Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › साँचो र बहानाको पागलपन

अचम्मका विवरणहरू

बाइबलमा साँचो र बहानाको पागलपन

पवित्र बाइबल (ULB) का 22 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • हितोपदेश: छल गरेर म त ठट्टा गर्दै थिएँ भन्ने पागलजस्तो होहितोपदेश 26:18–19
    पदहरू
    हितोपदेश 26:18–19त्यो घातक काँड हान्‍ने बौलाहा मानिसजस्तो हो, जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, “के मैले ठट्टा गर्दै थिइनँ र?”

गातमा दाऊद

  • शाऊलबाट भागेर दाऊद गातका राजा आकीशकहाँ आए१ शमूएल 21:10
    पदहरू
    १ शमूएल 21:10त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए।
  • आकीशका सेवकहरूले उनलाई चिने, र दाऊद ज्यादै डराए१ शमूएल 21:11–12
    पदहरू
    १ शमूएल 21:11–12आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी देशका राजा दाऊद होइनन्? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन्?'” दाऊदले यस कुरालाई मन लिए र गातका राजा आकीशसँग धेरै डराए।
  • उनले पागलको बहाना गरे, ढोकाका खापा कोट्याए, दाह्रीमा र्‍याल चुहाए१ शमूएल 21:13
    पदहरू
    १ शमूएल 21:13उनीहरूको सामु तिनले आफ्‍नो व्‍यवहार बदले र तिनीहरूकहाँ पागल भएको बाहाना गरे। तिनले प्रवेशद्वारको ढोकाहरूमा लेखे र आफ्‍नो र्‍याल दाह्रीभरि चुहाए।
  • आकीश: के मसँग पागलको कमी छ?१ शमूएल 21:14–15
    पदहरू
    १ शमूएल 21:14–15तब आकीशले आफ्ना सेवकहरूलाई भने, “हेर, यो मानिस पागल भएको तिमीहरू देख्‍दैछौ। यसलाई तिमीहरूले मकहाँ किन ल्याएको हौ? के मसँग पागल मानिसको कमी छ, ताकि तिमीहरूले यसलाई मेरो उपस्थितिमा त्‍यस्‍तै व्यवहार गर्नलाई ल्याएको हौ? के यो मानिस साँच्‍चै नै मेरो घरमा आउनेछ?”
  • भजनसंग्रह 34 को शीर्षकले यसलाई सम्झाउँछ: उनले बौलाएको बहाना गरेभजनसंग्रह 34:1
    पदहरू
    भजनसंग्रह 34:1हरबखत म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा सधैं मेरो मुखमा हुनेछ।

अरूहरू

  • दुःख दिने आत्माले सताइएका शाऊललाई दाऊदको वीणाले शान्त पार्थ्यो१ शमूएल 16:14–16, १ शमूएल 16:23
    पदहरू
    १ शमूएल 16:14–16परमप्रभुको आत्माले शाऊललाई छोड्नुभयो र परमप्रभुको हानिकारक आत्माले तिनलाई दुःख दियो। शाऊलका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, परमप्रभुको हानिकारक आत्माले तपाईंलाई दुःख दिन्छ। तपाईंको सामु भएका सेवकहरूलाई कोही वीणा बजाउन निपुण व्यक्‍तिलाई खोज्‍न हाम्रो मालिकले आज्ञा गर्नुहोस्। जब परमप्रभुको हानिकारक आत्मा तपाईंमाथि आउँछ, त्यसले वीणा बजाउनेछ, र तपाईं ठीक हुनुहुनेछ।”
    १ शमूएल 16:23जब-जब शाऊलमाथि परमेश्‍वरको हानिकारक आत्मा आउँथ्यो, दाऊदले वीणा लिन्थे र त्‍यो बजाउँथे। यसरी शाऊल पुनः ताजा र सञ्‍चो हुन्थे, र हानिकारक आत्माले तिनीलाई छोड्‍थ्‍यो।
  • पछि दाऊद बजाउँदै गर्दा शाऊलले उनीमाथि भाला हाने१ शमूएल 18:10–11
    पदहरू
    १ शमूएल 18:10–11भोलि पल्ट शाऊलमा परमेश्‍वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले। त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्‍नो सङ्गीतको साधन बजाए। शाऊलको हातमा भाला थियो। शाऊलले भाला हाने, किनकि तिनले सोचे, “म दाऊदलाई भित्तामा छेडिदिन्‍छु।” तर त्‍यो दिन दाऊद दुईपल्‍ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के।
  • नबूकदनेसरले गोरुझैँ घाँस खाए; उनको कपाल गरुडका प्वाँखझैँ बढ्योदानिएल 4:33
    पदहरू
    दानिएल 4:33नबूकदनेसरको विरुद्धमा भएको यो आदेश तुरुन्‍तै पुरा भयो। तिनी मानिसहरूबाट निकालिए। तिनले गोरुले झैँ घाँस खाए, र तिनको शरीर आकाशको शीतले भिज्यो। तिनको केस चीलका प्वाँखहरूझैँ लामो भयो, र तिनको नङहरू चराका नङ्ग्राझैं भयो।
  • उनको होश फर्क्यो, र उनी आफ्नो सिंहासनमा पुनर्स्थापित भएदानिएल 4:34, दानिएल 4:36
    पदहरू
    दानिएल 4:34ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो। “मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ। किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ।
    दानिएल 4:36मेरो होश मलाई फिर्ता दिइएकै समयमा, मेरो राज्यको महिमाको निम्ति मेरो गौरव र वैभव मकहाँ फर्यो। मेरा सल्लाहकारहरू र भारदारहरूले मेरो कृपाको इच्‍छा गरे। मलाई आफ्‍नो सिंहासन फर्काइयो, र मलाई झनै धेरै महान्‌ता दिइयो।
  • पहरेदार: उसले येहूले झैँ, बौलाहाले झैँ रथ हाँक्छ!२ राजाहरू 9:20
    पदहरू
    २ राजाहरू 9:20फेरि पहरेदारले भन्‍यो, “त्यसले तिनीहरूलाई भेटेको छ, तर त्यो फर्केर आएन। किनकि जुन तरिकाले रथ हाँकिएको छ त्यो त निम्शीका छोरा येहूले हाँकेजस्तै छ। तिनले बौलाहाले जस्तै हाँक्दैछन्।”
  • येहूका सहकर्मी अधिकारीहरू युवा अगमवक्तालाई यो बौलाहा भन्छन्२ राजाहरू 9:11
    पदहरू
    २ राजाहरू 9:11तब येहू आफ्ना मालिकका सेवकहरूकहाँ आए र एक जनाले तिनलाई सोधे, “के सबै कुरा ठिकै छ? यो पागल मान्छे किन तपाईंकहाँ आएको?” येहूले तिनीहरूलाई जवाफ दिए, “तिमीहरू यी मानिस र तिनले कस्ता किसिमका कुरा भन्छन् भनेर तिमीहरू जान्‍दछौ।”
  • एउटा पत्र: अगमवक्ताजस्तो गर्ने हरेक बौलाहालाई काठको ठिँगुरोमा हालयर्मिया 29:26
    पदहरू
    यर्मिया 29:26'पुजारी यहोयादाको सट्टामा परमप्रभुले तिमीलाई परमप्रभुको मन्दिरको जिम्मा लिन पुजारी बनाउनुभएको छ। तिमी बरबराएर आफैलाई अगमवक्ताहरू बनाउने सबै मानिसको नियन्त्रणमा छौ। तिमीहरूले तिनीहरूलाई साङ्लाले बाँधेर ठिंगुरोमा हाल्नू।
  • चिहानहरूमा बस्ने एक मानिसले साङ्ला चुँडाल्यो र ढुङ्गाले आफूलाई काट्योमर्कूस 5:3–5
    पदहरू
    मर्कूस 5:3–5त्यो मानिस चिहानमा बस्थ्‍यो। कसैले पनि त्यसलाई रोक्‍न सकेको थिएन; त्यसलाई साङ्लाले बाँधेर राख्‍न पनि सकेको थिएन। त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो। त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो। त्यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन। हरेक दिन र रात डाँडाहरूमा र त्यो चिहान घारीमा चिच्‍च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो।
  • पछि मानिसहरूले उसलाई लुगा लगाएर होशमा बसेको देखेमर्कूस 5:15
    पदहरू
    मर्कूस 5:15तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए।
  • येशूको परिवार उहाँलाई समात्न गयो: उहाँ होशमा हुनुहुन्नमर्कूस 3:21
    पदहरू
    मर्कूस 3:21जब उहाँको परिवारले यसबारे सुन्यो, तिनीहरू उहाँलाई पक्रन गए, किनकि तिनीहरूले भने, “उहाँको दिमाग बिग्रेको छ।”
  • कसैले येशूबारे भने: उसलाई भूत लागेको छ र ऊ बौलाहा होयूहन्ना 10:20
    पदहरू
    यूहन्ना 10:20तिनीहरूमध्ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो। तिमीहरू उसको कुरा किन सुन्छौ?”
  • रोधा पत्रुस ढोकामा छन् भन्छिन्; तिमी बौलाहा भयौप्रेरित 12:13–15
    पदहरू
    प्रेरित 12:13–15जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना दासी केटी ढोका खोल्न आइन्। जब तिनले पत्रुसको आवाजलाई चिनिन्, तब आनन्दले भरिएर ढोका खोल्नै भुलिन् अनि कुद्दै कोठाभित्र आइन् र पत्रुस ढोकानिर उभिरहेका थिए भनी सुनाइन्। त्यसैले तिनीहरूले तिनलाई भने, “तिमी बहुलाएकी छौ।” यो त्यस्तै नै थियो भनी तिनले जिद्दी गरिन्। तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो।”
  • फेस्तस: पावल, तिमी बौलाहा भयौ! पावल: म बौलाहा होइनप्रेरित 26:24–25
    पदहरू
    प्रेरित 26:24–25पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्‍च सोरमा भने, “पावल, तिमी पागल भएका छौ, तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ।” तर पवालले भने, “म पागल होइनँ, सम्माननीय फेस्तस, तर म साहसकासाथ यी सत्य र गम्भीर वचनहरू बोल्छु।”
  • पावल: सबैले अन्य भाषा बोले भने बाहिरकाहरू तिमीहरू बौलाहा भयौ भन्नेछन्१ कोरिन्थी 14:23
    पदहरू
    १ कोरिन्थी 14:23त्यसकारण, यदि सम्पूर्ण मण्डली भेला हुँदा सबै जनाले अन्य भाषा बोल्दा बाहिरकाहरू तथा विश्‍वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन् र?

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार