खोजी गर्नुहोस् › विषयहरू › अल्छीपन
दैनिक जीवन
बाइबलमा अल्छीपन
पवित्र बाइबल (ULB) का 26 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
हितोपदेशका भनाइहरू
- ए अल्छी, कमिलाकहाँ जा: त्यसले गर्मीमा खाना बटुल्छहितोपदेश 6:6–8
पदहरू
हितोपदेश 6:6–8ए अल्छे मानिस, कमिलालाई हेर्। त्यसका चालहरूलाई विचार गरेर बुद्धिमानी बन्। त्यसको कुनै अगुवा, हाकिम वा शासक हुँदैन, तरै पनि ग्रिष्म ऋतुमा त्यसले आफ्नो भोजन तयार गर्छ, र कटनीको बेला आफ्नो खानेकुरा सञ्चय गर्छ।
- अलिकति निद्रा, र गरिबी डाँकाझैँ आइपुग्छहितोपदेश 6:9–11
पदहरू
हितोपदेश 6:9–11ए अल्छे मानिस, तँ कहिलेसम्म सुत्ने छस्? तेरो निद्राबाट तँ कहिले ब्युँझने छस्? क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्ने कामले गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ।
- अल्छीको खेत: काँडा, सिउँडी र भत्केको ढुङ्गाको पर्खालहितोपदेश 24:30–34
पदहरू
हितोपदेश 24:30–34म अल्छे मानिसको खेतनेरबाट गएँ, बेसमझ मानिसको दाखबारीबाट भएर गएँ। जताततै काँढाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकिएको थियो, र यसको ढुङ्गाको पर्खाल तोडिएको थियो। तब मैले देखेका कुरामा मैले विचार गरेँ। मैले हेरेँ र अर्ती प्राप्त गरेँ। क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्ने कामले गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ।
- अल्छी हातले मानिसलाई गरिब बनाउँछहितोपदेश 10:4
पदहरू
हितोपदेश 10:4अल्छे हातले मानिसलाई गरिब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ।
- कटनीको बेला सुत्ने छोरा लाजमर्दो हुन्छहितोपदेश 10:5
पदहरू
हितोपदेश 10:5बुद्धिमान् छोरोले ग्रिष्म ऋतुमा फसल जोहो गर्छ, तर कटनीको समयमा सुत्नेले अपमान ल्याउँछ।
- दाँतलाई सिर्काजस्तो र आँखालाई धुवाँजस्तोहितोपदेश 10:26
पदहरू
हितोपदेश 10:26दाँतमा सिर्का र आँखामा धुवाँजस्तै अल्छे आफूलाई पठाउनेहरूका निम्ति त्यस्तै हुन्छ।
- अल्छीपनको अन्त्य जबरजस्ती श्रममा हुन्छहितोपदेश 12:24
पदहरू
हितोपदेश 12:24परिश्रमीको हातले शासन गर्ने छ, तर अल्छे मानिसलाई जबरजस्ती काम लगाइने छ।
- अल्छीले आफ्नो सिकार पनि पोल्दैनहितोपदेश 12:27
पदहरू
हितोपदेश 12:27अल्छे मानिसले आफ्नो सिकार फेला पार्दैन, तर परिश्रमी मानिसले बहुमूल्य सम्पत्ति पाउने छ।
- अल्छी लालायित हुन्छ, तर उसँग केही हुँदैनहितोपदेश 13:4, हितोपदेश 21:25
पदहरू
हितोपदेश 13:4अल्छे मानिसको भोकले लालस गर्छ, तर केही पाउँदैन, जब कि परिश्रमी मानिसको भोक पूर्ण रूपमा सन्तुष्ट हुने छ।
हितोपदेश 21:25अल्छेको इच्छाले त्यसलाई मार्छ, किनकि त्यसको हातले काम गर्न इन्कार गर्छ।
- अल्छीको बाटो काँडाको बारजस्तो हुन्छहितोपदेश 15:19
पदहरू
हितोपदेश 15:19अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैँ हुन्छ, तर धर्मीको बाटो निर्मित लोकमार्ग हो।
- काममा अल्छी: नाश गर्नेको भाइहितोपदेश 18:9
पदहरू
हितोपदेश 18:9आफ्नो काम गराइमा मन्द हुने व्यक्ति सर्वनाश गर्नेको भाइजस्तै हो।
- ऊ थालमा हात गाड्छ र मुखसम्म उठाउँदैनहितोपदेश 19:24, हितोपदेश 26:15
पदहरू
हितोपदेश 19:24अल्छेले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पनि ल्याउँदैन।
हितोपदेश 26:15अल्छे मानिसले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पुर्याउन पनि त्योसित शक्ति हुँदैन।
- ऊ समयमा जोत्दैन र कटनीमा केही पाउँदैनहितोपदेश 20:4
पदहरू
हितोपदेश 20:4अल्छेले शरद् ऋतुमा जोत्दैन। त्यसले कटनीको बेला फसल खोज्छ, तर केहीँ पाउने छैन।
- बाहिर सिंह छ!हितोपदेश 22:13, हितोपदेश 26:13
पदहरू
हितोपदेश 22:13अल्छे मानिसले भन्छ, “बाटोमा एउटा सिंह छ। मलाई खुला ठाउँहरूमा मारिने छ।”
हितोपदेश 26:13अल्छे मानिसले भन्छ, “सडकमा सिंह छ। खुला ठाउँहरूका बिचमा सिंह छ।”
- ढोका कब्जामा घुमेझैँ अल्छी आफ्नो ओछ्यानमा घुम्छहितोपदेश 26:14
पदहरू
हितोपदेश 26:14ढोका आफ्नो कब्जामा यताउता हल्लेझैँ अल्छे मानिस आफ्नो खाटमा पल्टन्छ।
- विवेकसाथ जवाफ दिने सात जनाभन्दा आफ्नै नजरमा बढी बुद्धिमान्हितोपदेश 26:16
पदहरू
हितोपदेश 26:16सही न्यायसहित प्रतिक्रिया दिने सात जना मानिसभन्दा अल्छे मानिस त्यसको आफ्नै दृष्टिमा बुद्धिमान् हुन्छ।
अन्यत्र
- अल्छीपनले छानो खस्छ र घर चुहिन्छउपदेशक 10:18
पदहरू
उपदेशक 10:18अल्छेपनको कारण छाना भत्कन्छ, र निष्क्रिय हातको कारण घर चुहुने हुन्छ।
- मूर्खले आफ्ना हात बाँध्छउपदेशक 4:5
पदहरू
उपदेशक 4:5मूर्खले आफ्ना हात बाँधेर बस्छ, र कुनै काम गर्दैन। त्यसैले त्यसको भोजन त्यसको आफ्नै शरीर हुन्छ।
- आफ्नो तोडा गाड्ने नोकरलाई अल्छी भनिन्छमत्ती 25:26
पदहरू
मत्ती 25:26तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो।
- तिम्रो जोस घट्न नदेऊरोमी 12:11
पदहरू
रोमी 12:11लगनशीलताको सम्बन्धमा नहिच्किचाओ। आत्माको सन्बन्धमा उत्सुक होओ। प्रभुको सम्बन्धमा उहाँको सेवा गर।
- कसैले काम गर्न चाहँदैन भने उसले नखाओस्२ थेसलोनिकी 3:10–12
पदहरू
२ थेसलोनिकी 3:10–12हामी तिमीहरूसँग हुँदा आज्ञा गरेका थियौँ, “यदि कसैले काम गर्न चाहँदैन भने, उसले खाना पनि नखाओस्”। किनकि हामीले सुन्यौँ कोही-कोही अल्छी भएर काम नगरीकन तिमीहरूको माझमा हिँड्दछन्, तिनीहरू काम गर्दैनन् तर अर्काको काममा हात लगाउनेहरू भएका छन्। यस्ताहरूलाई हामी ख्रीष्ट येशूमा उत्साह र आज्ञा दिँदछौँ, ताकि तिनीहरू शान्तसँग काम गरून् र आफ्नै मेहनतद्वारा जीविकोपार्जन गरून्।
- जवान विधवाहरू घर-घर डुल्दै अल्छी हुन सिक्छन्१ तिमोथी 5:13
पदहरू
१ तिमोथी 5:13तिनीहरू अल्छी गर्ने पनि हुन्छन्। तिनीहरू अल्छी गर्ने मात्र होइन तर कुरौटे र अर्काको काममा हस्तक्षेप गर्ने पनि बन्छन्। तिनीहरूल भन्न नहुने कुरा भन्छन्।
- सुस्त नहोओहिब्रू 6:12
पदहरू
हिब्रू 6:12त्यसैले, तिमीहरू अल्छे नहोओ, तर विश्वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार