍ने पार्नुभएको थियो, अनि, अनि तिनीहरूले एक-अर्कालाई भने, “इस्राएलका राजाले हित्तीहरू र मिश्रीहरूका राजाहरूलाई भाडामा लिएर हाम्रो विरुद्धमा आएका छन्।” त्यसैले सिपाहीहरू उठे र साँझमा नै भागे। तिनीहरूले आफ्ना पालहरू, घोडाहरू, गधाहरू र छाउनीलाई जस्ताको तस्तै छाडे र आफ्‍नो ज्यान बचाउन भागे। जब कुष्‍टरोग लागेका मानिसहरू छाउनीको बाहिरी भागमा आइपुगे, तब तिनीहरू एउटा पालभित्र पसे र खानपान गरे अनि चाँदी, सुन र लुगाहरू उठाए र गएर ती लुकाए। तिनीहरू फर्केर आए र अर्को पालभित्र पसे र त्यहाँबाट पनि लुटका माल लगे र लुकाए।
  • मन्दिरमा राजा उज्जियाहको निधारमा कुष्ठरोग देखा पर्‍यो२ इतिहास 26:19–20
    पदहरू
    २ इतिहास 26:19–20तब उज्‍जियाह रिसाए। तिनले धूप बाल्‍नलाई हातमा धुपौरो समातेका थिए। तिनी पुजारीहरूसँग रिसाएको बेलामा, ती पुजारीहरूकै सामुन्‍ने परमप्रभुको मन्‍दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्‍ठरोग निस्‍क्‍यो। प्रधान पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेर्दाहेर्दै तिनको निधारमा कुष्‍ठरोग निस्‍केको तिनीहरूले देखे। तिनीहरूले तिनलाई हतार-हतार त्‍यहाँबाट बाहिर निकाले। वास्तवमा तिनी आफै बाहिर निस्‍कनलाई हतार गरे, किनभने परमप्रभुले तिनलाई प्रहार गर्नुभएको थियो।
  • उज्जियाह मृत्युसम्म छुट्टै घरमा बसे२ राजाहरू 15:5, २ इतिहास 26:21
    पदहरू
    २ राजाहरू 15:5परमप्रभुले राजालाई प्रहार गर्नुभयो ताकि आफ्‍नो मर्ने दिनसम्म नै तिनी कुष्ठरोगी भए र बेग्लै घरमा बसे। राजाका छोरा योतामले राजमहको रेखदेख गरे र देशमा जनतामाथि राज्‍य गरे।
    २ इतिहास 26:21राजा उज्‍जियाह आफ्‍नो मर्ने दिनसम्‍मै कुष्‍ठरोगी भए। तिनी कुष्‍ठरोगी भएको हुनाले अलग्‍गै घरमा बसे, किनकि तिनलाई परमप्रभुको मन्‍दिरबाट बहिष्‍कार गरिएको थियो। तिनका छोरा योतामले राजाको महलको रेखदेख गरे, र देशका मानिसहरूमाथि शासन गरे।
  • उनलाई राजाहरूका चिहाननजिकको खेतमा गाडियो२ इतिहास 26:23
    पदहरू
    २ इतिहास 26:23यसरी उज्‍जियाह आफ्‍ना पुर्खाहरूसित सुते। तिनीहरूले राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे, किनकि तिनीहरूले भने, “तिनी एक जना कुष्‍ठरोगी हुन्‌।” अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए।
  • येशूले एक कुष्ठरोगीलाई छुनुभयो र ऊ शुद्ध भयोमर्कूस 1:40–42
    पदहरू
    मर्कूस 1:40–42एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो। त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्‍यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ।” येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्छु। तिमी शुद्ध होइजाऊ।” तुरुन्तै कुष्‍ठ रोगले त्यसलाई छोड्‍यो र त्यो शुद्ध भयो।
  • उहाँले उसलाई पुजारीकहाँ आफूलाई देखाउन पठाउनुभयोमत्ती 8:4, लुका 5:14
    पदहरू
    मत्ती 8:4येशूले उसलाई भन्‍नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्‍नू। आफ्नो बाटो लाग; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ।”
    लुका 5:14उहाँले यो कुरा कसैलाई नभन्‍नू भनी आज्ञा गर्नुभयो र भन्‍नुभयो, “आफ्नो बाटो लाग र मोशाको व्यवस्थाबमोजिम आफैँलाई पुजारीकहाँ देखाऊ। तिम्रो शुद्धताको लागि बलि चढाऊ र तिनीहरूलाई तिमी कसरी निको भयौ भनी गवाही देऊ।”
  • निको भएका दस कुष्ठरोगीमध्ये एक सामरी मात्र धन्यवाद दिन फर्क्योलुका 17:12–16
    पदहरू
    लुका 17:12–16एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्‍ठरोग लागेका मानिसलाई भेट्नुभयो। तिनीहरू उहाँभन्दा टाढा उभिए। र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस्।” जब उहाँले तिनीहरूलाई देख्‍नुभयो र भन्‍नुभयो, “जाओ र आफैँलाई पुजारीकहाँ देखाओ। र तिनीहरू गए अनि निको भए।” जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्‍यो, ऊ चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो।” उसले येशूको चरणमा पर्दै, उहाँलाई धन्यवाद चढायो। ऊ एउटा सामरी थियो।
  • येशूले बेथानियामा कुष्ठरोगी सिमोनको घरमा खाना खानुभयोमत्ती 26:6, मर्कूस 14:3
    पदहरू
    मत्ती 26:6अनि जब येशू बेथानियामा सिमोन भन्‍ने एक जना कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो,
    मर्कूस 14:3जब येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्‍त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शिशीमा लिएर येशूकहाँ आइन्, जुन शुद्ध जटामसी थियो। तिनले त्यो शिशीलाई फुटाइन् र उहाँको टाउकोमा खन्याइन्

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार