Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › देब्रे हाते मानिसहरू

अचम्मका विवरणहरू

बाइबलमा देब्रे हाते मानिसहरू

पवित्र बाइबल (ULB) का 5 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • गेराका छोरा एहूद देब्रे हाते बेन्यामीनी थिएन्यायकर्ताहरू 3:15
    पदहरू
    न्यायकर्ताहरू 3:15जब इस्राएलका मानिसहरूले परमप्रभुको पुकारा गरे, तिनीहरूलाई सहायता गर्नलाई परमप्रभुले कोही एक जना बेन्यामिनी गेराका छोरा देब्रे हात चलाउने मानिस एहूदलाई खडा गर्नुभयो। इस्राएलका मानिसहरूले उनको साथमा मोआबका राजा एग्लोनकहाँ कर पठाए।
  • उनले एक हात लामो तरवार दाहिने तिघ्रामा बाँधेन्यायकर्ताहरू 3:16
    पदहरू
    न्यायकर्ताहरू 3:16एहूदले आफ्नो निम्ति एक हात लामो दुई धारे तरवार बनाए। त्‍यो तिनले आफ्नो दाहिने जाँघमा आफ्‍नो लुगाभित्र बाँधे।
  • देब्रे हातले त्यो झिकेर उनले राजा एग्लोनलाई मारेन्यायकर्ताहरू 3:21–22
    पदहरू
    न्यायकर्ताहरू 3:21–22एहूदले आफ्नो देब्रे हातले आफ्‍नो दाहिने जाँघबाट तरवार झिके, र त्‍यो तिनले राजाको शरीरमा रोपिदिए। त्यो तरवार बींडसितै छिर्‍यो। उनको पछिल्तिरबाट त्यो तरवारको टुप्पो निस्कियो र बोसोले त्यसलाई ढाक्यो, अनि एहूदले उनको पेटबाट त्यो तरवार झिकेनन्।
  • बेन्यामीनसँग कपालमा पनि ढुङ्गा हान्न सक्ने 700 देब्रे हाते थिएन्यायकर्ताहरू 20:16
    पदहरू
    न्यायकर्ताहरू 20:16यी सबै सेनाहरूमा सात सय चुनिएका मानिसहरूले देब्रे हात चलाउँथे। तिनीहरू हरेकले घुयेंत्रोले कपालमा हान्‍न सक्‍थे र निशाना चुकाउँदैनथे।
  • दाऊदका बेन्यामीनी धनुर्धारीहरू दुवै हातले घुयेँत्रो र काँड हान्थे१ इतिहास 12:2
    पदहरू
    १ इतिहास 12:2यिनीहरू धनुहरू बोक्‍थे, अनि घुयेंत्रोले ढुङ्‍गा हान्‍न र धनुबाट काँड हान्‍न दाहिने र देब्रे दुवै हात चलाउन सक्‍थे। यिनीहरू शाऊलका कुल बेन्‍यामीनका थिए।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार