खोजी गर्नुहोस् › विषयहरू › मसक, घैँटा र कुप्पी
अचम्मका विवरणहरू
बाइबलमा मसक, घैँटा र कुप्पी
पवित्र बाइबल (ULB) का 31 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
पानी, दाखमद्य र दूधका मसक
- अब्राहामले हागारलाई रोटी र पानीको एउटा मसक दिएउत्पत्ति 21:14
पदहरू
उत्पत्ति 21:14अब्राहाम सबेरै उठे, अनि रोटी र पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए। उनले बालकलाई तिनकै साथमा दिएर पठाए। तिनी त्यहाँबाट गइन् र बेर्शेबाको उजाड-स्थानमा भौँतारिन्।
- मसक खाली भएपछि उनले एउटा इनार भेट्टाइन् र त्यो भरिन्उत्पत्ति 21:15, उत्पत्ति 21:19
पदहरू
उत्पत्ति 21:15जब मशकको पानी सक्कियो, तिनले बालकलाई एउटा पोथ्रोमुनि छोडिन्।
उत्पत्ति 21:19त्यसपछि परमप्रभुले तिनका आँखा खोलिदिनुभयो, र तिनले पानीको एउटा कुवा देखिन्। तिनी गएर त्यस मशकमा पानी भरिन्, अनि बालकलाई पानी दिइन्।
- याएलले सीसरालाई दूधको भाँडोबाट पिउन दिइन्न्यायकर्ताहरू 4:19
पदहरू
न्यायकर्ताहरू 4:19उनले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ, किनकि मलाई तिर्खा लागेको छ।” तिनले दूध हालिएको मशक खोलिन् र तिनलाई पिउन दिइन्, र तिनले उनलाई फेरि ओढाइदिइन्।
- गिबोनीहरूले च्यातिएका र टालिएका पुराना दाखमद्यका मसक देखाएयहोशू 9:4, यहोशू 9:13
पदहरू
यहोशू 9:4उनीहरूले धूर्त योजना बनाएर काम गरे। उनीहरू समाचारवाहकको रूपमा गए। उनीहरूले फाटिसकेको बोराहरू लिए र उनीहरूका गधामाथि राखे। उनीहरूले पुरानो, फाटेको र मरम्मत गरिएका मशकहरू पनि लिए।
यहोशू 9:13१३ हामीले मशकहरू भर्दा यिनीहरू नयाँ नै थिए र हेर्नुहोस्, अहिले यी चुहिरहेका छन्। धेरै लामो यात्राको कारण हाम्रा लुगा र जुत्ताहरू फाटिसकेका छन्'।”
- हन्नाले साँढे, पीठो र दाखमद्यको एउटा मसक लिएर शमूएललाई शीलो ल्याइन्१ शमूएल 1:24
पदहरू
१ शमूएल 1:24जब उनले उसलाई दूध छोडाइन्, तब उनले तिन वर्षे साँढे, पाँच पाथी पिठो, एक मशक दाखमद्यको साथमा उसलाई आफूसँगै लिएर गइन्, अनि उसलाई शीलो भएकोमा परमप्रभुको भवनमा ल्याइन्। यति बेला त्यो बालक सानै थियो।
- बेथेल जाँदै गरेका तीन जना: बाख्रा, तीनवटा रोटी र दाखमद्यको एउटा मसक१ शमूएल 10:3
पदहरू
१ शमूएल 10:3तब तपाईं त्यहाँबाट अगि जानुहुँदा, तपाईं तबोरको फलाँटको रूखमा आउनुहुनेछ। एक जनाले तिनवटा पाठा, अर्कोले तिन वटा रोटी र अर्कोले एक मशक दाखमद्य बोकेर बेथेलमा परमेश्वरकहाँ गइरहेका तिन जना मानिसहरूलाई तपाईंले भेट्टाउनुहुनेछ।
- यिशैले दाऊदलाई रोटी, दाखमद्यको एउटा मसक र एउटा पाठोसहित शाऊलकहाँ पठाए१ शमूएल 16:20
पदहरू
१ शमूएल 16:20यिशैले रोटी, दाखमद्यको भाँडो, एउटा पाठोलाई गधामा बोकाए र आफ्नो छोरा दाऊदसँगै ती शाऊलकहाँ पठाए।
- अबीगेलले दाऊदका निम्ति दाखमद्यका दुई मसक र धेरै खानेकुरा ल्याइन्१ शमूएल 25:18
पदहरू
१ शमूएल 25:18अनि अबीगेलले हतार गरिन् र दुई सय रोटी, दुई मशक दाखमद्य, पहिले नै तयार पाँच वटा भेडा, आठ पाथी सुकेको अन्न, एक सय झुप्पा किशमिश, दुई सय डल्ला सुकेको नेभारा लिए र तिनलाई गधामाथि राखिन्।
- सीबा भारी लादिएका गधा र दाखमद्यको एउटा मसक लिएर दाऊदलाई भेटे२ शमूएल 16:1
पदहरू
२ शमूएल 16:1दाऊद डाँडाको चुचुरोबाट अलिकति पर पुग्दा, मपीबोशेतको नोकर सीबा केही गधाहरू जीन-काठी कसेर दाऊदलाई भेट्न आए। तिनमा दुई सयवटा रोटी, एक सय झुप्पा किसमिस, नेभारा एक सय झुप्पा र एक मशक दाखमद्य थिए।
- येशू: नयाँ दाखमद्य कसैले पुराना मसकमा हाल्दैनमत्ती 9:17, मर्कूस 2:22, लुका 5:37–38
पदहरू
मत्ती 9:17न त कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्दछ। तिनीहरूले त्यसो गरे भने, त्यो मशक फुट्नेछ र सबै दाखमद्य पोखिनेछ, र मद्यको मशक नष्ट हुनेछ। त्यसको सट्टामा, तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा रख्दछन्, र दुवै सुरक्षित रहन्छन्।”
मर्कूस 2:22कसैले पनि नयाँ दाखरस पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउँछ अनि दाखमद्य र मशक दुवै गुम्नेछन्। बरु नयाँ दाखमद्य नयाँ मशकमा हाल।”
लुका 5:37–38साथै कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन। उसले त्यसो गर्यो भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिन्छ र मशक पनि नष्ट हुनेछ। तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्नुपर्छ।
- एलीहू: मेरो पेट नयाँ मसकझैँ फुट्न लागेको छअय्यूब 32:19
पदहरू
अय्यूब 32:19मेरो छाती फुल्दै गरेको दाखमद्यझैं भएको छ जसको प्वाल छैन। नयाँ मशकझैं यो फुट्नलाई तयार छ।
- एक भजनकार: धुवाँले सुकेको मसकजस्तोभजनसंग्रह 119:83
पदहरू
भजनसंग्रह 119:83किनकि म धूवाँमा राखेको मशकजस्तो भएको छु। तपाईंका विधिहरू म बिर्सिन्न।
- एक भजनकार: मेरा आँसुहरू तपाईंको बोतलमा राख्नुहोस्भजनसंग्रह 56:8
पदहरू
भजनसंग्रह 56:8मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्नुहोस् र मेरा आँसुहरू तपाईंको बोतलमा राख्नुहोस्। के ती तपाईंका पुस्तकमा छैनन् र?
घैँटा र कुप्पी
- रिबेका काँधमा गाग्री लिएर निस्किन्उत्पत्ति 24:15
पदहरू
उत्पत्ति 24:15त्यसले यो भनिसकेको पनि थिएन, रिबेका काँधमा गाग्रो राखेर आइन्। तिनी अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काको छोरो बतूएलकी छोरी थिइन्।
- गिदोनका मानिसहरूले घैँटाभित्र राँको बोके र घैँटा फुटाएन्यायकर्ताहरू 7:16, न्यायकर्ताहरू 7:19–20
पदहरू
न्यायकर्ताहरू 7:16ति तिन सय जना मानिसलाई तिनले तिनवटा समुहमा विभाजन गरे, र तिनले उनीहरूलाई सबै तुरहीहरू र हरेक गाग्रोभित्र राँको हालेर खाली गाग्रोहरू दिए।
न्यायकर्ताहरू 7:19–20यसैले गिदोन र तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए। मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए, तिनीहरूले तुरहीहरू फुके र आफ्ना हातहरूमा भएका गाग्रोहरू फुटाए। तिनै दलले तुरहीहरू फुके र गाग्रोहरू फुटाए। तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए र तुरही फुक्नलाई दाहिने हातमा बोके। तिनीहरू कराएर भने, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार।”
- शमूएलले शाऊलको शिरमा तेलको एउटा कुप्पी खन्याए१ शमूएल 10:1
पदहरू
१ शमूएल 10:1त्यसपछि शमूएलले एक ढुङ्ग्रो तेल लिए, त्यो शाऊलको शिरमाथि खन्याए, तिनलाई चुम्बन गरे। तिनले भने, “के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन र?
- दाऊदले सुतिरहेका शाऊलको शिरनजिकबाट भाला र पानीको गाग्री लिए१ शमूएल 26:12
पदहरू
१ शमूएल 26:12त्यसैले दाऊदले भाला र पानीको सुराही शाऊलको शिरनेरबाट लिए र तिनीहरू गए। तिनीहरूलाई कसैले देखेन वा यो कसैले थाहा पाएन, न त कोही ब्युँझिए, किनकि तिनीहरू सबै मस्त निदाएका थिए, किनकि परमप्रभुबाट आएको गहिरो निद्रा तिनीहरूमाथि परेको थियो।
- सारपातकी विधवासँग भाँडोमा एक मुट्ठी पीठो र अलिकति तेल थियो१ राजाहरू 17:12
पदहरू
१ राजाहरू 17:12उनले भनिन्, “परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि मसित कुनै रोटी छैन, तर भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलकति तेल छ। हेर्नुहोस्, म र मेरो छोरोको लागि खाना बनाई खाएर हामी नमरूँ भनी मैले दुईचार टुक्रा दाउरा बटुल्दै छु।”
- एउटी विधवाले भाँडा नसकिन्जेल तेल खन्याइन्२ राजाहरू 4:2–6
पदहरू
२ राजाहरू 4:2–6त्यसैले एलीशाले तिनलाई भने, “तिम्रो निम्ति म के गरौं? घरमा तिमीसँग के छ मलाई भन।” तिनले भनिन्, “तपाईंका दासीको घरमा एउटा भाँडोमा तेलबाहेक केही छैन।” तब एलीशाले भने, “तिम्रा छिमेकीहरूबाट रित्ता भाँडाहरू पैँचो माग्न जाऊ। सकेजति धेरै पैँचो माग। त्यसपछि तिमी भित्र जाऊ र तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गर, अनि ती सबै भाँडामा तेल खन्याऊ। भरिएका भाँडाहरू एकापट्टि राख।” त्यसैले तिनी एलीशाबाट विदा भइन्, र तिनले आफ्ना छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गरिन्। तिनीहरूले तिनीकहाँ भाँडाहरू ल्याए, र तिनले ती तेलले भरिन्। जब ती भाँडाहरू भरिए तब तिनले आफ्नो छोरोलाई भनिन्, “अर्को भाँडा मकहाँ ल्याऊ।” तर उसले तिनलाई भन्यो, “अब एउटै भाँडा पनि छैन।” त्यसपछि तेल आउन पनि छाड्यो।
- एलीशाले एक युवा अगमवक्तालाई तेलको कुप्पीसहित रामोत-गिलाद पठाए२ राजाहरू 9:1
पदहरू
२ राजाहरू 9:1अगमवक्ताहरूका छोराहरूमध्ये एक जनालाई एलीशा अगमवक्ताले बोलाए र तिनलाई भने, “यात्राको लागि लुगा लगाऊ, अनि तिम्रो हातमा तेलको यो सानो भाँडो लेऊ र रामोत-गिलादमा जाऊ।
- यर्मियाले कुमालेको माटोको घैँटो किने र धर्म-गुरुहरूका सामु फुटाएयर्मिया 19:1, यर्मिया 19:10
पदहरू
यर्मिया 19:1परमप्रभुले यसो भन्नुभयो, “जा र तँ मानिसहरू र पुजारीहरूका धर्म-गुरुहरूसित हुँदा कुमालेको माटोको भाँडो किन्।
यर्मिया 19:10“तब तँसगै गएका मानिसहरूका आँखाकै सामु तैंले त्यो माटोको भाँडा फुटाइदे।
- कानामा हरेकमा बीसदेखि तीस ग्यालन अटाउने छवटा ढुङ्गाका घैँटा मुखसम्म भरिएयूहन्ना 2:6–7
पदहरू
यूहन्ना 2:6–7त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “भाँडाहरूमा पानी भर।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए।
- पानीको गाग्री बोकेको एक मानिसले चेलाहरूलाई डोर्याउनेथियोमर्कूस 14:13
पदहरू
मर्कूस 14:13उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्ने मानिसले तिमीहरूलाई भेट्नेछ र उसलाई पछ्याओ।
- सामरी स्त्रीले आफ्नो गाग्री छोडेर सहरमा गइन्यूहन्ना 4:28
पदहरू
यूहन्ना 4:28त्यसैले, ती स्त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्,
- एउटी स्त्रीले जटामसीको सङ्गमरमरको भाँडो फुटाएर येशूको शिरमा खन्याइन्मर्कूस 14:3
पदहरू
मर्कूस 14:3जब येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शिशीमा लिएर येशूकहाँ आइन्, जुन शुद्ध जटामसी थियो। तिनले त्यो शिशीलाई फुटाइन् र उहाँको टाउकोमा खन्याइन्
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार