Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › मह

अचम्मका विवरणहरू

बाइबलमा मह

पवित्र बाइबल (ULB) का 22 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • दूध र मह बग्ने देशप्रस्थान 3:8, लेवीहरू 20:24
    पदहरू
    प्रस्थान 3:8तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान म ओर्लिआएको छु। त्यो कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देश हो।
    लेवीहरू 20:24मैले तिमीहरूलाई भनेँ, “तिमीहरूले तिनीहरूका भूमि उत्तराधिकारमा पाउने छौ। दूध र मह बगिरहने देश म तिमीहरूको अधिकारमा दिने छु। अरू मानिसहरूबाट तिमीहरूलाई अलग गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ।
  • जैतूनको तेल र महको देशव्यवस्था 8:8
    पदहरू
    व्यवस्था 8:8यो गहुँ र जौ अनि दाख र जैतून अनि अनार र जैतून रुखहरूसाथै मह पाउने देश हो।
  • मन्‍नाको स्वाद महमा बनाइएको पातलो रोटीजस्तो थियोप्रस्थान 16:31
    पदहरू
    प्रस्थान 16:31इस्राएलका मानिसहरूले त्यस खानालाई “मन्‍न” भने। यो धनियाँको गेडाजस्तो सेतो थियो र यसको स्वाद महमा बनाइएको बाबरजस्तो थियो।
  • महलाई बलिको रूपमा जलाउनु हुँदैनथ्योलेवीहरू 2:11
    पदहरू
    लेवीहरू 2:11तिमीहरूले परमप्रभुलाई चढाउने कुनै पनि अन्‍नबलि खमिरद्वारा बनाइनुहुँदैन, किनभने परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलिमा खमिर वा मह नजलाउनू।
  • चट्टानबाट महव्यवस्था 32:13, भजनसंग्रह 81:16
    पदहरू
    व्यवस्था 32:13उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा सवार गराउनुभयो, र बारीको फल खुवाउनुभयो। उहाँले तिनलाई चट्टानबाट निस्केको मह र दर्शन-ढुङ्गाको भीरको तेलले पालन-पोषण गर्नुभयो।
    भजनसंग्रह 81:16इस्राएललाई म उत्तम गहुँ खुवाउँथें। तिमीहरूलाई म चट्टानको मह खुवाएर तृप्‍त पार्थें।”

कथाहरूमा

  • याकूबले उपहारको रूपमा मिश्रमा अलिकति मह पठाएउत्पत्ति 43:11
    पदहरू
    उत्पत्ति 43:11तिनीहरूका पिता इस्राएलले तिनीहरूलाई भने, “त्यसो हो भने, अब यसो गर। तिमीहरूका झोलाहरूमा यस देशमा सबैभन्दा उत्तम उब्जनीहरू हाल। ती मानिसलाई यी उपहारहरू लिएर जाओः सुगन्धित लेप, मह, मसला र मूर्र, पेस्ता र हाडे-बदाम।
  • शिमशोनले सिंहको सिनोबाट मह खाएन्यायकर्ताहरू 14:8–9
    पदहरू
    न्यायकर्ताहरू 14:8–9केही दिनपछि जब तिनी उनलाई विवाह गर्न भनेर फर्के, तब त्‍यो सिंहको सिनु हेर्नलाई तिनी त्‍यतातिर गए। अनि हेर, तिनले छाडेका त्यो सिंहको सिनुमा मौरीको झुण्ड र मह थियो। तिनले आफ्ना हातमा मह लिए र तिनी जाँदा खाँदै गए। जब तिनी आफ्ना बुबा र आमाकहाँ आए, तिनले अलिकति मह तिनीहरूलाई पनि दिए, र तिनीहरूले खाए। तर तिनले त्यो मह सिंहको सिनुबाट लिएका थिए भन्‍ने कुरा तिनले भनेनन्।
  • शाऊलको शपथविरुद्ध जोनाथनले जङ्गलमा मह चाखे१ शमूएल 14:25–27, १ शमूएल 14:43
    पदहरू
    १ शमूएल 14:25–27त्यसपछि सबै मानिसहरू जङ्गभित्र पसे र त्यहाँ जमिनमा मह थियो। जब मानिसहरू जङ्गलभित्र पसे, तब मह बग्‍न थाल्यो, तर कसैले पनि महमा हात लगाएन, किनभने मानिसहरू शपथदेखि डराएका थिए। तर जोनाथनले आफ्‍ना बुबाले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन्। तिनले आफ्नो हातमा भएको लट्ठी पसारे र यसले महको चाकामा घोचे। तिनले आफ्नो हात आफ्‍नो मुखमा लगे र तिनका आँखामा तेज आयो।
    १ शमूएल 14:43शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ मलाई भन।” जोनाथनले तिनले भने, “मैले मेरो हातमा भएको लट्ठीको टुप्पोले थोरै मह चाखें। म यहाँ छु। म मर्नेछु।”
  • अलिकति मह चाखेपछि उनका आँखा उज्यालो भए१ शमूएल 14:29
    पदहरू
    १ शमूएल 14:29तब जोनाथनल भने, “मेरो बुबाले देशलाई कष्‍ट दिनुभएको छ। हेर, मैले यो थोरै मह चाखेर मेरा आँखाहरू कति तेजिला भएका छन्।
  • साथीहरूले दाऊदका भोका मानिसहरूका निम्ति मह ल्याए२ शमूएल 17:29
    पदहरू
    २ शमूएल 17:29मह, नौनी, भेडा र दही ल्याए, ताकि दाऊद र तिनीसँग भएका मसनिहरूले खान सकुन्। यी मानिसले भनेका थिए, “मानिसहरू उजाडस्‍थानमा भोकाएका, थकित, र तिर्खाएका छन्।”
  • यारोबामकी पत्नीले अगमवक्ताकहाँ महको एउटा भाँडो लगिन्१ राजाहरू 14:3
    पदहरू
    १ राजाहरू 14:3आफ्नो साथमा दसवटा रोटी, केही फुरौला र एक भाँडो मह लिएर अहियाहकहाँ जाऊ। बालकलाई के हुने छ भनी तिनले तिमीलाई बताउने छन्।”
  • यहूदाले टुरोससँग महको व्यापार गर्‍योइजकिएल 27:17
    पदहरू
    इजकिएल 27:17यहूदा र इस्राएलको देशले तँसित व्‍यापार गर्दैथिए। तिनीहरूले तँलाई मिन्‍नीतको गहूँ, रोटी, मह, तेल र लेप तेरा व्यापारका सामानका रूपमा उपलव्‍ध गराए।
  • यूहन्‍ना सलह र वन-मह खान्थेमत्ती 3:4
    पदहरू
    मत्ती 3:4अब यूहन्‍नाले उँटको रौँका वस्‍त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे। उनका खानेकुरा सलह र वन-मह थिए।

भनाइहरू

  • मेरो छोरा, मह खाऊ, किनकि यो असल छहितोपदेश 24:13
    पदहरू
    हितोपदेश 24:13हे मेरो छोरो, मह खा, किनकि यो गुलियो हुन्छ, किनकि महको चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ।
  • मह भेट्टायौ भने चाहिने जति मात्र खाऊहितोपदेश 25:16, हितोपदेश 25:27
    पदहरू
    हितोपदेश 25:16मह पाइस् भने चाहिँदो मात्रामा खा। नत्रता अत्यधिक खाइस् भने तैँले बान्ता गर्छस्।
    हितोपदेश 25:27अत्यधिक मह खानु राम्रो हुँदैन। त्यसो गर्नु भनेको मान-सम्मान खोजीरहनुजस्तै हो।
  • अघाएकोलाई महदेखि घिन लाग्छ; भोकालाई तीतो पनि गुलियोहितोपदेश 27:7
    पदहरू
    हितोपदेश 27:7पेटभरि खाएको मानिसले महको चाकालाई पनि इन्कार गर्छ, तर भोकाएको व्यक्तिलाई हरेक तितो कुरो मिठो लाग्छ।
  • घारको महभन्दा पनि गुलियोभजनसंग्रह 19:10
    पदहरू
    भजनसंग्रह 19:10तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन्। तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन्।
  • मेरी दुलही, तिम्रा ओठबाट महको घारझैँ गुलियोपन चुहिन्छश्रेष्ठगीत 4:11
    पदहरू
    श्रेष्ठगीत 4:11हे मेरी दुलही, तिम्रा ओठले मह चुहाउँछन्। मह र दूध तिम्रो जिब्रोमूनि छन्। तिम्रो लुगाको बास्‍ना लेबनानको बास्‍नाझैँ छ।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार