Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › पहेलीहरू

अचम्मका विवरणहरू

बाइबलमा पहेलीहरू

पवित्र बाइबल (ULB) का 15 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

शिमशोनको पहेली

  • शिमशोनले आफूले मारेको सिंहभित्र मौरी र मह भेट्टाएन्यायकर्ताहरू 14:5–9
    पदहरू
    न्यायकर्ताहरू 14:5–9तब शिमशोन आफ्ना बुबा र आमासँग तल तिम्नामा गए, र तिनीहरू तिम्नाको दाखबारीमा गए। अनि हेर, त्‍यहाँ जवान सिंहहरूमध्‍ये एउटा माथि आयो र तिनीमाथि गर्जन थाल्यो। परमप्रभुका आत्मा अचानक तिनीमाथि आउनुभयो, र तिनले एउटा सानो पाठोलाई झैं तुरुन्‍तै त्यो सिंहलाई च्यातिदिए, र तिनको हातमा तिनीसित कुनै कुरा पनि थिएन। तर आफूले जे गरेका थिए, त्‍यो तिनले आफ्ना बुबा वा आमालाई भनेनन्। तिनी गए र त्यो स्‍त्रीसँग कुरा गरे, र जब शिमशोनले उनलाई हेरे, तब उनले तिनलाई खुसी पारिन्। केही दिनपछि जब तिनी उनलाई विवाह गर्न भनेर फर्के, तब त्‍यो सिंहको सिनु हेर्नलाई तिनी त्‍यतातिर गए। अनि हेर, तिनले छाडेका त्यो सिंहको सिनुमा मौरीको झुण्ड र मह थियो। तिनले आफ्ना हातमा मह लिए र तिनी जाँदा खाँदै गए। जब तिनी आफ्ना बुबा र आमाकहाँ आए, तिनले अलिकति मह तिनीहरूलाई पनि दिए, र तिनीहरूले खाए। तर तिनले त्यो मह सिंहको सिनुबाट लिएका थिए भन्‍ने कुरा तिनले भनेनन्।
  • बाजी: तीसवटा मलमलका लुगा र तीस जोर पोशाकन्यायकर्ताहरू 14:12–13
    पदहरू
    न्यायकर्ताहरू 14:12–13शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु। तिमीहरूमध्ये कसैले भोजको सात दिनभित्रमा अड्को फुकाएर त्यसको उत्तर मलाई भन्‍न सक्यौ भने, म तिमीहरूलाई तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू दिनेछु। तर तिमीहरूले मलाई उत्तर भन्‍न सकेनौ भने, तिमीहरूले मलाई तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू दिनुपर्नेछ।” तिनीहरूले उनलाई भने, “हामीलाई तिम्रो अड्को भन, ताकि हामी त्‍यो सनौं।”
  • खानेबाट केही खाने कुरो निस्क्योन्यायकर्ताहरू 14:14
    पदहरू
    न्यायकर्ताहरू 14:14तिनले उनीहरूलाई भने, “खानेबाट केही खाने कुरो निस्क्यो, बलियोबाट केही गुलियो कुरो निस्क्यो।” तर तिनका पाहुनाहरूले तिन दिनमा त्यसको उत्तर पाउन सकेनन्।
  • उनकी पत्नीले सात दिनसम्म कर गरिन्, अनि आफ्ना मानिसहरूलाई बताइदिइन्न्यायकर्ताहरू 14:15–17
    पदहरू
    न्यायकर्ताहरू 14:15–17चौथो दिनमा तिनीहरूले शिमशोनकी पत्‍नीलाई भने, “तिम्रो पतिलाई छल गर ताकि तिनले हामीलाई त्यो अड्कोको उत्तर बताऊन्, नत्रता हामी तिमी र तिम्रो बुबाको घरलाई आगो लगाइदिनेछौं। के हामीलाई गरिब बनाउनलाई तिमीले हामीलाई यहाँ बोलाएकी हौ?” शिमशोनकी पत्‍नी तिनको सामु रुन थालिन्। उनले भनिन्, “तपाईंले मलाई घृणा मात्र गर्नुहुन्छ! तपाईंले मलाई प्रेम गर्नुहुन्‍न। तपाईंले मेरा केही मानिसलाई अड्को थाप्नुभएको छ, तर तपाईंले मलाई उत्तर भन्‍नुभएको छैन।” शिमशोनले त्यसलाई भने, “यता हेर, मैले मेरो बुबा वा आमालाई त भनेको छैनँ, त के म तिमीलाई भनूँ?” भोजको सातौं दिनसम्म त्यो रोई। सातौं दिनमा तिनले उनलाई उत्तर भनिदिए किनभने उनले तिनलाई धेरै दबाब दिइन्। उनले आफ्ना नातेदारहरूलाई उत्तर भनिदिई।
  • महभन्दा गुलियो के हुन्छ र? सिंहभन्दा बलियो के हुन्छ र?न्यायकर्ताहरू 14:18
    पदहरू
    न्यायकर्ताहरू 14:18सातौं दिनमा सूर्य अस्ताउनअगि सहरका मानिसले तिनलाई भने, “महभन्दा गुलियो के हुन्छ र? सिंहभन्दा बलियो के हुन्छ र?” शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूले मेरो कोरेलीलाई नजोतेका भए, तिमीहरूले मेरो अड्कोको उत्तर पाउनेथिएनौ।”

अरू पहेलीहरू

  • शेबाकी रानीले कठिन प्रश्नहरूले सोलोमनको जाँच गरिन्१ राजाहरू 10:1–3, २ इतिहास 9:1–2
    पदहरू
    १ राजाहरू 10:1–3जब शेबाकी रानीले परमप्रभुको नाउँको सम्बन्धमा सोलोमनको कीर्ति सुनिन्, उनी कठिन प्रश्नहरू लिएर तिनलाई जाँच गर्न आइन्। उनी मसलाहरू लादिएका ऊँटहरू, थुप्रै सुन र धेरै बहुमूल्य रत्नहरू लिएर ज्यादै ठुलो लावालश्करसाथ यरूशलेम आइन्। उनी आइपुगेपछि उनले आफ्नो ह्रदयमा भएका सबै कुरा सोलोमनलाई बताइन्। सोलोमनले उनका सबै प्रश्नका जवाफ दिए। उनले सोधेका सबै प्रश्नको राजाले जवाफ दिए।
    २ इतिहास 9:1–2जब शेबाकी रानीले सोलोमनको ख्‍यातिको बारेमा सुनिन्, तब कठिन प्रश्‍नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन्‌। तिनी मसलाहरू, प्रशस्‍त सुन र धेरै बहुमूल्‍य रत्‍नहरूलाई ऊँटहरूमा लदाएर एक अत्‍यन्‍तै ठूलो लावालश्‍करसाथ आइन्‌। जब तिनी सोलोमनकहाँ आइन्, तब तिनले आफ्‍नो मनमा भएका सबै कुरा उनलाई भनिन्। सोलोमनले तिनका सबै प्रश्‍नहरूका जवाफ दिए। सोलोमनको निम्ति कुनै कुरा पनि प्रश्‍न कठिन भएन। तिनले जवाफ नदिएको कुनै पनि प्रश्‍न बाँकी रहेन।
  • परमेश्‍वर मोशासँग पहेलीमा होइन, स्पष्ट रूपमा बोल्नुहुन्छगन्ती 12:8
    पदहरू
    गन्ती 12:8म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु। त्यसले मेरो रूप देख्छ। यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन?”
  • एक भजनकार वीणा बजाएर आफ्नो पहेली प्रकट गर्छन्भजनसंग्रह 49:4
    पदहरू
    भजनसंग्रह 49:4म आफ्‍ना कान दृष्‍टान्तमा लगाउनेछु। म आफ्‍नो दृष्‍टान्तलाई वीणा बजाएर सुरु गर्नेछु।
  • हितोपदेश ज्ञानीहरूका पहेली बुझ्नका निम्ति हुन्हितोपदेश 1:6
    पदहरू
    हितोपदेश 1:6जसद्वारा तिनीहरूले हितोपदेशहरू, दृष्‍टान्तहरू, बुद्धिमानीहरूका वचनहरू र आहानहरू बुझून्।
  • दानिएल पहेलीको अर्थ खोल्न र कठिन समस्या समाधान गर्न सक्थेदानिएल 5:12
    पदहरू
    दानिएल 5:12यी मानिस, दानिएलमा उत्कृष्‍ट आत्मा, ज्ञान, समझ, सपनाको अर्थ खोल्न सक्‍ने, अड्को फुकाउन सक्‍ने र समस्याहरू हल गर्न सक्‍ने विशेषताहरू थिए, जसलाई राजाले बेलतसजर नाउँ दिनुभयो। अब दानिएललाई बोलाउनुहोस् र लेखिएको कुराको अर्थ तिनले हजुरलाई बताउनेछन्।”
  • इजकिएललाई एउटा ठूलो गरुडबारे पहेली सोध्न भनिन्छइजकिएल 17:2–3
    पदहरू
    इजकिएल 17:2–3“ए मानिसको छोरो, इस्राएलका घरानालाई एउटा उखान भन् र एउटा दृष्‍टान्‍त प्रस्‍तुत गर्। यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः ठुला पखेटा र धैरै रङ्का लामा सुन्‍दर प्‍वाँखहरू भएको एउटा ठुलो चील उडेर लेबनानमा आयो, र देवदारुको टुप्‍पामा बस्‍यो।
  • आगूरका भनाइहरू: तीन कुरा, चार कुराहितोपदेश 30:15–16, हितोपदेश 30:18–19, हितोपदेश 30:24–28
    पदहरू
    हितोपदेश 30:15–16जूकाका दुई छोरी छन्। “देऊ, देऊ” भन्दै तिनीहरू चिच्‍च्याउँछन्। तिनवटा कुरा छन् जुन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, र चारवटा कुरा जसले कहिल्यै “पुग्यो” भन्दैनन्। पाताल, बाँझी स्‍त्री, पानीले कहिल्यै सन्तुष्‍ट नहुने जमिन र कहिल्यै “पुग्यो” नभन्‍ने आगो।
    हितोपदेश 30:18–19तिनवटा कुरा छन्, जुन मेरा लागि ज्यादै उदेकका छन्, चारवटा छन्, जसलाई म बुझ्न सक्दिनँ: आकाशमा चिलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बिचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल।
    हितोपदेश 30:24–28पृथ्वीमा चारवटा कुरा साना छन्, र पनि तिनीहरू अत्यन्तै बुद्धिमान् छन्: कमिलाहरू निर्बल प्राणी हुन्, तरै पनि तिनीहरूले ग्रीष्म ऋतुमा आफ्नो भोजन तयार पार्छन्। शापानहरू शक्तिशाली प्राणी होइनन्, तरै पनि पहरामा तिनीहरूले आफ्नो घर बनाउछन्। सलहहरूको कुनै राजा हुँदैन, तरै पनि तिनीहरू हुल बाँधेर अगाडि बढ्छन्। छेपाराहरूलाई तपाईंका दुईवटा हातले समात्‍न सकिन्छ, तरै पनि तिनीहरू राजदरबारमा पाइन्छन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार