खोजी गर्नुहोस् › विषयहरू › भूकम्पहरू
अचम्मका विवरणहरू
बाइबलमा भूकम्पहरू
पवित्र बाइबल (ULB) का 15 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- भजनहरूले पृथ्वी हल्लिएको र पर्वतहरू काँपेको कुरा गर्छन्भजनसंग्रह 18:7, भजनसंग्रह 46:2–3, भजनसंग्रह 104:32
पदहरू
भजनसंग्रह 18:7तब पृथ्वी हल्लियो र काम्यो। पहाडहरूका जगहरू पनि कामे र हल्लिए किनभने परमेश्वर रिसाउनुभयो।
भजनसंग्रह 46:2–3यसकारण, पृथ्वी बद्लिए पनि, पर्वतहरू हल्लाएर समुद्रको पिंधमा खसाइए पनि, हामी डराउँनेछैनौं। त्यसको पानीहरू गर्जेर उल्लिए पनि र त्यसको गर्जनले पर्वतहरू कामे पनि। सेला
भजनसंग्रह 104:32उहाँले तल पृथ्वीमा हेर्नुहुन्छ र त्यो हल्लिन्छ। उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनीहरूमा धूवाँ निस्कन्छ।
उदाहरणहरू
- सारा सीनै पर्वत जोडसँग काँप्योप्रस्थान 19:18, भजनसंग्रह 68:8
पदहरू
प्रस्थान 19:18सीनै पर्वत पुरै धुवाँले भरिएको थियो किनकि परमप्रभु आगो र धुवाँमा यसमा ओर्लनुभएको थियो। भट्टीको धुवाँजस्तै गरी धुवाँ माथि गयो, र पुरै पर्वत बेस्सरी हल्लियो।
भजनसंग्रह 68:8तब पृथ्वी काम्यो। परमेश्वरको उपस्थितिमा, उहाँ सियोनमा आउनुहुँदा परमेश्वरको उपस्थितिमा, इस्राएलका परमेश्वर, परमेश्वरको उपस्थितिमा, आकाशले पनि वृष्टि खन्यायो।
- कोरह, दातान र अबीरामको मुनि जमिन फाटेर खुल्योगन्ती 16:31–32
पदहरू
गन्ती 16:31–32मोशाले यी कुराहरू भनी सिद्ध्याउने बित्तिकै ती मानिसहरूमुनिको जमिन फाट्यो। धर्तीले यसको मुख उघार्यो अनि तिनीहरूका परिवारहरू र कोरहसँग भएका सबै मानिसहरूसाथै तिनीहरूका सबै थोकलाई निल्यो।
- जोनाथनको आक्रमणपछि पलिश्ती छाउनीमा पृथ्वी काँप्यो१ शमूएल 14:15
पदहरू
१ शमूएल 14:15छाउनी, मैदान र मानिसहरू माझ त्रास फैलियो। चौकीहरू र लुट्ने टोलीहरू पनि त्रासित भए। पृथ्वी हल्लियो र त्यहाँ ठुलो त्रास छायो।
- होरेबमा एलिया: बतास, भूकम्प, आगो, अनि मधुरो कानेखुसी१ राजाहरू 19:11–12
पदहरू
१ राजाहरू 19:11–12परमप्रभुले जवाफ दिनुभयो, “निस्केर जा, अनि पर्वतमा मेरो सामु खडा हो।” तब परमप्रभु त्यहाँबाट भएर जानुभयो, र प्रचण्ड बतासले पर्वतलाई प्रहार गर्यो अनि परमप्रभुको सामु चट्टानहरू टुक्राटुक्रा भए, तर परमप्रभु बतासमा हुनुहुन्थेन। बतासपछि एउटा भूकम्प गयो, तर परमप्रभु भूकम्पमा पनि हुनुहुन्थेन। भूकम्पपछि एउटा आगो आयो, तर परमप्रभु आगोमा पनि हुनुहुन्थेन। आगोपछि एउटा सानो आवाज आयो।
- आमोसले उज्जियाहको समयमा भूकम्पको दुई वर्षअघि बोलेआमोस 1:1
पदहरू
आमोस 1:1तकोका गोठालामध्ये एक जना आमोसले इस्राएलका विषयमा प्रकाशमा पाएका कुराहरू यी नै हुन्। भुकम्प जानुभन्दा दुई वर्षअगाडि यहूदाका राजा उज्जियाहका दिनमा, र येहोआशका छोरा इस्राएलका राजा यारोबामका दिनमा पनि तिनले यी कुराहरू प्राप्त गरे।
- जकरियाले उज्जियाहको समयमा भूकम्पबाट मानिसहरू भागेको सम्झन्छन्जकरिया 14:5
पदहरू
जकरिया 14:5अनि तिमीहरू परमप्रभुका पर्वतहरूको बिचको बेँसीतर्फ भाग्नेछौ, किनकि ती पर्वतहरूका बिचको बेँसी आसेलसम्म पुग्दछ। यहूदाका राजा उज्जियाहका दिनमा भूकम्पबाट भागेझैँ तिमीहरू भाग्नेछौ। त्यसपछि परमप्रभु मेरा परमेश्वर आउनुहुनेछ र सबै पवित्र जनहरू उहाँसँग हुनेछन्।
- येशूको मृत्युमा पृथ्वी काँप्यो र चट्टानहरू फुटेमत्ती 27:51
पदहरू
मत्ती 27:51हेर, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो। र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए।
- कप्तानले भूकम्प देखे र अत्यन्तै डराएमत्ती 27:54
पदहरू
मत्ती 27:54अब जब कप्तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्चै यिनी त परमेश्वरका पुत्र रहेछन्।”
- चिहानबाट ढुङ्गा गुडाइँदा ठूलो भूकम्पमत्ती 28:2
पदहरू
मत्ती 28:2हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे।
- विश्वासीहरूले प्रार्थना गरेको ठाउँ हल्लियोप्रेरित 4:31
पदहरू
प्रेरित 4:31तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्वरको वचन साहससित बोले।
- फिलिप्पीमा भूकम्पले झ्यालखानाका ढोकाहरू खोल्योप्रेरित 16:26
पदहरू
प्रेरित 16:26अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए। तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार