खोजी गर्नुहोस् › विषयहरू › सातको अङ्क
अचम्मका विवरणहरू
बाइबलमा सातको अङ्क
पवित्र बाइबल (ULB) का 49 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
सात दिन
- परमेश्वरले सातौँ दिनमा विश्राम गर्नुभयो; छ दिन काम, त्यसपछि शबाथउत्पत्ति 2:3, प्रस्थान 20:11, व्यवस्था 5:13–14
पदहरू
उत्पत्ति 2:3परमेश्वरले सातौँ दिनलाई आशिष्् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।
प्रस्थान 20:11किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो।
व्यवस्था 5:13–14तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र तिमीहरूका सबै काम गर्नुपर्छ। तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको शबाथ हो। यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गोरु, वा तिमीहरूका गधा वा तिमीहरूका कुनै पनि गाईवस्तु वा तिमीहरूको सहरभित्र भएका परदेशीले कुनै काम नगरोस्। तिमीहरूका कमारा-कमारीले पनि तिमीहरूसँगै विश्राम गरून्।
- नोआ जहाजमा पसेको सात दिनपछि जलप्रलय आयोउत्पत्ति 7:4, उत्पत्ति 7:10
पदहरू
उत्पत्ति 7:4किनकि अबको सात दिनमा म चालिस दिन र चालिस रात पृथ्वीमा पानी बर्साउनेछु। मैले बनाएको हरेक जीवित प्राणीलाई म पृथ्वीको सतहबाट नष्ट गर्नेछु।”
उत्पत्ति 7:10सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो।
- ढुकुर पठाउँदा नोआ बीचमा सात दिन पर्खेउत्पत्ति 8:10, उत्पत्ति 8:12
पदहरू
उत्पत्ति 8:10अरू सात दिन पर्खेर तिनले फेरि जहाजबाट त्यस ढुकुरलाई पठाइदिए।
उत्पत्ति 8:12अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई पठाइदिए। त्यो फेरि फर्केर तिनीकहाँ आएन।
- योसेफले आफ्ना बुबाका निम्ति सात दिन शोक गरेउत्पत्ति 50:10
पदहरू
उत्पत्ति 50:10जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे। अनि त्यहाँ योसेफले सात दिनसम्म आफ्ना बुबाको निम्ति शोक गरे।
- अय्यूबका साथीहरू सात दिनसम्म चुपचाप उनीसँग बसेअय्यूब 2:13
पदहरू
अय्यूब 2:13तब तिनीहरू सात दिन र सात रात तिनीसँगै भुइँमा बसे। कसैले तिनलाई एउटै शब्द पनि बोलेन, किनकि तिनको शोक अत्यन्तै ठुलो भएको तिनीहरूले देखे।
- निस्तार-चाडमा सात दिन अखमिरी रोटीप्रस्थान 12:15
पदहरू
प्रस्थान 12:15सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू। पहिलो दिनमा तिमीहरूले आ-आफ्ना घरहरूबाट खमिर हटाउनू। पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाने मान्छे जोसुकैलाई पनि तिमीहरूले इस्राएलबाट बहिष्कार गर्नू।
- छाप्राहरूको चाडमा सात दिन छाप्रामालेवीहरू 23:34, लेवीहरू 23:42
पदहरू
लेवीहरू 23:34“इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति छाप्रो-बासको चाड हुने छ। त्यो सात दिनसम्म रहने छ।
लेवीहरू 23:42तिमीहरू सात दिनसम्म स-साना छाप्रोमा बस्नू। इस्राएलमा जन्मेका सबै जना सात दिनसम्म स-साना छाप्रोमा बसून्,
- पुजारीहरूको अभिषेक सात दिन चल्योप्रस्थान 29:35
पदहरू
प्रस्थान 29:35यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू। तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू।
- शाऊलले गिलगालमा शमूएलका निम्ति सात दिन पर्खे१ शमूएल 13:8
पदहरू
१ शमूएल 13:8तिनले शमूएलले तोकेका समय सात दिनसम्म पर्खे। तर शमूएल गिलगालमा आएनन् र मानिसहरू शाऊलदेखि तितरबितर भइरहेका थिए।
- याबेशले आत्मसमर्पण गर्नुअघि सात दिन मागे१ शमूएल 11:3
पदहरू
१ शमूएल 11:3तब याबेशका धर्म-गुरुहरूले तिनलाई जवाफ दिए, “हामीलाई सात दिनसम्म छोडिदिनुहोस्, ताकि इस्राएलका सबै इलाकामा हामी दूतहरू पठाउनेछौं। तब हामीलाई बचाउने कोही भएन भने हामी तपाईंकहाँ आत्मासमर्पण गर्नेछौं।
- शाऊललाई गाडेपछि याबेशका मानिसहरूले सात दिन उपवास गरे१ शमूएल 31:13
पदहरू
१ शमूएल 31:13त्यसपछि तिनीहरूले उनीहरूका हड्डीहरू लिए र तिनलाई याबेशको झ्याउको रूखमुनि गाडे अनि तिनीहरू सात दिनसम्म उपवास बसे।
- शिमशोनको विवाह-भोज र पहेली सात दिन चल्योन्यायकर्ताहरू 14:12, न्यायकर्ताहरू 14:17
पदहरू
न्यायकर्ताहरू 14:12शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु। तिमीहरूमध्ये कसैले भोजको सात दिनभित्रमा अड्को फुकाएर त्यसको उत्तर मलाई भन्न सक्यौ भने, म तिमीहरूलाई तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू दिनेछु।
न्यायकर्ताहरू 14:17भोजको सातौं दिनसम्म त्यो रोई। सातौं दिनमा तिनले उनलाई उत्तर भनिदिए किनभने उनले तिनलाई धेरै दबाब दिइन्। उनले आफ्ना नातेदारहरूलाई उत्तर भनिदिई।
- अहासूरसले दरबारको बगैँचामा सात दिनको भोज दिएएस्तर 1:5
पदहरू
एस्तर 1:5यी दिन समाप्त भएपछि राजाले सात दिनसम्म अर्को भोज दिए। यो शूशनको किल्लामा भएका सबैभन्दा ठुलादेखि सानासम्म सबै मानिसका लागि थियो। यो भोज राजदरबारको बगैँचाको चोकमा दिइएको थियो।
- पावल टुरोसमा सात दिन बसेप्रेरित 21:4
पदहरू
प्रेरित 21:4हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौँ। ती चेलाहरूले पवित्र आत्माद्वारा पावलले यरूशलेममा पाइला राख्नुहुँदैन भने।
सात वर्ष
- याकूबले राहेलका निम्ति सात वर्ष, त्यसपछि अझै सात वर्ष सेवा गरेउत्पत्ति 29:20, उत्पत्ति 29:27
पदहरू
उत्पत्ति 29:20यसकारण याकूबले राहेलको निम्ति सात वर्षसम्म सेवा गरे। राहेलप्रति तिनको प्रेमको कारण तिनलाई त्यो समय तिनलाई थोरै दिनजस्तो लाग्यो।
उत्पत्ति 29:27यो छोरीसँग एक साता पुरा गर, र अर्को सात वर्ष मेरो सेवाको सट्टामा म तिमीलाई अर्की पनि दिनेछु।”
- मिश्रमा सात वर्ष प्रशस्तता, त्यसपछि सात वर्ष अनिकालउत्पत्ति 41:53–54
पदहरू
उत्पत्ति 41:53–54मिश्र देशको सात वर्षको सहकालको अन्त्य भयो। योसेफले भनेजस्तै गरी सात वर्षको अनिकालको थालनी भयो। सबै देशहरूमा अनिकाल परेको थियो तर मिश्र देशमा भने अनाज थियो।
- एलीशाको समयमा सात वर्षको अनिकाल२ राजाहरू 8:1–2
पदहरू
२ राजाहरू 8:1–2अब एलीशाले त्यस स्त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्युबाट फेरि जिवित पारेका थिए। तिनले उनलाई भने, “उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्छा लाग्छ त्यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको छ।” त्यसैले ती स्त्री उठिन् र परमेश्वरका मानिसको वचन मानिन्। तिनी आफ्ना घारानासित गइन् र सात वर्षसम्म पलिश्तीहरूको देशमा बसिन्।
- सोलोमनले सात वर्षमा मन्दिर बनाए१ राजाहरू 6:38
पदहरू
१ राजाहरू 6:38एघारौँ वर्षको बूल महिना अर्थात् आठौँ महिनामा निर्देशनमुताबिक मन्दिरका सबै भाग बनाएर सिद्ध्याइयो। मन्दर बनाउन सोलोमनलाई सात वर्ष लाग्यो।
- जुबलीसम्म सात गुणा सात वर्षलेवीहरू 25:8
पदहरू
लेवीहरू 25:8तिमीहरूले आफ्नो लागि सात शबाथका वर्षहरू अर्थात् सात गुणा सात वर्ष गरी उनन्चास वर्ष गन्नू।
सात पटक र सात-सात
- लेमेक: कयिनको बदला सात गुणा, लेमेकको सतहत्तर गुणाउत्पत्ति 4:24
पदहरू
उत्पत्ति 4:24यदि कयिनको बदला सात गुणा लिइन्छ भने लेमेखको बदला सतहत्तर गुणा लिइनेछ।”
- हरेक शुद्ध पशुका सात जोडी जहाजभित्रउत्पत्ति 7:2
पदहरू
उत्पत्ति 7:2हरेक जातका शुद्ध पशुबाट तैँले आफूसित सात भाले र सात पोथी ल्याउनू। अशुद्ध पशुहरूबाट चाहिँ तैँले दुईवटा अर्थात् भाले र पोथी ल्याउनू।
- अब्राहामले अबीमेलेकलाई सातवटा पाठी दिएउत्पत्ति 21:28–30
पदहरू
उत्पत्ति 21:28–30त्यसपछि आफ्नो बगालबाट अब्राहामले सातवटा पाठी छुट्ट्याए। अबीमेलेकले अब्राहामलाई भने, “तिमीले छुट्ट्याएर राखेको यी सात पाठीको अर्थ के हो?” तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्त गर्नुहुनेछ।”
- याकूब एसावको अगाडि सात पटक भुइँसम्म झुकेउत्पत्ति 33:3
पदहरू
उत्पत्ति 33:3तिनी आफैचाहिँ तिनीहरूभन्दा अगिअगि गए। तिनी आफ्ना दाजुको नजिक नआउञ्जेलसम्म तिनले सात पटक भुइँमा शिर निहुर्याउँदै गए।
- फारोको सपना: सातवटा गाई र सातवटा अन्नका बालाउत्पत्ति 41:2–7
पदहरू
उत्पत्ति 41:2–7नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे। नील नदीबाट अरू सातवटा नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए। तिनीहरू नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए। त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा सप्रेका र मोटा-मोटा गाईलाई खाइदिए। अनि फारो ब्युँझे। तिनी फेरि सुते र अर्को सपना देखे। सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रे। त्यसपछि सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्नका बाला तिनीहरू पछि पलाए। सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए। फारो ब्युँझे, र यो त सपना पो रहेछ भनी तिनलाई थाहा भयो।
- पुजारीले सात पटक रगत र तेल छर्कन्थेलेवीहरू 4:6, लेवीहरू 14:16
पदहरू
लेवीहरू 4:6त्यस पुजारीले आफ्नो औँलालाई रगतमा चोपेर परमप्रभुको अगि सबैभन्दा पवित्र स्थानको पर्दाअगाडि सात पटक छर्कोस्।
लेवीहरू 14:16र आफ्नो देब्रे हातमा भएको तेलमा आफ्नो दाहिने औँला चोपेर परमप्रभुको अगि केही तेल सात पल्ट छर्कने छ।
- बालामले सातवटा वेदी, सातवटा साँढे, सातवटा भेडा मागेगन्ती 23:1
पदहरू
गन्ती 23:1बालामले बालाकलाई भने, “यहाँ मेरो निम्ति सातवटा वेदी निर्माण गर्नुहोस्, र सातवटा साँढे र सातवटा भेडा तयार पार्नुहोस्।
- सात पुजारी, सातवटा नरसिङ्गा, यरीहोको वरिपरि सात चक्करयहोशू 6:4, यहोशू 6:15–16
पदहरू
यहोशू 6:4सात जना पुजारीले सन्दुकको अगि सातवटा भेडाका सिङका सातवटा तुरही बोक्नुपर्छ। सातौँ दिनमा तिमीहरूले सहरलाई सात फेरो मार्नू र पुजारीहरूले तुरही फुक्नू।
यहोशू 6:15–16सातौँ दिनमा तिनीहरू बिहान सबेरै उठे र तिनीहरूले त्यस दिन पनि सहरको फेरो मारे। त्यस दिन तिनीहरूले सहर वरिपरि सात फन्को मारे। जब सातौँ दिनमा पुजारीहरूले तुरही फुके यहोशूले मानिसहरूलाई आज्ञा दिए, “कराओ! किनभने परमप्रभुले यो सहर तिमीहरूलाई दिनुभएको छ।
- शिमशोनका सातवटा लट्टान्यायकर्ताहरू 16:13, न्यायकर्ताहरू 16:19
पदहरू
न्यायकर्ताहरू 16:13दलीलाले शिमशोनलाई भनी, “अहिलेसम्म त तपाईंले मलाई धोका दिनुभएको छ र मसँग झुटो बोल्नुभएको छ। तपाईंलाई कसरी नियन्त्रमा लिन सकिन्छ मलाई बताउनुहोस्।” शिमशोनले त्यसलाई भने, “तिमीले मेरो कपालका सातवटा लट्टालाई तानमा बुनेर कीलामा कसेर राख्यौ भने म अरू मानिसझैं हुनेछु।”
न्यायकर्ताहरू 16:19त्यसले तिउनलाई आफ्नो काखमा सुताई। तिनको शिरको सातवटा लट्टा खौरिदिन त्यसले एक जना मानिसलाई बोलाई, र त्यसले तिनलाई काबूमा पार्न लागी, किनभने तिनको शक्ति हटिसकेको थियो।
- एलियाको सेवकले सात पटक समुद्रतिर हेर्यो१ राजाहरू 18:43–44
पदहरू
१ राजाहरू 18:43–44तिनले आफ्नो नोकरलाई भने, “गएर समुद्रतिर गएर हेर्।” तिनको नोकर गएर हेर्यो र फर्केर आई भन्यो, “त्यहाँ केही छैन।” त्यसैले एलियाले भने, “सातपल्ट गएर हेर्।” सातौँ पटकमा नोकरले भन्यो, “हेर्नुहोस्, मानिसको हातजस्तै समुद्रबाट सानो बादल उठिरहेको छ।” एलियाले जवाफ दिए, “गएर आहाबलाई भन्, 'आफ्नो रथ तयार गरेर तल जानुहोस् नत्रता पानीले तपाईंलाई रोक्ने छ।”
- शूनेमीको छोराले सात पटक हाच्छिउँ गर्यो२ राजाहरू 4:35
पदहरू
२ राजाहरू 4:35तब एलीशा उठे, र कोठाको वरिपरि घुमे अनि तिनी फेरि ओछ्यानमा चढे र बालकमाथि लमतन्न परे। बालकले सात पटक छिउँ काड्यो र आफ्ना आँखा खोल्यो।
- नामानले यर्दनमा सात पटक डुबुल्की मारे२ राजाहरू 5:10, २ राजाहरू 5:14
पदहरू
२ राजाहरू 5:10एलीशाले तिनीकहाँ यसो भनेर एक जना सन्देशवाहक पठाए, “जानुहोस् र यर्दनमा आफूलाई सातपल्ट डुबुल्की लगाउनुहोस् र तपाईंको देह पहिलेको जस्तै हुनेछ। तपाईं शुद्ध बन्नुहुनेछ।”
२ राजाहरू 5:14तब तिनी तल गए र परमेश्वरका मानिसको सल्लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए। तिनको देह बच्चाको झैँ पहिलेजस्तै भयो र तिनी निको भए।
- नबूकदनेसरले भट्टी सात गुणा बढी तताएदानिएल 3:19
पदहरू
दानिएल 3:19तब नबूकदनेसर रिसले चूर भए। शद्रक, मेशक, र अबेद्नगोप्रति तिनको अनुहार भाव बद्लियो। अनि तिनले आगोको भट्टीलाई साधारण रूपमा तताउनेभन्दा सात गुणा बढी तताउने आदेश दिए।
- अहासूरसको दरबारमा सात नपुंसक र सात भारदारएस्तर 1:10, एस्तर 1:14
पदहरू
एस्तर 1:10सातौँ दिनमा जब राजाको हृदय दाखमद्यको कारणले प्रसन्न भएको थियो, तब तिनले महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कास (यी सात जना अधिकारीहरूले राजाको सामु सेवा गर्थे) लाई,
एस्तर 1:14फारस र मादीका सात जना राजकुमार अर्थात् कर्शेना, शेथार, अद्माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान राजाका नजिकका मानिसहरू थिए। तिनीहरू राजाकहाँ जान सक्थे, र तिनीहरू राज्यमा उच्चतम पदहरूमा थिए।
- सात पटक मात्र होइन, त्योभन्दा धेरै क्षमा गरमत्ती 18:21–22
पदहरू
मत्ती 18:21–22अनि पत्रुस आए र येशूलाई भने, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्यो भने मैले उसलाई क्षमा गरूँ? के सात पल्टसम्म?” येशूले उनलाई भन्नुभयो, “म तिमीलाई सात पटक भनेर भन्दिनँ, तर सत्तरी गुणा सात पल्टसम्म।
- सातवटा रोटी, र सात टोकरी बाँकी रह्योमत्ती 15:34–37
पदहरू
मत्ती 15:34–37येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने, “सातवटा र केही स-साना माछा छन्।” त्यसपछि येशूले भिडलाई भुइँमा बस्नलाई आज्ञा गर्नुभयो। उहाँले ती सातवटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो। अनि चेलाहरूले ती भिडलाई दिए। मानिसहरू सबैले खाए र सन्तुष्ट भए। र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री खाना जम्मा गरेर सात डाला भरे।
- यरूशलेमका विश्वासीहरूको सेवा गर्न सात जना मानिस छानिएप्रेरित 6:3
पदहरू
प्रेरित 6:3यसकारण भाइ हो, तपाईंहरूमध्येबाट सात जना मानिसलाई छान्नुहोस् जो नाउँ चलेका, बुद्धि र पवित्र आत्माले भरिएका होऊन् जसलाई हामी यस कामको लागि नियुक्त गर्न सकौँ।
- स्केवाका सात छोराप्रेरित 19:14
पदहरू
प्रेरित 19:14त्यस्तो गर्नेमा एक जना यहूदी प्रधान पूजाहारी स्केवाका सातजना छोराहरू थिए।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार