Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › वर्षा र खडेरी

अचम्मका विवरणहरू

बाइबलमा वर्षा र खडेरी

पवित्र बाइबल (ULB) का 21 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • कुनै बोट उम्रनुअघि पृथ्वीमा वर्षा भएको थिएनउत्पत्ति 2:5
    पदहरू
    उत्पत्ति 2:5पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन।
  • शरद् र वसन्तका वर्षाव्यवस्था 11:14
    पदहरू
    व्यवस्था 11:14म तोकिएको ऋतुमा तिमीहरूको देशमा अगिल्लो वृष्‍टि र पछिल्लो वृष्‍टि पठाउने छु, ताकि तिमीहरूले तिमीहरूको अन्‍न, नयाँ मद्य र तेल जम्मा गर्न सक।
  • नवौँ महिनाको वर्षामा एज्राको सभा काँप्दै बस्योएज्रा 10:9, एज्रा 10:13
    पदहरू
    एज्रा 10:9त्यसैले यहूदा र बेन्यामीनका सारा मानिस तिन दिनमा यरूशलेममा भेला भए। यो नवौं महिनामा र उक्‍त महिनाको बाह्रौं दिनमा भएको थियो। सारा मानिस परमेश्‍वरको मन्दिरको सामुन्‍ने चोकमा खडा भए, र वचन र वृष्‍टिको कारणले थरथर काँपे।
    एज्रा 10:13यद्यपि, मानिसहरू धेरै छन्, र यो पानी पर्ने समय हो। बाहिर खडा हुन हामीसित ताकत छैन, र यो केवल एक वा दुई दिनको काम होइन, किनकि हामीले यस विषयमा घोर अपराध गरेका छौं।
  • उत्तरी बतासले वर्षा ल्याउँछहितोपदेश 25:23
    पदहरू
    हितोपदेश 25:23जसरी उत्तरी बतासले पक्‍कै वृष्‍टि ल्याउँछ, त्यसै गरी गुप्‍त कुराहरू बताउने जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ।
  • बादल भरिए भने ती वर्षा खन्याउँछन्उपदेशक 11:3
    पदहरू
    उपदेशक 11:3बादलहरू पानीले भरिएका छन् भने तिनीहरू पृथ्वीमा बर्सेर आफै रित्तिन्छन्, र रुख उत्तर वा दक्षिणतिर ढल्यो भने त्यो जहाँसुकै ढले तापनि त्यो रहने छ।
  • उहाँ धर्मी र अधर्मी दुवैमाथि पानी पार्नुहुन्छमत्ती 5:45
    पदहरू
    मत्ती 5:45ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक। किनकि उहाँले असल र दुष्‍ट दुवैका लागि आफ्नो घामलाई उदाउन लगाउनुहुन्छ अनि धर्मी र अधर्मी दुवैका लागि झरी पठाइदिनुहुन्छ।
  • पानी पर्‍यो र बाढी घरमाथि बज्रियोमत्ती 7:25
    पदहरू
    मत्ती 7:25पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो।

जलप्रलय

  • आकाशका झ्यालहरू खुले; चालीस दिन र रात पानी पर्‍योउत्पत्ति 7:11–12
    पदहरू
    उत्पत्ति 7:11–12नोआको जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा विशाल अगाधका मूलहरू फुटे र आकाशका झ्यालहरू खुले। चालिस दिन र चालिस रातसम्म पृथ्वीमा पानी परिरह्‍यो।
  • त्यसपछि झ्यालहरू बन्द भए र वर्षा रोकियोउत्पत्ति 8:2
    पदहरू
    उत्पत्ति 8:2अगाधका मूलहरू र स्वर्गका झ्यालहरू बन्द गरिए, अनि पानी पर्न रोकियो।
  • इन्द्रेणी: पृथ्वी नाश गर्ने जलप्रलय फेरि कहिल्यै हुनेछैनउत्पत्ति 9:11–15
    पदहरू
    उत्पत्ति 9:11–15जलप्रलयको पानीद्वारा फेरि सबै प्राणी नष्‍ट गरिनेछैनन् भनी म मेरो करार तिमीहरूसित स्थापित गर्दछु। पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन। परमेश्‍वरले भन्‍नुभयो, “पुस्तौँको निम्ति मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीसित मैले जुन करार बाँध्दै छु, त्यसको चिन्ह यही हुन्छ कि मैले बादलमा इन्द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बिचमा करारको चिन्ह हुनेछ। मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब इन्द्रेणी देखा पर्छ तब म मेरो करारलाई सम्झनेछु जुन करार मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीको बिचमा बाँधिएको छ। जलप्रलयले फेरि कहिल्यै सबै प्राणीलाई सर्वनाश गर्नेछैन।

आँधीबेहरी

  • मिश्रमा असिना र गर्जन पर्‍यो, तर गोशेनमा परेनप्रस्थान 9:23–26
    पदहरू
    प्रस्थान 9:23–26मोशाले आफ्नो लट्ठी आकाशतिर पसारे र परमप्रभुले जमिनमा गर्जन, असिना र बिजुली पठाइदिनुभयो। उहाँले मिश्र देशमा असिना बर्साइदिनुभयो। बिजुलीसँगै असिना मिसिएर आएको थियो। यो यति डरलाग्दो थियो कि मिश्र राज्य भएदेखि त्यस देशमा यस्तो कहिल्यै भएको थिएन। मिश्र देशभरि असिनाले खेतमा भएका हरेक कुरासाथै मानिस र पशुहरू दुवैलाई प्रहार गर्‍यो। यसले खेतहरूमा भएको हरेक बोट-बिरुवालाई प्रहार गर्नुका साथै हरेक रुख भाँचिदियो। इस्राएलीहरू बसेको गोशेन प्रदेशमा मात्र असिना परेको थिएन।
  • गहुँको कटनीमा शमूएलले गर्जन र वर्षा मागे१ शमूएल 12:17–18
    पदहरू
    १ शमूएल 12:17–18के आज गहुँ कटानीको समय होइन? म परमप्रभुलाई पुकार्छु ताकि उहाँले गर्जन र झरी पठाउनुहुनेछ। तब तिमीहरूको दुष्‍टता माहन् छ भनी तिमीहरूले जान्‍ने र देख्‍नेछौ, जुन तिमीहरूले आफ्नो निम्ति राजा मागेर परमप्रभुको दृष्‍टिमा गरेका छौ।” त्यसैले शमूएलले परमप्रभुलाई पुकारा गरे। अनि त्यसै दिन परमप्रभुले गर्जन र झरी पठाउनुभयो। तब सबै मानिस परमप्रभु र शमूएलको भय धेरै भयो।

खडेरीहरू

  • एलिया: मेरो वचनबिना न शीत पर्नेछ न वर्षा१ राजाहरू 17:1
    पदहरू
    १ राजाहरू 17:1गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “इस्राएलका परमेश्वर परमप्रभु जसको सामु म खडा छु, उहाँको नाउँमा म भन्दछु कि मैले नभनेसम्म पानी पर्ने छैन वा शीत पर्ने छैन।”
  • खडेरीको तेस्रो वर्षमा वर्षाको प्रतिज्ञा गरियो१ राजाहरू 18:1
    पदहरू
    १ राजाहरू 18:1धेरै दिन बितेपछि खडेरीको तेस्रो वर्षमा परमप्रभुको वचन एलियाकहाँ आयो, “आहाबकहाँ गएर आफैलाई प्रकट गर्, र म देशमा वृष्टि ल्याउने छु।”
  • हातजत्रो सानो बादल, अनि मुसलधारे वर्षा१ राजाहरू 18:44–45
    पदहरू
    १ राजाहरू 18:44–45सातौँ पटकमा नोकरले भन्यो, “हेर्नुहोस्, मानिसको हातजस्तै समुद्रबाट सानो बादल उठिरहेको छ।” एलियाले जवाफ दिए, “गएर आहाबलाई भन्, 'आफ्नो रथ तयार गरेर तल जानुहोस् नत्रता पानीले तपाईंलाई रोक्ने छ।” केही क्षणमा नै बादल कालो भयो र हुरी चल्यो, अनि त्यहाँ ठुलो झरी पर्‍यो। आहाब रथमा चढेर यिजरेलमा गए,
  • साढे तीन वर्ष आकाश बन्द भयोलुका 4:25, याकूब 5:17–18
    पदहरू
    लुका 4:25तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए।
    याकूब 5:17–18एलिया पनि हामीजस्तै मानिस थिए। पानी नपरोस् भनी उनले नम्रतापूर्वक प्रार्थना गरे, र देशमा तिन वर्ष र छ महिनासम्म पानी परेन। अनि एलियाले फेरि प्रार्थना गरे। आकाशले पानी दियो र पृथ्वीले त्यसको फल उब्जायो।
  • एउटा सहरमा पानी पर्‍यो, अर्कोमा परेनआमोस 4:7
    पदहरू
    आमोस 4:7फसल काट्‍नलाई तिन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकें। एउटा सहरमा मैले पानी पर्न दिएँ र अर्को सहरमा मैले पानी पर्न दिइनँ। जमिनको एक भागमा पानी पर्‍यो, तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्‍यो।
  • जमिन चिराचिरा भयो; किसानहरूले शिर ढाकेयर्मिया 14:4
    पदहरू
    यर्मिया 14:4देशमा पानी नपरेको हुनाले, जमिन चिराचिरा परेको छ। हलो जोत्‍नेहरू लज्‍जित भएका छन् र आफ्ना शिर ढाक्छन्।
  • आकाश बन्द हुँदा सोलोमन वर्षाका निम्ति प्रार्थना गर्छन्१ राजाहरू 8:35–36
    पदहरू
    १ राजाहरू 8:35–36मानिसहरूले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्द भई वृष्टि रोकिँदा तिनीहरूले यस ठाउँतर्फ फर्केर प्रार्थना गरी तपाईंको नाउँ पुकारे र तिनीहरूलाई कष्ट आउँदा तिनीहरूका पापबाट फर्के भने स्वर्गमा सुन्नुहोस् र तपाईंका दासहरूसाथै तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् अनि तिनीहरू कसरी चल्नुपर्ने हो भनी तिनीहरूलाई असल तरिका सिकाउनुहोस्। सम्पत्तिको रूपमा तपाईंले आफ्नो जातिलाई दिनुभएको तपाईंको देशमा वृष्टि ल्याइदिनुहोस्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार