Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › जाँतो, भट्टी र रोटी पकाउने

अचम्मका विवरणहरू

बाइबलमा जाँतो, भट्टी र रोटी पकाउने

पवित्र बाइबल (ULB) का 32 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

जाँतो र पिँध्ने

  • ऋणको धितोमा जाँतो लिन हुँदैनव्यवस्था 24:6
    पदहरू
    व्यवस्था 24:6कसैले धितोको रूपमा जाँतो वा जाँतोको माथिल्लो ढुङ्गा नलिओस् किनकि त्यसो गर्नु भनेको त्यस व्यक्तिको जीवन लिनु बराबर हो।
  • मिश्रमा सबैभन्दा तल्लो कमारीले जाँतो पिँध्थीप्रस्थान 11:5
    पदहरू
    प्रस्थान 11:5मिश्र देशमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरोदेखि लिएर जाँतो पिँध्‍ने दासीको जेठो छोरोसम्म र गाईवस्तुका सबै पहिले जन्मेकाहरू मर्नेछन्।
  • मन्‍ना जाँतोमा पिँधिन्थ्यो वा ओखलमा कुटिन्थ्योगन्ती 11:8
    पदहरू
    गन्ती 11:8मानिसहरू वरिपरि जान्थे र यसलाई बटुल्थे। तिनीहरूले यसलाई पिँध्थे, ओखलीमा कुट्थे, भाँडामा उमाल्थे र यसलाई फुरौला बनाउँथे। यो ताजा जैतूनको तेलको स्वादको थियो।
  • तेबेसमा एउटी स्त्रीले अबीमेलेकमाथि जाँतोको माथिल्लो ढुङ्गा खसालिन्न्यायकर्ताहरू 9:53, २ शमूएल 11:21
    पदहरू
    न्यायकर्ताहरू 9:53तर एउटी स्‍त्रीले अबीमेलेकको शिरमा जाँतोको माथिल्लो फक्‍लेटो झारी र त्यसले तिनको खप्पर फुट्‍यो।
    २ शमूएल 11:21यरूब-बेसेतका छोरा अबीमेलेकलाई कसले मार्‍यो? के एक जना स्‍त्रीले जाँतोको माथिल्‍को ढुङ्गा पर्खालबाट खसालेर तिनी तेबेसमा मरेकी थिइनन्? तिमीहरू किन पर्खालको यति नजिक गयौ?' तब तैंले जवाफ दिनुपर्छ, 'तपाईंको दास हित्ती उरियाह पनि मरे'।”
  • अन्धा पारिएका र नेलले बाँधिएका शिमशोनले गाजाको झ्यालखानामा अन्‍न पिँधेन्यायकर्ताहरू 16:21
    पदहरू
    न्यायकर्ताहरू 16:21पलिश्तीहरूले तिनलाई समाते र तिनका आँखा निकालिदिए। उनीहरूले तिनलाई गाजामा ल्याएर काँसाका साङ्लाले बाँधे। तिनी झ्यालखानामा जाँतो पिंध्‍न थाले।
  • येशू सँगै अन्‍न पिँधिरहेका दुई स्त्रीको कुरा गर्नुहुन्छमत्ती 24:41, लुका 17:35
    पदहरू
    मत्ती 24:41दुई जना स्‍त्री जाँतो पिँधिरहेका हुनेछन्– एउटी लगिनेछ र अर्की त्यहीँ छोडिनेछ।
    लुका 17:35तिनीहरूमध्ये एक जना लगिनेछ, र अर्को छोडिनेछ।
  • येशू: घाँटीमा ठूलो जाँतो झुन्ड्याएर डुबाइनु बरु असलमत्ती 18:6
    पदहरू
    मत्ती 18:6तर ममा विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्यसको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो।
  • यर्मिया बेहुला-बेहुलीको स्वरसँगै जाँतोको आवाज गन्छन्यर्मिया 25:10
    पदहरू
    यर्मिया 25:10म आनन्द र खुसीको सोर, दुलहा र दुलहीको सोर, जाँतो पिंधेको सोर र बत्तिको उज्यालोको अन्त्य गरिदिनेछु।
  • विलाप: जवानहरू जाँतोमा कष्ट गर्छन्विलाप 5:13
    पदहरू
    विलाप 5:13युवाहरू जाँतोमा अन्‍न पिँध्‍न बाध्य पारिएका छन्, र ठिटाहरू दाउराको भारीले थिचिएर लडबडाउँदै हिँड्छन्।

भट्टी र रोटी पकाउने

  • भ्यागुताहरू मिश्रका भट्टी र मुछ्ने भाँडामा पस्नेथिएप्रस्थान 8:3
    पदहरू
    प्रस्थान 8:3नदी भ्यागुताहरूले भरिनेछ। तिनीहरू तेरो घर, सुत्‍ने कोठा र तेरो ओछ्यानमा आउनेछन्। तिनीहरू तेरा मानिसहरू, तेरा चुलाहरू र पिठो मुछ्ने आह्रीहरूमा आउनेछन्।
  • अन्‍नबलि भट्टीमा पकाउन वा तावामा पकाउन सकिन्थ्योलेवीहरू 2:4, लेवीहरू 7:9
    पदहरू
    लेवीहरू 2:4चुलोमा पकाइएको अखमिरी अन्‍नबलि चढाउँदा, त्यो तेल मिसाइएको मसिनो पिठोको नरम रोटी होस्, वा त्यो तेल लगाइएको अखमिरी कडा रोटी होस्।
    लेवीहरू 7:9चुलोमा बनाइएका सबै अन्‍नबलि र ताइताप्‍के वा ताउमा पकाइएका सबै बलि अर्पण गर्ने पुजारीकै हुने छ।
  • अशुद्ध सिनोले छोएको भट्टी फुटाउनुपर्थ्योलेवीहरू 11:35
    पदहरू
    लेवीहरू 11:35जुन कुरामाथि तिनीहरूको सिनु खस्‍छ, त्यो वस्तु भट्‍टी वा सानो चुलो जे भए तापनि त्यसलाई टुक्रा-टुक्रा गरिनुपर्छ। ती अशुद्ध हुन् र तिमीहरूका निम्ति ती अशुद्ध रहून्।
  • व्यवस्थाको एउटा श्राप: दस स्त्रीले एउटै भट्टीमा रोटी पकाउनेछन्लेवीहरू 26:26
    पदहरू
    लेवीहरू 26:26जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्‍त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन्। तिमीहरूले खाने त छौ, तर तृप्‍त हुने छैनौ।
  • साराले तीन सेआ मसिनो पीठो मुछेर रोटी पकाउनुपर्छउत्पत्ति 18:6
    पदहरू
    उत्पत्ति 18:6तब अब्राहाम तुरुन्तै पालमा साराकहाँ गएर भने, “चाँडो पाँच पाथी मसिनो पिठो ल्याई मुछेर रोटी बनाऊ।”
  • लोतले आफ्ना पाहुनाहरूका निम्ति अखमिरी रोटी पकाएउत्पत्ति 19:3
    पदहरू
    उत्पत्ति 19:3तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे। तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए।
  • फारोका मुख्य रोटी पकाउनेले शिरमा रोटीका तीनवटा टोकरीको सपना देखेउत्पत्ति 40:16–17
    पदहरू
    उत्पत्ति 40:16–17जब मुख्य पकाउनेले सपनाको अर्थ असल भएको देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेको थिएँ। रोटीका तिनवटा टोकरी मेरो टाउकोमाथि थिए। सबैभन्दा माथिको टोकरीमा फारोका निम्ति सबै किसिमका पकाइएका खाने कुरा थिए, तर चराहरूले मेरो टाउकोमाथिको टोकरीबाट ती खाइदिए।”
  • मिश्र छोड्दा इस्राएलले बोकेको मुछेको पीठोबाट अखमिरी रोटी पकायोप्रस्थान 12:34, प्रस्थान 12:39
    पदहरू
    प्रस्थान 12:34त्यसैले मानिसहरूले खमिर नमिसाइएको मुछेको पिठोको डल्लो लिए। तिनीहरूका मुछ्ने आह्रीहरू पहिले तिनीहरूका लुगा र तिनीहरूका कुममा बाँधिएका थिए।
    प्रस्थान 12:39तिनीहरूले मिश्रबाट ल्याएका पिठोको डल्लोबाट अखमिरी रोटी बनाए। यो खमिरविनाको थियो किनकि तिनीहरू मिश्रबाट धपाइएका थिए र खाना तयार गर्न तिनीहरूको लागि समय थिएन।
  • शबाथअघि: जे पकाउनु छ, पकाओप्रस्थान 16:23
    पदहरू
    प्रस्थान 16:23तिनले तिनीहरूलाई भने, “परमप्रभुले यसो भन्‍नुभएको छः भोलि विश्रामको दिन हो अर्थात् परमप्रभुको दृष्‍टिमा पवित्र शबाथ हो। तिमीहरू जे पकाउन चाहन्छौ, सो पकाओ र जे उमाल्न चाहन्छौ, सो उमाल। उब्रेको जति सबै बिहानसम्म आफ्नो लागि राख्‍नू'।”
  • परमप्रभुको सामु सुनको टेबलका निम्ति बाह्रवटा रोटी पकाइन्थेलेवीहरू 24:5–6
    पदहरू
    लेवीहरू 24:5–6तैँले मसिनो पिठो लिएर बाह्रवटा रोटी बनाउनू। हरेक रोटीमा एक पाथी पिठो होस्। त्यसपछि परमप्रभुको अगि शुद्ध सुनको टेबुलमाथि छ-छवटा गरी ती दुई ताँतीमा राख्‍नू।
  • शमूएल: राजाले तिमीहरूका छोरीहरूलाई भान्से र रोटी पकाउने बनाउनेछ१ शमूएल 8:13
    पदहरू
    १ शमूएल 8:13उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खाना बनाउने र रोटी बनाउने हुनलाई लिनेछन्।
  • एन्दोरकी ती स्त्रीले शाऊलका निम्ति पीठो मुछेर अखमिरी रोटी पकाइन्१ शमूएल 28:24
    पदहरू
    १ शमूएल 28:24ती स्‍त्रीको घरमा पालेको एउटा बाछो थियो। उनले त्यसलाई हतार काटिन्। उनले पिठो लिइन् र मुछिन् अनि यसको अखमिरी रोटी पकाइन्।
  • तामारले अमनोनका निम्ति पीठो मुछेर रोटी पकाइन्२ शमूएल 13:8
    पदहरू
    २ शमूएल 13:8त्यसैले तामार आफ्‍नो दाजु अमनोनको घरमा गइन् जहाँ तिनी पल्टिरहेका थिए। उनले पिठो लिइन् र तिनले देख्‍ने गरी पिठो मुछिन् र उनले रोटी पकाइन्।
  • एलिया ब्युँझँदा तातो भुङ्ग्रोमा पकाइएको रोटी थियो१ राजाहरू 19:6
    पदहरू
    १ राजाहरू 19:6एलियाले हेरे, र आफ्नो शिरनेर कोइलामा पोलेर तयार पारिएको रोटी र एक सुरही पानी देखे। त्यसैले तिनले खाए, र पिए अनि फेरि पल्टे।
  • यशैया: काठको एक भागले रोटी पकाउँछ, बाँकीबाट मूर्ति बन्छयशैया 44:15, यशैया 44:19
    पदहरू
    यशैया 44:15अनि मानिसले त्‍यसलाई दाउरा बाल्न र आफूलाई न्यानो पार्न प्रयोग गर्छ। हो, उसले आगो बाल्छ र रोटी पकाउँछ। त्‍यसपछि उसले त्‍यसबाट एउटा देउता बनाउँछ र त्‍यसमा घोप्टो पर्छ। उसले एउटा मूर्ती बनाउँछ र त्‍यसमा घोप्टो पर्छ।
    यशैया 44:19कसैले विचार गर्दैन, न तिनीहरूले बुझ्छन् र भन्छन्, “मैले रूखका केही भाग दाउरा बालें। हो, त्‍यसको भुङ्‍ग्रोमा मैले रोटी पनि पकाएको छु। त्‍यसको भुङ्‍ग्रोमा मैले मासुको सुकुटी पनि बनाएको र खाएको छु। अब के मैले त्‍यो रूखबाट बचेको अरू भागबाट पुजा गर्न घिन लाग्‍ने कुरा बनाउनू र? के म काठको टुक्रामा घोप्टो पर्नू र?”
  • यर्मियाले रोटी पकाउनेहरूको गल्लीबाट हरेक दिन एउटा रोटी पाएयर्मिया 37:21
    पदहरू
    यर्मिया 37:21त्यसैले राजा सिदकियाहले एउटा हुकुम दिए। तिनका अधिकारीहरूले यर्मियालाई गारदको चोकमा थुने। सहरमा सबै रोटी नसकुञ्जेलसम्म तिनलाई हरेक दिन एउटा रोटी दिइन्थ्यो। यसरी यर्मिया गारदको चोकमा रहे।
  • यरूशलेमको पर्खालमा भट्टीको बुर्जा थियोनहेम्याह 3:11, नहेम्याह 12:38
    पदहरू
    नहेम्याह 3:11हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले भट्टीको बुर्जासमेत अर्को भाग मर्मत गरे।
    नहेम्याह 12:38धन्यवाद दिनेहरूको अर्को गायन झुण्ड अर्को दिशामा गयो। मानिसहरूका आधा भागसँगै मैले तिनीहरूलाई पर्खालमा पछ्याएँ। यो झुण्ड भट्टिको बुर्जा भएर, चौडा पर्खालसम्म,

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार