खोजी गर्नुहोस् › विषयहरू › छल र भेष
अचम्मका विवरणहरू
बाइबलमा छल र भेष
पवित्र बाइबल (ULB) का 45 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
उत्पत्तिमा
- सर्प स्त्रीलाई भन्छ: तिमीहरू निश्चय नै मर्नेछैनौउत्पत्ति 3:4
पदहरू
उत्पत्ति 3:4सर्पले स्त्रीलाई भन्यो, “निश्चय नै तिमीहरू मर्नेछैनौ।
- अब्राम सारैलाई आफू उनकी बहिनी हुँ भन्न आग्रह गर्छन्उत्पत्ति 12:13
पदहरू
उत्पत्ति 12:13यसैले तिमी मेरी बहिनी हौ भनी तिमीले भन, ताकि तिम्रो खातिर मेरो भलो होस् र तिम्रो खातिर मेरो जीवन बाँचोस्।
- गरारमा अब्राहाम फेरि साराबारे भन्छन्: ऊ मेरी बहिनी होउत्पत्ति 20:2
पदहरू
उत्पत्ति 20:2अब्राहामले आफ्नी पत्नी साराको बारेमा यस्तो भनेका थिए, “यिनी मेरी बहिनी हुन्।” यसैकारण गरारका राजा अबीमेलेकले सारालाई मानिसहरू पठाई आफूकहाँ ल्याए।
- मानिसहरूले मार्लान् भन्ने डरले इसहाक रिबेकालाई आफ्नी बहिनी भन्छन्उत्पत्ति 26:7
पदहरू
उत्पत्ति 26:7त्यस ठाउँका मानिसहरूले तिनकी पत्नीको विषयमा सोधपुछ गर्दा तिनले “तिनी मेरी बहिनी हुन्” भने। किनकि तिनले यस्तो सोचे, “रिबेकालाई प्राप्त गर्नको लागि यस ठाउँका मानिसहरूले मलाई मार्नेछन्, किनकी तिनी धेरै सुन्दरी छिन्।”
- रिबेका याकूबलाई एसावको लुगा र बाख्राको छाला लगाइदिन्छिन्उत्पत्ति 27:15–16
पदहरू
उत्पत्ति 27:15–16रिबेकाले घरमा भएका आफ्ना जेठो छोरो एसावका असल लुगाहरू झिकेर आफ्नो कान्छा छोरो याकूबलाई लगाइदिइन्। बाख्राका पाठाका छालाहरू तिनले याकूबका हात र घाँटीका रौँ नभएका भागमा लगाइदिइन्,
- देख्न नसक्ने बुबालाई याकूब भन्छन्: म तपाईंको जेठो छोरा एसाव हुँउत्पत्ति 27:1, उत्पत्ति 27:19
पदहरू
उत्पत्ति 27:1जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्न नसक्ने भए, तब तिनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो।” उनले तिनलाई जवाफ दिए, “हजुर, म यहीँ छु।”
उत्पत्ति 27:19याकूबले आफ्ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु। अब उठेर बस्नुहोस्, र मैले ल्याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष् दिनुहोस्।”
- लाबानले राहेलको सट्टा लेआ दिन्छन्; याकूब: तपाईंले मलाई किन छल्नुभयो?उत्पत्ति 29:23, उत्पत्ति 29:25
पदहरू
उत्पत्ति 29:23साँझमा उनले आफ्नी छोरी लेआलाई याकूबकहाँ ल्याइदिए, र याकूबले तिनीसँग सहवास गरे।
उत्पत्ति 29:25याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्। तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको? मैले राहेलको निम्ति सेवा गरेको होइन र? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो?”
- याकूब लाबानलाई नभनी चुपचाप निस्कन्छन्उत्पत्ति 31:20
पदहरू
उत्पत्ति 31:20अरामी लाबानलाई थाहा नदिई घर छाडेकाले याकूबले तिनलाई पनि छल गरे।
- राहेल लाबानका घरेलु मूर्तिहरू काठीमा लुकाएर त्यसमाथि बस्छिन्उत्पत्ति 31:34–35
पदहरू
उत्पत्ति 31:34–35राहेलले ती घर-देवताहरू ल्याएकी थिइन् र तिनलाई ऊँटको काठीमा लुकाएकी थिइन्। उनी तीमाथि बसेकी थिइन्। लाबानले पुरै पालमा खोजी गरे तापनि ती पाएनन्। उनले आफ्ना पितालाई भनिन्, “हजुर मसित नरिसाउनुहोला। म महिनावरी भएकीले म तपाईंको सामु उठ्न सक्दिनँ।” त्यसैले तिनले खोजी गरे तापनि ती घर-देवताहरू भेट्टाएनन्।
- याकूबका छोराहरू शकेमका मानिसहरूलाई खतना गर्न लगाउँछन्, अनि सहरमा आक्रमण गर्छन्उत्पत्ति 34:13, उत्पत्ति 34:15, उत्पत्ति 34:25
पदहरू
उत्पत्ति 34:13शकेमले दीनालाई अशुद्ध तुल्याएकाले याकूबका छोराहरूले शकेम र तिनका पिता हमोरलाई छलपूर्वक जवाफ दिए।
उत्पत्ति 34:15यो सर्तमा मात्रै हामी तपाईंहरूसित सहमत हुनेछौः हामीजस्तै तपाईंहरूको हरेक पुरुषको खतना हुनुपर्छ।
उत्पत्ति 34:25तेस्रो दिनमा तिनीहरू अझै दर्दमा हुँदा याकूबका दुई जना छोरा शिमियोन र लेवी (दीनाका दाजुहरू) ले आ-आफ्नो तरवार लिई आफ्नो सुरक्षामा ढुक्क रहेको सहरमाथि आक्रमण गरी सबै पुरुषलाई मारे।
- दाजुहरू योसेफको लबेदा बाख्राको रगतमा चोबेर याकूबलाई देखाउँछन्उत्पत्ति 37:31–33
पदहरू
उत्पत्ति 37:31–33तिनीहरूले एउटा बोका मारे अनि त्यसपछि योसेफको वस्त्र लिएर त्यसलाई रगतमा चोपे। त्यस वस्त्रलाई तिनीहरूले आफ्ना बुबाकहाँ ल्याएर भने, “हामीले यो भेट्टायौँ। कृपया यो तपाईंको छोराको लुगा हो कि होइन हेर्नुहोस्।” याकूबले आफ्ना छोराको लुगा चिने र भने, “यो त मेरो छोराको लुगा हो। उसलाई जङ्गली जनावरले खाएछ। योसेफलाई पक्कै पनि त्यसले टुक्रा-टुक्रा पार्यो होला।”
- तामार घुम्टो ओढ्छिन्, र यहूदा उनलाई वेश्या ठान्छन्उत्पत्ति 38:14–15
पदहरू
उत्पत्ति 38:14–15तिनले विधवाको वस्त्र फुकालिन्, घुम्टोले आफ्नो टाउको र अनुहार ढाकिन् र अरूहरूले तिनलाई नचिनून् भनेर आफैँलाई कपडाले ढाकिन्। तिनी तिम्नाको बाटोमा रहेको एनैमको द्वारमा बसिन्। किनकि शेलह ठुलो भइसकेका तर तिनलाई उनकी पत्नी हुनलाई नदिइएको तिनले देखिन्। जब यहूदाले तिनलाई देखे तिनले आफ्नो अनुहार ढाकेकी हुनाले तिनलाई एउटा वेश्या ठाने।
- योसेफ आफ्नो चाँदीको कचौरा बेन्यामीनको बोरामा लुकाउन लगाउँछन्उत्पत्ति 44:1–2
पदहरू
उत्पत्ति 44:1–2योसेफले तिनको घरको भण्डारेलाई आज्ञा दिए, “ती मानिसहरूले लैजान सक्नेजति अनाज तिनीहरूका बोराहरूमा भरिदेऊ, र हरेकको बोराको मुखमा हरेकको रुपियाँ-पैसा पनि हालिदेऊ। कान्छोको बोराको मुखमा मेरो चाँदीको कचौरा र तिनले अनाजको लागि ल्याएको रुपियाँ-पैसा पनि हालिदेऊ।” भण्डारेले योसेफले भनेझैँ गर्यो।
न्यायकर्ता र राजाहरू
- गिबोनीहरू टाढाको देशबाट आएको दाबी गर्दै फाटेका बोरा र ढुसी परेको रोटी ल्याउँछन्यहोशू 9:4–6
पदहरू
यहोशू 9:4–6उनीहरूले धूर्त योजना बनाएर काम गरे। उनीहरू समाचारवाहकको रूपमा गए। उनीहरूले फाटिसकेको बोराहरू लिए र उनीहरूका गधामाथि राखे। उनीहरूले पुरानो, फाटेको र मरम्मत गरिएका मशकहरू पनि लिए। उनीहरूले खुट्टामा पुरानो र टालेका जुत्ताहरू अनि लुगा पनि पुरानो फाटेको नै लगाए। उनीहरूले खानलाई लगेका सबै रोटी सुकिसकेका र ढुसी परेका थिए। उनीहरू गिलगालमा यहोशूको छाउनीमा गए र तिनलाई र इस्राएलका मानिसहरूलाई भने, “हामी धेरै टाढाको देशबाट आएका हौँ, त्यसैले अहिले हामीसँग सन्धि गर्नुहोस्।
- सन्धिको तीन दिनपछि इस्राएलले थाहा पायो, तिनीहरू छिमेकी थिएयहोशू 9:16
पदहरू
यहोशू 9:16इस्राएलीहरूले उनीहरूसँग यो सन्धि गरेको तिन दिनपछि उनीहरू छिमेकी रहेछन् र उनीहरू नजिकै बस्दा रहेछन् भनी तिनीहरूले थाहा पाए।
- याएल सीसरालाई भित्र बोलाउँछिन्, दूध दिन्छिन्, अनि सुतिरहँदा मार्छिन्न्यायकर्ताहरू 4:18–21
पदहरू
न्यायकर्ताहरू 4:18–21याएल सीसरालाई भेट्न बाहिर गइन् र भनिन्, “मेरा मालिक यता फर्कनुहोस् र नडराउनुहोस्।” यसैले उनी तिनीतिर फर्के र तिनको पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढाइदिइन्। उनले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ, किनकि मलाई तिर्खा लागेको छ।” तिनले दूध हालिएको मशक खोलिन् र तिनलाई पिउन दिइन्, र तिनले उनलाई फेरि ओढाइदिइन्। उनले तिनलाई भने, “पालको ढोकामा खडा बस। कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्नू।” त्यसपछि याएल (हेबेरकी पत्नी) पालको एउटा कीला र मुङ्ग्रो आफ्नो हातमा लिइन् र विस्तारै उनको नजिक गइन्, किनकि उनी मस्त निद्रामा थिए र उनको कन्चटबाट त्यो पालको कीलालाई भुइँमा नछेडिंदासम्म तिनले ठोकिदिइन् र उनी मरे।
- मीकल दाऊदको ओछ्यानमा बाख्राको रौँसहित मूर्ति सुताउँछिन्: उहाँ बिरामी हुनुहुन्छ१ शमूएल 19:13–16
पदहरू
१ शमूएल 19:13–16मीकलले घरानाको मूर्ती लिइन् र त्यसलाई ओछ्यानमा राखिन्। तिनले यसको शिरमा बाख्राको रौं राखिन् र त्यसलाई लुगाले छोपिन्। जब शाऊलले दाऊदलाई ल्याउन दूतहरू पठाए, तब तिनले भनिन्, “तिनी बिरामी छन्।” तब शाऊलले दाऊदलाई हेर्न दूतहरू पठाए। उनले भने, “त्यसलाई ओछ्यामा नै मकहाँ ल्याऊ, ताकि म त्यसलाई मार्नेछु।” जब दूतहरू हेर्नलाई आए, हेर, शिरमा बाख्राको रौंको सिरानी बनाएको घरानाको मूर्ती ओछ्यानमा थियो।
- दाऊद नोबका पुजारीलाई आफू राजाको गोप्य काममा भएको बताउँछन्१ शमूएल 21:1–2
पदहरू
१ शमूएल 21:1–2पुजारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए। अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए र तिनलाई भने, “तपाईं किन एक्लै हुनुहुन्छ र तपाईंसँग कोही पनि छैनन्?” दाऊदले पुजारी अहीमेलेकलाई भने, “राजाले मलाई एउटा काममा पठाउनुभएको छ र यस्तो हुकुम गर्नुभएको छ, 'जुन कामको बारेमा मैले तिमीलाई पठाएको छु र मैले तिमीलाई जे आज्ञा गरेको छु त्यसको बारेमा कसैलाई थाहा नहोस्।' कुनै निश्चित ठाउँमा आउन मैले जवान मानिसहरूलाई निर्देशन दिएको छु।
- दाऊद गशूरीहरूमाथि आक्रमण गर्छन्, तर आकीशलाई यहूदाको नेगेवमा आक्रमण गरेँ भन्छन्१ शमूएल 27:8, १ शमूएल 27:10
पदहरू
१ शमूएल 27:8दाऊद र तिनका मानिसहरूले विभिन्न ठाउँहरू आक्रमण गरेर गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटे। किनभने तिनीहरू शूरतिर जाँदा मिश्रदेशसम्म बस्ने त्यस देशका बासिन्दाहरू थिए। तिनीहरू त्यस देशमा प्राचीनकालदेखि बस्दै आएका थिए।
१ शमूएल 27:10आकीशले भन्थे, “आज तिमीले कसलाई लुट्यौ?” दाऊदले जवाफ दन्थे, “यहूदाको दक्षिणतिर” वा “यरहमेलीहरूको दक्षिणतिर” वा “केनीहरूको दक्षिणतिर।”
- तामार आफूकहाँ आउन् भनेर अमनोन बिरामी भएको बहाना गर्छन्२ शमूएल 13:6
पदहरू
२ शमूएल 13:6त्यसैले अमनोन पल्टिबसे र बिरामी भएको बहाना गरे। जब राजा तिनलाई हेर्न आए, तब अमनोनले राजालाई भने, “कृपया, मेरी बहिनी तामारलाई मेरो बिरामीपनको निम्ति मेरो सामु खाना बनाउन पठाइदिनुहोस् ताकि म उनको हातबाट खान सकूँ।”
- योआबले तकोकी एउटी बुद्धिमती स्त्रीलाई शोक गर्नेको अभिनय गर्न पठाउँछन्२ शमूएल 14:2–3
पदहरू
२ शमूएल 14:2–3योआबले तकोमा खबर पठाए र एउटा बुद्धिमानी स्त्रीलाई तिनीकहाँ ल्याउन लगाए। तिनले उनलाई भने, “कृपया तिमी शोकमा परेको बहाना गर र शोकको लुगा लगाऊ। आफूलाई तेल नलगाऊ, तर मरेको मानिसको निम्ति लामो समयदेखि शोकमा परेकी स्त्रीजस्तो होऊ। अनि राजाकहाँ जाऊ र तिनलाई मैले बताएको कुरामा बारेमा बताऊ।” यसरी उनले राजालाई भन्नुपर्ने कुरा योआबले उनलाई भने।
- अब्शालोम भाकलका निम्ति हेब्रोन जाने अनुमति माग्छन्, र त्यहीँ विद्रोह सुरु गर्छन्२ शमूएल 15:7, २ शमूएल 15:10
पदहरू
२ शमूएल 15:7चार वर्षको अन्ततिर यस्तो भयो कि अब्शालोमले राजालाई भने, “कृपया, मैले हेब्रोनका परमप्रभुलाई गरेको भाकल पुरा गर्न मलाई जान दिनुहोस्।
२ शमूएल 15:10तर अब्शालोमले इस्राएलका सबै कुलमा यसो भनेर जासुसहरू पठाए, “तिमीहरूले तुरहीको आवाज सुन्ने बित्तिकै, तिमीहरूले यसो भन्नू, “हेब्रोनमा अबशालोम राजा हुनुभयो'।”
- दाऊदका साथी हूशै अब्शालोमलाई अभिवादन गर्छन्: राजा चिरञ्जीवी होऊन्!२ शमूएल 16:16
पदहरू
२ शमूएल 16:16जब दाऊदका मित्र अरकी हूशै अब्शालोमकहाँ आए, तब हूशैले अब्शालोमलाई भने, “राजा अमर रहुन्! राजा अमर रहुन्!”
- अब्शालोम अहीतोपेलको भन्दा हूशैको सल्लाह रोज्छन्२ शमूएल 17:14
पदहरू
२ शमूएल 17:14अनि अब्बशालोम र इस्राएलका मानिसले भने, “आरकी हूशैको सल्लाह अहीतोपेलको सल्लाहभन्दा राम्रो छ।” परमप्रभुले अब्शालोममाथि विनाश ल्याउनको निम्ति अहीतोपेलको सल्लाह इन्कार गर्ने निश्चय गर्नुभएको थियो।
- एक वृद्ध अगमवक्ता परमेश्वरका जनलाई आफ्नो घर फर्काउन झूट बोल्छन्१ राजाहरू 13:18
पदहरू
१ राजाहरू 13:18त्यसैले ती वृद्ध अगमवक्ताले तिनलाई भने, “तपाईंजस्तै म पनि अगमवक्ता हुँ, र परमप्रभुको वचनद्वारा एउटा स्वर्गदूतले मलाई यसो भने, 'तिनलाई तिमीसँगै घरमा फर्काएर ल्याउनू ताकि तिनले रोटी खान सकून् र पानी पिउन सकून्'।” तर तिनले परमेश्वरका जनलाई झुट बोल्दै थिए।
- यारोबामकी पत्नी भेष बदलेर जान्छिन्; देख्न नसक्ने अहियाहले उनलाई नाउँ लिएर स्वागत गर्छन्१ राजाहरू 14:2, १ राजाहरू 14:4, १ राजाहरू 14:6
पदहरू
१ राजाहरू 14:2यारोबामले आफ्नी पत्नीलाई भने, “उठ र तिमी मेरी पत्नी हौ भनी नचिन्नलाई आफ्नो भेष बदली गर। अनि शीलोमा जाऊ किनकि अहियाह अगमवक्ता त्यहीँ छन्। यी मानिसहरूमाथि म नै राजा हुनेथिएँ भनी मेरो बारेमा बताउने तिनी नै थिए।
१ राजाहरू 14:4यारोबामकी पत्नीले त्यसै गरिन्। उनी बाटो लागिन् र शीलोमा गइन्, र अहियाहको घरमा आइन्। अहियाहले देख्न सक्दैनथे। तिनको वृद्धावस्थाको कारणले तिनले आफ्ना आँखाको ज्योति गुमाएका थिए।
१ राजाहरू 14:6उनी ढोकामा आइपुग्दा अहियाहले उनको खुट्टाको आवाज सुने, र भने, “हे यारोबामकी पत्नी, भित्र आऊ। किन तिमी अर्कै स्त्री भएझैँ नाटक गर्छ्यौ? म खराब समाचारसहित तिमीकहाँ पठाइएको छु।
- नामानबाट चाँदी लिन गेहजी एलीशाको झूटो सन्देश बनाउँछन्२ राजाहरू 5:22, २ राजाहरू 5:25
पदहरू
२ राजाहरू 5:22गेहजीले भन्यो, “सबै ठिकै कुरा छ। मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, 'हेर, एफ्राइमको पहाडी देशबाट अगमवक्ताहरूका छोराहरूमध्ये दुई जना युवा मकहाँ आएका छन्। कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा दिनुहोस्।”
२ राजाहरू 5:25जब गेहजी भित्र गयो र आफ्ना मालिकको अघि खडा भयो, तब एलीशाले भने, “ए गेहजी, तँ कहाँबाट आएको?” त्यसले जवाफ दियो, “तपाईंको दास कतै गएन।”
- बालका सेवकहरूलाई भेला गर्न येहू बालका निम्ति ठूलो बलिको घोषणा गर्छन्२ राजाहरू 10:19
पदहरू
२ राजाहरू 10:19त्यसकारण बालका सबै अगमवक्ता, त्यसका सबै आराधक र सबै पुजारीलाई मकहाँ बोलाओ। कोही पनि नछोडियोस् किनकि बाललाई चढाउन मसित एउटा ठुलो बलिदान छ। जो आउँदैन, त्यो बाँच्नेछैन।” तर बालका आराधकहरूलाई मार्न येहूले छलपूर्वक यसो गरेका थिए।
- सन्बलत हानि गर्ने योजनासहित नहेम्याहलाई ओनोको मैदानमा बोलाउँछन्नहेम्याह 6:2
पदहरू
नहेम्याह 6:2सन्बलत र गेशेमले मलाई यसो भनी खबर पठाए, “आऊ, हामी ओनोको मैदानको कतैतिर भेटघाट गरौँ।” तर तिनीहरूले मेरो हानि गर्ने मनसाय बनाएका थिए।
- भाडामा लिइएको एक मानिसले नहेम्याहलाई मन्दिरमा लुक्न उक्साउँछनहेम्याह 6:10, नहेम्याह 6:12
पदहरू
नहेम्याह 6:10म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ, जो आफ्नै घरमा बन्दी बनाइएका थिए। तिनले भने, “हामी परमेश्वरको मन्दिरभित्र भेटौँ, र मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरूलाई तपाईंलाई मार्न आउँदै छन्। तपाईंलाई मार्न तिनीहरू रातमा आउँदै छन्।”
नहेम्याह 6:12परमेश्वरले तिनलाई पठाउनुभएको होइन, तर तिनी आफैले मेरो विरुद्धमा अगमवाणी गरेका थिए भनी मैले महसुस गरेँ। तोबिया र सन्बलतले तिनलाई भाडामा लिएका थिए।
नयाँ करारमा
- हेरोद ज्योतिषीहरूलाई आफू पनि आएर बालकको आराधना गर्न चाहन्छु भन्छन्मत्ती 2:8
पदहरू
मत्ती 2:8उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज। जब उनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर उनलाई दण्डवत् गर्न सकूँ।”
- मुख्य पुजारीहरू येशूलाई गुप्त रूपमा पक्रने उपाय खोज्छन्मर्कूस 14:1
पदहरू
मर्कूस 14:1यो निस्तार र अखमरी रोटीको चाडभन्दा दुई दिनअगि थियो। मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई कसरी गुप्त रूपमा गिरफ्तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए।
- चेलाहरूले शव चोरे भन्न सिपाहीहरूलाई पैसा दिइन्छमत्ती 28:12–13
पदहरू
मत्ती 28:12–13जब पुजारीहरूले एल्डरहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए, र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र उनको मृत शरीरलाई चोरेर लगे।’
- हननिया र सफिरा आफ्नो जमिनको मूल्यको केही भाग लुकाएर राख्छन्प्रेरित 5:1–2, प्रेरित 5:8
पदहरू
प्रेरित 5:1–2अब एक जना हननिया नाउँ गरेका मानिसले आफ्नी पत्नी सफिरासँग मिलेर एक टुक्रा जमिन बेचे। र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए।
प्रेरित 5:8पत्रुसले उनलाई भने, “तिमीहरूले सो जमिनलाई त्यत्ति नै मूल्यमा बेचेका हौ या होइनौ, मलाई बताऊ।” उनले भनिन्, “हो, त्यत्तिमा नै हो।”
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार