खोजी गर्नुहोस् › विषयहरू › साँचो, छाप र छाप-औँठी
अचम्मका विवरणहरू
बाइबलमा साँचो, छाप र छाप-औँठी
पवित्र बाइबल (ULB) का 27 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
साँचो र आग्लो
- एहूदले राजा एग्लोनको माथिल्लो कोठाका ढोका पछाडिबाट बन्द गरेन्यायकर्ताहरू 3:23
पदहरू
न्यायकर्ताहरू 3:23त्यसपछि एहूद कौसीमा निस्के र माथिल्लो कक्षका आफू पछाडिका ढोकाहरू थुनिदिए र ताल्चा लगाइदिए।
- सेवकहरू पर्खे, अनि साँचो लिएर ढोका खोलेन्यायकर्ताहरू 3:24–25
पदहरू
न्यायकर्ताहरू 3:24–25एहूद गइसकेपछि, राजाका सेवकहरू आए। तिनीहरूले माथिल्लो कक्षका ढोकाहरूमा ताल्चा लागेको देखे। यसैले तिनीहरूले विचार गरे, “पक्कै पनि उहाँ माथिल्लो शीतल कक्षमा दिसा गरिरहनुभएको होला।” राजाले माथिल्लो कक्षका ढोकाहरू नखोलेपछि, आफ्नो जिम्मेवारी पुरा नगरेकोझैं तिनीहरूलाई महसुस भएको हुनाले तिनीहरूलाई चिन्ता भयो। यसैले तिनीहरूले साँचो लिए र ढोकाहरू खोले, र आफ्ना मालिकलाई भुइँमा मृत अवस्थामा ढलेको देखे।
- लेवीहरूले रातभरि परमेश्वरको भवनको पहरा दिन्थे र हरेक बिहान खोल्थे१ इतिहास 9:27
पदहरू
१ इतिहास 9:27तिनीहरू परमेश्वरको भवनमा आ-आफ्ना जिम्मेवारीको ठाउँमा नै रात बिताउँथे, किनकी त्यसको सुरक्षा गर्नु तिनीहरूको जिम्मेवारी थियो। तिनीहरूले हरेक बिहान त्यसलाई खोल्थे।
- यरूशलेमका ढोकाहरू खापा, चुकुल र आग्लोसहित फेरि बनाइएनहेम्याह 3:3
पदहरू
नहेम्याह 3:3हस्सेननाका छोराहरूले माछा ढोका बनाए। तिनीहरूले यसका लागि सत्तरीहरू बनाई यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू बनाए।
छाप र छाप-औँठी
- यहूदाले आफ्नो छाप, डोरी र लौरो तामारसँग धितो छोडेउत्पत्ति 38:18
पदहरू
उत्पत्ति 38:18उनले भने, “म तिमीलाई बन्धकको रूपमा के दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप, त्यसको डोरी, र तपाईंको हातमा भएको त्यो लौरो।” उनले ती सबै तिनलाई दिए र तिनीसँग सुते, अनि तिनी उनीद्वारा गर्भवती भइन्।
- तामार: यो छाप, डोरी र लौरो कसका हुन्?उत्पत्ति 38:25
पदहरू
उत्पत्ति 38:25जब तिनलाई ल्याइँदै थियो, तिनले आफ्नो ससुरालाई एउटा सन्देश पठाए, “यी सामानहरू जसका हुन् म त्यही मानिसद्वारा गर्भवती भएकी हुँ।” तिनले भनिन्, “यो छाप, त्यसको डोरी र यो लौरो कसका हुन् कृपया पत्ता लगाइदिनुहोस्।”
- फारोले आफ्नो छाप-औँठी योसेफको औँलामा लगाइदिएउत्पत्ति 41:42
पदहरू
उत्पत्ति 41:42फारोले आफ्नो औँलाबाट छाप-औँठी फुकाली योसेफको औँलामा लगाइदिए। तिनले योसेफलाई सुन्दर मलमलको लुगा पहिराइदिए र तिनको गलामा सुनको सिक्री लगाइदिए।
- ईजेबेलले आहाबको नाउँमा पत्र लेखिन् र उनकै छापले छाप लगाइन्१ राजाहरू 21:8
पदहरू
१ राजाहरू 21:8त्यसैले ईजेबेलले आहाबको नाउँमा चिठीहरू लेखिन्, र तिनका राजाको छाप लगाई नाबोतको सहरमा तिनीसित बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन्।
- अहासूरसले आफ्नो छाप-औँठी हामानलाई दिएएस्तर 3:10
पदहरू
एस्तर 3:10तब राजाले आफ्नो हातबाट छाप-औँठी निकाले र यहूदीहरूका शत्रु अगागी हम्मदाताका छोरा हामानलाई त्यो दिए।
- हामानको आदेश राजाको नाउँमा लेखियो र औँठीले छाप लगाइयोएस्तर 3:12
पदहरू
एस्तर 3:12तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो, र हामानको आदेश समावेश गर्ने गरी एउटा उर्दी लेखेर राजा प्रान्तीय गभर्नरहरू, सबै प्रान्तका अधिकारीहरू, विभिन्न जातिका सबै गभर्नरहरू, सबैजातिका अधिकारीहरूलाई हरेक प्रान्तमा तिनीहरूको आफ्नै लिपि र हरेक जातिको आफ्नै भाषामा पठाइयो। यसलाई राजा अहासूरसको नाउँमा लेखिएको र त्यसलाई तिनको औँठीद्वारा छाप लगाइएको थियो।
- हामानबाट फिर्ता लिइएको औँठी मोर्दकैलाई दिइयोएस्तर 8:2
पदहरू
एस्तर 8:2राजाले हामानबाट लिएको आफ्नो छाप-औँठी निकालेर मोर्दकैलाई दिए। एस्तरले मोर्दकैलाई हामानको जमिनको जिम्मा दिइन्।
- राजकीय छाप-औँठीले छाप लगाइएको आदेश रद्द गर्न सकिँदैनएस्तर 8:8
पदहरू
एस्तर 8:8राजाको नाउँमा यहूदीहरूको पक्षमा अर्को आदेश लेखे र त्यसमा राजाको औँठीले छाप लगाओ। किनकि पहिले नै राजाको नाउँमा लेखिएको आदेश जसमा राजाको औँठीको छाप लागेको छ, त्यो रद्द हुन सक्दैन।”
- मोर्दकैले पत्रमा छाप लगाए र घोडचढी हुलाकीद्वारा पठाएएस्तर 8:10
पदहरू
एस्तर 8:10मोर्दकैले राजा अहासूरसको नाउँमा त्यो लेखे र त्यसमा राजाको छाप-औँठीले छाप लगाए। राजको सेवामा प्रयोग गरिने छिटो कुद्ने घोडाहरूमा सवार गराएर पत्रवाहकहरूद्वारा तिनले ती चिठ्ठीहरू पठाए।
- सिंहको खोरलाई राजाको औँठी र उनका भारदारहरूका औँठीले छाप लगाइयोदानिएल 6:17
पदहरू
दानिएल 6:17खोरको ढोकामा एउटा ढुङ्गो ल्याएर राखियो, र दानिएलको विषयमा केही पनि परिवर्तन नहोस् भनेर राजाले त्यसमा आफ्नो अनि आफ्ना भारदारहरूका औंठीको मोहर लगाए।
- अगुवा, लेवी र पुजारीहरूका नाउँले छाप लगाइएको लिखित सम्झौतानहेम्याह 9:38, नहेम्याह 10:1
पदहरू
नहेम्याह 9:38यी सबै कारणले गर्दा हामी लेखेर नै दृढ करार बाँध्दछौँ। छाप लगाइएको दस्तावेजमा हाम्रा राजकुमारहरू, लेवीहरू र पुजारीहरूका नाउँ हुन्छन्।”
नहेम्याह 10:1सहीछाप लाउनेहरूका नाउँ यिनै थिए: हकल्याहका छोरा राज्यपाल नहेम्याह, सिदकियाह,
- यर्मियाले तमसुकमा सही र छाप लगाए: एउटा छाप लगाइएको प्रति, एउटा खुला प्रतियर्मिया 32:10–11
पदहरू
यर्मिया 32:10–11तब मैले तमसुकमा सही गरी छाप लगाएँ, र मैले यसको लागि साक्षीहरू राखेँ। मैले तराजुमा चाँदी जोखेर दिएँ। आज्ञा र विधानहरूको अनुसरण गरेर मैले छाप लगाइएको र नलागाइएको तमसुक लिएँ।
- लामो समयसम्म रहोस् भनेर तमसुकहरू माटोको भाँडोमा राखिएयर्मिया 32:14
पदहरू
यर्मिया 32:14“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः छाप लगाइएको र नलगाइएको तमसुकका यी दुवै प्रतिका यी कागजपत्र समात् र यिनलाई एउटा माटोको भाँडोमा हाल्, यसरी लामो समयसम्म ती रहनेछन्।
- ढुङ्गामा छाप लगाएर र पहरा राखेर येशूको चिहान सुरक्षित पारियोमत्ती 27:66
पदहरू
मत्ती 27:66त्यसैले, तिनीहरू गए र ढुङ्गामा मोहर लगाए र पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे।
छापझैँ खोपिएको
- इस्राएलका छोराहरूका नाउँ छापझैँ खोपिएका दुईवटा गोमेद ढुङ्गाप्रस्थान 28:9, प्रस्थान 28:11, प्रस्थान 39:6
पदहरू
प्रस्थान 28:9दुईवटा आनिक्स पत्थरलाई लिएर तिनमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्नू।
प्रस्थान 28:11छापमा खोप्ने शिल्पकारले झैँ तैँले यो दुईवटा पत्थरमा इस्राएलका बाह्र जना छोराका नाउँ खोप्नू। ती पत्थर सुनका रत्न जडिने मणिघरमा जड्न लगाउनू।
प्रस्थान 39:6तिनीहरूले सुनका मणिघरहरूमा आनिक्स रत्नहरू जडे, र छापमा खोपिएजस्तै तिनीहरूले इस्राएलका बाह्र छोराका नाउँ खोपे।
- छातीपटाका बाह्र ढुङ्गा, हरेकमा छापझैँ एउटा कुलको नाउँ खोपिएकोप्रस्थान 28:21, प्रस्थान 39:14
पदहरू
प्रस्थान 28:21ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग होऊन्। छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गरोस्।
प्रस्थान 39:14ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग राखिएका थिए। छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गर्थ्यो।
- छापझैँ खोपिएको सुनको पाता: परमप्रभुको निम्ति पवित्रप्रस्थान 28:36, प्रस्थान 39:30
पदहरू
प्रस्थान 28:36तैँले निखुर सुनको एउटा पाता बनाउनू, र यसमा छापमा खोपेजस्तै गरी “परमप्रभुको निम्ति पवित्र” भनी खोप्नू।
प्रस्थान 39:30तिनीहरूले निखुर सुनको पवित्र मुकुटको पाता बनाए।
- श्रेष्ठगीतको एउटा भनाइ: मलाई तपाईंको हृदयमा छापजस्तै गरी लगाउनुहोस्श्रेष्ठगीत 8:6
पदहरू
श्रेष्ठगीत 8:6मलाई तपाईंको हृदय र तपाईंको पाखुरामा एउटा छापजस्तै गरी लगाउनुहोस्, किनकि प्रेम मृत्युजत्तिकै प्रबल हुन्छ। जोसिको भक्ति पातालजत्तिकै निष्ठुर हुन्छ। यसको ज्वाला दन्कन्छ। यो दन्कने आगो हो। यो कुनै पनि आगोभन्दा तातो हुन्छ।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार