खोजी गर्नुहोस् › विषयहरू › विश्वासघाती र धोकेबाजहरू
अचम्मका विवरणहरू
बाइबलमा विश्वासघाती र धोकेबाजहरू
पवित्र बाइबल (ULB) का 26 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
यहूदा
- बाह्र जनामध्ये एक, यहूदा इस्करियोत, जो विश्वासघाती बन्योलुका 6:16
पदहरू
लुका 6:16याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज हुन पुग्यो।
- पैसाको थैलीको जिम्मेवार भएकाले ऊ त्यसबाट झिक्ने गर्थ्योयूहन्ना 12:6
पदहरू
यूहन्ना 12:6त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले भनेको हो। त्यससँग पैसाको थैलो हुन्थ्यो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो।
- उसले मुख्य पुजारीहरूलाई के दिनुहुन्छ भनेर सोध्यो: तीस चाँदीका टुक्रामत्ती 26:14–15
पदहरू
मत्ती 26:14–15त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो, र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्का छुट्ट्याइदिए।
- त्यसबेलादेखि ऊ भीडबाट टाढा मौका खोज्न थाल्योमत्ती 26:16, मर्कूस 14:11, लुका 22:6
पदहरू
मत्ती 26:16त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्यो।
मर्कूस 14:11जब मुख्य पुजारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे। उसले येशूलाई तिनीहरूका हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो।
लुका 22:6ऊ सहमत भयो र उसले उहाँलाई भिडबाट टाढा बनाएर तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्यो।
- भोजमा येशूले भन्नुभयो: तिमीहरूमध्ये एकले मलाई धोका दिनेछमत्ती 26:21
पदहरू
मत्ती 26:21जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”
- यहूदा: निश्चय नै म त होइन नि, रब्बी?मत्ती 26:25
पदहरू
मत्ती 26:25यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, “रब्बी, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्नुभयो, “तिमी आफैँले त्यो भनेका छौ।”
- येशूले यहूदालाई चोबेको गाँस दिनुभयो, र यहूदा रातमा बाहिर निस्क्योयूहन्ना 13:26, यूहन्ना 13:30
पदहरू
यूहन्ना 13:26त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु।” त्यसपछि उहाँले रोटीको टुक्रा चोप्नुभयो र सिमोनको छोरा यहूदालाई दिनुभयो।
यूहन्ना 13:30जब यहूदाले रोटी खायो, त्यो तुरुन्तै त्यहाँबाट हिँडी हाल्यो। यो रातको समय थियो।
- यहूदालाई त्यो बगैँचा थाहा थियो, किनकि येशू प्रायः चेलाहरूसँग त्यहाँ भेला हुनुहुन्थ्योयूहन्ना 18:2
पदहरू
यूहन्ना 18:2उहाँलाई विश्वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैँचामा जानुहुन्थ्यो।
- ऊ लालटिन, राँको र हतियार बोकेका सिपाहीहरूसँग आयोयूहन्ना 18:3
पदहरू
यूहन्ना 18:3अनि मुख्य पुजारीहरू, फरिसीहरू र अधिकारीहरूसहित सिपाहीहरूको एक समूह लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए।
- सङ्केत: जसलाई म चुम्बन गर्छु, उही होमत्ती 26:48–49, मर्कूस 14:44–45
पदहरू
मत्ती 26:48–49अब जुन व्यक्तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन्। उनलाई नै पक्रनू।” तुरुन्तै ऊ येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन!” अनि उसले उहाँलाई चुम्बन गर्यो।
मर्कूस 14:44–45अब, उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, ऊ त्यही हो। उसलाई समात र सुरक्षा घेरामा लैजाओ।” जब यहूदा आयो, तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी!” र त्यसले उहाँलाई चुम्बन गर्यो।
- यहूदा, के तिमी चुम्बनले मानिसको पुत्रलाई धोका दिँदैछौ?लुका 22:47–48
पदहरू
लुका 22:47–48हेर, उहाँ बोलिरहनु हुँदा, बाह्र जनामध्ये एउटा अर्थात् यहूदाको अगुवाइमा एउटा भिड देखा पर्यो। ऊ येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो, तर येशूले उसलाई भन्नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्वासघात गर्दछौ?”
- पश्चात्तापले भरिएर उसले चाँदी फिर्ता गर्यो र आफैँ झुन्डियोमत्ती 27:3–5
पदहरू
मत्ती 27:3–5त्यसपछि जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पुजारीहरू र एल्डरहरूलाई ती चाँदीका तिसवटा सिक्का फर्काइदियो, र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु”। तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैँ जान।” अनि त्यसले ती चाँदीका सिक्काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुण्डिएर मर्यो।
- त्यो पैसाले कुमालेको खेत किनियो, जसलाई रगतको खेत भनियोमत्ती 27:7–8
पदहरू
मत्ती 27:7–8तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने। यही कारणले त्यस जमिनलाई आजको दिनसम्म पनि “रगतको जमिन” भनिन्छ।
- प्रेरितहरूको पुस्तकमा त्यो खेतलाई अखेल्दमा भनिएको छप्रेरित 1:18–19
पदहरू
प्रेरित 1:18–19(यो मानिसले उसको दुष्ट कर्मको कमाइबाट एउटा खेत किन्यो। त्यसपछि, उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्यो, र उसको सबै आन्द्रा-भुँडी निस्क्यो। यो कुरा यरूशलेममा बस्ने सबैले सुने त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम अखेल्दमा राखे जसको अर्थ “रगतको खेत” हुन्छ।)
अरूहरू
- बेथेलका एक मानिसले जासुसहरूलाई भित्र पस्ने बाटो देखाए; उनको परिवार बचाइयोन्यायकर्ताहरू 1:23–25
पदहरू
न्यायकर्ताहरू 1:23–25तिनीहरूले बेथेलमा जासुसी गर्न मानिसहरू पठाए (त्यो सहरलाई पहिला लूज भनिन्थ्यो)। ती जासुसहरूले सहरबाट एक जना मानिस बाहिर निस्कँदै गरेको देखे, र तिनीहरूले त्यसलाई भने, “सहरभित्र कसरी प्रवेश गर्ने भनेर कृपया हामीलाई देखाउनुहोस्, र तपाईंप्रति हामी दयालु हुनेछौं।” उसले तिनीहरूलाई त्यो सहरभित्र जाने बाटो देखायो, र यसैले तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे, तर तिनीहरूले त्यस मानिस र उसका जम्मै परिवारलाई जान दिए।
- हरेक पलिश्ती शासकले उनको बलको रहस्यका निम्ति दलीलालाई चाँदी दिने प्रस्ताव गरेन्यायकर्ताहरू 16:5
पदहरू
न्यायकर्ताहरू 16:5पलिश्तीहरूका शासकहरू त्यस स्त्रीकहाँ आए, र भने, “शिमशोनलाई छल गरेर त्यसको त्यो ठुलो बल केमा रहेको छ, र कसरी हामी त्यसको शक्तिलाई हामी हराउन सक्छौं भन्ने कुरा थाहा गर, ताकि हामीले त्यसलाई बाँधेर त्यसलाई लज्जीत पार्न सकौं। यो काम गर, र हामी हरेकले तिमीलाई चाँदीका १,१०० सिक्का दिनेछौं।”
- शिमशोनले रहस्य बताएपछि उनले तिनीहरूलाई बोलाइन्, र तिनीहरूले पैसा ल्याएन्यायकर्ताहरू 16:18
पदहरू
न्यायकर्ताहरू 16:18दलीलाले तिनले सबै सत्य कुरा बताएको देखेपछि, त्यसले यसो भनेर पलिश्तीहरूका शासकहरूलाई बोलाई, “आउनुहोस्, किनभने तिनले मलाई सबै कुरा बताएका छन्।” त्यसपछि पलिश्तीहरूका शासकहरूले आफ्ना हातमा चाँदी लिएर त्यसकहाँ गए।
- एदोमी दोएगले शाऊललाई नोबका पुजारीले दाऊदलाई सहायता गरेको बतायो१ शमूएल 22:9–10
पदहरू
१ शमूएल 22:9–10तब शाऊलका सेवकहरूसँगै खडा भएका एदोमी दोएगले जवाफ दियो, “यिशैका छोरा नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको मैले देखें। परमप्रभुबाट उसलाई सहायता मिलोस् भनी तिनले उसको निम्ति प्रार्थना गरे, र तिनले उसलाई खानेकुरा र पलिश्ती गोल्यतको तरवार दिए।”
- कीलाहका बासिन्दाले आफूलाई शाऊलको हातमा सुम्पनेछन् भन्ने दाऊदले थाहा पाउँछन्१ शमूएल 23:12
पदहरू
१ शमूएल 23:12तब दाऊदले भने, “के कीलाहका मानिसहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पनेछन्?” परमप्रभुले भन्नुभयो, “तिनीहरूले तिमीहरूलाई सुम्पनेछन्।”
- दाऊदका सल्लाहकार अहीतोपेल अब्शालोमको षड्यन्त्रमा मिसिए२ शमूएल 15:12, २ शमूएल 15:31
पदहरू
२ शमूएल 15:12अब्शालोमले बलिदान चाढाउँदा, उनले गिलोका अहीतोपेललाई पनि बोलाए। तिनी दाऊदका सल्लाहकार थिए। अब्शालोमको षड्यान्त्र प्रबल थियो, किनकि अब्शालोमको पछि लाग्ने मानिसहरूका सङ्ख्या निरन्तर बढ्दै थियो।
२ शमूएल 15:31कसैले दाऊदलाई भन्यो, “अहीतोपेल अब्शालोमसँगै षड्यान्त्र गर्नेहरूसित छ।” त्यसैले दाऊदले प्रार्थना गरे, “हे परमप्रभु, कृपा गरी, अहीतोपेलको सल्लाहलाई मूर्खतामा परिणत गर्नुहोस्।”
- आफ्नो सल्लाह नमानिएपछि अहीतोपेल घर गए र आफैँ झुन्डिए२ शमूएल 17:23
पदहरू
२ शमूएल 17:23जब अहीतोपेलले आफ्नो सल्लाहको अनुसरण नभएको देखे, उनले आफ्नो गधामा जीन-लगाम कसे र विदा भए। उनी आफ्नो सहरमा भएको घरमा गए, आफ्ना सबै कुरा मिलाए र आफूलाई झुण्डाए। यसरी उनी मरे र आफ्नै बुबाको चिहानमा गाडिए।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार