खोजी गर्नुहोस् › विषयहरू › इनारहरू
अचम्मका विवरणहरू
बाइबलमा इनारहरू
पवित्र बाइबल (ULB) का 20 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- हागारले एउटा इनार देखिन् र केटालाई पानी खुवाइन्उत्पत्ति 21:19
पदहरू
उत्पत्ति 21:19त्यसपछि परमप्रभुले तिनका आँखा खोलिदिनुभयो, र तिनले पानीको एउटा कुवा देखिन्। तिनी गएर त्यस मशकमा पानी भरिन्, अनि बालकलाई पानी दिइन्।
- बेर्शेबामा इनार आफूले खनेको साक्षीस्वरूप अब्राहामले सातवटा पाठी दिएउत्पत्ति 21:25–31
पदहरू
उत्पत्ति 21:25–31अब्राहामले अबीमेलेकसँग तिनका नोकरहरूले उनीबाट खोसेका पानीको कुवाको विषयमा पनि गुनासो गरे। अबीमेलेकले भने, “यो काम कसले गर्यो मलाई थाहा भएन। तिमीले यस विषयमा मलाई पहिले नै भनेनौ, र मैले यसबारे आजसम्म केही सुनेको छैनँ।” यसैकारण अब्राहामले भेडाहरू र गाई-गोरुहरू अबीमेलेकलाई दिए, र तिनीहरूले प्रतिज्ञा गरे। त्यसपछि आफ्नो बगालबाट अब्राहामले सातवटा पाठी छुट्ट्याए। अबीमेलेकले अब्राहामलाई भने, “तिमीले छुट्ट्याएर राखेको यी सात पाठीको अर्थ के हो?” तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्त गर्नुहुनेछ।” यसैकारण उनले त्यस ठाउँलाई बेर्शेबा भने किनभने तिनीहरू दुवैले प्रतिज्ञा गरेका थिए।
- पलिश्तीहरूले अब्राहामका इनार पुरे; इसहाकले ती फेरि खोलेउत्पत्ति 26:15, उत्पत्ति 26:18
पदहरू
उत्पत्ति 26:15तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनेका सबै इनारहरू पलिश्तीहरूले ढुङ्गा-माटोले पुरेर रोकिदिए।
उत्पत्ति 26:18तिनले आफ्ना पिताका पालोमा तिनीहरूले खनेका इनारहरू फेरि खने। अब्राहामको मृत्युपछि पलिश्तीहरूले ती रोकिदिएका थिए। अनि तिनले ती इनारहरूलाई आफ्ना पिताले राखेकै नाउँ राखिदिए।
- इनारका निम्ति झगडा: एसेक, सित्ना, अनि रहोबोतउत्पत्ति 26:20–22
पदहरू
उत्पत्ति 26:20–22तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरेर भने “यो पानी हाम्रो हो।” यसकारण इसहाकले त्यस इनारको नाउँ एसेक राखे, किनभने तिनीहरूले उनीसँग झगडा गरे। तब तिनीहरूले अर्को इनार खने, र त्यसमा पनि तिनीहरूले झगडा गरे। यसकारण तिनले त्यसको नाउँ सित्ना राखे। तिनी त्यो ठाउँ छोडेर गए अनि तिनले अर्को इनार खने, तर तिनीहरूले त्यसमा चाहिँ झगडा गरेनन्। यसकारण तिनले त्यसको नाउँ रहोबोत राखेर यसो भने, “अब परमप्रभुले हामी निम्ति बस्ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्दो-फुल्दो हुनेछौँ।”
- इसहाकका सेवकहरूले पानी भेट्टाए: शिबा, बेर्शेबाउत्पत्ति 26:32–33
पदहरू
उत्पत्ति 26:32–33त्यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई बताए। तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ।” तिनले त्यस इनारको नाउँ शिबा राखे, यसकारण त्यस सहरको नाउँ आजसम्म पनि बेर्शेबा नै छ।
- बेअर-लहै-रोइ नाउँको इनारउत्पत्ति 16:14
पदहरू
उत्पत्ति 16:14त्यसैले त्यस इनारको नाउँ बेअर-लहै-रोइ राखियो, जुन कादेश र बेरेदको बिचमा पर्छ।
- रिबेका आफ्नो गाग्री लिएर मूलमा आइन्उत्पत्ति 24:16
पदहरू
उत्पत्ति 24:16ती जवान स्त्री अत्यन्त सुन्दरी र कुमारी थिइन्। तिनको कुनै मानिससित पनि सहवास भएको थिएन। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्।
- हारानमा इनारको मुख ठूलो ढुङ्गाले ढाकिएको थियोउत्पत्ति 29:2–3
पदहरू
उत्पत्ति 29:2–3तिनले हेर्दा मैदानमा एउटा इनार देखे, र त्यसको नजिक भेडाका तिनवटा बगाल बसिरहेका थिए। किनकि त्यही इनारबाट तिनीहरूले बगाललाई पानी खुवाउँथे, र इनारको मुख ढाक्ने ढुङ्गा ठुलो थियो। सबै बगालहरू त्यहाँ जम्मा भएपछि गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्थे। त्यसपछि तिनीहरूले त्यो ढुङ्गालाई इनारको मुखमा फेरि पहिलेकै ठाउँमा राखिदिन्थे।
- याकूबले ढुङ्गा गुडाए र राहेलको बगाललाई पानी खुवाएउत्पत्ति 29:10
पदहरू
उत्पत्ति 29:10जब याकूबले आफ्ना मामा लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, याकूबले नजिक आएर इनारको मुखको ढुङ्गा गुडाए, अनि आफ्ना मामा लाबानका भेडाहरूलाई पानी खुवाए।
- मोशा मिद्यानमा एउटा इनारछेउ बसे र सात दिदीबहिनीलाई सहायता गरेप्रस्थान 2:15–17
पदहरू
प्रस्थान 2:15–17फारोले यस विषयमा सुनेपछि तिनले मोशालाई मार्न खोजे। तर मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ तिनी कुवानेर बसे। अब मिद्यानका पूजाहारीका सात छोरी थिए। तिनीहरू आएर पानी भरे र तिनीहरूका पिताका भेडा-बाख्रालाई पानी खुवाउन डुँड भरे। गोठालाहरू आएर तिनीहरूलाई धपाउन खोज्दा मोशाले ती युवतीहरूको मदत गरे। त्यसपछि तिनले तिनीहरूका भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए।
- इस्राएलले इनारलाई गीत गायो: ए इनार, फुटेर निस्क!गन्ती 21:16–18
पदहरू
गन्ती 21:16–18तिनीहरूले त्यहाँबाट बेओरसम्म यात्रा गरे। त्यो इनारमा परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूलाई भेला गर् र म तिनीहरूलाई पानी दिन्छु।” त्यसपछि इस्राएलले यो गीत गायो, “इनारको मूल फुटेर निस्क्यो! यसको गीत गाओ, हाम्रा अगुवाहरूले खनेका इनारबारे मानिसहरूका भारदारहरूले खनेका इनार, राजदण्ड र लहुराले खनेका इनार।”
- प्रतिज्ञाको देशमा आफूले नखनेका इनारहरू थिएव्यवस्था 6:11
पदहरू
व्यवस्था 6:11र ज्यादै राम्रा-राम्रा सहरहरू भएको देशमा ल्याउनुहुँदा जहाँ तिमीहरूले नबनाएका सबै किसिमका असल थोकहरूले घरहरू भरिपूर्ण हुने छन्, तिमीहरूले नखनेका इनारहरू हुने छन् र तिमीहरूले नरोपेका दाखबारी र जैतूनका रुखहरू हुने छन्, ती तिमीहरूले खाने छौ र तृप्त हुने छौ,
- दाऊदका जासुसहरू बहूरीममा एउटा इनारभित्र लुके२ शमूएल 17:18–19
पदहरू
२ शमूएल 17:18–19तर योपल्ट एक जना जवान मानिसले तिनीहरूलाई देख्यो र अब्बशालोमलाई बतायो। त्यसैले जोनाथन र अहीमास तुरुन्तै गए र बहूरिममा एक जना मानिसको घरमा आए जसको आँगनमा एउटा इनार थियो, जसभित्र तिनीहरू पसे। ती मानिसकी पत्नीले त्यो इनारको ढकनी ल्याइन् र इनारको मुख ढाकिन् अनि त्यसमाथि बिस्कुन सुकाइन्, त्यसैले इनारमा जोनाथन र अहीमास थिए भनेर कसैले थाहा पाएनन्।
- तीन शूरवीरले बेथलेहेमको इनारबाट दाऊदका निम्ति पानी ल्याए२ शमूएल 23:15–16
पदहरू
२ शमूएल 23:15–16दाऊदले पानी तृष्णा गरे र भने, “बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी कसैले ल्याइदिएको भए मात्रै पनि हुन्थ्यो नि!” त्यसैले यी तीन जना वीर मानिसहरू पलिश्तीहरूको फौजलाई तोडेर बिचबाट गए र बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी ल्याए। तिनीहरूले पानी लिए र दाऊदकहाँ ल्याए, तर तिनले त्यो पिउन इन्कार गरे। बरु, तिनले त्यो परमप्रभुमा चढाए।
- उज्जियाहले आफ्ना पशुका निम्ति धेरै कुण्ड खने२ इतिहास 26:10
पदहरू
२ इतिहास 26:10तिनले उजाड-स्थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेसी दुवैमा तिनका गाईबस्तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने। पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे।
- योसेफलाई पानी नभएको खाली खाडलमा फालियोउत्पत्ति 37:24
पदहरू
उत्पत्ति 37:24तिनीहरूले उनलाई पक्रेर खाडलमा फ्याँकिदिए। त्यो खाडलमा पानी थिएन र त्यो सुक्खा थियो।
- यर्मिया सुक्खा कुण्डको हिलोमा भासिएयर्मिया 38:6
पदहरू
यर्मिया 38:6तब तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्कियाहको इनारमा फालिदिए। यो इनार गारदको चोकमा थियो। तिनीहरूले यर्मियालाई डोरीद्वारा तल झारे। इनारमा पानी थिएन, तर त्यसमा दलदले हिलो थियो, र तिनी हिलोमा गाडिए।
- करिब छैटौँ घडीमा येशू याकूबको इनारछेउ बस्नुभयोयूहन्ना 4:6
पदहरू
यूहन्ना 4:6त्यहाँ याकूबको इनार थियो। येशू आफ्नो यात्राले थाक्नुभयो र इनारको छेउमा बस्नुभयो। यो छैठौँ घडीतिरको कुरा थियो।
- स्त्री: तपाईंसँग पानी झिक्ने केही छैन, र इनार गहिरो छयूहन्ना 4:11
पदहरू
यूहन्ना 4:11स्त्रीले उहाँलाई जवाफ दिइन्, “महाशय, तपाईंसित बाल्टिन छैन; इनार पनि गहिरो छ। अनि तपाईंसँग जिउँदो पानी कहाँ छ त?
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार