खोजी गर्नुहोस् › विषयहरू › जासुस र भेदियाहरू
अचम्मका विवरणहरू
बाइबलमा जासुस र भेदियाहरू
पवित्र बाइबल (ULB) का 34 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- योसेफले दाजुहरूलाई दोष लगाउँछन्: तिमीहरू जासुस हौ!उत्पत्ति 42:9, उत्पत्ति 42:14
पदहरू
उत्पत्ति 42:9त्यसपछि योसेफले तिनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे र तिनीहरूलाई भने, “तिमीहरू जासुस हौ। तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ।”
उत्पत्ति 42:14योसेफले तिनीहरूलाई भने, “त्यसैले मैले तिमीहरूलाई भनेँ कि तिमीहरू जासुस हौ।
- दाजुहरू जवाफ दिन्छन्: तपाईंका दासहरू इमानदार मानिस हौँ, जासुस होइनौँउत्पत्ति 42:11
पदहरू
उत्पत्ति 42:11हामी इमानदार मानिसहरू हौँ। हामी तपाईंका दासहरू जासुस होइनौँ।”
बाह्र जासुस
- मोशा कनान जासुसी गर्न हरेक कुलबाट एक जना अगुवा पठाउँछन्गन्ती 13:2, व्यवस्था 1:23
पदहरू
गन्ती 13:2“केही मानिसहरूलाई कनानको भूमिको जाँच गर्न पठा, जुन मैले इस्राएलका मानिसहरूलाई दिएको छु। तिनीहरूका पुर्खाका हरेक कुलबाट एक-एक जना पठा। ती हरेक तिनीहरूका अगुवा हुनुपर्छ।”
व्यवस्था 1:23त्यो सल्लाहले मलाई ज्यादै खुसी पार्यो। मैले तिमीहरूमध्ये हरेक कुलबाट एक-एक गरी बाह्र जना मानिस छानेँ।
- उनीहरूको आदेश: मानिसहरू बलिया कि कमजोर, थोरै कि धेरै, हेरगन्ती 13:17–18
पदहरू
गन्ती 13:17–18मोशाले तिनीहरूलाई कनानको भूमि जाँचबुझ गर्न पठाए। तिनले तिनीहरूलाई भने, “नेगेवबाट प्रवेश गर र पहाडी मुलुकतिर जाओ। यो कस्तो छ भनी भूमिको जाँचबुझ गर।
- तिनीहरू सीनको उजाडस्थानदेखि रहोबसम्म गएगन्ती 13:21
पदहरू
गन्ती 13:21यसैले ती मानिसहरू गए र जीनको मरुभूमिदेखि लेबो-हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे।
- एश्कोलमा दुई जनाले घोचामा दाखको एउटै झुप्पा बोकेगन्ती 13:23
पदहरू
गन्ती 13:23जब तिनीहरू एश्कोलको बेँसीमा पुगे, तिनीहरूले दाखको झुप्पासहितको हाँगा काटे। तिनीहरूले यसलाई घोचामा राखेर दुई जनाले बोके। तिनीहरूले अनार र नेभारा पनि ल्याए।
- तिनीहरू चालीस दिनपछि फर्केगन्ती 13:25
पदहरू
गन्ती 13:25चालिस दिनपछि तिनीहरू भूमिको जाँचबुझ गरेर फर्के।
- तिनीहरूको प्रतिवेदन: दूध र मह बग्ने देश, तर किल्लाबन्दी सहरहरूगन्ती 13:27–28
पदहरू
गन्ती 13:27–28तिनीहरूले मोशालाई भने, “तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ। यसमा साँच्चै दुध र मह बग्दोरहेछ। यसका केही उत्पादनहरू यहाँ छन्। तथापि, त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन्। सहरमा किल्ला हालिएका छन् र ती धेरै ठुला छन्। हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ।
- कालेब: हामी पक्कै यसलाई जित्न सक्छौँ! अरूले असहमति जनाएगन्ती 13:30–31
पदहरू
गन्ती 13:30–31अनि यहोशूले मोशाको सामु मानिसहरूलाई चुपचाप बनाए र भने, “जाऔँ र भूमिलाई कब्जा गरौँ, किनभने हामीले यसलाई निश्चय पनि जित्नेछौँ। तर तिनीसँग गएका अरू मानिसहरूले भने, “हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ, किनभने तिनीहरू हामीभन्दा बलिया छन्।”
- हामी आफ्नै नजरमा फट्याङ्ग्राजस्ता देखियौँगन्ती 13:33
पदहरू
गन्ती 13:33हामीले त्यहाँ देखेका सबै मानिस अग्ला कदका छन्। हामीले त्यहाँ दैत्यहरू अर्थात् अनाकका सन्तानहरू देख्यौँ जो दैत्यहरूबाट आएका थिए। तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ।”
- चालीस दिनको जासुसी उजाडस्थानमा चालीस वर्ष भयो, एक दिनको एक वर्षगन्ती 14:34
पदहरू
गन्ती 14:34तिमीहरूले त्यो भूमिको जाँचबुझ गर्न लगाएका दिनहरूको सङ्ख्या अर्थात् चालिस दिनजस्तै, तिमीहरूले आफ्नो पापको नतिजाहरू चालिस वर्षसम्म अर्थात् एक दिनको एक वर्ष भोग्नुपर्छ र मेरो विरोध गर्नु कस्तो हुन्छ भनी तिमीहरूले थाहा पाउनुपर्छ।
- जासुसहरूमध्ये यहोशू र कालेब मात्र जीवित रहेगन्ती 14:36–38
पदहरू
गन्ती 14:36–38यसैले मोशाले भूमिको जासूस गर्न पठाएकाहरू जो फर्के र जसले भूमिबारे खराब खबर फैलाएर मोशा विरुद्ध सारा समुदायलाई गनगन गर्न लगाउने मानिसहरू थिए अर्थात् भूमिबारे खराब खबर ल्याउने यी मानिसहरूलाई प्रहार गरियो र तिनीहरू परमप्रभुको सामु महामारीले मरे। भूमिको जासूस गर्न गएकाहरूमध्ये नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेब मात्र जीवित रहे।
यरीहो र राहाब
- यहोशू शित्तीमबाट गुप्तमा दुई जासुस पठाउँछन्; तिनीहरू राहाबकहाँ बस्छन्यहोशू 2:1
पदहरू
यहोशू 2:1नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना मानिसलाई जासुसको रूपमा पठाए। तिनले भने, “जाओ, त्यो भूमिलाई हेर, विशेष गरी यरीहोलाई हेर।” तिनीहरू गए र राहब नाउँ गरेकी वेश्याकहाँ आए र तिनीहरू त्यहीँ बास बसे।
- राहाब तिनीहरूलाई आफ्नो छानामा सनका डाँठमुनि लुकाउँछिन्यहोशू 2:4–6
पदहरू
यहोशू 2:4–6तर ती महिलाले ती दुई जना मानिसलाई लगेर लुकाएकी थिइन्। तिनले भनिन्, “हो, मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका थिए, मलाई थाहा भएन। तिनीहरू सहरको प्रवेशद्वार बन्द गर्ने समय हुँदा साँझपख गए। तिनीहरू कता गए मलाई थाहा भएन। तपाईंहरू छिटो-छिटो जानुभयो भने सम्भवतः तपाईंहरूले तिनीहरूलाई भेट्टाउनु हुनेछ।” तर तिनले तिनीहरूलाई कौसीमा लगेकी थिइन् र तिनले कौसीमाथि थुपारेकी सनको डाँठहरूमुनि लुकाएकी थिइन्।
- उनी सहरको पर्खालमा भएको आफ्नो घरबाट डोरीले तिनीहरूलाई झार्छिन्यहोशू 2:15
पदहरू
यहोशू 2:15त्यसैले तिनले डोरीको सहायताले तिनीहरूलाई झ्यालबाट तल झारे। तिनी बसोवास गर्ने घर सहरको पर्खालभित्र नै बनाइएको थियो।
- तय गरिएको चिन्ह: झ्यालमा बाँधिएको रातो डोरीयहोशू 2:18
पदहरू
यहोशू 2:18हामी यो भूमिमा आउँदा तिमीले हामी जुन झ्यालबाट झरेका थियौँ त्यहीँ नै यो रातो डोरी बाँध्नुपर्छ र तिमीले तिम्रा बुबा, आमा, तिम्रा दाजुभाइहरू र तिम्रा बुबाका सबै घरानालाई घरभित्र ल्याउनुपर्छ।
- तिनीहरू तीन दिन पहाडी क्षेत्रमा लुक्छन्, अनि यहोशूलाई खबर दिन्छन्यहोशू 2:16, यहोशू 2:22–23
पदहरू
यहोशू 2:16तिनले तिनीहरूलाई भने, “पहाडतिर जानुहोस् र लुक्नुहोस्, नत्र पिछा गर्नेहरूले तपाईंहरूलाई भेट्टाउने छन्। पिछा गर्नेहरू नफर्केसम्म तिन दिनसम्म त्यहीँ लुक्नुहोस्। अनि आफ्नो बाटो लाग्नुहोस्।”
यहोशू 2:22–23तिनीहरू गए र पहाडतिर गए अनि तिनीहरूको पिछा गर्नेहरू नफर्केसम्म तिनीहरू तिन दिनसम्म त्यहीँ नै बसे। पिछा गर्नेहरूले बाटोमा सबैतिर खोजे र केही पनि भेट्टाएनन्। ती दुई जना मानिस फर्के र नूनका छोरा यहोशूकहाँ आए र तिनीहरूले तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए।
- दुई जासुसले राहाब र उनको सारा परिवारलाई बाहिर ल्याउँछन्यहोशू 6:22–23
पदहरू
यहोशू 6:22–23त्यसपछि भूमिको भेद लिने दुई जना मानिसलाई भने, “ती वेश्याको घरभित्र जाओ। ती महिला र तिनीसँग भएका सबैलाई तिमीहरूले शपथ खाएबमोजिम बाहिर ल्याओ।” त्यसैले त्यो भूमिको भेद लिने जवानहरू गए र राहाबलाई बाहिर ल्याए। तिनीहरूले तिनका बुबा, आमा, दाजुभाइहरू र तिनीसँग भएका सबै नातेदारलाई ल्याए। तिनीहरूले उनीहरूलाई इस्राएलको छाउनी भएको ठाउँमा ल्याए।
- हिब्रू र याकूबले जासुसहरूलाई स्वागत गरेकोमा राहाबलाई सम्झन्छन्हिब्रू 11:31, याकूब 2:25
पदहरू
हिब्रू 11:31राहाब वेश्याले विश्वासद्वारा नै जासुसहरूलाई शान्तिसाथ सत्कार गरेकीले हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्ट भइनन्।
याकूब 2:25त्यसै गरी, राहाब वेश्याले पनि गुप्तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी होइनन् र?
अरू जासुसहरू
- याजेरमा जासुस गएपछि इस्राएलले त्यसका गाउँहरू कब्जा गर्योगन्ती 21:32
पदहरू
गन्ती 21:32अनि मोशाले याजेरको भेद लिन मानिसहरू पठाए। तिनीहरूले यसका गाउँहरू कब्जा गरे र त्यहाँ भएका एमोरीहरूलाई धपाए।
- ऐमा पठाइएका जासुसहरूको खबर: दुई वा तीन हजार मानिस पर्याप्त छन्यहोशू 7:2–3
पदहरू
यहोशू 7:2–3यहोशूले यरीहोबाट मानिसहरूलाई ऐतिर पठाए, जुन बेथेलको पूर्वतिर बेथ-आवनको नजिक थियो। तिनले तिनीहरूलाई भने, “जाओ र त्यस भूमिको भेद लेओ।” त्यसैले तिनीहरू ऐको जासुस गर्नलाई गए। जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तिनीहरूले तिनलाई भने, “ऐको निम्ति सबै मानिसलाई नपठाउनुहोस्। ऐमा गएर आक्रमण गर्नलाई दुई वा तिन हजार मानिसलाई मात्र पठाउनुहोस्। सबै मानिसलाई लडाइँ गर्न कष्ट नदिनुहोस्, किनभने तिनीहरू सङ्ख्यामा थोरै छन्।
- पाँच दानीहरू लेशको जासुसी गर्छन्: सहयोगीविनाका शान्त मानिसहरून्यायकर्ताहरू 18:2, न्यायकर्ताहरू 18:7
पदहरू
न्यायकर्ताहरू 18:2दानका मानिसहरूले आफ्ना सम्पुर्ण कुलबाट पाँच जना मानिसहरू, सोरा र एश्लोत अनुभवी युद्धाहरूलाई हिंडेर देशको जानकारी लिन र त्यसमाथि दृष्टि लगाउन पठाए। तिनीहरूले उनीहरूलाई भने, “जाओ, र देशमाथि दृष्टि लगाओ।” तिनीहरू एफ्राइमको पहाडी देशमा मीकाको घरमा आए, र तिनीहरूले त्यो रात त्यहीं बिताए।
न्यायकर्ताहरू 18:7त्यसपछि ती पाँच जना मानिस त्यहाँबाट गए र लेशमा आए, अनि मानिसहरू सुरक्षासाथ बसोबास गरिरहेका उनीहरूले देखे, जसरी सीदोनीहरू कुनै बाधा नभई र सुरक्षित बस्थे। तिनीहरूलाई पराजय गर्ने वा त्यस देशमा कुनै प्रकारले दमन गर्ने कोही पनि थिएन। तिनीहरू सीदोनीहरूबाट टाढा बस्थे र तिनीहरूको कसैसँग लेन-देन थिएन।
- शाऊल आइपुगेको पक्का गर्न दाऊद जासुसहरू पठाउँछन्१ शमूएल 26:4
पदहरू
१ शमूएल 26:4त्यसैले शाऊल साँच्चै नै आएका थिए भनी थाहा पाउनलाई दाऊदले गुप्तचरहरू पठाए।
- अम्मोनी शासकहरू दाऊदका सान्त्वना दिनेहरूलाई जासुस ठान्छन्२ शमूएल 10:3
पदहरू
२ शमूएल 10:3तर अम्मोनका मानिसहरूका अगुवाहरूलले आफ्ना मालिक हानूनलाई भने, “के साँच्चै दाऊदले तपाईंलाई सान्त्वना दिन मानिसहरू पठाएर तपाईंको बुबालाई आदर गर्दै छन् भनी तपाईं साँच्चै विचार गर्नुहुन्छ? के दाऊदले यो सहरलाई नाश गर्न यसको जासुसी गर्न र यसलाई हेर्न तिनका सेवकहरूलाई पठाएका होइनन् र?”
- अब्शालोम कुलहरूमा जासुस पठाउँछन्: नरसिङ्गा बज्दा अब्शालोम राजा भए भन२ शमूएल 15:10
पदहरू
२ शमूएल 15:10तर अब्शालोमले इस्राएलका सबै कुलमा यसो भनेर जासुसहरू पठाए, “तिमीहरूले तुरहीको आवाज सुन्ने बित्तिकै, तिमीहरूले यसो भन्नू, “हेब्रोनमा अबशालोम राजा हुनुभयो'।”
- पुजारीहरूका छोरा अहीमास र जोनाथनले दाऊदलाई खबर पुर्याउनुपर्छ२ शमूएल 15:35–36
पदहरू
२ शमूएल 15:35–36के तिमीसँग सादोक पुजारी र अबियाथार हुने छैनन् र? त्यसैले तिमीले दरबारमा राजाबाट जे-जे सुन्छौ सो कुरा तिमीले पुजारी सादोक र अबियाथारलाई भन्नुपर्छ। हेर, तिनीहरूका साथमा तिनीहरूका दुई छोरा सादोकका छोरा अहीमास र अबियाथारका छोरा जोनाथन छन्। तिमीले सुनेका सबै कुरा तिमीले तिनीहरूको माध्यामद्वारा मकहाँ पठाउनू।”
- एन-रोगेलमा एउटी कमारीले तिनीहरूलाई खबर दिन्छे; तिनीहरू इनारमा लुक्छन्२ शमूएल 17:17–19
पदहरू
२ शमूएल 17:17–19यति बेला जोनाथन र अहीमास एन-रोगेलको पानीको मूलमा पर्खिरहेका थिए। तिनीहरूले जान्नुपर्ने कुरा एक जना दासी गएर तिनीहरूलाई खबर गर्थिन्, किनकि तिनीहरू सहरभित्र गएर देखिने जोखिममा पर्न सक्दैनथे। जब खबर आउँथ्यो, तब तिनीहरू गएर राजालाई भन्थे। तर योपल्ट एक जना जवान मानिसले तिनीहरूलाई देख्यो र अब्बशालोमलाई बतायो। त्यसैले जोनाथन र अहीमास तुरुन्तै गए र बहूरिममा एक जना मानिसको घरमा आए जसको आँगनमा एउटा इनार थियो, जसभित्र तिनीहरू पसे। ती मानिसकी पत्नीले त्यो इनारको ढकनी ल्याइन् र इनारको मुख ढाकिन् अनि त्यसमाथि बिस्कुन सुकाइन्, त्यसैले इनारमा जोनाथन र अहीमास थिए भनेर कसैले थाहा पाएनन्।
- इमानदार भएको बहाना गर्ने भेदियाहरू येशूलाई वचनमा फसाउन खोज्छन्लुका 20:20
पदहरू
लुका 20:20तिनीहरूले मौका हेर्न लागे र येशूले भन्नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए।
- पावल: झूटा भाइहरू हाम्रो स्वतन्त्रताको जासुसी गर्न भित्र पसेगलाती 2:4
पदहरू
गलाती 2:4ख्रीष्ट येशूमा हामीसँग भएको स्वतन्त्रताको जासुसी गर्न गुप्त रूपमा आएका झुटा दाजुभाइहरूका कारण यो विषय उठ्यो। तिनीहरूले हामीलाई व्यवस्थाका दासहरू बनाउन चाहे।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार