खोजी गर्नुहोस् › विषयहरू › नाजिरी र तिनीहरूको भाकल
अचम्मका विवरणहरू
बाइबलमा नाजिरी र तिनीहरूको भाकल
पवित्र बाइबल (ULB) का 27 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
व्यवस्थामा
- पुरुष वा स्त्रीले नाजिरीको विशेष भाकल गर्न सक्थेगन्ती 6:2
पदहरू
गन्ती 6:2“इस्राएलका मानिसहरूलाई भन्। 'जब कुनै पुरुष वा महिलाले आफूलाई परमप्रभुको निम्ति नाजिरीको विशेष भाकलले अलग गर्छ,
- न दाखमद्य, न कडा मद्य, न सिर्का, न दाखको रस, न दाख, न किसमिसगन्ती 6:3
पदहरू
गन्ती 6:3त्यसले आफूलाई दाखमद्य र कडा मद्यबाट अलग राख्नुपर्छ। त्यसले दाखमद्य वा कडा मद्यबाट बनाइएको सिर्का पिउनुहुँदैन। त्यसले कुनै किसिमको दाखरस पिउनुहुँदैन अथवा ताजा वा सुकाएको दाख खानुहुँदैन।
- दाखको बोटबाट केही पनि होइन, बीउ वा बोक्रा पनि होइनगन्ती 6:4
पदहरू
गन्ती 6:4त्यसले आफूलाई मेरो निम्ति अलग गरेका सबै दिनमा त्यसले दाखको बोक्राबाट बनाइएका सबै थोकलगायत दाखबाट बनाइएका कुनै पनि कुरा खानुहुँदैन।
- शिरमा छुरा होइन: कपाल लामो बढ्नुपर्छगन्ती 6:5
पदहरू
गन्ती 6:5अलग हुने त्यसको समय अवधिभर परमप्रभुप्रति अलग रहने त्यसको भाकल पुरा नभएसम्म त्यसको शिरमा कुनै किसिमको छुरा प्रयोग गर्नुहुँदैन। त्यो परमप्रभुको निम्ति अलग हुनुपर्छ। त्यसले कपाललाई आफ्नो शिरमा लामो हुन दिनुपर्छ।
- मृत शरीरको नजिक जानु होइन, बुबा वा आमाको पनि होइनगन्ती 6:6–7
पदहरू
गन्ती 6:6–7त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राखेको पुरै समयभरि त्यो मुर्दाको नजिक आउनुहुँदैन। आफ्नै बुबा, आमा, दाजुभाइ, दिदीबहिनी मरे भने पनि त्यसले तिनीहरूका निम्ति पनि आफूलाई अशुद्ध पार्नुहुँदैन। सबैले त्यसको कपाल देख्न सक्नेजस्तै यो त्यसले आफूलाई परमेश्वरप्रति अलग गरेको कारणले हो।
- नजिकै कोही अचानक मरे: सातौँ दिनमा शिर खौरगन्ती 6:9
पदहरू
गन्ती 6:9यदि कोही त्यसको सामु अचानक मर्छ र त्यसले अर्पण गरेको शिरलाई अशुद्ध बनायो भने, त्यसपछि त्यसले शुद्धिकरणको दिनमा आफ्नो कपाल खौरनुपर्छ, त्यसले यसलाई सातौँ दिनमा खौरनुपर्छ।
- आठौँ दिनमा: दुईवटा ढुकुर वा परेवाका दुईवटा बच्चागन्ती 6:10
पदहरू
गन्ती 6:10त्यसले आठौँ दिनमा दुईवटा परेवा वा दुईवटा परेवाका बचेरा भेट हुने पालको प्रवेश-द्वारमा पुजारीकहाँ ल्याउनुपर्छ।
- अघिल्ला दिनहरू गनिँदैनथे; भाकल फेरि सुरु हुन्थ्योगन्ती 6:12
पदहरू
गन्ती 6:12त्यसले आफ्नो शुद्धिकरणको दिनको निम्ति परमप्रभुको निम्ति आफूलाई अलग गर्नुपर्छ। त्यसले एक वर्षे थुमालाई दोषबलिको रूपमा ल्याउनुपर्छ। त्यसले आफूलाई अशुद्ध पारेका दिनहरू गन्नुहुँदैन, किनभने त्यसले अशुद्ध पार्यो।
- अन्त्यमा: एउटा भेडो-पाठो, एउटी पाठी, एउटा भेडा र अखमिरी रोटीगन्ती 6:13–15
पदहरू
गन्ती 6:13–15नाजिरीको अलग हुने समय पुरा हुनेको निम्ति नाजिरीको नियम यही हो। त्यसलाई भेट हुने पालको प्रवेश-द्वारमा ल्याउनुपर्छ। त्यसले आफ्नो बलि परमप्रभुलाई चढाउनुपर्छ। त्यसले एक वर्षको खोटरहित एउटा थुमालाई होमबलिको रूपमा चढाउनुपर्छ। त्यसले एक वर्षको खोटरहित पाठीलाई पापबलिको रूपमा चढाउनुपर्छ। त्यसले एउटा खोटरहित थुमालाई मेलबलिको रूपमा ल्याउनुपर्छ। त्यसले तिनीहरूका अन्नबलि र अर्घबलिसँगै एक डालो अखमिरी रोटी, तेलले मिसाएको फुरौलाहरू, तेल दलेको अखमिरी बाबरहरू ल्याउनुपर्छ।
- नाजिरीले शिर खौरेर कपाल आगोमा राख्थ्योगन्ती 6:18
पदहरू
गन्ती 6:18नाजिरीले आफू अलग रहेको सङ्केत गर्न भेट हुने पालको प्रवेश-द्वारमा आफ्नो शिर खौरनुपर्छ। त्यसले आफ्नो शिरको कपाल लिएर मेल बलिको आगोमा जलाउनुपर्छ।
- त्यसपछि नाजिरीले दाखमद्य पिउन सक्छगन्ती 6:20
पदहरू
गन्ती 6:20पुजारीले तिनीहरूलाई डोलाइएको ह्याकुलो र पुजारीलाई दिइएको साप्रोसँगै पुजारीको निम्ति पवित्र हिस्सा परमप्रभुको सामु बलिको रूपमा डोलाउनुपर्छ। त्यसपछि नाजिरीले दाखमद्य पिउन सक्छ।
नाउँ लिइएका नाजिरीहरू
- शिमशोनकी आमाले दाखमद्य पिउनु वा अशुद्ध केही खानु हुँदैनथ्योन्यायकर्ताहरू 13:4, न्यायकर्ताहरू 13:7, न्यायकर्ताहरू 13:14
पदहरू
न्यायकर्ताहरू 13:4अब दाखमद्य वा कडा पेय नपिउन होसियार होऊ, र कुनै अशुद्ध कुरा नखाऊ।
न्यायकर्ताहरू 13:7उहाँले मलाई भन्नुभयो, ‘हेर, तिमी गर्भवती हुनेछौ, र तिमीले एउटा छोरो जन्माउनेछौ। यसैले दाखमद्य वा कडा पेय नपिउनू, र व्यवस्थाले अशुद्ध भनेर घोषणा गरेको कुनै कुरा नखानू, किनभने त्यो बालक तिम्रो गर्भदेखि उसको मृत्युको दिनसम्म नै परमप्रभुको निम्ति नाजिरी हुनेछ।’”
न्यायकर्ताहरू 13:14दाखको बोटबाट आउने केही पनि तिनले खानुहुँदैन, र तिनले दाखमद्य वा कडा पेय पिउन वा कुनै अशुद्ध कुरा खान नदिनू। मैले तिनलाई गर्नू भनी आज्ञा गरेका सबै कुरा तिनले पालना गर्नुपर्छ।”
- शिमशोन गर्भदेखि नै नाजिरी हुनुपर्थ्यो; शिरमा छुरा होइनन्यायकर्ताहरू 13:5
पदहरू
न्यायकर्ताहरू 13:5हेर, तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ। उसको कपालमा छुरा लाग्नेछैन, किनकि त्यो बालक गर्भदेखि नै परमेश्वरको निम्ति नाजिरी हुनेछ, र उसले इस्राएललाई पलिश्तीहरूका हातबाट छुटकारा दिन सुरु गर्नेछ।”
- शिमशोन: मेरो कपाल कहिल्यै काटिएको छैनन्यायकर्ताहरू 16:17
पदहरू
न्यायकर्ताहरू 16:17यसैले शिमशोनले त्यसलाई हरेक कुरा भने र तिनलाई यसो भनिदिए, “मेरो शिरको कपालमा कहिल्यै पनि मैले खौरेको छैन, किनभने मेरी आमाको गर्भदेखि नै म परमेश्वरको निम्ति एक नाजिरी भएको छु। मेरो कपाल खौरियो भने, मेरो शक्ति मबाट जानेछ, र म कमजोर र सामान्य मानिसझैं हुनेछु।”
- दलीलाले उनको शिरको कपाल खौराइन्न्यायकर्ताहरू 16:19
पदहरू
न्यायकर्ताहरू 16:19त्यसले तिउनलाई आफ्नो काखमा सुताई। तिनको शिरको सातवटा लट्टा खौरिदिन त्यसले एक जना मानिसलाई बोलाई, र त्यसले तिनलाई काबूमा पार्न लागी, किनभने तिनको शक्ति हटिसकेको थियो।
- हन्नाले आफ्नो छोराको शिरमा कहिल्यै छुरा नलाग्ने भाकल गरिन्१ शमूएल 1:11
पदहरू
१ शमूएल 1:11उनले भाकल गरिन् र भनिन्, “हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले आफ्नी दासीको वेदनालाई हेर्नुहुन्छ, मलाई याद गर्नुहुन्छ र आफ्नो दासीलाई बिर्सनुहुन्न, तर तपाईंको दासीलाई एउटा छोरा दिनुहुन्छ भने, उसको सम्पूर्ण जीवनभरि म उसलाई परमप्रभुको निम्ति दिनेछु र उसको शिरमा कुनै छुराले कदापि छुनेछैन।”
- बप्तिस्मा दिने यूहन्नाले कहिल्यै दाखमद्य वा कडा मद्य पिउनु हुँदैनथ्योलुका 1:15, लुका 7:33
- आमोस: तिमीहरूका जवानहरूमध्येबाट नाजिरीहरू खडा गरिए, तर तिमीहरूले तिनीहरूलाई दाखमद्य पियायौआमोस 2:11–12
पदहरू
आमोस 2:11–12तिमीहरूका छोराछोरीका बिचबाट अगमवक्ताहरू, र तिमीहरूका जवान मानिसहरूबाट नाजिरीहरू मैले खडा गरें। ए इस्राएलका मानिस हो, के यो सत्य होइन? — यो परमप्रभुको घोषणा हो। तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन प्रेरित गर्यौ, अनि अगमवक्ताहरूलाई अगमवाणी नबोल्ने आज्ञा दियौ।
प्रेरितहरूको पुस्तकमा भाकलहरू
- पावलले भाकलका निम्ति किंक्रियामा कपाल खौरेप्रेरित 18:18
पदहरू
प्रेरित 18:18धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला र प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अगि बढे। बन्दरगाह छोड्नुभन्दा पहिले किंक्रियामा पावलले आफ्नो कपाल खौरे किनकि उनले नाजरी भाकल गरेका थिए।
- भाकल गरेका चार जनाको शिर खौराउने खर्च पावलले तिरेप्रेरित 21:23–24, प्रेरित 21:26
पदहरू
प्रेरित 21:23–24त्यसैले, अब हामीले जे भन्छौँ तपाईंले त्यही गर्नुहोस्। हामीसँग भाकल गरेका चार जना मानिस छन्। यी चार जना मानिसलाई लैजानुहोस्, र उनीहरूसँगै आफैँलाई शुद्धिकरण गर्नुहोस्, र उनीहरूको खर्च तिरिदिनुहोस् ताकि उनीहरूले आफ्नो कपाल खौरिऊन्। यसरी, उनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झुटा हुन् भनी सबैले जानून्। तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून्।
प्रेरित 21:26त्यसपछि पावलले ती मानिसहरूलाई लिए, र अर्को दिन तिनीहरू हरेकको निम्ति भेटी नचढाएसम्म, शुद्धिकरणको अवधि घोषणा गर्दै, तिनीहरूसँगै आफैँलाई मन्दिरमा शुद्ध पारे।
रेकाबीहरू
- आफ्ना पुर्खा योनादाबको आज्ञाअनुसार रेकाबीहरू दाखमद्य पिउँदैनथेयर्मिया 35:6, यर्मिया 35:14
पदहरू
यर्मिया 35:6तर तिनीहरूले भने, “हामी दाखमद्य पिउनेछैनौं, किनकि रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई आज्ञा दिए, 'तिमीहरू र तिमीहरूका सन्तानले कहिल्यै पनि दाखमद्य नपिउनू।’
यर्मिया 35:14दाखदमद्य नपिउनू भनेर रेकाबका छोरा योनादाबले आफ्ना छोराहरूलाई आज्ञाको रूपमा दिएको वचनलाई आजको दिनसम्म पालन गरिएको छ। तिनीहरूले आफ्ना पुर्खाहरूको आज्ञा मानेका छन्। तर मेरो विषयमा म आफैंले तिमीहरूका लागि निरन्तर घोषणा गरिरहेको छु तर तिमीहरू मेरा कुरा सुन्दैनौ।
- तिनीहरूले घर बनाएनन्, बीउ छरेनन् र पालमा बसेयर्मिया 35:7
पदहरू
यर्मिया 35:7साथै, कुनै घरहरू नबनाओ, बीउ नरोप वा दाखबारी नलगाओ। यो तिमीहरूका लागि होइन। किनकि आफ्नो जीवनभर तिमीहरू पालमा बस्नुपर्छ, ताकि तिमीहरू विदेशीहरूको रूपमा बसिरहेका देशमा धेरै दिन बाँच्न सक्नेछौ।'
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार