खोजी गर्नुहोस् › विषयहरू › धरहरा र पहरा-धरहरा
अचम्मका विवरणहरू
बाइबलमा धरहरा र पहरा-धरहरा
पवित्र बाइबल (ULB) का 30 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- बाबेलमा: आकाशसम्म पुग्ने धरहरासहितको सहरउत्पत्ति 11:4
पदहरू
उत्पत्ति 11:4तिनीहरूले भने, “आओ, हाम्रो निम्ति एउटा सहर बनाऔँ र आकाश नै छुने एउटा धरहरा निर्माण गर्यौँ अनि नाउँ कमाऔँ। यदि हामीले यसो गरनौँ भने हामी सारा पृथ्वीभरि छरपष्ट हुनेछौँ।”
- परमप्रभु सहर र धरहरा हेर्न ओर्लनुभयोउत्पत्ति 11:5
पदहरू
उत्पत्ति 11:5यसैले परमप्रभु परमेश्वर आदमका सन्तानहरूले निर्माण गरेका त्यो सहर र धरहरा हेर्न तल आउनुभयो।
- तिनीहरूले सहर बनाउन छोडे, र त्यसलाई बाबेल भनियोउत्पत्ति 11:8–9
पदहरू
उत्पत्ति 11:8–9यसैले परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्ट पार्नुभयो र तिनीहरूले त्यो सहर निर्माण गर्न छोडे। यसकारण, यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहाँ सारा पृथ्वीको भाषा खलबलाउनुभयो अनि त्यहाँबाट नै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्ट पा्र्नुभयो।
- याकूबले बगालको धरहराभन्दा पर आफ्नो पाल टाँगेउत्पत्ति 35:21
पदहरू
उत्पत्ति 35:21इस्राएल अगि बढे र तिनले बगालको धरहराभन्दा पर आफ्नो पाल टाँगे।
युद्धमा धरहरा
- गिदोनले पनूएलको धरहरालाई धम्की दिए, अनि त्यसलाई भत्काएन्यायकर्ताहरू 8:9, न्यायकर्ताहरू 8:17
पदहरू
न्यायकर्ताहरू 8:9तिनले पनीएलका मानिसहरूसँग पनि बोले र यसो भने, “जब म फेरि सकुशल आउनेछु, तब म यो किल्ला भत्काइदिनेछु।”
न्यायकर्ताहरू 8:17तब तिनले पनीएलको किल्ला भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे।
- अबीमेलेकले शकेमको धरहरा जलाउँदा करिब एक हजार मानिस मरेन्यायकर्ताहरू 9:46, न्यायकर्ताहरू 9:49
पदहरू
न्यायकर्ताहरू 9:46शकेमका किल्लाका सबै अगुवाहरूले जब यो सुने, तब तिनीहरू एल-बरीतको मन्दिरको किल्लामा प्रवेश गरे।
न्यायकर्ताहरू 9:49यसैले हरेक व्यक्तिले हाँगाहरू काटे र अबीमेलेकको पछि लागे। तिनीहरूले ती किल्लाका पर्खालहरूमा अडाएर थुपारे, अनि त्यसमा आगो लगाइदिए, जसको कारणले शकेमको किल्लामा भएका सबै मानिसहरू, करीब एक हजार पुरुष र स्त्री मरे।
- तेबेसमा मानिसहरूले आफूलाई बलियो धरहराभित्र थुनेन्यायकर्ताहरू 9:50–52
पदहरू
न्यायकर्ताहरू 9:50–52त्यसपछि अबीमेलेक तेबेसमा गए, र उनले तेबेसको विरूद्ध छाउनी हाले र त्यसलाई कब्जा गरे। तर त्यस सहरमा एउटा बलियो किल्ला थियो, अनि त्यस सहरका सबै पुरुष र स्त्री र सबै अगुवाहरू त्यहाँ भागेर भित्रबाट ढोका थुने। तब तिनीहरू त्यस किल्लाको टुप्पोमा गए। अबीमेलेक त्यो किल्लामा आए र त्यसको विरुद्ध लडे, र त्यस किल्लालाई जलाउन भनेर तिनी त्यसको ढोकानजिक आइपुगे।
- त्यसको छानाबाट एउटी स्त्रीले अबीमेलेकमाथि जाँतो खसालिन्न्यायकर्ताहरू 9:53
पदहरू
न्यायकर्ताहरू 9:53तर एउटी स्त्रीले अबीमेलेकको शिरमा जाँतोको माथिल्लो फक्लेटो झारी र त्यसले तिनको खप्पर फुट्यो।
- यिजरेलको धरहरामा एक पहरेदारले येहूका सेना आउँदै गरेको देख्यो२ राजाहरू 9:17
पदहरू
२ राजाहरू 9:17यिजरेलको धरहरामा पहरेदार खडा थियो, र त्यसले येहूका फौज आइरहेको टाढैबाट देख्यो। त्यसले भन्यो, “मानिसहरूको एउटा समूह आइरहेको मैले देख्दछु।” योरामले भने, “एक जना घोडचढीलाई तिनीहरूलाई भेट्न पठा। त्यसलाई यसो भन्न लगा, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?”
- पहरा-धरहरादेखि किल्लाबन्दी सहरसम्म२ राजाहरू 17:9, २ राजाहरू 18:8
पदहरू
२ राजाहरू 17:9इस्राएलका मानिसहरूले परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा जे कुराहरू गर्नु ठिक थिएन, गुप्त रूपमा त्यही गरे। धरहरादेखि किल्लासम्म नै आफ्ना सबै सहरहरूमा तिनीहरूले आफ्ना निम्ति उच्च थानहरू बनाए।
२ राजाहरू 18:8पलिश्तीहरूको देश गाजा र पहरेदार बस्ने धरहरादेखि किल्लाबन्दी गरिएको सहरसम्म त्यसको वरिपरिका सिमानाहरू तिनले जिते।
धरहरा बनाउने राजाहरू
- आसा: पर्खाल र धरहरा, ढोका र आग्लोसहितका सहर२ इतिहास 14:7
पदहरू
२ इतिहास 14:7किनकि आसाले यहूदालाई भने, “हामी यी सहरको निर्माण गरौं र तिनका चारैतिर पर्खाल, धरहरा, ढोका र बारहरू बनाऔँ। यो देश अझ हाम्रै हो, किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको खोजी गरेका छौं। हामीले उहाँलाई खोज्यौं, र हरेकतिरबाट उहाँले हामीलाई शन्ति दिनुभएको छ।” यसैले तिनीहरूले निर्माण गरे र सफल भए।
- उज्जियाहले यरूशलेमका ढोकाहरूमा र मरुभूमिमा धरहरा बनाए२ इतिहास 26:9–10
पदहरू
२ इतिहास 26:9–10साथै उज्जियाहले यरूशलेममा कुने-ढोका, बेसी ढोका र पर्खालका कुनाको घुम्तीमा पनि धरहराहरू बनाए र तिनलाई सुरक्षित पारे। तिनले उजाड-स्थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेसी दुवैमा तिनका गाईबस्तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने। पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे।
- उज्जियाहका यन्त्रहरूले धरहराबाट काँड हान्थे र ढुङ्गा फाल्थे२ इतिहास 26:15
पदहरू
२ इतिहास 26:15धरहरा र बुर्जाहरूमा प्रयोग गर्न सिपालु कारीगरहरूले बनाएका काँडहरू र ठुला ढुङ्गा हान्ने यन्त्रहरू तिनले यरूशलेममा तयार पारे। तिनको ख्याति टाढाका देशसम्म पुग्यो, किनकि तिनलाई ठुलो सहायता मिलेको थयो र यसैले तिनी धेरै शक्तिशाली भए।
- योतामले जङ्गलमा किल्ला र धरहरा बनाए२ इतिहास 27:4
पदहरू
२ इतिहास 27:4यसको साथै तिनले यहूदाको पहाडी देशमा सहरहरू बनाए, र वनमा किल्ला र धरहराहरू बनाए।
- हिजकियाले भत्केको पर्खाल फेरि बनाए र त्यसमा धरहरा उठाए२ इतिहास 32:5
पदहरू
२ इतिहास 32:5हिजकियाले साहस गरे र भत्किएका सबै पर्खालको निर्माण गरे। तिनले धरहराहरू अग्लो बनाए, र बाहिरका अरू पर्खालहरू पनि त्यसै गरे। दाऊदको सहरका टेवा दिने गाराहरू पनि तिनले सुदृढ पारे, र तिनले ठुलो सङ्ख्यामा हातहतियार र ढालहरू बनाए।
यरूशलेमका धरहरा
- सयको बुर्जा र हननेलको बुर्जानहेम्याह 3:1, नहेम्याह 12:39
पदहरू
नहेम्याह 3:1तब प्रधान पुजारी एल्यासीब आफ्ना सङ्गी पुजारीहरूसित उठे, र तिनीहरूले भेडा ढोका बनाए। तिनीहरूले यसलाई अर्पण गरी यसका ढोकाहरू बनाए। तिनीहरूले यसलाई सयको बुर्जा र हननेलको बुर्जासम्मै अर्पण गरे।
नहेम्याह 12:39र एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका, हननेलको बुर्जा र सयको बुर्जादेखि भेडा ढोकासम्म गएपछि तिनीहरू गारदको ढोकामा अडिए।
- भट्टीको बुर्जानहेम्याह 3:11, नहेम्याह 12:38
पदहरू
नहेम्याह 3:11हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले भट्टीको बुर्जासमेत अर्को भाग मर्मत गरे।
नहेम्याह 12:38धन्यवाद दिनेहरूको अर्को गायन झुण्ड अर्को दिशामा गयो। मानिसहरूका आधा भागसँगै मैले तिनीहरूलाई पर्खालमा पछ्याएँ। यो झुण्ड भट्टिको बुर्जा भएर, चौडा पर्खालसम्म,
- ओफेलको पर्खालनजिक बाहिर निस्केको ठूलो बुर्जानहेम्याह 3:25–27
पदहरू
नहेम्याह 3:25–27उज्जैका छोरा पालालले कोण र रक्षकहरूका चोकनेरको माथिल्लो महलदेखि बाहिर निस्केको बुर्जाको सामुन्ने मर्मत गरे। ओफेलमा बसिरहेका मन्दिरका सेवकहरूले पूर्वमा अवस्थित पानी ढोका र बाहिर निस्केको बुर्जाको सामुन्नेको ठाउँसम्म मर्मत गरे। तिनीपछि तकोका बासिन्दाहरूले अर्को भाग अर्थात् बाहिर निस्केको ठुलो बुर्जादेखि ओफेलको पर्खालसम्मको भाग मर्मत गरे।
- सिलोआमको धरहरा ढल्दा अठार जना मारिएलुका 13:4
पदहरू
लुका 13:4वा सिलोआमको धरहरा भत्केर मरेका अठार जना मानिस, यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए भन्ने लाग्छ?
दाखबारी र भनाइहरू
- दाखबारीको मालिकले पहरा-धरहरा बनाउँछ र कोल खन्छयशैया 5:2, मत्ती 21:33
पदहरू
यशैया 5:2उनले यो खने, ढुङ्गाहरू हटाए र त्यसमा उत्तम जातको दाख रोपे। उनले त्यसको बिचमा एउटा धरहरा बनाए र एउटा दाखको कोल पनि बनाए। उनले दाख उत्पादन गर्ने समयसम्म पर्खे, तर त्यसले जङ्गली दाख मात्र फलायो।
मत्ती 21:33अर्को दृष्टान्त सुन। एक जना मानिस थिए, जो जमिन मालिक थिए। उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्का दिए। त्यसपछि उनी अर्कै देशमा गए।
- येशू: धरहरा बनाउनुअघि खर्चको हिसाब गरलुका 14:28–30
पदहरू
लुका 14:28–30तिमीहरूमध्ये को होला, जसले एउटा धरहरा बनाउने इच्छा गर्दछ र पहिला बसेर निर्माण सम्पन्न गर्न सक्ने रुपियाँ-पैसा छ कि छैन भनेर त्यसको हिसाब गर्दैन र? नत्रभने, उसले जग बसालिसकेपछि निर्माण सम्पन्न गर्न सकेन भने, यसलाई देख्ने सबैले उसको गिल्ला गर्नेछन् र भन्नेछन्, ‘यो मानिसले निर्माण गर्न त सुरु गर्यो तर सिद्धयाउन सकेन।’
- एक पहरेदार: दिनदिनै म पहरा-धरहरामा उभिन्छुयशैया 21:8
पदहरू
यशैया 21:8पहरेदार कराउँछ, “हे परमप्रभु, म दिनभरि, हरेक दिन पहरा बस्ने धरहरमाथि बस्छु, अनि आफ्नो अखडामा म रातभरि खडा रहन्छु।”
- श्रेष्ठगीत: तिम्रो घाँटी दाऊदको धरहराजस्तो छश्रेष्ठगीत 4:4, श्रेष्ठगीत 7:4
पदहरू
श्रेष्ठगीत 4:4तिम्रो घाँटी सिपाहीहरूका एक हजार ढाल झुण्ड्याइएको, पत्थरहरूको लहरमा निर्मित दाऊदको धरहराजस्तो छ।
श्रेष्ठगीत 7:4तिम्रो घाँटी हस्ती-हाडको धरहराजस्तो छ। तिम्रा आँखा बाथ-रब्बीमको मूल ढोकाको छेउमा अवस्थित हेश्बोनका तलाउहरूजस्ता छन्। तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तो छ।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार