Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › इँटा र इँटा बनाउने काम

अचम्मका विवरणहरू

बाइबलमा इँटा र इँटा बनाउने काम

पवित्र बाइबल (ULB) का 15 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

  • बाबेलमा: आओ, इँटा बनाऔँ र राम्ररी पोलौँउत्पत्ति 11:3
    पदहरू
    उत्पत्ति 11:3तिनीहरूले आपसमा भने, “आओ, ईंटहरू बनाऔँ र तिनीहरूलाई राम्ररी पलौँ।” तिनीहरूसँग ढुङ्गाको सट्टामा ईंट थियो र हिलोको सट्टामा अलकत्रा थियो।
  • तिनीहरूले ढुङ्गाको सट्टा इँटा र गारोको सट्टा अलकत्रा प्रयोग गरेउत्पत्ति 11:3
    पदहरू
    उत्पत्ति 11:3तिनीहरूले आपसमा भने, “आओ, ईंटहरू बनाऔँ र तिनीहरूलाई राम्ररी पलौँ।” तिनीहरूसँग ढुङ्गाको सट्टामा ईंट थियो र हिलोको सट्टामा अलकत्रा थियो।
  • इजकिएलले एउटा इँटामा यरूशलेम सहरको चित्र कोरेइजकिएल 4:1
    पदहरू
    इजकिएल 4:1“तर ए मानिसको छोरो, आफ्नो निम्ति एउटा इँट लिएर त्‍यो तेरो सामु राख्। त्यसपछि त्‍यसमाथि यरूशलेमको नक्सा बना।
  • दाऊदले अम्मोनीहरूलाई इँटाभट्टामा काम लगाए२ शमूएल 12:31
    पदहरू
    २ शमूएल 12:31तिनले त्यस सहरमा भएका मानिसहरूलाई लिएर आए, र तिनीहरूलाई आराहरू, फलामको हतियारको र बन्चरोको कामहरू गर्न बाध्य पारे। तिनले उनीहरूलाई इँटको भट्टाहरूमा काम गर्न लगाए। दाऊदले अम्‍मोनका मानिसहरूका सबै सहरलाई यो श्रमको काम गर्न लगाए। तब दाऊद र सबै फौज यरूशलेम फर्के।
  • यर्मियाले तहपेनसमा फारोको दरबारको इँटाको भुइँमा ढुङ्गा गाडेयर्मिया 43:9
    पदहरू
    यर्मिया 43:9“तेरा हातमा केही ठुला-ठुला ढुङ्गाहरू ले, र यहूदाका मानिसहरूको दृष्‍टिमा तहपेनसस्थित फारोको दरबारको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि तिनलाई गाड्।”
  • यशैयामा एउटा घमण्ड: इँटा खसेका छन्, तर हामी कुँदेका ढुङ्गाले फेरि बनाउनेछौँयशैया 9:10
    पदहरू
    यशैया 9:10“इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं। अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्‍नेछौं।”
  • यशैया इँटाका वेदीमा बालिने धूपको उल्लेख गर्छन्यशैया 65:3
    पदहरू
    यशैया 65:3तिनीहरूले मलाई बगैंचामा बलिदान चढाएर र इँटको वेदीमाथि धूप बालेर मलाई निरन्तर क्रोधित बनाए।
  • नहूम निनवेलाई: हिलो कुल्ची, इँटाभट्टा मर्मत गर!नहूम 3:14
    पदहरू
    नहूम 3:14घेरावन्दीको दिनको निम्ति पानी भर्, आफ्ना किल्लाहरू बलियो पार्। हिलोमा जा, र त्यसलाई कुल्ची। इट बनाउने भाँडो बोक्।

मिश्रमा

  • इँटा र गारोको कामले इस्राएलीहरूको जीवन तीतो पारियोप्रस्थान 1:14
    पदहरू
    प्रस्थान 1:14मिश्रीहरूले मसला र इँटको कामसाथै खेतका कठिन कामहरू गर्न लगाएर तिनीहरूका जीवनै खल्लो बनाइदिए। तिनीहरूले लगाएका कामहरू कठिन थिए।
  • तिनीहरूले पिताम र रामसेस भण्डारका सहर बनाएप्रस्थान 1:11
    पदहरू
    प्रस्थान 1:11त्यसैले तिनीहरूलाई कठोर काम लगाएर तिनीहरूमाथि थिचोमिचो गर्न तिनीहरूले नाइकेहरू खटाए। इस्राएलीहरूले पिताम र रामसेस नामक भण्डारका सहरहरू बनाए।
  • फारो: अब पराल छैन, तर इँटाको कोटा उत्तिकैप्रस्थान 5:7–8
    पदहरू
    प्रस्थान 5:7–8“पहिलेझैँ तिमीहरूले मानिसहरूलाई इँट बनाउन पराल नदेओ। तिनीहरू आफै गएर तिनीहरूका निम्ति पराल जम्मा गरून्। तरै पनि तिमीहरूले तिनीहरूबाट पहिले जत्तिकै इँटको सङ्ख्या माग्‍नू। त्योभन्दा कम स्वीकार नगर किनकि तिनीहरू अल्छे भएका छन्। त्यसैले तिनीहरू यसो भन्दै कराउँछन्, 'हाम्रा परमेश्‍वरकहाँ गएर बलिदान चढाउन हामीलाई अनुमति दिनुहोस्।'
  • मानिसहरू परालका निम्ति ठुटा बटुल्न सारा मिश्रमा छरिएप्रस्थान 5:12
    पदहरू
    प्रस्थान 5:12त्यसैले मानिसहरू परालका टुक्राटाक्री बटुल्न मिश्रभरि छरिए।
  • कोटा नपुगेकोमा इस्राएली नाइकेहरूलाई पिटियोप्रस्थान 5:14
    पदहरू
    प्रस्थान 5:14फारोका नाइकेहरूले इस्राएली नाइकेहरूलाई पिटे। यी तिनै मानिसहरू थिए जसलाई कामदारहरूको रेखदेख गर्न राखिएको थियो। नाइकेहरूले यसो भनेर सोधिरहे, “तिमीहरूले विगतमा गरेझैँ हिजोआज किन चाहेजति इँटहरू बनाइरहेका छैनौ?”
  • पराल दिइएको छैन, तैपनि हामीलाई भनिन्छ: इँटा बनाओ!प्रस्थान 5:16
    पदहरू
    प्रस्थान 5:16हजुरका दासहरूलाई पराल नदिएको भए तापनि तिनीहरू हामीलाई यसो भन्दै छन्, 'इँटहरू बनाओ।' अब हामी हजुरका दासहरूलाई पिटिन पनि थालिएको छ। तर यो त हजुरका आफ्नै मानिसहरूको दोष हो।”
  • तिमीहरूले इँटाको दैनिक कोटा घटाउनु हुँदैनप्रस्थान 5:18–19
    पदहरू
    प्रस्थान 5:18–19त्यसैले काममा फर्केर जाओ। तिमीहरूलाई अब उसो पराल दिइनेछैन, तरै पनि तिमीहरूले उही सङ्ख्यामा इँटहरू बनाउनुपर्छ।” “तिमीहरूले दैनिक उत्पादन गर्ने इँटहरूको सङ्ख्या कम हुनुहुँदैन” भनी इस्राएली नाइकेहरूलाई बताइँदा तिनीहरू कष्‍टमा भएको तिनीहरूले देखे।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार