खोजी गर्नुहोस् › विषयहरू › झ्यालखाना र साङ्लाहरू
अचम्मका विवरणहरू
बाइबलमा झ्यालखाना र साङ्लाहरू
पवित्र बाइबल (ULB) का 45 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
पुरानो करारमा
- योसेफलाई राजाका कैदीहरू राखिने झ्यालखानामा हालियोउत्पत्ति 39:20
पदहरू
उत्पत्ति 39:20योसेफका मालिकले उनलाई झ्यालखानामा राखे जहाँ राजाका कैदीहरू राखिन्थे। उनी त्यही झ्यालखानामा थिए।
- झ्यालखानाका हाकिमले सबै कैदीलाई योसेफको जिम्मामा दिएउत्पत्ति 39:22
पदहरू
उत्पत्ति 39:22झ्यालखानाका हाकिमले झ्यालखानाका सबै कैदीहरू योसेफको जिम्मामा दिए। तिनीहरूले गर्ने काममाथि योसेफकै निगरानी हुन्थ्यो।
- फारोका पिउने कुरा दिने र रोटी पकाउनेलाई एउटै झ्यालखानामा राखियोउत्पत्ति 40:3
पदहरू
उत्पत्ति 40:3उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्तानको घरमा कैदमा राखे, जहाँ योसेफलाई पनि राखिएको थियो।
- योसेफलाई कालकोठरीबाट ल्याइयो, दाह्री खौरियो र लुगा फेरियोउत्पत्ति 41:14
पदहरू
उत्पत्ति 41:14त्यसपछि फारोले योसेफलाई डाक्न पठाए। तिनीहरूले तिनलाई चाँडै नै झ्यालखानाबाट निकालेर ल्याए। तिनले दारी खौरेपछि लुगाहरू बद्लेर फारोकहाँ आए।
- योसेफले दाजुहरूलाई तीन दिन थुने, अनि शिमियोनलाई बाँधेर राखेउत्पत्ति 42:17, उत्पत्ति 42:24
पदहरू
उत्पत्ति 42:17तिनले तिनीहरू सबैलाई तिन दिनसम्म कैदखानामा राखे।
उत्पत्ति 42:24तिनी तिनीहरूबाट एकातिर गई रोए। तिनीहरूकहाँ फर्केर आई तिनले तिनीहरूसित कुराकानी गरे। तिनले तिनीहरूका बिचबाट शिमियोनलाई लिएर तिनीहरूकै आँखाका सामु तिनलाई बाँधे।
- आहाब: मीकायालाई रोटी र पानी मात्र दिएर झ्यालखानामा हाल१ राजाहरू 22:27
पदहरू
१ राजाहरू 22:27त्यसलाई भन्, ‘राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल्, र म सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र खुवाउनू'।”
- रिसाएका आसाले दर्शी हनानीलाई झ्यालखानामा हाले२ इतिहास 16:7, २ इतिहास 16:10
पदहरू
२ इतिहास 16:7त्यस बेला दर्शी हनानी यहूदाका राजा आसाकहाँ आए र तिनलाई भने, “तपाईंले अरामका राजामाथि भरोसा गर्नुभएको हुनाले र परमप्रभु आफ्ना परमेश्वरमाथि भरोसा नगर्नुभएको हुनाले गर्दा अरामका राजाको फौज तपाईंको हातबाट उम्केको छ।
२ इतिहास 16:10त्यसपछि आसा ती दर्शीसँग रिसाए। उनले तिनलाई थुनामा राखे, किनकि यस विषयमा थिनीसित उनी रिसाएका थिए। यसै समयमा, आसाले केही मानिसहरूमाथि अत्याचार गरे।
- अश्शूरका राजाले राजा होशियालाई झ्यालखानामा हाले२ राजाहरू 17:4
पदहरू
२ राजाहरू 17:4त्यसपछि आफ्नो विरुद्धमा होशियाले षड्यन्त्र गरेका कुराको जानकरी अश्शूरका राजाले थाहा पाए, किनकि होशियाले मिश्रका राजा सोकहाँ सन्देशवाहकहरू पठाएका थिए। साथै, तिनले अश्शूरका राजालाई वर्षैपिच्छे तिर्दै आएको कर पनि तिरेनन्। त्यसैले अश्शूरका राजाले तिनलाई बन्दी बनाए र झ्यालखानामा थुनेर राखे।
- मनश्शेलाई अङ्कुसे र काँसाका नेलसहित बेबिलोन लगियो२ इतिहास 33:10–11
पदहरू
२ इतिहास 33:10–11मनश्शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो, तर तिनीहरूले ध्यान नै दिएनन्। यसैले परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका फौजका कमाण्डरहरू ल्याउनुभयो, जसले मनश्शेलाई साङ्लाले बाँधे, हतकडीहरू लगाए र तिनलाई बेबिलोनमा लिएर गए।
- अन्धा पारिएका सिदकियाहलाई काँसाका नेलमा बेबिलोन लगियो२ राजाहरू 25:7, यर्मिया 52:11
पदहरू
२ राजाहरू 25:7तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे। तब तिनका आँखा तिनले निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र तिनलाई बेबिलोनमा ल्याए।
यर्मिया 52:11तब तिनले सिदकियाहका आँखा निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र बेबिलोनमा ल्याए। तिनको मृत्यु नभएसम्म नै बेबिलोनका राजाले तिनलाई झ्यालखानामा राखे।
- यहोयाकीन सैँतीस वर्षपछि छुटे र राजाको टेबलमा खाए२ राजाहरू 25:27–29
पदहरू
२ राजाहरू 25:27–29यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैँतिसौँ वर्षको बाह्रौं महिनाको सत्ताइसौँ दिनमा बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई झ्यालखानाबाट मुक्त गरिदिए। एबील-मरोदकले राज्य गर्न सरु गरेको वर्षमा यो भएको थियो। राजाले तिनीसँग दयापूर्वक कुरा गरे, र बेबिलोनमा तिनीसित भएका अरू राजाहरूलाई भन्दा तिनलाई इज्जतदार ठाउँमा बसाए। एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू उतारे, र यहोयाकीनले आफ्नो बाँकी जीवनकालभरि राजाको टेबुलमा बसेर नियमित रूपमा खाए।
यर्मिया
- पिटिए र बेन्यामीनको माथिल्लो ढोकामा काठको ठिँगुरोमा हालिएयर्मिया 20:2
पदहरू
यर्मिया 20:2त्यसैले पशहूरले यर्मिया अगमवक्तालाई कुटे र त्यसपछि तिनलाई परमप्रभुको मन्दिरस्थित बेन्यामीनको माथिल्लो ढोकामा भएको ठिंगुरोमा हाले।
- लेखक जोनाथनको घरको कालकोठरीमा थुनिएयर्मिया 37:15–16
पदहरू
यर्मिया 37:15–16अधिकारीहरू यर्मियासित रिसाए। तिनीहरूले तिनलाई कुटे र थुनामा हाले जुन सचिव जोनाथनको घर थियो, किनकि तिनीहरूले यसलाई झ्यालखानामा परिणत गरेका थिए। यसरी यर्मियालाई झ्यालखानाको कालकोठरीमा हालियो, जहाँ तिनी धेरै दिनसम्म रहे।
- पहरेदारहरूको चोकमा राखिए, हरेक दिन एउटा रोटीसहितयर्मिया 32:2, यर्मिया 37:21
पदहरू
यर्मिया 32:2त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेमलाई घेराबन्दी गर्दै थियो, र यर्मिया अगमवक्ता यहूदाका राजमहलको गारदको चोकमा थुनामा राखिएका थिए।
यर्मिया 37:21त्यसैले राजा सिदकियाहले एउटा हुकुम दिए। तिनका अधिकारीहरूले यर्मियालाई गारदको चोकमा थुने। सहरमा सबै रोटी नसकुञ्जेलसम्म तिनलाई हरेक दिन एउटा रोटी दिइन्थ्यो। यसरी यर्मिया गारदको चोकमा रहे।
- डोरीले पानी नभएको, हिलो मात्र भएको कुण्डमा झारिएयर्मिया 38:6
पदहरू
यर्मिया 38:6तब तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्कियाहको इनारमा फालिदिए। यो इनार गारदको चोकमा थियो। तिनीहरूले यर्मियालाई डोरीद्वारा तल झारे। इनारमा पानी थिएन, तर त्यसमा दलदले हिलो थियो, र तिनी हिलोमा गाडिए।
- रामामा नाडीका साङ्लाबाट छुटाइएयर्मिया 40:1, यर्मिया 40:4
पदहरू
यर्मिया 40:1रामामा राजाका अङ्गरक्षकका कप्तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो। तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम र यहूदाका सबै बन्दीका बिचमा साङ्लाले बाँधिएको भेट्टाए।
यर्मिया 40:4तर अब हेर, तिम्रा हातमा भएका साङ्लाबाट मैले तिमीलाई आज मुक्त गरेको छु। तिम्रो दृष्टिमा मसितै बेबिलोन आउनु उचित हो भने आऊ, र म तिम्रो हेरचाह गर्नेछु। तर तिम्रो दृष्टिमा मसितै बेबिलोन आउनु उचित होइन भने, त्यसो नगर। तिम्रो सामु भएको सबै देशलाई हेर। तिम्रो दृष्टिमा जहाँ जान ठिक र उचित लाग्छ, त्यहीँ जाऊ।”
नयाँ करारमा
- हेरोदले यूहन्नालाई बाँधेर झ्यालखानामा हालेमत्ती 14:3
पदहरू
मत्ती 14:3किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्नी हेरोदियासको कारण यूहन्नालाई समाती उनलाई बाँधेर झ्यालखानामा हालेका थिए।
- झ्यालखानाबाट यूहन्नाले आफ्ना चेलाहरूलाई येशूकहाँ पठाएमत्ती 11:2
पदहरू
मत्ती 11:2अनि जब यूहन्नाले झ्यालखानाबाट ख्रीष्टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए,
- यूहन्नाको झ्यालखानामा शिर काटियोमत्ती 14:10
पदहरू
मत्ती 14:10हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्नाको शिर काटिदिए।
- बारब्बा विद्रोह र हत्याका निम्ति झ्यालखानामा थियोलुका 23:19
पदहरू
लुका 23:19बारब्बा सहरमा विद्रोह र हत्याको कारण गर्दा झ्यालखानमा राखिएको एक मानिस थिए।
- येशू: म झ्यालखानामा थिएँ र तिमीहरू मलाई भेट्न आयौमत्ती 25:36
पदहरू
मत्ती 25:36म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्ता गर्यौ; म झ्यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ।’
- साँझ परेकाले पत्रुस र यूहन्नालाई रातभर थुनियोप्रेरित 4:3
पदहरू
प्रेरित 4:3उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो।
- झ्यालखाना बन्द र पहरामै थियो, तर प्रेरितहरू त्यहाँ थिएनन्प्रेरित 5:18–19, प्रेरित 5:23
पदहरू
प्रेरित 5:18–19तिनीहरूले प्रेरितहरूमाथि हात हाले र तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए। तर रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे र भने,
प्रेरित 5:23“हामीले झ्यालखानालाई राम्ररी बन्द गरिएको पायौँ र पहरेदारहरू ढोकामा उभिरहेका थिए, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौँ।”
- कडा पहरामा पत्रुस दुई सिपाहीको बीचमा साङ्लाले बाँधिएर सुतेप्रेरित 12:4, प्रेरित 12:6
पदहरू
प्रेरित 12:4उनलाई पक्रेपछि, तिनले झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए। निस्तार चाडपछि उनलाई मनिसहरूका बिचमा ल्याउने तिनले विचार गरिरहेका थिए।
प्रेरित 12:6हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन, त्यस रातमा पत्रुस दुई जना सिपाहीका बिचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए। ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए।
- साङ्लाहरू झरे, र फलामको ढोका आफैँ खुल्योप्रेरित 12:7, प्रेरित 12:10
पदहरू
प्रेरित 12:7तब अचानक तिनको छेउमा प्रभुका दूत देखा परे र त्यस कोठामा ज्योति चम्क्यो। उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए र भने, “छिटो उठ।” त्यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे।
प्रेरित 12:10त्यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरी सकेपछि, तिनीहरू सहरतिर डोर्याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैँ खोलियो। तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए।
- फिलिप्पीमा: भित्री कोठरी, खुट्टा काठको ठिँगुरोमाप्रेरित 16:23–24
पदहरू
प्रेरित 16:23–24तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्न झ्यालखानाका हाकिमलाई आदेश दिए। आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे।
- मध्यरातमा भूकम्पले ढोकाहरू खोल्यो, र सबैका साङ्ला खुलेप्रेरित 16:25–26
पदहरू
प्रेरित 16:25–26मध्यरातमा पावल र सिलास परमेश्वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए। अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए। तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए।
- यरूशलेममा पावललाई दुईवटा साङ्लाले बाँधियोप्रेरित 21:33
पदहरू
प्रेरित 21:33त्यसपछि प्रमुख कप्तान नजिक गए, र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्न आदेश दिए। तिनले उनी को थिए, र उनले के गरेका थिए भनी सोधे।
- फेलिक्सले पावललाई दुई वर्ष झ्यालखानामा छोडेप्रेरित 24:27
पदहरू
प्रेरित 24:27तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस शासक बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे।
- रोममा पावल पहरा दिने एक सिपाहीसँग साङ्लाले बाँधिएर बसेप्रेरित 28:16, प्रेरित 28:20
पदहरू
प्रेरित 28:16जब हामी रोममा प्रवेश गर्यौँ, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्ने अनुमति दिइयो।
प्रेरित 28:20तब मेरो अपिलको कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न, र कुराकानी गर्न बोलाएको हुँ। इस्राएल जे कुराको निम्ति दृढ छ, त्यसैको निम्ति म साङ्लाले बाँधिएको छु।
- उनी पूरा दुई वर्ष आफ्नै भाडाको घरमा बसेप्रेरित 28:30
पदहरू
प्रेरित 28:30पावल आफ्नो भाडामा लिएको घरमा पुरा दुई वर्षसम्म बसे, र उनीकहाँ आउने सबैलाई स्वागत गरे।
- ओनेसिफरस पावलका साङ्लादेखि लजाएनन्२ तिमोथी 1:16
पदहरू
२ तिमोथी 1:16परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन्।
सुनका सिक्री
- फारोले योसेफको घाँटीमा सुनको सिक्री लगाइदिएउत्पत्ति 41:42
पदहरू
उत्पत्ति 41:42फारोले आफ्नो औँलाबाट छाप-औँठी फुकाली योसेफको औँलामा लगाइदिए। तिनले योसेफलाई सुन्दर मलमलको लुगा पहिराइदिए र तिनको गलामा सुनको सिक्री लगाइदिए।
- बेलसजरले दानिएलको घाँटीमा सुनको सिक्री लगाइदिन लगाएदानिएल 5:29
पदहरू
दानिएल 5:29अनि बेलसजरले आज्ञा दिए, र दानिएललाई बैजनी कपडा पहिराइयो। उनको घाँटीमा सुनको सिक्री लगाइयो, र त्यस राज्यमा उनमा तेस्रो उच्च शासकको अधिकार हुनेछ भनेर राजाले घोषणा गरे।
- गिदोनले मिद्यानका ऊँटहरूको घाँटीबाट सिक्रीहरू लिएन्यायकर्ताहरू 8:26
पदहरू
न्यायकर्ताहरू 8:26उनले अनुरोध गरेका सुनका कुण्डलको तौल १,७०० शेकेल सुन भयो। यी सुन ती चन्द्रहारका गहनाहरू, अरू गहनाहरू, मिद्दानी राजाहरूले लगाएका बैजनी वस्त्र, र तिनीहरूका ऊँटका घाँटीमा भएका सिक्रीहरूभन्दा बाहेकका थिए।
- सोलोमनले भित्री पवित्रस्थानको अगाडि सुनका सिक्री झुन्ड्याए१ राजाहरू 6:21
पदहरू
१ राजाहरू 6:21सोलोमनले मन्दिरको भित्री भाग निखुर सुनले मोहोरे, र भित्री कोठाको सामुन्ने तिनले सुनका सिक्रीहरू झुण्ड्याए।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार