खोजी गर्नुहोस् › विषयहरू › ताराहरू
अचम्मका विवरणहरू
बाइबलमा ताराहरू
पवित्र बाइबल (ULB) का 21 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- परमेश्वरले दुई ठूला ज्योति, र ताराहरू पनि बनाउनुभयोउत्पत्ति 1:16
पदहरू
उत्पत्ति 1:16परमेश्वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।
- सक्छौ भने ताराहरू गन भनेर अब्राहामलाई भनिन्छउत्पत्ति 15:5
पदहरू
उत्पत्ति 15:5अनि उहाँले तिनलाई बाहिर ल्याउनुभयो र भन्नुभयो, “आकाशतिर हेर् र ताराहरूलाई गन्, यदि तैले तिनीहरूलाई गन्न सक्छस् भने।” अनि उहाँले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू पनि यस्तै हुनेछन्।”
- ताराहरू र बालुवाझैँ असङ्ख्य सन्तानउत्पत्ति 22:17, व्यवस्था 1:10
पदहरू
उत्पत्ति 22:17म निश्चय नै तँलाई आशिष् दिनेछु र म तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्याउनेछु। तेरा सन्तानले आफ्ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन्।
व्यवस्था 1:10परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको वृद्धि गराउनुभएको छ, अब हेर आज तिमीहरू आकाशका तारापुञ्जजस्तै धेरै भएका छौ।
- उहाँ ताराहरूको सङ्ख्या निर्धारण गर्नुहुन्छ र हरेकको नाउँ राख्नुहुन्छभजनसंग्रह 147:4
पदहरू
भजनसंग्रह 147:4उहाँले ताराहरू गन्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ।
- तेजमा एउटा ताराभन्दा अर्को तारा फरक हुन्छ१ कोरिन्थी 15:41
पदहरू
१ कोरिन्थी 15:41सूर्यको महिमा एक किसिमको हुन्छ र चन्द्रमाको अर्कै र त्यसरी नै ताराहरूको महिमा फरक हुन्छ। किनकि एउटा ताराको महिमा अर्को ताराको भन्दा फरक हुन्छ।
- योसेफले एघारवटा ताराले दण्डवत् गरेको सपना देखेउत्पत्ति 37:9
पदहरू
उत्पत्ति 37:9उनले अर्को एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए। उनले भने, “हेर्नुहोस्, मैले अर्को सपना देखेँः सूर्य, चन्द्र र एघारवटा ताराले मलाई दण्डवत् गरे।”
- ताराहरूले आफ्ना मार्गबाट सीसराको विरुद्धमा लडेन्यायकर्ताहरू 5:20
पदहरू
न्यायकर्ताहरू 5:20आकाशबाट ताराहरू युद्ध लडे, आकाशमा तिनीहरूका मार्गहरूबाट तिनीहरू सीसराको विरुद्धमा युद्ध लडे।
- बिहानका ताराहरूले मिलेर गाएअय्यूब 38:7
पदहरू
अय्यूब 38:7कति बेला बिहानका ताराहरूले एकसाथ गाए, र परमेश्वरका सबै छोराहरूले आनन्दले चिच्च्याए।
- ज्योतिषीहरूले पूर्वमा उहाँको तारा देखेमत्ती 2:2
पदहरू
मत्ती 2:2“यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँलाई दण्डवत् गर्न आएका छौँ।”
- तारा अगाडि-अगाडि गयो र त्यस ठाउँमाथि रोकियोमत्ती 2:9–10
पदहरू
मत्ती 2:9–10तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो। जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए।
- दाऊदले बीस वर्षमुनिकालाई गनेनन्: इस्राएल ताराहरूझैँ हुनेथियो१ इतिहास 27:23
पदहरू
१ इतिहास 27:23दाऊदले बीस वर्षदेखि मुनिकाहरूको जनसंख्या लिएनन्, किनभने परमप्रभुले इस्राएलको संख्या आकाशका ताराहरूझैं बढाउने प्रतिज्ञा गर्नुभएको थियो।
नाउँ लिइएका तारापुञ्जहरू
- सप्तर्षि, मृगशिरा, किरकिटी र दक्षिणका तारापुञ्जहरूअय्यूब 9:9
पदहरू
अय्यूब 9:9उहाँले सप्तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारापुञ्जहरू बनाउनुहुन्छ।
- के तिमी किरकिटीलाई बाँध्न वा मृगशिराको पेटी फुकाल्न सक्छौ?अय्यूब 38:31–32
पदहरू
अय्यूब 38:31–32के तैंले किरकिटी ताराहरूलाई साङ्लाले बाँध्न सक्छस्? अर्थात् मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस्? के तैंले तारामण्डलहरूलाई तिनीहरूको आफ्नो ऋतुमा प्रकट गराउन सक्छस्? के तैंले सप्तर्षि तारा र त्यसको दललाई डोर्याउन सक्छस्?
- आमोस: उहाँले किरकिटी र मृगशिरा बनाउनुभयोआमोस 5:8
पदहरू
आमोस 5:8परमेश्वरले किरकिटी र मृगशिरालाई बनाउनुभयो। उहाँले अन्धकारलाई बिहानमा परिणत गर्नुहुन्छ। उहाँले दिनलाई रातको अन्धकार बनाउनुहुन्छ र समुद्रको पानीलाई बोलाउनुहुन्छ। उहाँले त्यसलाई पृथ्वीको सतहमा खन्याउनुहुन्छ। उहाँको नाउँ परमप्रभु हो।
ताराको पूजा
- इस्राएललाई सूर्य, चन्द्रमा र ताराहरूलाई नझुक्न भनिएको थियोव्यवस्था 4:19
पदहरू
व्यवस्था 4:19पुरै आकाशमुनि सबै जातिलाई परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएका सूर्य, चन्द्रमा वा ताराहरूसाथै सबै आकाशीय पिण्डहरू देखेर तिनको पुजा आराधना गर्न आफ्ना आँखा माथि नउठाओ।
- इस्राएल र राजा मनश्शे आकाशका सबै गणलाई झुके२ राजाहरू 17:16, २ राजाहरू 21:3
पदहरू
२ राजाहरू 17:16तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञालाई बेवास्ता गरे। तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए। तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे।
२ राजाहरू 21:3किनकि तिनका पिता हिजकियाले नाश पारेका उच्च ठाउँहरू तिनले पुनर्निर्माण गरे, र इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालका लागि वेदीहरू बनाए, र अश्शेरा देवीको खम्बा बनाए अनि आकाशका सबै ताराहरूका सामु तिनी घोप्टो परे र तिनीहरूको पुजा गरे।
- योशियाहले तारापुञ्जहरूलाई धूप बाल्ने पुजारीहरूलाई हटाए२ राजाहरू 23:5
पदहरू
२ राजाहरू 23:5यहूदाका राजाहरूले यहूदाका सहरहरूका उच्च ठाउँहरू र यरूशलेम वरिपरिका ठाउँहरूमा धूप बाल्नलाई चुनेका मूर्तिपूजक पुजारीहरूलाई तिनले हटाइदिए। तिनीहरूले बाल देवता, सूर्य, चन्द्रमा, ग्रहहरू र आकाशका सबै ताराहरूलाई धूप बाल्थे।
- मानिसहरू छानामाथि आकाशका गणलाई झुक्थेयर्मिया 19:13, सपन्याह 1:5
पदहरू
यर्मिया 19:13यसरी, यरूशलेमका घरानाहरू र यहूदाका राजाहरू, ती सबै घर जसका कौसीहरूमा अशुद्ध मानिसहरूले आकाशमण्डलका सबै ताराहरूको पुजा गरे र अरू देवताहरूलाई अर्घबलि चढाए, तिनीहरू तोपेतजस्तै हुनेछन्'।”
सपन्याह 1:5र घरका माथिल्लो भागमा बसेर नक्षत्रहरूको पूजा गर्नेहरू, र ती मानिसहरू जसले परमप्रभुको आराधना गर्छन् र उहाँको शपथ खान्छन् तर आफ्ना राजाको शपथ पनि खान्छन्, तिनीहरूलाई पनि म नाश गर्नेछु।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार