खोजी गर्नुहोस् › विषयहरू › जन्मदिनहरू
अचम्मका विवरणहरू
बाइबलमा जन्मदिनहरू
पवित्र बाइबल (ULB) का 8 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- फारोको जन्मदिनमा उनले आफ्ना अधिकारीहरूका निम्ति भोज दिएउत्पत्ति 40:20
पदहरू
उत्पत्ति 40:20त्यसपछिको तेस्रो दिन फारोको जन्म दिन थियो। तिनले आफ्ना सबै नोकरहरूका निम्ति भोजको आयोजना गरे। आफ्ना नोकरहरूका माझमा तिनले मुख्य पियाउने र मुख्य पकाउनेलाई उभ्याए।
- त्यस दिन उनले पिउने कुरा दिनेलाई पुनर्स्थापित गरे र रोटी पकाउनेलाई झुन्ड्याएउत्पत्ति 40:21–22
पदहरू
उत्पत्ति 40:21–22तिनले मुख्य पियाउनेलाई उनको जिम्मेवारीमा पुनर्स्थापित गरिदिए, र उनले फेरि फारोका हातमा कचौरा टक्र्याए। तर योसेफले तिनीहरूलाई अर्थ बताएझैँ फारोले मुख्य पकाउनेलाई झुण्ड्याइदिए।
- हेरोदको जन्मदिनमा उनले गालीलका अगुवाहरूका निम्ति भोज दिएमर्कूस 6:21
पदहरू
मर्कूस 6:21त्यसपछि एउटा उपयुक्त मौका मिल्यो। हेरोदले तिनको जन्म दिनमा आफ्ना भारदारहरू, कप्तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए।
- हेरोदियासकी छोरीले नाचिन् र यूहन्नाको शिर मागिन्मत्ती 14:6–8
पदहरू
मत्ती 14:6–8तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्न बनाइन्। त्यसको प्रतिक्रियामा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए। आफ्नी आमाले सिकाएपछि तिनले भनिन्, “मलाई यहाँ एउटा थालमा बप्तिस्मा-दिने यूहन्नाको शिर दिनुहोस्।”
- अय्यूबले आफू जन्मेको दिनलाई सरापेअय्यूब 3:1–3
पदहरू
अय्यूब 3:1–3यसपछि अय्यूबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई सरापे। तिनले भने, “म जन्मेको दिन नष्ट होस्, त्यो रात जसले भन्यो, 'एउटा बालकको गर्भधारण भएको छ।'
- यर्मिया: म जन्मेको दिन श्रापित होस्यर्मिया 20:14, यर्मिया 20:18
पदहरू
यर्मिया 20:14त्यो दिन श्रापित होस् जति बेला म जन्मेको थिएँ। मेरी आमाले मलाई जन्म दिएकी दिन आशिषित नहोस्।
यर्मिया 20:18सङ्कष्ट र वेदना हेर्न, यसरी मेरा दिनहरू लाजमा बिताउन म किन गर्भबाट बाहिर निस्केर आएँ?”
- असल नाउँ अत्तरभन्दा असल, मृत्युको दिन जन्मको दिनभन्दाउपदेशक 7:1
पदहरू
उपदेशक 7:1महङ्गो अत्तरभन्दा असल नाउँ उत्तम हुन्छ, र जन्मको दिनभन्दा मृत्युको दिन राम्रो हुन्छ।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार