खोजी गर्नुहोस् › विषयहरू › दैत्यहरू
अचम्मका विवरणहरू
बाइबलमा दैत्यहरू
पवित्र बाइबल (ULB) का 29 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- ती दिनमा पृथ्वीमा ठूला कदका मानिसहरू थिएउत्पत्ति 6:4
पदहरू
उत्पत्ति 6:4ती दिनहरूमा र पछि पनि पृथ्वीमा ठुला कदका मानिसहरू (राक्षस) थिए। जब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूसँग विवाह गरे, तिनीहरूका छोराछोरीहरू जन्मे। यिनीहरू उहिलेका शक्तिशाली अर्थात् प्रख्यात मानिसहरू थिए।
- जासुसहरू: अनाकका सन्तानको अगाडि हामी फट्याङ्ग्राजस्ता देखियौँगन्ती 13:32–33
पदहरू
गन्ती 13:32–33यसैले तिनीहरूले जाँचबुझ गरेका मुलुकबारे इस्राएलका मानिसहरू माझ निरुत्साहित पार्ने खबर फिँजाए। तिनीहरूले भने, “हामीले हेरेका मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ। हामीले त्यहाँ देखेका सबै मानिस अग्ला कदका छन्। हामीले त्यहाँ दैत्यहरू अर्थात् अनाकका सन्तानहरू देख्यौँ जो दैत्यहरूबाट आएका थिए। तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ।”
- अनाकीहरू: बलिया र अग्ला मानिसहरूव्यवस्था 1:28, व्यवस्था 9:2
पदहरू
व्यवस्था 1:28अब हामी कहाँ जाने? हाम्रा दाजुभाइहरूले यसो भनी हामीलाई निराश बनाएका छन्, 'ती मानिसहरू हामीभन्दा ठुला र अग्ला छन्। तिनीहरूका सहरहरू विशाल छन् र आकाशसम्मै पर्खाल लगाइएका छन्। त्यस बाहेक, त्यहाँ हामीले अनाकीहरूका सन्तानहरूलाई पनि देखेका छौँ'।”
व्यवस्था 9:2तिनीहरू महान् र अग्ला छन् जो अनाकका छोराहरू हुन् जसको बारेमा तिमीहरूलाई थाहै छ र 'अनाकका छोराहरूको सामु को खडा हुन सक्छ?' भनी तिमीहरूले सुनेकै छौ।
- अनाकीहरूजत्तिकै अग्ला एमीहरू मोआबमा बस्थेव्यवस्था 2:10–11
पदहरू
व्यवस्था 2:10–11(पहिले त्यहाँ एमीहरू बस्थे जुन जाति पराक्रमी, असङ्ख्य र अनाकीहरूजस्तै अग्ला-अग्ला थिए। अनाकीहरूझैँ यी मानिसहरू पनि रपाईहरू हुन् भनी ठानिन्छ, तर मोआबीहरूले तिनीहरूलाई एमी भन्थे।
- अम्मोनीहरूले आफ्नो देशका रपाईहरूलाई जमजुम्मी भन्थेव्यवस्था 2:20–21
पदहरू
व्यवस्था 2:20–21(त्यसलाई पनि रपाईहरूको देश ठानिन्थ्यो। त्यहाँ पहिले रपाईहरू बस्थे, तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्दथे। तिनीहरू पराक्रमी, असङ्ख्य र अनाकीहरूझैँ अग्ला-अग्ला थिए। तर परमप्रभुले अम्मोनीहरूकै सामुन्ने तिनीहरूलाई नष्ट गरिदिनुभयो र तिनीहरूले यिनीहरूलाई धपाएर तिनीहरू यिनीहरूको ठाउँमा बसे।
- कदोर्लाओमेरले रपाईहरू, जूजीहरू र एमीहरूलाई पराजित गरेउत्पत्ति 14:5
पदहरू
उत्पत्ति 14:5अनि चौधौँ वर्षमा, कदोर्लाओमेर र तिनीसित भएका राजाहरू आए र अस्तेरोत-केर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,
बाशानका ओग
- बाशानका राजा ओग रपाईहरूमध्ये अन्तिम थिएव्यवस्था 3:11, यहोशू 12:4
पदहरू
व्यवस्था 3:11(रपाईहरूमा केवल बाशानका राजा जीवित रहे। तिनको पलङ्ग फलामको थियो। मानिसहरूको नापअनुसार यो नौ हात लामो र चार हात चौडा थियो। के अम्मोनका सन्तानहरू रब्बामा नै बस्थेनन् र?)
यहोशू 12:4रपाईहरूमा बाँकी रहेका एक जना बाशानका राजा ओग अस्तारोत र एद्रईमा बस्थे।
- उनको फलामको पलङ नौ हात लामो र चार हात चौडा थियोव्यवस्था 3:11
पदहरू
व्यवस्था 3:11(रपाईहरूमा केवल बाशानका राजा जीवित रहे। तिनको पलङ्ग फलामको थियो। मानिसहरूको नापअनुसार यो नौ हात लामो र चार हात चौडा थियो। के अम्मोनका सन्तानहरू रब्बामा नै बस्थेनन् र?)
- इस्राएलले एद्रईमा ओगलाई पराजित गर्यो र उनका साठी सहर लियोगन्ती 21:33–35, व्यवस्था 3:1–4
पदहरू
गन्ती 21:33–35त्यसपछि तिनीहरू फर्के र बाशानको बाटोतिर उक्ले। बाशानका राजा ओग तिनीहरू विरुद्ध निस्के, तिनी र तिनका फौजले एद्रईमा तिनीहरूसँग लडे। त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “त्यसँग नडरा, किनभने मैले त्यसलाई, त्यसका सबै फौज र त्यसको भूमि तँलाई दिएको छु। त्यसलाई पनि हेश्बोनमा बस्ने एमोरी राजा सीहोनलाई गरेझैँ गर्।” त्यसैले तिनीहरूले कुनै पनि मानिस जीवित नरहुञ्जेल उनी, उनका छोराहरू र उनका सबै फौजलाई मारे। अनि तिनीहरूले उनको भूमि कब्जा गरे।
व्यवस्था 3:1–4तब हामी फर्केर बाशानको बाटोतर्फ लाग्यौँ। बाशानका राजा ओग र तिनका मानिसहरू एद्रईमा हामीलाई आक्रमण गर्न आए। परमप्रभुले मलाई भन्नुभयो, 'त्यसदेखि नडरा। किनकि मैले तँलाई त्यसमाथि विजय दिएको छु, र तेरा सबै मानिस र त्यसको भूमि तेरो नियन्त्रणमा राखिदिएको छु। तैँले हेश्बोनमा बस्ने एमोरीहरूका राजा सीहोनलाई गरेजस्तै त्यसलाई गर्ने छस्।' त्यसैले परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बाशानका राजा ओग र तिनका सबै मानिसमाथि विजय दिनुभई हाम्रो नियन्त्रणमा दिनुभयो। हामीले एउटै पनि नछाडि तिनका मानिसहरूलाई मार्यौँ। त्यस बेला हामीले तिनका सबै सहर कब्जा गर्यौँ। हामीले बाशानमा अर्गोबको राज्यसाथै ओगको राज्य गरी एउटै पनि नछाडि सबै साठीवटा सहरलाई कब्जा गर्यौँ।
- उनको देश रूबेन, गाद र मनश्शेको आधा कुललाई गयोगन्ती 32:33, व्यवस्था 29:7–8
पदहरू
गन्ती 32:33त्यसैले मोशाले एमोरी राजा सीहोन र बाशानका राजा ओगको राज्य गाद र रूबेनका सन्तानहरूसाथै योसेफका छोरा मनश्शेका आधा कुललाई दिए। तिनले त्यो भूमि तिनीहरूलाई दिए र यसका सिमानासहित सबै सहरहरू, त्यस वरिपरिका भूमिमा भएका सहरहरू भाग लगाए।
व्यवस्था 29:7–8तिमीहरू यस ठाउँमा आउँदा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग तिमीहरूको विरुद्धमा युद्ध गर्न आए र हामीले तिनीहरूलाई परास्त गर्यौँ। हामीले तिनीहरूको देश कब्जा गरी रूबेनीहरू, गादीहरू र मनेश्शेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौँ।
हेब्रोन र अनाकीहरू
- हेब्रोन पहिले किर्यत-अर्बा थियो, सबैभन्दा महान् अनाकी अर्बाको नाउँमायहोशू 14:15, यहोशू 15:13
पदहरू
यहोशू 14:15हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो। (अर्बा अनाकीमहरूमध्ये महान् मानिस थिए।) त्यसपछि त्यो मुलुकले युद्धबाट विश्राम पायो।
यहोशू 15:13परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञामुताबिक यहोशूले यपून्नेका छोरा कालेबलाई किर्यत-अर्बा अर्थात् हेब्रोन (अर्बा अनाकका पिता थिए) यहूदाको कुलको माझ भू-भाग दिए।
- कालेबले अनाकका तीन छोरा शेशै, अहीमान र तल्मैलाई धपाएयहोशू 15:14, न्यायकर्ताहरू 1:20
पदहरू
यहोशू 15:14कालेबले त्यहाँबाट तिन जना अनाकका छोरालाई धपाएः शेशै, अहीमान र तल्मै जो अनाकका सन्तानहरू थिए।
न्यायकर्ताहरू 1:20कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैं), र तिनले त्यहाँबाट अनाकका तिन जना छोरालाई बाहिर निकाले।
- यहोशूले अनाकीहरूलाई हटाए; केही गाजा, गात र अश्दोदमा बाँचेयहोशू 11:21–22
पदहरू
यहोशू 11:21–22त्यसपछि यहोशू आए र तिनले अनाकीलाई नष्ट पारे। तिनले यो पहाडी देश, हेब्रोन, दबीर, अनाब, यहूदाका सबै पहाडी देश र इस्राएलका सबै पहाडी देशमा यसो गरे। गाजा, गात र अश्दोदमा बस्ने बाहेक अनाकीहरू इस्राएलको भूमिमा कोही पनि रहेनन्।
गोल्यत र उसका नातेदार
- गातको गोल्यत छ हात र एक बित्ता अग्लो थियो१ शमूएल 17:4
पदहरू
१ शमूएल 17:4गातको गोल्यत नाउँ गरेको एक जना बलियो मानिस पलिश्तीहरूको छाउनीबाट आयो, जसको उचाइ तिन मिटर थियो।
- उसको कवचको तौल पाँच हजार शेकेल थियो१ शमूएल 17:5
पदहरू
१ शमूएल 17:5उसले आफ्नो शिरमा काँसाको टोप लगाएको थियो, त्यो झिलमले सुसज्जित थियो। उसको काँसाको झिलमको तौल साठी किलो थियो।
- उसको भालाको फलामको तौल छ सय शेकेल थियो१ शमूएल 17:7
पदहरू
१ शमूएल 17:7उसको भालाको डण्डा कपडा बुन्ने जुलाहको थुरीजस्तै ठुलो थियो। उसको भालाको टुप्पो सात किलो फलामको थियो। उसको ढाल बोक्ने त्यसको अगि-अगि गयो।
- चालीस दिनसम्म ऊ हरेक बिहान र साँझ बाहिर निस्कन्थ्यो१ शमूएल 17:16
पदहरू
१ शमूएल 17:16चालिस दिनसम्म त्यो बलियो पलिश्ती बिहान र साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे।
- दाऊदले उसलाई घुयेँत्रो र ढुङ्गाले मारे१ शमूएल 17:49–50
पदहरू
१ शमूएल 17:49–50दाऊदले आफ्नो झोलामा आफ्नो हात हाले, त्यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए। त्यो ढुङ्गा उक्त पलिश्तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्यो। त्यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए। तिनले त्यो पलिस्तीलाई हिर्काए र उसलाई मारे। दाऊदको हातमा कुनै तरवार थिएन।
- गोल्यतको तरवार पछि एपोदको पछाडि कपडामा बेरेर राखिएको थियो१ शमूएल 21:9
पदहरू
१ शमूएल 21:9पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ। तपाईंलाई त्यो लाने इच्छा हुन्छ भने त्यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन।” दाऊदले भने, “त्यो जस्तो अरू कुनै तरवार छैन। त्यो मलाई दिनुहोस्।”
- इश्बी-बनिबको काँसाको भाला तीन सय शेकेलको थियो; अबीशैले उसलाई मारे२ शमूएल 21:16–17
पदहरू
२ शमूएल 21:16–17दैत्यका सन्तान इश्बी-बनिबले दाऊदलाई मार्न खोजे, जसको काँसाको भालाको तौल साँढे तीन किलो थियो र नयाँ तरवार भिरेको थियो। तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए, त्यो पलिश्तीलाई आक्रमण गरे र त्यसलाई मारे। तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए, “तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन, ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्न।”
- एल्हानानले गोल्यतको भाइ लहमीलाई मारे१ इतिहास 20:5
पदहरू
१ इतिहास 20:5पलिश्तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्हानानले गित्तीको गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बींड कपडा बुन्ने जुलाहाको डन्डा जत्रो थियो।
- गातमा एउटा मानिसको हरेक हातमा छ औँला र हरेक खुट्टामा छ औँला थिए२ शमूएल 21:20–21, १ इतिहास 20:6–7
पदहरू
२ शमूएल 21:20–21गातमा फेरि अर्को लडाइँ भयो, त्यहाँ हरेक हातमा छ-छ वटा औंला र हरेक खुट्टामा पनि छ-छ वटा औंला गरी चौबिस वटा औंला भएका निकै अग्लो मानिस थियो। त्यो पनि रफाको सन्तान नै थियो। त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्यो।
१ इतिहास 20:6–7गातमा भएको अर्को युद्धमा हरेक हातमा छवटा औंला र हरेक खुट्टामा छवटा औंला भएको एक जना धेरै अग्लो मानिस थियो। त्यो पनि रफाको सन्तान थियो। जब त्यसले इस्राएललाई निन्दा गर्यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार