Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › भालुहरू

अचम्मका विवरणहरू

बाइबलमा भालुहरू

पवित्र बाइबल (ULB) का 7 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • दाऊदले थुमा लैजाने सिंह र भालुलाई मारे१ शमूएल 17:34–37
    पदहरू
    १ शमूएल 17:34–37तर दाऊदले शाऊललाई भने, “तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो। जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो, म त्यसलाई लखेट्थें र त्यसलाई आक्रमण गर्थें र त्यसको मुखबाट यसलाई छुटकारा दिन्थें। जब त्यो मेरो विरुद्ध आइलाग्थ्यो, मैले त्यसको दाह्रीमा समातेर त्यसलाई प्रहार गर्थें र मार्थें। तपाईंको दासले सिंह र भालु दुवै मारेको छ। यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको छ।” दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ। उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस्।”
  • एलीशालाई गिज्याउने बयालीस केटालाई दुईवटा भालुनीले चिथोरे२ राजाहरू 2:23–24
    पदहरू
    २ राजाहरू 2:23–24त्यसपछि एलीशा त्यहाँबाट बेथेलमा गए। तिनी बाटोमा जाँदै गर्दा सहरबाट केही केटाहरू आए र तिनको खिसी गरे। तिनीहरूले भने, “ए मुडुले, तिमी माथि जाऊ! ए मुडुले, तिमी माथि जाऊ!” एलीशा आफ्‍नो पछाडि फर्के र तिनीहरूलाई देखे। तिनीहरूमाथि सराप परोस् भनी तिनले परमप्रभुलाई पुकारे। त्यसपछि जङ्गलबाट दुईवटा पोथी भालु निस्केर आयो र बयालिस जना केटाहरूलाई घाइते बनाए।
  • दाऊद र उनका मानिसहरू बच्चा खोसिएकी भालुनीजस्तै उग्र छन्२ शमूएल 17:8
    पदहरू
    २ शमूएल 17:8हूशैले थपे, “तपाईंले आफ्नो बुबालाई चिन्‍नुहुन्छ र उहाँका मानिसहरू बलिया योद्धाहरू छन्, तिनीहरू तितो छन्, र तिनीहरू मैदानका बच्‍चा खोसिएका भालुहरूजस्ता छन्। तपाईंको बुबा एक योद्धा हुनुहुन्छ। उहाँ आज फौजसँग सुत्‍नुहुने छैन।
  • मूर्खताको बीचमा मूर्खलाई भेट्नुभन्दा बच्चा खोसिएकी भालुनीलाई भेट्नु असलहितोपदेश 17:12
    पदहरू
    हितोपदेश 17:12मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा बरु बच्‍चा खोसिएको भालुसित भेट गर्नु उत्तम हुन्छ।
  • कठोर शासक झम्टिरहेको भालुजस्तो होहितोपदेश 28:15
    पदहरू
    हितोपदेश 28:15गर्जने सिंह वा झम्टने भालुझैँ मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक हुन्छ।
  • सिंहबाट भाग्दा भालुसँग जुध्नुआमोस 5:19
    पदहरू
    आमोस 5:19जसरी कोही मानिस एउटा सिंहबाट भाग्‍छ र एउटा भालुले उसलाई भेटाउँछ, अर्थात्‌ ऊ कुनै घरभित्र जान्‍छ र आफ्नो हात भित्तामा राख्‍छ अनि एउटा सर्पले उसलाई डस्‍छ।
  • हामी सबै भालुझैँ घुर्छौँयशैया 59:11
    पदहरू
    यशैया 59:11हामी भालुझैं कराउँछौं र ढुकुरझैं विलाप गर्छौं। हामी न्यायको आशा गर्छौं, तर त्यहाँ छैन। छुटकाराको खोज्‍छौं, तर त्‍यो हामीबाट टाढा छ।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार