खोजी गर्नुहोस् › विषयहरू › अनिकाल र खडेरी
अचम्मका विवरणहरू
बाइबलमा अनिकाल र खडेरी
पवित्र बाइबल (ULB) का 33 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
उत्पत्तिमा
- अनिकाल कडा भएकाले अब्राम मिश्र झरेउत्पत्ति 12:10
पदहरू
उत्पत्ति 12:10त्यो भूमिमा अनिकाल लागेको थियो, यसैले अब्राम बस्नलाई मिश्रतिर झरे (गए), किनकि त्यो भूमिमा निकै अनिकाल लागेको थियो।
- अर्को अनिकालमा इसहाक मिश्र होइन, गरार गएउत्पत्ति 26:1–2
पदहरू
उत्पत्ति 26:1–2अब्राहामको समयमा परेको पहिलो अनिकालबाहेक त्यस देशमा अर्को अनिकाल पनि पर्यो। इसहाक पलिश्तीहरूका राजा अबीमेलेककहाँ गरार देशमा गए। तिनीकहाँ देखा परेर परमप्रभुले भन्नुभयो, “तल मिश्रमा नजा, मैले तँलाई बसोबास गर् भनेकै ठाउँमा बस्।
- मिश्रमा सात वर्ष प्रशस्तता, त्यसपछि सात वर्ष अनिकालउत्पत्ति 41:29–30, उत्पत्ति 41:54
पदहरू
उत्पत्ति 41:29–30हेर्नुहोस्, मिश्रदेशभरि ठुलो सहकालको सात वर्ष हुनेछ। त्यसपछि सात वर्षको अनिकाल पर्नेछ, र मिश्रभरि त्यस सात वर्षको सहकालको सम्झना हुनेछैन, अनि अनिकाले देशलाई सखाप पार्नेछ।
उत्पत्ति 41:54योसेफले भनेजस्तै गरी सात वर्षको अनिकालको थालनी भयो। सबै देशहरूमा अनिकाल परेको थियो तर मिश्र देशमा भने अनाज थियो।
- योसेफले समुद्रको बालुवाझैँ अन्न भण्डार गरेउत्पत्ति 41:48–49
पदहरू
उत्पत्ति 41:48–49तिनले सात वर्षमा मिश्र देशका सबै अनाज सङ्कलन गरी त्यसलाई सहरहरूमा राखे। तिनले हरेक सहरमा वरिपरिका खेतहरूबाट अनाज थन्क्याएर राखे। योसेफले अन्नको भण्डारण समुद्रको बालुवासरह गरे। अन्न यति धेरै थियो कि तिनले हिसाब राख्नै छाडिदिए।
- अन्न किन्न हरेक जाति मिश्रमा योसेफकहाँ आयोउत्पत्ति 41:56–57
पदहरू
उत्पत्ति 41:56–57अनिकालले पुरै देशलाई ढाकेको थियो। योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे। मिश्र देशमा अनिकाल अति भयानक थियो। सारा संसारमा भयानक अनिकाल परेकोले सबै देशका मानिसहरू योसेफबाट अनाज किन्न मिश्रमा आउँदै थिए।
- योसेफका दस दाजुभाइ अन्न किन्न झरेउत्पत्ति 42:1–3
पदहरू
उत्पत्ति 42:1–3अब मिश्रमा अनाज पाइँदोरहेछ भनी याकूबलाई थाहा भयो। तिनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्कालाई हेर्छौ?” तिनले भने, “मिश्रमा अनाज छ भनी मैले सुनेको छु। हामी जीवित रहनको लागि तल गएर हाम्रो लागि अनाज किन।” योसेफका दस जना दाजु मिश्रमा अनाज किन्नका लागि गए।
- दुई वर्ष अनिकाल, र अझै पाँच वर्ष न जोताइ न कटनीउत्पत्ति 45:6
पदहरू
उत्पत्ति 45:6यी दुई वर्ष यो देशमा अनिकाल परिसकेको छ, र अझै पाँच वर्ष न हलो जोतिनेछ न कटनी गरिनेछ।
- मिश्रीहरूले खानाको मोल पहिले पैसाले, अनि पशुले तिरेउत्पत्ति 47:13–17
पदहरू
उत्पत्ति 47:13–17घोर अनिकालको कारण पुरै देशमा कुनै खानेकुरा थिएन। अनिकालद्वारा मिश्र र कनान दुवै देश कमजोर भए। मिश्र र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्नबाट प्राप्त सबै रुपियाँ योसेफले जम्मा गरे। त्यसपछि योसेफले त्यो रुपियाँ फारोको महलमा ल्याए। जब मिश्र र कनानमा भएका सबै आफ्ना रुपियाँ-पैसा खर्च भयो, सबै मिश्रीहरू यसो भन्दै योसेफकहाँ आए, “हामीलाई अन्न दिनुहोस्। हाम्रो रुपियाँ-पैसा सकिएको कारण तपाईंका आँखाको सामुन्ने हामी किन मरौँ?” योसेफले तिनीहरूलाई भने, “यदि तिमीहरूका रुपियाँ-पैसा सिद्धिए भने गाईबस्तु ल्याओ र तिमीहरूका गाईबस्तुका सट्टामा म तिमीहरूलाई अन्न दिनेछु।” यसकारण तिनीहरूले आफ्ना गाईबस्तुहरू योसेफकहाँ ल्याए। योसेफले तिनीहरूका घोडा, भेडाबाख्रा, गाईबस्तु, गधाका सट्टामा तिनीहरूलाई खानेकुरा दिए। त्यस साल गाईबस्तुका सट्टामा तिनीहरूलाई तिनले अन्न खुवाए।
- त्यसपछि तिनीहरूले आफ्ना खेत बेचे, र जमिन फारोको भयोउत्पत्ति 47:19–20
पदहरू
उत्पत्ति 47:19–20हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्ने किन नष्ट हुने? अन्नको साटोमा हामी र हाम्रो जमिनलाई किन्नुहोस्, र हामी आफ्ना जग्गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौँ। हामीलाई बिउ दिनुहोस्, ताकि हामी जीवित हुन सकौँ र हाम्रा जग्गाजमिन पनि उजाड नहोऊन्।” यसरी योसेफले मिश्रका सबै जग्गाजमिन फारोको निम्ति किने। अनिकाल धेरै भएको हुनाले हरेक मिश्रीले आफ्ना जग्गाजमिन बेच्यो। यसरी जग्गाजमिन फारोको भयो।
- त्यसबेलादेखि फसलको पाँचौँ भाग फारोलाई जान थाल्योउत्पत्ति 47:23–24
पदहरू
उत्पत्ति 47:23–24योसेफले जनताहरूलाई भने, “हेर, आज मैले फारोको निम्ति तिमीहरूका जग्गाजमिन र तिमीहरूलाई पनि किनेको छु। अब तिमीहरूका निम्ति बिउ यहाँ छ, र तिमीहरूले जमिनमा बिउ छर। तर फसलको बेलामा उब्जनीको पाँचौँ हिस्सा तिमीहरूले फारोलाई दिनुपर्छ। चार हिस्साचाहिँ खेतीलाई बिउको निम्ति र तिमीहरू, तिमीहरूका परिवार र तिमीहरूका बालबच्चाको खानाको निम्ति तिमीहरूको आफ्नै हुनेछ।”
इस्राएलमा
- न्यायकर्ताहरूको समयमा बेथलेहेमको एउटा परिवार मोआब सर्योरूथ 1:1
पदहरू
रूथ 1:1न्यायकर्ताहरूले शासन गरेको समयमा मुलुकमा अनिकाल पर्यो। यहूदाको बेथलेहेमको एक जना मानिस आफ्नी पत्नी र दुई जना छोराहरूसँग मोआब देशतिर गए।
- फेरि खानेकुरा भएको सुनेर नाओमी घर फर्किन्रूथ 1:6
पदहरू
रूथ 1:6त्यसपछि नाओमीले आफ्ना बुहारीहरूसँगै मोआब छोडेर यहूदा फर्कने निर्णय गरिन्, किनभने परमप्रभुले आफ्ना मानिसहरूलाई आवश्यकतामा सहायता गर्नुभएको र तिनीहरूलाई खाने कुरा दिनुभएको कुरा तिनले मोआब प्रदेशमा सुनिन्।
- दाऊदको समयमा लगातार तीन वर्ष अनिकाल रह्यो२ शमूएल 21:1
पदहरू
२ शमूएल 21:1दाऊदको समयमा तीन वर्षसम्म अनकाल पर्यो र दाऊदले परमप्रभुको मुहारको खोजी गरे। त्यसैले परमप्रभुले भन्नुभयो, “यो अनिकाल शाऊल र तिनका हत्यारा परिवारको कारणले भएको हो, किनभने त्यसले गोबोनीहरूलाई मार्यो।”
- एलिया आहाबलाई: मेरो वचनबिना न शीत पर्नेछ न वर्षा१ राजाहरू 17:1
पदहरू
१ राजाहरू 17:1गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “इस्राएलका परमेश्वर परमप्रभु जसको सामु म खडा छु, उहाँको नाउँमा म भन्दछु कि मैले नभनेसम्म पानी पर्ने छैन वा शीत पर्ने छैन।”
- कागहरूले एलियालाई बिहान-बेलुका रोटी र मासु ल्याए१ राजाहरू 17:6
पदहरू
१ राजाहरू 17:6कागहरूले तिनलाई बिहान र बेलुका रोटी र मासु ल्याए, अनि तिनले खोलाबाट पानी पिए।
- विधवाको पीठोको भाँडो र तेलको कुप्पी रित्तिएन१ राजाहरू 17:14–16
पदहरू
१ राजाहरू 17:14–16किनकि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'परमप्रभुले पृथ्वीमा वृष्टि नपठाउञ्जेलसम्म पिठोको भाँडो रित्तो हुने छैन, न त ढुङ्ग्रोबाट तेल आउन रोकिने छ।” त्यसैले उनले एलियाले भनेझैँ गरिन्। उनी र एलियालगायत उनको घरानाले धेरै दिनसम्म खाए। परमप्रभुले एलियाद्वारा बोल्नुभएको वचनले भनेझैँ पिठोको भाँडो रित्तो भएन, न त ढुङ्ग्रोबाट तेल आउन रोकियो।
- तेस्रो वर्षमा सामरियामा अनिकाल कडा थियो१ राजाहरू 18:1–2
पदहरू
१ राजाहरू 18:1–2धेरै दिन बितेपछि खडेरीको तेस्रो वर्षमा परमप्रभुको वचन एलियाकहाँ आयो, “आहाबकहाँ गएर आफैलाई प्रकट गर्, र म देशमा वृष्टि ल्याउने छु।” आफैलाई आहाबकहाँ प्रकट गर्न एलिया गए। सामरियामा घोर अनिकाल परेको थियो।
- आहाबले ओबदियालाई घोडा र खच्चरका निम्ति घाँस खोज्न पठाए१ राजाहरू 18:5
पदहरू
१ राजाहरू 18:5आहाबले ओबदियालाई भने, “देशको चारैतिर भएका खोलानाला र त्यसका मुहानहरूमा जाऊ। सायद हामीले घाँस पाउनेछौँ अनि घोडा र खच्चरहरूलाई जीवितै राख्न सक्छौँ। यसरी हामीले सबै पशु गुमाउने छैनौँ।
- पछि सम्झिइयो: साढे तीन वर्ष वर्षा भएनलुका 4:25, याकूब 5:17
पदहरू
लुका 4:25तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए।
याकूब 5:17एलिया पनि हामीजस्तै मानिस थिए। पानी नपरोस् भनी उनले नम्रतापूर्वक प्रार्थना गरे, र देशमा तिन वर्ष र छ महिनासम्म पानी परेन।
- गिलगालमा अनिकाल: झोलमा जङ्गली फर्सी, भाँडामा मृत्यु२ राजाहरू 4:38–40
पदहरू
२ राजाहरू 4:38–40तब एलीशा फेरि गिलगालमा आए। देशमा अनिकाल परेको थियो अनि अगमवक्ताहरूका छोराहरू तिनका सामु बसिरहेका थिए। तिनले आफ्नो सेवकलाई भने, “आगोमा ठुलो भाँडो बसाल र यी अगमवक्ताहरूका छोराहरूका निम्ति जाउलो पका।” तिनीहरूमध्ये एक जना तरकारी खोज्न बारीमा गयो। त्यसले जङ्गली दाख भेट्टायो, र त्यसले जङ्गली लौका आफ्नो पोल्टाभरि जम्मा गर्यो। तिनीहरूले ती काटे र जाउलोमा हाले, तर ती कस्ता किसिमका थिए भनी तिनीहरूलाई थाहा थिएन। मानिसहरूले खानलाई तिनीहरूले जाउलो खन्याए। पछि तिनीहरूले खाँदै गर्दा तिनीहरू चिच्च्याए र भने, “हे परमेश्वरका मानिस, भाँडामा त मृत्यु पो छ।” त्यसैले तिनीहरूले त्यो फेरि खान सकेनन्।
- अनिकालमा शूनेमी स्त्री सात वर्ष पलिश्तीहरूका बीचमा बसिन्२ राजाहरू 8:1–3
पदहरू
२ राजाहरू 8:1–3अब एलीशाले त्यस स्त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्युबाट फेरि जिवित पारेका थिए। तिनले उनलाई भने, “उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्छा लाग्छ त्यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको छ।” त्यसैले ती स्त्री उठिन् र परमेश्वरका मानिसको वचन मानिन्। तिनी आफ्ना घारानासित गइन् र सात वर्षसम्म पलिश्तीहरूको देशमा बसिन्। सात वर्षको अन्त्यमा ती स्त्री पलिश्तीहरूको देशबाट फर्किन्, अनि आफ्नो घर र जमिन फिर्ता पाउन राजाकहाँ विन्ति चढाउन गइन्।
- कुष्ठरोग लागेका चार जनाले सामरियाबाहिर अरामी छाउनी खाली भेट्टाए२ राजाहरू 7:3–5
पदहरू
२ राजाहरू 7:3–5मूल ढोकाको ठिक बाहिर कुष्ठरोग लागेका चार जना मानिस थिए। तिनीहरूले एक-अर्कालाई भने, “हामी नमरेसम्म हामी यहाँ किन बसिरहने? हामी सहरमा जाऔं भनौं भने, सहरमा अनिकाल परेको छ र हामी त्यहाँ मर्नेछौं। हामी यहीँ बसौँ भने पनि हामी मर्नेछौँ। अब हामी अरामीहरूका सेना भएको ठाउँमा जाऔँ। तिनीहरूले हामीलाई जिउँदै राखे भने हामी जिउनेछौँ, र तिनीहरूले हामीलाई मारे भने हामी मर्नेछौँ।” त्यसैले अरामी छाउनीभित्र जानलाई तिनीहरू साँझपख उठे। जब तिनीहरू छाउनीको बाहिरी भागमा आइपुगे, त्यहाँ कोही पनि थिएन।
- त्यसपछि एक सेआ मसिनो पीठो एक शेकेलमा बिक्यो२ राजाहरू 7:16
पदहरू
२ राजाहरू 7:16मानिसहरू बाहिर निस्के र अरामीहरूको छाउनी लुटे। त्यसैले जस्तो परमप्रभुले भन्नुभएको थियो त्यस्तै भयो, एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बेचियो।
- यरूशलेमको घेराबन्दीमा देशका मानिसहरूसँग खानेकुरा थिएन२ राजाहरू 25:3, यर्मिया 52:6
पदहरू
२ राजाहरू 25:3त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा सहरमा यति घोर अनिकाल पर्यो कि देशका मानिसहरूका लागि खानेकुरा भएन।
यर्मिया 52:6चौथो महिनाको नवौं दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्यो, कि देशका मानिसहरूका लागि कुनै खानेकुरा नै थिएन।
- यर्मिया: जमिन चिराचिरा भयो; घाँस नभएर हरिणीले आफ्नो पाठो छोड्छेयर्मिया 14:4–5
पदहरू
यर्मिया 14:4–5देशमा पानी नपरेको हुनाले, जमिन चिराचिरा परेको छ। हलो जोत्नेहरू लज्जित भएका छन् र आफ्ना शिर ढाक्छन्। घाँस नभएकोले मुडुली मृगले पनि आफ्ना बच्चाहरूलाई मैदानमा छोड्छ र तिनलाई त्यगिदिन्छ।
- विलाप: साना बालबालिका रोटी माग्छन्विलाप 4:4
पदहरू
विलाप 4:4दूध चुस्ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ। बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन।
- नहेम्याहको समयमा मानिसहरूले अन्न किन्न खेत र घर धितो राखेनहेम्याह 5:3
पदहरू
नहेम्याह 5:3त्यहाँ अरू केही मानिसहरू पनि थिए जसले भने, “अनिकालको समयमा अन्न प्राप्त गर्न हामी हाम्रा खेतहरू, हाम्रा दाखबारीहरू र हाम्रा घरहरू बन्धकमा राख्दै छौँ।”
नयाँ करारमा
- येशूको कथामा कडा अनिकालले कान्छो छोरालाई अभावमा पार्छलुका 15:14
पदहरू
लुका 15:14जब उनले सबै खर्च गरी सिध्याए, त्यहाँ देशभरि ठुलो अनिकाल पर्न सुरुभयो र उनी निकै खाँचोमा पर्न थाले।
- अगाबसले ठूलो अनिकालको भविष्यवाणी गरे; त्यो क्लाउडियसको समयमा आयोप्रेरित 11:28
पदहरू
प्रेरित 11:28तिनीहरूमध्ये एक जना अगाबस नाउँ गरेका उभिएर संसारभरि नै ठुलो अनिकाल आउन लागेको छ भनी आत्माले देखाउनुभयो। क्लाउडियसका दिनहरूमा यस्तो भयो।
- चेलाहरूले बारनाबास र शाऊलमार्फत यहूदियामा राहत पठाएप्रेरित 11:29–30
पदहरू
प्रेरित 11:29–30त्यसैले सक्ने जति हरेक चेलाहरूले यहूदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे। तिनीहरूले त्यसो गरेपछि, तिनीहरूले शाऊल र बारनाबासको हातमा एल्डरहरूकहाँ पैसा पठाए।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार