खोजी गर्नुहोस् › विषयहरू › शवमा मसला लगाउने र दफनका मसला
अचम्मका विवरणहरू
बाइबलमा शवमा मसला लगाउने र दफनका मसला
पवित्र बाइबल (ULB) का 18 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- योसेफले आफ्ना वैद्यहरूलाई बुबा याकूबको शवमा मसला लगाउन लगाएउत्पत्ति 50:2
पदहरू
उत्पत्ति 50:2तब योसेफले आफ्नो सेवामा हुने वैद्यहरूलाई आफ्ना पिताको लाशमा सुगन्धित लेप दल्न लगाए। यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्धित लेप दले।
- मसला लगाउन चालीस दिन लाग्यो; मिश्रीहरूले सत्तरी दिन शोक गरेउत्पत्ति 50:3
पदहरू
उत्पत्ति 50:3यसको निम्ति चालिस दिन लागेको थियो, किनकि सुगन्धित लेप लगाउँदा लाग्ने पुरा समय यति नै थियो। तिनको निम्ति मिश्रीहरूले सत्तरी दिन शोक मनाए।
- योसेफ 110 वर्षमा मरे, शवमा मसला लगाइयो र मिश्रमा सन्दूकमा राखियोउत्पत्ति 50:26
पदहरू
उत्पत्ति 50:26यसरी योसेफ एक सय दस वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्धित लेप दलेर बाकसमा हालेर मिश्रमा नै राखे।
- योसेफले भनेझैँ मोशाले योसेफका हड्डी मिश्रबाट लगेप्रस्थान 13:19
पदहरू
प्रस्थान 13:19मोशाले योसेफको अस्थि आफूसितै लगे किनकि योसेफले इस्राएलीहरूलाई यसरी गम्भीरतापूर्वक शपथ खान लगाएका थिए, “निश्चय नै परमेश्वरले तिमीहरूलाई छुटकारा दिनुहुनेछ र तिमीहरूले मेरो अस्थि आफूसितै लैजानू।”
- उनका हड्डी शकेममा याकूबले किनेको जग्गामा गाडिएयहोशू 24:32
पदहरू
यहोशू 24:32इस्राएलका मानिसहरूले मिश्रबाट ल्याएका योसेफका हड्डीहरूलाई तिनीहरूले शकेममा गाडे, त्यो याकूबले शकेमका पिता हमोरका छोराहरूबाट किनेका थिए। तिनले यो एक सय चाँदीका टुक्रामा किने र यो योसेफका सन्तानहरूको उत्तराधिकार बन्यो।
मसला र मलमल
- राजा आसालाई मसला र मिसाइएका अत्तरले भरिएको खटियामा सुताइयो२ इतिहास 16:14
पदहरू
२ इतिहास 16:14तिनको आफ्नै चिहानमा तिनलाई तिनीहरूले गाडे, जुन तिनले दाऊदको सहरमा आफ्नो निम्ति खन्न लगाएका थिए। उनलाई सुगन्धित वासनाहरू र अत्तरहरू बनाउने निपुण मानिसहरूद्वारा तयार गारिएको विभिन्न किसिमका मसलाहरू मिलाइएको अर्थीमा राखियो। अनि तिनीहरूले उनको सम्झनामा एउटा ठूलो आगो बाले।
- आसाको सम्मानमा ठूलो आगो बालियो; यहोरामका निम्ति बालिएन२ इतिहास 16:14, २ इतिहास 21:19
पदहरू
२ इतिहास 16:14तिनको आफ्नै चिहानमा तिनलाई तिनीहरूले गाडे, जुन तिनले दाऊदको सहरमा आफ्नो निम्ति खन्न लगाएका थिए। उनलाई सुगन्धित वासनाहरू र अत्तरहरू बनाउने निपुण मानिसहरूद्वारा तयार गारिएको विभिन्न किसिमका मसलाहरू मिलाइएको अर्थीमा राखियो। अनि तिनीहरूले उनको सम्झनामा एउटा ठूलो आगो बाले।
२ इतिहास 21:19त्यस रोगले तिनलाई केही समयसम्म सताइरह्यो। अनि दोस्रो वर्षको अन्तमा त्यही रोगले तिनका आन्द्रा बाहिर निस्के, र तिनी गम्भीर रोगले मरे। तिनको सम्मान गर्नलाई तिनका मानिसहरूले आगो बालेनन्, जस्तो तिनीहरूले तिनका पुर्खाहरूका निम्ति गरेका थिए।
- मार्था: अहिलेसम्म त गन्हाइसक्यो। चार दिन भइसक्योयूहन्ना 11:39
पदहरू
यूहन्ना 11:39येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि तिनी मरेको चार दिन भइसक्यो।”
- लाजरस मलमलका पट्टीले बाँधिएर, अनुहार कपडाले बेरिएर बाहिर निस्केयूहन्ना 11:44
पदहरू
यूहन्ना 11:44मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्यसको अनुहार कपडाले बेह्रिएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ।”
- येशू: उनले मेरो शरीरलाई दफनका निम्ति पहिल्यै अभिषेक गरिन्मर्कूस 14:8, यूहन्ना 12:7
पदहरू
मर्कूस 14:8तिनले जे गर्न सक्थिन् त्यही गरिन्ः तिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेल गरेकी छन्।
यूहन्ना 12:7येशूले भन्नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्न देऊ।
- निकोदेमसले धेरै मात्रामा मूर्र र एलवा ल्याएयूहन्ना 19:39
पदहरू
यूहन्ना 19:39निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए। तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए।
- यहूदी दफनको चलनअनुसार येशूको शरीर मसलासहित मलमलमा बेरियोयूहन्ना 19:40
पदहरू
यूहन्ना 19:40त्यसैले, तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे।
- स्त्रीहरूले मसला र अत्तर तयार पारे, अनि शबाथमा विश्राम गरेलुका 23:55–56
पदहरू
लुका 23:55–56गालीलदेखि पछ्याउँदै आएका स्त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो, त्यसलाई हेरे। तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे। त्यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे।
- शबाथपछि शरीरमा लगाउन तिनीहरूले मसला किनेमर्कूस 16:1
पदहरू
मर्कूस 16:1जब शबाथ-दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला ल्याए, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून्।
- हप्ताको पहिलो दिन बिहानै तिनीहरू मसला लिएर चिहानमा आएलुका 24:1
पदहरू
लुका 24:1हप्ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए।
- पत्रुसले मलमलका कपडा, र शिरको कपडा छुट्टै बेरेर राखिएको देखेयूहन्ना 20:6–7
पदहरू
यूहन्ना 20:6–7सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए। तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे, अनि उहाँको शिरको कपडा पनि देखे। यो पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्गै पट्ट्याइएको थियो।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार