Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › चालीसको अङ्क

अचम्मका विवरणहरू

बाइबलमा चालीसको अङ्क

पवित्र बाइबल (ULB) का 31 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

चालीस दिन

  • पृथ्वीमा चालीस दिन र चालीस रात पानी पर्‍योउत्पत्ति 7:4, उत्पत्ति 7:12, उत्पत्ति 7:17
    पदहरू
    उत्पत्ति 7:4किनकि अबको सात दिनमा म चालिस दिन र चालिस रात पृथ्‍वीमा पानी बर्साउनेछु। मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्‍ट गर्नेछु।”
    उत्पत्ति 7:12चालिस दिन र चालिस रातसम्म पृथ्वीमा पानी परिरह्‍यो।
    उत्पत्ति 7:17त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो। अनि पृथ्वीमा चालिस दिनसम्म जलप्रलय भयो र पानीले जहाजलाई जमिनबाट माथि उचाल्यो।
  • चालीस दिनपछि नोआले जहाजको झ्याल खोलेउत्पत्ति 8:6
    पदहरू
    उत्पत्ति 8:6चालिस दिनपछि नोआले आफूले बनाएको जहाजको झ्याल खोले।
  • याकूबको शवमा मसला लगाउन चालीस दिन लाग्योउत्पत्ति 50:3
    पदहरू
    उत्पत्ति 50:3यसको निम्‍ति चालिस दिन लागेको थियो, किनकि सुगन्‍धित लेप लगाउँदा लाग्‍ने पुरा समय यति नै थियो। तिनको निम्‍ति मिश्रीहरूले सत्तरी दिन शोक मनाए।
  • मोशा चालीस दिन र चालीस रात पर्वतमा बसेप्रस्थान 24:18, प्रस्थान 34:28, व्यवस्था 9:9
    पदहरू
    प्रस्थान 24:18मोशा बादलभित्र प्रवेश गरी पर्वतमा उक्ले। तिनी चालिस दिन चालिस रातसम्म पर्वतमा रहे।
    प्रस्थान 34:28मोशा परमप्रभुसित त्यहाँ चालिस दिन र चालिस रातसम्म बसे। तिनले न कुनै खाना खाए न पानी पिए। तिनले करारका वचनहरू अर्थात् दस आज्ञा शिला-पाटीहरूमा लेखे।
    व्यवस्था 9:9परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ। मैले न रोटी खाएँ, न पानी पिएँ।
  • जासुसहरू चालीस दिनपछि फर्केगन्ती 13:25
    पदहरू
    गन्ती 13:25चालिस दिनपछि तिनीहरू भूमिको जाँचबुझ गरेर फर्के।
  • गोल्यत चालीस दिनसम्म बिहान र साँझ बाहिर निस्क्यो१ शमूएल 17:16
    पदहरू
    १ शमूएल 17:16चालिस दिनसम्म त्यो बलियो पलिश्‍ती बिहान र साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे।
  • एलिया चालीस दिन र रात हिँडेर होरेब पुगे१ राजाहरू 19:8
    पदहरू
    १ राजाहरू 19:8त्यसैले तिनी उठेर खाए, र पिए अनि त्यस खानाको शक्ति पाएर चालिस दिन यात्रा गरेर परमेश्वरको पर्वत होरेबसम्मै आए।
  • योना: अझै चालीस दिन, अनि निनवे नष्ट हुनेछयोना 3:4
    पदहरू
    योना 3:4योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ।”
  • येशूले चालीस दिन र चालीस रात उपवास गर्नुभयोमत्ती 4:2
    पदहरू
    मत्ती 4:2चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो।
  • बौरिनुभएपछि येशू चालीस दिनसम्म देखा पर्नुभयोप्रेरित 1:3
    पदहरू
    प्रेरित 1:3उहाँको कष्‍टभोगपछि उहाँले धेरै विश्‍वसनीय प्रमाणसहित आफैँलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो। उहाँ चालिस दिनसम्म उनीहरूकहाँ देखा पर्नुभयो र परमेश्‍वरको राज्यको बारेमा बताउनु भयो।

चालीस वर्ष

  • इस्राएलले उजाडस्थानमा चालीस वर्ष मन्‍ना खायोप्रस्थान 16:35
    पदहरू
    प्रस्थान 16:35इस्राएलीहरू मानिसहरू बसोबास गरेको भूमिमा नआउञ्‍जेलसम्म तिनीहरूले चालिस वर्षसम्म मन्‍न खाइरहे। तिनीहरू कनान देशका सिमानाहरूमा नआउञ्‍जेलम्म यो खाइरहे।
  • जासुसीको हरेक दिनका निम्ति एक वर्ष, चालीस वर्ष भौँतारिनुगन्ती 14:34
    पदहरू
    गन्ती 14:34तिमीहरूले त्यो भूमिको जाँचबुझ गर्न लगाएका दिनहरूको सङ्ख्या अर्थात् चालिस दिनजस्तै, तिमीहरूले आफ्नो पापको नतिजाहरू चालिस वर्षसम्म अर्थात् एक दिनको एक वर्ष भोग्‍नुपर्छ र मेरो विरोध गर्नु कस्तो हुन्छ भनी तिमीहरूले थाहा पाउनुपर्छ।
  • इसहाकले चालीस वर्षमा रिबेकासँग विवाह गरेउत्पत्ति 25:20
    पदहरू
    उत्पत्ति 25:20पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गर्दा इसहाक जम्मा चालिस वर्षका थिए।
  • मोशा चालीस वर्षका हुँदा आफ्ना मानिसहरूलाई भेट्न गए; चालीस वर्षपछि, झाडीप्रेरित 7:23, प्रेरित 7:30
    पदहरू
    प्रेरित 7:23तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलीहरूलाई भेट गर्न मन लाग्यो।
    प्रेरित 7:30चालिस वर्ष बितेपछि सीनै पर्वतको उजाड–स्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे।
  • धेरै न्यायकर्ताहरूको समयमा देशले चालीस वर्ष आराम पायोन्यायकर्ताहरू 3:11, न्यायकर्ताहरू 5:31, न्यायकर्ताहरू 8:28
    पदहरू
    न्यायकर्ताहरू 3:11देशमा चालिस वर्षसम्म शान्ति भयो। त्यसपछि कनजका छोरा ओत्‍निएलको मृत्यु भयो।
    न्यायकर्ताहरू 5:31यसैले, हे परमप्रभु, तपाईंका सबै शत्रुहरू नाश होऊन्! तर तपाईंका मित्रहरू आफ्नो शक्तिमा उदाएको सुर्यझैं होऊन्।” त्‍यसपछि देशमा चालिस वर्षसम्‍म शान्ति भयो।
    न्यायकर्ताहरू 8:28यसरी मिद्दानीहरू इस्राएलका मानिसहरूका अधीनमा रहे र तिनीहरूले आफ्नो शिर फेरि कहिल्यै उठाएनन्। यसरी गिदोनको समयमा देशमा चालिस वर्षसम्‍म शान्ति भयो।
  • पलिश्तीहरूले इस्राएलमा चालीस वर्ष शासन गरेन्यायकर्ताहरू 13:1
    पदहरू
    न्यायकर्ताहरू 13:1इस्राएलका मानिसहरूले फेरि परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा चालिस वर्षसम्म सुम्पनुभयो।
  • एलीले इस्राएलको चालीस वर्ष न्याय गरे१ शमूएल 4:18
    पदहरू
    १ शमूएल 4:18जब उसले परमेश्‍वरको सन्दुकको बारेमा भन्‍यो, तब एली ढोकाको छेउमा भएको आफ्नो आसनबाट पछाडीतिर लडे। तिनको घाँटी भाँचियो र तिनी मरे, किनभने तिनी वृद्ध र गह्रौं थिए। तिनी चालिस वर्षसम्म इस्राएलका न्यायकर्ता भएका थिए।
  • पावल भन्छन्: शाऊलको अधीनमा चालीस वर्षप्रेरित 13:21
    पदहरू
    प्रेरित 13:21त्यसपछि, मानिसहरूले एउटा राजाको माग गरे, त्यसैले परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति दिनुभयो।
  • दाऊदले चालीस वर्ष राज्य गरे: सात हेब्रोनमा, तेत्तीस यरूशलेममा२ शमूएल 5:4, १ राजाहरू 2:11
    पदहरू
    २ शमूएल 5:4दाऊदले राज्‍य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए र तिनले चालिस वर्षसम्म राज्‍य गरे।
    १ राजाहरू 2:11दाऊदले इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे। तिनले हेब्रोनमा सात वर्षसम्म र यरूशलेममा तेत्तिस वर्षसम्म राज्य गरे।
  • सोलोमनले चालीस वर्ष राज्य गरे१ राजाहरू 11:42
    पदहरू
    १ राजाहरू 11:42सोलोमनले यरूशलेममा बसी सारा इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे।
  • योआशले यरूशलेममा चालीस वर्ष राज्य गरे२ राजाहरू 12:1
    पदहरू
    २ राजाहरू 12:1येहूको सातौँ वर्षमा योआशले राज्‍य गर्न थाले। तिनले यरूशलेममा चालिस वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ सिब्या थियो, जो बेर्शेबाकी थिइन्।

चालीस कोर्रा

  • व्यवस्थाले चालीस कोर्राभन्दा बढी अनुमति दिँदैनथ्योव्यवस्था 25:3
    पदहरू
    व्यवस्था 25:3न्यायकर्ताले त्यसलाई चालिस कोर्रा लगाउन सक्छ, तर त्यसभन्दा बढीचाहिँ होइन। किनकि त्यसभन्दा बढी कोर्रा लगाए तिमीहरूको इस्राएली भाइ तिमीहरूको दृष्‍टिमा अपमानित हुने छ।
  • पावलले पाँच पटक एक कम चालीस कोर्रा खाए२ कोरिन्थी 11:24
    पदहरू
    २ कोरिन्थी 11:24यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालिस कोर्रा खाएको छु।”

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार