खोजी गर्नुहोस् › विषयहरू › लामो आयु
अचम्मका विवरणहरू
बाइबलमा लामो आयु
पवित्र बाइबल (ULB) का 37 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- जलप्रलयअघि परमप्रभुले मानिसको आयुको सीमा तोक्नुहुन्छउत्पत्ति 6:3
पदहरू
उत्पत्ति 6:3परमप्रभुले भन्नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन्। तिनीहरू १२० वर्ष बाँच्नेछन्।”
- एउटा भजन: हाम्रो आयु सत्तरी वर्ष, वा बलियो भए असीभजनसंग्रह 90:10
पदहरू
भजनसंग्रह 90:10हाम्रा आयु सत्तरी वर्ष वा हामी स्वस्थ्य छौं भने असी वर्ष हुन्छ। तर हाम्रा उत्तम वर्षहरू पनि कष्ट र पीडाले पूर्ण छन्। हो, ती चाँडै बितिजन्छन् र हामी उडिजान्छौं।
जलप्रलयअघि
- आदम 930 वर्ष बाँचेउत्पत्ति 5:5
पदहरू
उत्पत्ति 5:5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे।
- शेत 912 वर्ष बाँचेउत्पत्ति 5:8
पदहरू
उत्पत्ति 5:8शेत ९१२ वर्ष बाँचे र तिनी मरे।
- एनोश 905 वर्ष बाँचेउत्पत्ति 5:11
पदहरू
उत्पत्ति 5:11एनोश ९०५ वर्ष बाँचे र तिनी मरे।
- केनान 910 वर्ष बाँचेउत्पत्ति 5:14
पदहरू
उत्पत्ति 5:14केनान ९१० वर्ष बाँचे र तिनी मरे।
- महलालेल 895 वर्ष बाँचेउत्पत्ति 5:17
पदहरू
उत्पत्ति 5:17महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे।
- येरेद 962 वर्ष बाँचेउत्पत्ति 5:20
पदहरू
उत्पत्ति 5:20येरेद ९६२ बाँचे र तिनी मरे।
- हनोक: 365 वर्ष, त्यसपछि उनी रहेनन्उत्पत्ति 5:23–24
पदहरू
उत्पत्ति 5:23–24तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए। हनोक परमेश्वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्वरले तिनलाई लानुभयो।
- मतूशेलह 969 वर्ष बाँचेउत्पत्ति 5:27
पदहरू
उत्पत्ति 5:27मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे।
- लेमेक 777 वर्ष बाँचेउत्पत्ति 5:31
पदहरू
उत्पत्ति 5:31लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे।
- नोआ जलप्रलयपछि 350 वर्ष, जम्मा 950 वर्ष बाँचेउत्पत्ति 9:28–29
पदहरू
उत्पत्ति 9:28–29जलप्रलयपछि नोआ तिन सय पचास वर्ष बाँचे। नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, अनि तिनी मरे
जलप्रलयपछि
- शेम: 100 वर्षमा छोरा, त्यसपछि थप 500 वर्षउत्पत्ति 11:10–11
पदहरू
उत्पत्ति 11:10–11यिनीहरू शेमका सन्तानहरू थिए। जलप्रलयको दुई वर्षपछि शेम सय वर्षको हुँदा तिनी अर्पक्षेदका पिता बने। शेम अर्पक्षेदका पिता भएपछि तिनी पाँच सय वर्षसम्म बाँचे। तिनका अरू छोराहरू र छोरीहरू पनि भए।
- अर्पक्षद: 35 वर्षमा छोरा, त्यसपछि थप 403 वर्षउत्पत्ति 11:12–13
पदहरू
उत्पत्ति 11:12–13अर्पक्षद पैँतीस वर्षको हुँदा तिनी शेलहका पिता बने। अर्पक्षद शेलहका पिता भएपछो तिनी ४०३ वर्ष बाँचे। तिनका अरू छोराहरू र छोरीहरू पनि भए।
- शेलह: 30 वर्षमा छोरा, त्यसपछि थप 403 वर्षउत्पत्ति 11:14–15
पदहरू
उत्पत्ति 11:14–15शेलह तीस वर्षका हुँदा तिनी एबेरला पिता बने। शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे। तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए।
- एबेर: 34 वर्षमा छोरा, त्यसपछि थप 430 वर्षउत्पत्ति 11:16–17
पदहरू
उत्पत्ति 11:16–17एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने। पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे। तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए।
- पेलेग: 30 वर्षमा छोरा, त्यसपछि थप 209 वर्षउत्पत्ति 11:18–19
पदहरू
उत्पत्ति 11:18–19पेलेग तीस वर्षको हुँदा तिनी रऊका पिता बने। रऊका पिता भएपछि पेलेग २०९ वर्ष बाँचे। तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए।
- नाहोर: 29 वर्षमा छोरा, त्यसपछि थप 119 वर्षउत्पत्ति 11:24–25
पदहरू
उत्पत्ति 11:24–25नाहोर उनन्तीस वर्षको हुँदा तिनी तेरहका पिता बने। तेरहको पिता बनेपछि नाहोर ११९ वर्ष बाँचे। तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए।
- तेरह 205 वर्ष बाँचे र हारानमा मरेउत्पत्ति 11:32
पदहरू
उत्पत्ति 11:32तेरह २०५ वर्ष बाँचे र तिनी हारानमा नै मरे।
पछिका आयुहरू
- सारा 127 वर्षसम्म बाँचिन्उत्पत्ति 23:1
पदहरू
उत्पत्ति 23:1सारा एक सय सत्ताइस वर्ष बाँचिन्। साराका जीवनमा वर्षहरू यी नै थिए।
- अब्राहाम 175 वर्ष बाँचेउत्पत्ति 25:7
पदहरू
उत्पत्ति 25:7अब्राहाम जम्मा एक सय पचहत्तर वर्षसम्म बाँचे।
- इश्माएल पनि लामो समय बाँचेउत्पत्ति 25:17
पदहरू
उत्पत्ति 25:17इश्माएलको जम्मा उमेर एक सय सैँतिस वर्ष हुँदा तिनको मृत्यु भयो र तिनी आफ्ना पिता-पुर्खाहरूसँगै मिल्न गए।
- इसहाक 180 वर्ष बाँचेउत्पत्ति 35:28
पदहरू
उत्पत्ति 35:28इसहाक एक सय असी वर्षसम्म बाँचे।
- याकूब 147 वर्ष बाँचे, अन्तिम सत्र वर्ष मिश्रमाउत्पत्ति 47:28
पदहरू
उत्पत्ति 47:28याकूब मिश्रमा सत्र वर्ष बसे। यसरी याकूबको जम्मा उमेर एक सय सतचालिस वर्ष भयो।
- योसेफ 110 वर्षमा मरे र मिश्रमा उनको शवमा मसला लगाइयोउत्पत्ति 50:26
पदहरू
उत्पत्ति 50:26यसरी योसेफ एक सय दस वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्धित लेप दलेर बाकसमा हालेर मिश्रमा नै राखे।
- लेवी 137 वर्ष, कहात 133, अम्राम 137 वर्ष बाँचेप्रस्थान 6:16, प्रस्थान 6:18, प्रस्थान 6:20
पदहरू
प्रस्थान 6:16लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए। लेवी १३७ वर्षसम्म बाँचे।
प्रस्थान 6:18कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए। कहात १३३ वर्षसम्म बाँचे।
प्रस्थान 6:20अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे। उनले मोशा र हारूनलाई जन्माइन्। अम्राम १३७ वर्षसम्म बाँचे र त्यसपछि तिनी मरे।
- हारून 123 वर्षमा होर पर्वतमा मरेगन्ती 33:39
पदहरू
गन्ती 33:39हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए।
- मोशा 120 वर्षमा मरे, उनका आँखा धमिला भएका थिएनन्व्यवस्था 34:7
पदहरू
व्यवस्था 34:7मोशाको मृत्यु हुँदा तिनी एक सय बिस वर्षका थिए। तिनका आँखा धमिला भएका थिएनन् न त तिनको स्वाभाविक बल घटेको थियो।
- 85 वर्षमा कालेब: मोशाले पठाएको दिनजत्तिकै बलियायहोशू 14:10–11
पदहरू
यहोशू 14:10–11अब, हेर्नुहोस्, इस्राएलीहरू मरुभूमिमा हिँड्दा परमप्रभु मोशासँग बोल्नुभएको समयदेखि उहाँले भन्नुभएमुताबिक नै यी चालिस वर्षसम्म उहाँले मलाई जीवितै राख्नुभएको छ। अब, हेर्नुहोस्, म पचासी वर्षको भएको छु। म अझै आजको दिनमा पनि मोशाले मलाई पठाउनुभएको दिनको जत्तिकै बलियो छु। युद्धको निम्ति अनि बाहिर भित्र गर्नको निम्ति मेरो सामर्थ्य अहिले पनि त्यस बेलाको जत्तिकै छ।
- यहोशू 110 वर्षमा मरेयहोशू 24:29
पदहरू
यहोशू 24:29यी सबै कुरा भएपछि नूनका छोरा यहोशू ११० वर्षको उमेरमा मरे।
- एली 98 वर्षका थिए र देख्न सक्दैनथे१ शमूएल 4:15
पदहरू
१ शमूएल 4:15यति बेला एली अन्ठानब्बे वर्ष भएका थिए। तिनका आँखाहरू धमिला भएका थिए र तिनले देख्न सक्दैनथे।
- असी वर्षका बर्जिल्लैले राजा दाऊदलाई खानेकुरा पुर्याएका थिए२ शमूएल 19:32
पदहरू
२ शमूएल 19:32यति बेला बर्जिल्लै धेरै वृद्ध, असी वर्षका भएका थिए। राजा महनोममा बस्दा तिनले राजालाई सबै खाद्यन्नहरू दिएका उपलब्ध गरेका थिए, किनभने तिनी धेरै धनी मनिस थिए।
- पुजारी यहोयादा 130 वर्षमा मरे२ इतिहास 24:15
पदहरू
२ इतिहास 24:15यहोयादा वृद्ध भए र दीर्घायु भए अनि त्यसपछि तिनी मरे। तिनको मृत्यु हुँदा तिनी एक सय तिस वर्षका थिए।
- अय्यूब थप 140 वर्ष बाँचे र चार पुस्ता देखेअय्यूब 42:16–17
पदहरू
अय्यूब 42:16–17यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे। तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे। तब पुरा बुढेसकालमा दीर्घायू भएर अय्यूब मरे।
- चौरासी वर्षसम्म विधवा रहेकी हन्ना कहिल्यै मन्दिर छोड्दिनथिन्लुका 2:36–37
पदहरू
लुका 2:36–37एक जना हन्ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन्। उनी आशेर कुलकी फनुएलकी छोरी थिइन्। उनी धेरै वृद्ध भइसकेकी थिइन्। विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन्। त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन्। उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्वरको आराधना गर्दै रहिन्।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार