ULB · अध्याय 5 / 50
उत्पत्ति 5
1आदमका सन्तानहरूका विवरण यही हो। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो।
2उहाँले तिनीहरूलाई नर र नारी सृष्टि गर्नुभयो। उहाँले तिनीहरूलाई सृष्टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो।
3आदम १३० वर्षको हुँदा तिनी आफ्नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे।
4आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे। तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए।
5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे।
6शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए।
7तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए।
8शेत ९१२ वर्ष बाँचे र तिनी मरे।
9एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए।
10तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए।
11एनोश ९०५ वर्ष बाँचे र तिनी मरे।
12केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए।
13तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए।
14केनान ९१० वर्ष बाँचे र तिनी मरे।
15महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए।
16तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए।
17महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे।
18येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए।
19तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए।
20येरेद ९६२ बाँचे र तिनी मरे।
21हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए।
22हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्वरसँगै हिँडे।
23तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए।
24हनोक परमेश्वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्वरले तिनलाई लानुभयो।
25मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए।
26तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए।
27मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे।
28लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए।
29तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ।”
30लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे। तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए।
31लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे।
32नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए।
पवित्र बाइबल (ULB) (ULB, 2019) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. (पाठ परिवर्तनबिना; फुटनोट र शीर्षकहरू हटाइएका) · eBible.org