खोजी गर्नुहोस् › विषयहरू › जादू र सगुन
अचम्मका विवरणहरू
बाइबलमा जादू र सगुन
पवित्र बाइबल (ULB) का 32 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
व्यवस्थामा
- जोखना, सगुन, मन्त्र, मृतकसँग कुरा गर्ने र मृतकको सल्लाह लिनु निषेधित छलेवीहरू 19:26, लेवीहरू 19:31, व्यवस्था 18:10–11
पदहरू
लेवीहरू 19:26कुनै मासुमा रगत बाँकी छ भने त्यो नखानू। भविष्यबारे जान्न आत्माहरूसँग सल्लाह नलिनू, र अरूहरूलाई अलौकिक शक्तिहरूद्वारा नियन्त्रण गर्ने प्रयास नगर्नू।
लेवीहरू 19:31मरेकाहरू वा आत्माहरूसँग बोल्नेहरूलाई नपछ्याओ। तिनीहरूको खोजी नगर, नत्रता तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
व्यवस्था 18:10–11तिमीहरूका बिचमा आफ्नो छोरा या छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, वा गिलासमा भएको चिन्हहरू पढ्ने वा टुनामुना गर्ने, मोहनी लगाउने, आत्मासित सल्लाह लिने वा भाग्य बताउने वा मरेकाहरूका आत्मासित कुरा गर्ने कोही पनि नपाइयोस्।
- बोक्सीलाई जीवित रहन नदेऊप्रस्थान 22:18
पदहरू
प्रस्थान 22:18तिमीहरूले टुनामुना गर्नेलाई जीवित नराख्नू।
- मृतकसँग कुरा गर्ने वा भूत बोलाउनेलाई ढुङ्गाले हानिनुपर्थ्योलेवीहरू 20:27
पदहरू
लेवीहरू 20:27मरेकाहरू वा आत्माहरूसँग बोल्ने पुरुष वा स्त्री मारिनुपर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून्। तिनीहरू दोषी छन् र मर्न योग्यका छन्।’”
गरिएका
- लाबान: जोखना हेरेर मैले थाहा पाएँउत्पत्ति 30:27
पदहरू
उत्पत्ति 30:27लाबानले तिनलाई भने, “मैले तिम्रो दृष्टिमा निगाह पाएको छु भने पर्ख, किनभने पूर्वलक्षणको प्रयोगद्वारा मैले थाहा पाएको छु, कि तिम्रो कारणले गर्दा परमप्रभुले मलाई आशिष् दिनुभएको छ।
- योसेफको चाँदीको कचौरा, जोखना हेर्न प्रयोग हुन्छ भनिएकोउत्पत्ति 44:5
पदहरू
उत्पत्ति 44:5के यो त्यही कचौरा होइन जसबाट मेरा मालिकले पिउनुहुन्छ र शकून-अपशकूनको लागि प्रयोग गर्नुहुन्छ? तपाईंहरूले जे गर्नुभएको छ त्यो खराब छ'।”
- फारोका जादूगरहरूले जादूले चिन्हहरूको नक्कल गरे, तर भुसुनाको गर्न सकेनन्प्रस्थान 7:11, प्रस्थान 7:22, प्रस्थान 8:7, प्रस्थान 8:18
पदहरू
प्रस्थान 7:11तब फारोले आफ्ना बुद्धिमानी मानिस र टुनामुना गर्नेहरूलाई डाके। तिनीहरूका जादुद्वारा तिनीहरूले पनि उही कुरो गरे।
प्रस्थान 7:22तर मिश्रका जादुगरहरूले पनि आफ्नो जादुद्वारा त्यसै गरे। त्यसकारण परमप्रभुले भन्नुभएझैँ फारोको ह्रदय कठोर भयो र तिनले मोशा र हारूनको कुरा सुनेनन्।
प्रस्थान 8:7तर जादुगरहरूले पनि त्यसै गरे। तिनीहरूले पनि मिश्र देशभरि भ्यागुताहरू ल्याए।
प्रस्थान 8:18जादुगरहरूले पनि तिनीहरूका जादुद्वारा भुसुनाहरू ल्याउन खोजे तर तिनीहरूले सकेनन्। मानिस र पशुहरूमा भुसुनाहरू थिए।
- मोआबी धर्म-गुरुहरूले बालामलाई जोखनाको दक्षिणा ल्याएगन्ती 22:7
पदहरू
गन्ती 22:7त्यसैले मोआब र मिद्यानका धर्म-गुरुहरू जोखनाको निम्ति दक्षिणा लिएर गए। तिनीहरू बालामकहाँ आए र बालाकको खबर उनलाई भने।
- शाऊलले भूत बोलाउनेहरूलाई हटाए, अनि भेष बदलेर एन्दोरमा एक जनासँग सल्लाह लिए१ शमूएल 28:3, १ शमूएल 28:7–8
पदहरू
१ शमूएल 28:3यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए। शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए।
१ शमूएल 28:7–8तब शाऊलले आफ्नो सेवकहरूलाई भने, “मृतकसँग कुरा गर्ने एक जना स्त्री मेरो निम्ति खोजेर ल्याओ, ताकि त्यसकहाँ म जान र त्यसको सल्लाह खोज्न सकूँ।” तिनका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, मृतकसँग कुरा गर्न सक्ने दाबी गर्ने एक जना स्त्री एन्दोरमा छिन्।” शाऊलले आफू भेष बदले र अर्कै पोशाक लगाएर, तिनी र तिनीसँग भएका दुई जना मानिसहरू गए। तिनीहरू त्यो स्त्री कहाँ राती गए। तिनले भने, “म बिन्ती गर्छु मेरो निम्ति आत्मासँग कुरा गरि देऊ र मैले जसको नाउँ भन्छु त्यो मलाई ल्याइदेऊ।”
- ती स्त्री शमूएललाई देख्छिन् र शाऊललाई चिन्छिन्१ शमूएल 28:11–14
पदहरू
१ शमूएल 28:11–14तब ती स्त्रीले भनिन्, “म तपाईंको निम्ति कसलाई ल्याउँ?” शाऊलले भने, “मेरो निम्ति शमूएललाई ल्याइदेऊ।” जब ती स्त्रीले शमूएल देखिन्, तब तिनले ठुलो सोरले चिच्याइन् र भनिन्, “तपाईंले मलाई किन छल गर्नुभयो? किनकि तपाईं नै शाऊल हुनुहुन्छ।” राजाले उनलाई भने, “नडराऊ। तिमीले के देख्छौ?” ती स्त्रीले शाऊललाई भनिन्, “पृथ्वीबाट एउटा देवता आइरहेको म देख्छु।” तिनले उनलाई भने, “त्यो कस्तो छ?” उनले भनिन्, “एउटा वृद्ध मानिस माथि आइरहेका छन्। यिनले खा्सटो ओढेका छन्।” यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे र तिनले घोप्टो परेर दण्डवत गरे र आदर प्रकट गरे।
- इतिहास: अरू कारणसँगै भूत बोलाउनेसँग सल्लाह लिएकाले शाऊल मरे१ इतिहास 10:13
पदहरू
१ इतिहास 10:13यसरी परमप्रभुप्रतिको विश्वासहीनताको कारणले शाऊल मरे। तिनले परमप्रभुको निर्देशनहरूलाई पालन गरेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिए।
- येहू ईजेबेलका धेरै टुनामुनाको कुरा गर्छन्२ राजाहरू 9:22
पदहरू
२ राजाहरू 9:22योरामले येहूलाई देखेपछि तिनले भने, “येहू, के तिमी मित्रभावले आएको हो?” तिनले जवाफ दिए, “तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा र वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्छ?”
- राजा मनश्शेले टुनामुना गरे र भूत बोलाउनेहरूसँग सल्लाह लिए२ राजाहरू 21:6, २ इतिहास 33:6
पदहरू
२ राजाहरू 21:6तिनले आफ्नो छोरोलाई आगोमा हिंड्न लगाए। तिनले टुनामुना गरे र जोखना हेरे अनि मृत आत्माहरू र भूत आत्माहरूसँग बात गर्नेहरूका सल्लाह लिए। तिनले परमप्रभुको दृष्टिमा असाध्यै खराबी गरेर परमप्रभुलाई रिस उठाए।
२ इतिहास 33:6तिनले आफ्ना छोराहरूलाई बेन-हिन्नोमको बेसीमा आगोमा हिंड्न लगाए। तिनले टुनामुना गरे, जोखना हेरे, मन्त्रतन्त्र गरे र मृतहरूसँग कुरा गर्नेहरू र आत्माहरूसँग कुरा गर्नेहरूसित सल्लाह लिए। मनश्शेले परमप्रभुको दृष्टिमा धेरै दुष्ट काम गरे र तिनले उहाँलाई रिस उठाए।
- राजा योशियाहले भूत बोलाउने र मृतकसँग कुरा गर्नेहरूलाई हटाए२ राजाहरू 23:24
पदहरू
२ राजाहरू 23:24मृतहरू र भुत आत्माहरूसित बात गर्नेहरूलाई पनि योशियाहले निश्कासन गरे। तिनले यहूदा र यरूशलेममा देखिने सबै प्रेतपुजा, मूर्तिहरू र घिनलाग्दा थोकहरूलाई पनि हटाए। यसरी हिल्कियाह पुजारीले परमप्रभुको मन्दिरमा भेट्टाएका व्यवस्थाका पुस्तकमा लिखिएका वचनहरू पालन गर्ने काम भयो।
- बेबिलोनका राजा सगुन खोज्छन्: काँड, मूर्ति, कलेजोइजकिएल 21:21
पदहरू
इजकिएल 21:21किनभने बेबिलोनका राजा जोखना हेर्नलाई चौबाटोमा, दोबाटोमा खडा हुनेछ। त्यसले केही काँडहरू चालाउनेछ र मूर्तिहरूसित सल्लाह लिनेछ, र त्यसले कलेजो जाँच्नेछ।
- बेबिलोनका ज्योतिषीहरू तारा हेर्छन् र हरेक महिना भविष्यवाणी गर्छन्यशैया 47:13
पदहरू
यशैया 47:13तेरा धेरै सल्लाहरूदेखि तँ थाकेको छस्। ती मानिसहरू खडा होऊन् र तँलाई बचाऊन्— तिनीहरू जसले आकाशको मानचित्र बनाउँछन्, र ताराहरू हेर्छन्, जसले औंसीको घोषणा गर्छन्— तँलाई जे हुनेछ सोबाट तिनीहरूले नै तँलाई बचाऊन्।
- नबूकदनेसरका जादूगर, मन्त्र पढ्ने, टुनामुना गर्ने र ज्योतिषीहरू उनको सपना बताउन असफल हुन्छन्दानिएल 2:2, दानिएल 2:10, दानिएल 4:7
पदहरू
दानिएल 2:2त्यसपछि राजाले जादुगरहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई बोलाए। उनले जोखना हेर्नेहरू र बुद्धिमान् मानिसहरूलाई पनि बोलाए। उनका सपनाहरूका अर्थ तिनीहरूले उनलाई बताऊन् भन्ने उनको इच्छा थियो। यसैले तिनीहरू भित्र आए र राजाको सामु खडा भए।
दानिएल 2:10ती बुद्धिमान् मानिसहरूले राजालाई जवाफ दिए, “महाराजाको माग पुरा गर्नलाई यस पृथ्वीमा कुनै मानिस छैन। कुनै यस्तो महान् र शक्तिशाली राजा पनि छैन जसले कुनै जादुगर, वा मृतसँग बोल्न सक्छु भनेर दावी गर्ने कुनै व्यक्ति, वा कुनै बुद्धिमान् मानिसबाट यस्तो कुराको माग गरेका छन्।
दानिएल 4:7त्यसपछि जादुगरहरू, मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू र ज्योतिषीहरू आए। मैले तिनीहरूलाई सपना सुनाएँ, तर तिनीहरूले त्यसको अर्थ मलाई भन्न सकेनन्।
- बेलसजरका ज्ञानीहरू भित्ताको लेखाइ पढ्न सक्दैनन्दानिएल 5:7–8, दानिएल 5:15
पदहरू
दानिएल 5:7–8मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू, र ज्योतिषीहरूलाई भित्र ल्याउनको निम्ति राजाले आदेश दिए। बेबिलोनमा आफ्ना बुद्धिको निम्ति ख्याति पाएकाहरूलाई राजाले यसो भने, “जसले यो लेख र यसको अर्थ बताउन सक्छ उसलाई बैजनी लुगा पहिराइनेछ र उसको घाँटीमा सुनको सिक्री लगाइनेछ। त्यसलाई यस राज्यको तेस्रो उच्च शासकको अधिकार दिइनेछ।” अनि आफ्नो बुद्धिको निम्ति ख्याति पाएका राजाका सबै मानिसहरू आए, तर तिनीहरूले त्यो लेख पढ्न अनि राजालाई त्यसको अर्थ बताउन सकेनन्।
दानिएल 5:15बुद्धिको निम्ति ख्याति पाएका मानिसहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई यो लेख पढ्न र त्यसको अर्थ खोल्नलाई भित्र मेरो सामु ल्याइएको छ, तर तिनीहरूले त्यसको अर्थ जानकारी गराउन सकेनन्।
- सामरियाका सिमोनले आफ्नो टुनामुनाले मानिसहरूलाई छक्क पारेप्रेरित 8:9–11
पदहरू
प्रेरित 8:9–11तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो। त्यसले एक प्रभावशाली मानिस थिए भन्ने दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्क पार्ने गर्थ्यो। सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे। तिनीहरूले भन्थे, “यी मानिस परमेश्वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ।” तिनीहरूले त्यसका कुरा सुन्थे किनकि त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो।
- पाफोसमा इलुमास, अर्थात् बार-येशू, एक जादूगरप्रेरित 13:6–8
पदहरू
प्रेरित 13:6–8उनीहरू पुरै टापु पार गरेर पाफोस पुगेपछि एक जना जादुगर यहूदी झुटा अगमवक्तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो। यो जादुगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो, जो एक विद्वान मानिस थिए। उनले शाऊल र बारनाबासलाई बोलाए किनभने तिनी परमेश्वरको वचन सुन्न चाहन्थे। तर इलुमास, ‘‘जादुगर’’ ले तिनीहरूको विरोध गर्यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्वासबाट फर्काउन प्रयास गर्यो।
- फिलिप्पीमा एउटी कमारीले भाग्य बताएर मालिकहरूलाई पैसा कमाइदिन्थीप्रेरित 16:16–19
पदहरू
प्रेरित 16:16–19हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने एउटी जवान स्त्रीसँग हाम्रो सामना भयो। त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी। त्यो स्त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन्। यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन्।” त्यसले धेरै दिनसम्म त्यसो गरिरही। तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु।” र त्यो तुरुन्तै निस्केर गयो। जब त्यस स्त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्नेभयो भन्ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे।
- स्केवाका सात छोरा आत्मा धपाउन खोज्छन्प्रेरित 19:13–16
पदहरू
प्रेरित 19:13–16तर त्यस इलाकामा येशूको नाउँलाई आफू अनुकुल प्रयोग गर्ने केही यहूदी झारफुक गर्नेहरू पनि थिए। तिनीहरूले भूतात्मा लागेकाहरूलाई यसो भन्ने गर्थे, “पावलले प्रचार गरेको येशूको नाउँमा निक्ली जान म तँलाई आज्ञा गर्छु।” त्यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए। एउटा दुष्ट आत्माले तिनीहरूलाई यसो भनेर जवाफ दियो, “येशूलाई म चिन्छु; पावललाई पनि चिन्छु, तर तँचाहिँ को होस्?” त्यो दुष्ट आत्मा लागेको मानिस तिनीहरूमाथि झम्ट्यो र तिनीहरूलाई लछारपछार गरेर पिट्यो। तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे।
- एफिससमा पचास हजार चाँदीका सिक्का बराबरका जादूका पुस्तक जलाइएप्रेरित 19:19
पदहरू
प्रेरित 19:19टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू ल्याई सबैको सामुन्ने जलाए। तिनीहरूले यी सबैको मूल्याङ्कन गर्दा पचास हजार चाँदीका सिक्का बराबर भयो।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार