खोजी गर्नुहोस् › विषयहरू › हत्याहरू
अचम्मका विवरणहरू
बाइबलमा हत्याहरू
पवित्र बाइबल (ULB) का 23 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- आफ्नो छिमेकीलाई गुप्तमा मार्ने श्रापित होस्व्यवस्था 27:24
पदहरू
व्यवस्था 27:24'आफ्नो छिमेकीलाई गुप्तमा मार्ने मानिस श्रापित होस्।' तब सबै मानिसले भनून्, 'आमेन।'
- दाऊदले ईश्बोशेतका हत्याराहरूलाई मृत्युदण्ड दिए२ शमूएल 4:9–12
पदहरू
२ शमूएल 4:9–12दाऊदले बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाहलाई जावफ दिए। तिनले तिनीहरूलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, जसले मेरो जीवन हरेक कष्टबाट बचाउनुभयो, जब कसैले मलाई त्यसले शुभखबर ल्याउँदैछ भन्ने ठानी 'हेर्नुहोस्, शाऊल मरेको छ,' भन्यो, मैले त्यसलाई समातें र सिक्लगमा मारें। त्यसको खबरको निम्ति मैले त्यसलाई त्यो इनाम दिएँ। झन दुष्ट मानिसहरूले एक जना निर्दोष व्यक्तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा, के मैले तिमीहरूको हातबाट त्यसको रगतको बदला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ?” त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए। तर तिनीहरू ईश्बोशेतको टाउकोलाई लिए र त्यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे।
उदाहरणहरू
- एहूदले लुकाएको तरवारले मोआबका राजा एग्लोनलाई मारेन्यायकर्ताहरू 3:15–22
पदहरू
न्यायकर्ताहरू 3:15–22जब इस्राएलका मानिसहरूले परमप्रभुको पुकारा गरे, तिनीहरूलाई सहायता गर्नलाई परमप्रभुले कोही एक जना बेन्यामिनी गेराका छोरा देब्रे हात चलाउने मानिस एहूदलाई खडा गर्नुभयो। इस्राएलका मानिसहरूले उनको साथमा मोआबका राजा एग्लोनकहाँ कर पठाए। एहूदले आफ्नो निम्ति एक हात लामो दुई धारे तरवार बनाए। त्यो तिनले आफ्नो दाहिने जाँघमा आफ्नो लुगाभित्र बाँधे। तिनले मोआबका राजा एग्लोनलाई त्यो कर तिरे। (एग्लोन धेरै मोटो मानिस थिए।) एहूदले कर तिरिसकेपछि, ती ल्याउनेहरूसँगै उनी फर्के। गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे, उनी फर्के र फिर्ता गए, र भने, “मेरा राजा, तपाईंको निम्ति मसँग एउटा गुप्त सन्देश छ।” एग्लोनले भने, “शान्त होओ!” यसैले उनको सेवा गर्ने सबैले त्यो कोठा छोडेर बाहिर गए। एहूद तिनीकहाँ आए। राजाचाहिं माथिल्लो शीतल कक्षमा एक्लै बसिरहेका थिए। एहूदले भने, “मसँग तपाईंको निम्ति परमेश्वरको एउटा सन्देश छ।” राजा आफ्नो ठाउँबाट उठे। एहूदले आफ्नो देब्रे हातले आफ्नो दाहिने जाँघबाट तरवार झिके, र त्यो तिनले राजाको शरीरमा रोपिदिए। त्यो तरवार बींडसितै छिर्यो। उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन्।
- अबीमेलेकले एउटै ढुङ्गामा आफ्ना भाइहरूलाई मारे; योताम लुकेन्यायकर्ताहरू 9:5
पदहरू
न्यायकर्ताहरू 9:5अबीमेलेक ओप्रामा आफ्ना बुबाको घरमा गए, र तिनले एउटा ढुङ्गामा आफ्ना सत्तरी जना दाजुभाइ, यरूब-बालका छोराहरूलाई मारे। यरूब-बालका कान्छा छोरा, योताममात्र बाँकी रहे, किनभने उनी लुकेका थिए।
- योआबले हेब्रोनको ढोकामा अबनेरलाई छुरा हाने२ शमूएल 3:27
पदहरू
२ शमूएल 3:27जब अबनेर हेब्रोनमा फर्के, तिनीसित गोप्य रूपले कुरा गर्नलाई योआबले तिनलाई बिच ढोकाको एकातिर लिएर गए। त्यहाँ योआबले तिनलाई पेटमा घोचे र तिनलाई मारे। यसरी योआबले आफ्नो भाइ असाहेलको रगतको बदला लिए।
- रेकाब र बानाहले मध्यान्हमा ईश्बोशेतलाई उनकै ओछ्यानमा मारे२ शमूएल 4:5–7
पदहरू
२ शमूएल 4:5–7त्यसैले बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह दिनको चर्को घाममा ईश्बोशेतको घरतिर जान हिंडेर मध्यन्हमा आराम गरिरहँदा तिनको घरमा पुगे। ढोकाको स्त्री पाले गहूँ ओसार्दै गर्दा मस्त निदाएकी थिइन् र रेकाब र बानाह बिस्तार हिंडे र तिनलाई पार गरेर गए। यसरी तिनीहरू घरभित्र पसेपछि, तिनी आफ्नो कोठाको ओछ्यानमा पल्टिरहेको बेला तिनीहरूले तिनलाई आक्रमण गरे र तिनलाई मारे। त्यसपछि तिनीहरूले तिनको टाउको काटे र बोकेर रातभरि अराबातिर जाने बाटो हिंडे।
- अमनोन दाखमद्यले मस्त हुँदा अब्शालोमका मानिसहरूले उनलाई मारे२ शमूएल 13:28–29
पदहरू
२ शमूएल 13:28–29अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए, “ध्यानपूर्वक सुन। जब अमनोनलाई मद्यले असर गर्न थाल्छ र जब म तिमीहरूलाई भन्छु, ' अमनोनलाई आक्रमण गर,' तब त्यसलाई मार। नडराऊ। के तिमीहरूलाई मैले आज्ञा गरेको होइन र? साहसी र आँटिलो होओ?” त्यसैले अबशालोमका सेवकहरूले उनले आज्ञा गरेबमोजिम नै अमनोनलाई गरे। तब सबै राजकुमार उठे र सबैले आ-आफ्नो कच्चर चढे र भागे।
- योआबले अमासाको दाह्री समातेर छुरा हाने२ शमूएल 20:9–10
पदहरू
२ शमूएल 20:9–10त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठिकै छ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते। अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन्। योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्यो। योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे। यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्याउँदै गए।
- बाशाले गिब्बतोनमा राजा नादाबलाई मारे१ राजाहरू 15:27–28
पदहरू
१ राजाहरू 15:27–28अहियाहका छोरा बाशाले नादाबको विरुद्धमा षड्यन्त्र रचे। बाशाले तिनलाई पलिश्तीहरूको सहर गिब्बतोनमा मारे किनकि नादाब र सारा इस्राएलले गिब्बतोनलाई घेरा हाल्दै थिए। यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, तिनको ठाउँमा तिनी राजा बने।
- जिम्रीले मातिरहेका राजा एलाहलाई मारे१ राजाहरू 16:9–10
पदहरू
१ राजाहरू 16:9–10तिनको दास जिम्री अर्धरथ-सेनाका सेनापति थिए जसले राजाको विरुद्धमा षड्यन्त्र गरे। त्यस बेला एलाह तिर्सामा भएको आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए। जिम्री भित्र पसे, र राजामाथि आक्रमण गरी तिनलाई मारे। यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्री तिनको ठाउँमा राजा भए।
- येहूले राजा योरामलाई दुई काँधको बीचमा काँड हाने२ राजाहरू 9:24
पदहरू
२ राजाहरू 9:24तब येहूले आफ्नो धनु निकाले र पुरा शक्ति लगाएर योरामका काँधहरूका बिचैमा तिनलाई हाने। काँडले तिनको मुटुलाई नै छेड्यो, र तिनी आफ्नो रथमा लडे।
- येहूका मानिसहरूले यहूदाका राजा अहज्याहलाई रथमै काँड हाने२ राजाहरू 9:27
पदहरू
२ राजाहरू 9:27जब यहूदाका राजा अहज्याहले यो देखे, तिनी बेथ-हागान जाने बाटोतिर भागे। तर येहूले तिनलाई पछ्याए, र भने, “तिनलाई पनि रथमा मार।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे। अहज्याह मगिद्दोमा भागे, र त्यहीँ मरे।
- योआशलाई बेथ-मिल्लोमा उनकै सेवकहरूले मारे२ राजाहरू 12:20–21
पदहरू
२ राजाहरू 12:20–21तिनका सेवकहरू खडा भए र तिनीहरूले मिलेर षड्यन्त्र गरे। तिनीहरूले योशाशलाई सिल्लाको ओरालो बाटोमा भएको बेथ-मिल्लोमा आक्रमण गरे। तिनका सेवकहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबादले तिनलाई आक्रमण गरे, अनि तिनी मरे। तिनीहरूले योआशलाई दाऊदको सहरमा तिनका पुर्खाहरूसित गाडे, र तिनको ठाउँमा तिनका छोरा अमस्याह राजा भए।
- षड्यन्त्रकारीहरूले अमस्याहलाई लाकीशसम्म पछ्याएर मारे२ राजाहरू 14:19
पदहरू
२ राजाहरू 14:19तिनीहरूले यरूशलेममा अमस्याहको विरुद्धमा षड्यन्त्र रचे र तिनी लाकीशमा भागे। तिनी लाकीशमा भागे तर तिनीहरूले तिनको पिछा गर्न लाकीशमा मानिसहरू पठाए, र तिनलाई त्यहीँ मारे।
- इस्राएलमा शल्लूम, मनहेम, पेकह र होशिया हरेकले एक-एक राजालाई मारे२ राजाहरू 15:10, २ राजाहरू 15:14, २ राजाहरू 15:25, २ राजाहरू 15:30
पदहरू
२ राजाहरू 15:10याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे, तिनलाई इब्लममा आक्रमण गरे र मारे। त्यसपछि तिनको ठाउँमा आफू राजा भए।
२ राजाहरू 15:14गदीका छोरा मनहेम तिर्साबाट सामरियामा उक्ले। सामरियामा तिनले याबेशका छोरा शल्लूमलाई आक्रमण गरे। तिनले उनलाई मारे र उनको ठाउँमा आफू राजा भए।
२ राजाहरू 15:25पकहीयाको एक जना पेकह नाउँ गरेका सेवक थिए जो रमल्याहका छोरा थिए, जसले तिनको विरुद्धमा षड्यन्त्र गरे। पेकहले गिलादका पचास जना मानिस आफ्नो साथमा लिएर सामरियामा राजदरबारको गढीभित्र पकहीया, अर्गोब र अरिहलाई मारे। पेकहले पकहीयालाई मारे र तिनको ठाउँमा आफू राजा भए।
२ राजाहरू 15:30त्यसैले एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र गरे। तिनले उनलाई आक्रमण गरे र तिनलाई मारे। त्यसपछि उज्जियाहका छोरा योतामको बिसौँ वर्षमा तिनको ठाउँमा आफू राजा भए।
- राजा अमोनलाई दरबारमै उनका सेवकहरूले मारे२ राजाहरू 21:23
पदहरू
२ राजाहरू 21:23आमोनका सेवकहरूले राजाको विरुद्धमा षड्यन्त्र गरे र तिनलाई आफ्नै घरमा मारे।
- पूजा गरिरहँदा सनहेरीबलाई उनकै छोराहरूले मारे२ राजाहरू 19:37, यशैया 37:38
पदहरू
२ राजाहरू 19:37पछि तिनले आफ्नो देवता निस्रोकको मन्दिरमा पुजा गरिरहँदा तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे। अनि तिनीहरू आरारात देशमा भागेर गए। तब तिनको ठाउँमा तिनका छोरा एसरहदोन राजा भए।
यशैया 37:38पछि, उसले आफ्नो देवता निस्रोकको मन्दिरमा पुजा गरिरहँदा, उसको छोरा अद्रम्मेलेक र शरेसरले तिनलाई तरवारले मारे। त्यसपछि तिनीहरू आरारातको देशमा भागेर गए। त्यसपछि उसको ठाउँमा उसको छोरा एसरहदोनले राज्य गरे।
- नतन्याहका छोरा इश्माएलले गदल्याहलाई मारे२ राजाहरू 25:25
पदहरू
२ राजाहरू 25:25तर सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल जो राजकीय वंशका थिए, तिनले दस जना मानिसलाई लिएर आए र गदल्याहलाई आक्रमण गरे। मिस्पामा आफूसँग भएका यहूदाका मानिसहरू र बेबिलोनीहरूसँगै गदल्याहको मृत्यु भयो।
- मोर्दकैले अहासूरसलाई मार्ने दुई नपुंसकको षड्यन्त्र पत्ता लगाएएस्तर 2:21–23
पदहरू
एस्तर 2:21–23ती दिनमा मोर्दकै राजाको मूलद्वारमा बसिरहँदा राजाका दुई जना द्वारपाल अधिकारीहरू बिग्थाना र तेरेश रिसाए, अनि तिनीहरूले राजा अहासूरसको हानि गर्न खोजे। मोर्दकैले यो कुरो थाहा पाएपछि तिनले रानी एस्तरलाई बताए, अनि रानीले मोर्दकैको नाउँ लिएर राजालाई बताइन्। त्यो सुचनको अनुसन्धान भयो र पुष्टि भयो, अनि दुवै जनालाई फाँसीको सजाए दिएर काठमा झुण्ड्याइयो। यो कुरोलाई राजाको उपस्थितिमा इतिहासको पुस्तकमा लेखियो।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार