Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › उपवास

दैनिक जीवन

बाइबलमा उपवास

पवित्र बाइबल (ULB) का 40 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

शोक र दुःखमा

  • याबेशका मानिसहरू शाऊलका हड्डी गाड्छन् र सात दिन उपवास बस्छन्१ शमूएल 31:13
    पदहरू
    १ शमूएल 31:13त्यसपछि तिनीहरूले उनीहरूका हड्‍डीहरू लिए र तिनलाई याबेशको झ्याउको रूखमुनि गाडे अनि तिनीहरू सात दिनसम्म उपवास बसे।
  • दाऊद र उनका मानिसहरू शाऊल र जोनाथनका निम्ति साँझसम्म उपवास बस्छन्२ शमूएल 1:12
    पदहरू
    २ शमूएल 1:12तिनीहरूले शाऊल, उनका छोरा जोनाथन, परमप्रभुका मानिसहरू र इस्राएलको घरानाको निम्ति विलाप गरे, रोए र साँझसम्म उपवास बसे, किनभने तिनीहरू तरवारद्वारा नाश भएका थिए।
  • अबनेरको मृत्युपछि दाऊद घाम नअस्ताउन्जेल खान मान्दैनन्२ शमूएल 3:35
    पदहरू
    २ शमूएल 3:35दिन छँदा नै दाऊदललाई खान मनाउन सबे मानिस आए तर दाऊदले शपथ खाए, “घाम नडुबेसम्म मैले रोटी वा कुनै कुरा चाखें भने परमेश्‍वरले मलाई यो वा योभन्दा बढ्ता गर्नुभएको होस्।”
  • दाऊद बिरामी बच्चाका निम्ति उपवास बस्छन् र बच्चा मरेपछि खान्छन्२ शमूएल 12:16–23
    पदहरू
    २ शमूएल 12:16–23दाऊदले त्‍यो केटाको निम्‍ति परमप्रभुसँग बिन्ती गरे। दाऊद उपवास बसे र भित्र गए र रातभरि भुईंमा पल्टिरहे। तिनका घरानाका ठुलाहरू उठे र तिनलाई भुईंबाट उठाउन तिनको छेउमा खडा भए, तर तिनी उठेनन् र तिनले तिनीहरूसँग केही पनि खाएनन्। सातौं दिनमा त्‍यो बालक मर्‍यो। त्‍यो बालक मर्‍यो भनेर दाऊदका सेवकहरूले तिनलाई भन्‍न डराए, किनकि तिनीहरूले भने, “हेर्नुहोस्, त्‍यो बालक जीवितै हुँदा हामीले उहँसित बोल्‍यौं र उहाँले हाम्रा कुरा सुन्‍नुभएन। हामीले त्‍यो बालक मर्‍यो भन्यौं भने, उहाँले आफूलाई के गर्नुहोला?” तर जब दाऊदले आफ्‍ना सेवकहरूले आपसमा कानेखुसी गरिरहेको देखे, तब बालक मरेछ भनी दाऊदले थाहा पाए। तिनले आफ्ना सेवकहरूलाई भने, “के त्‍यो बालक मर्‍यो?” तिनीहरूले जवाफ दिए, “त्‍यो मर्‍यो।” तब दाऊद भुईंबाट उठे र आफू नुहाए, आफूलाई तेल घसे र आफ्‍ना लुगा फेरे। तिनी परमप्रभुको पवित्र वासस्थानमा गए र त्यहाँ आराधना गरे र त्‍यसपछि आफ्‍नो दरबारमा फर्केर आए। तिनले खाने कुराहरू मागेपछि, तिनीहरूले खाने कुरा दिए र तिनले खाए। तब तिनका सेवकहरूले तिनलाई भने, “तपाईंले किन यसो गर्नुभएको छ? त्‍यो बालक जिउँदो हुँदा तपाईं उपवास बस्‍नुभयो र रुनुभयो, तर जब बालक मर्‍यो, तब तपाईं उठ्नुभयो र खानुभयो।” दाऊदले जवाफ दिए, “बालक जीवित हुँदा म उपवास बसें र रोएँ। मैले भनें, 'कसले जान्दछ कतै परमप्रभु अनुग्रही हुनुहुने छ ताकि बालक बाँच्‍न सकोस्?' तर अब त्यो मर्‍यो, त्यसैले म किन उपवास बस्‍ने? के म त्यसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म त्यसकहाँ जाने छु, तर त्यो मकहाँ फर्केर आउने छैन।”
  • यरूशलेमको खबर सुनेर नहेम्याह धेरै दिन उपवास गर्दै शोक गर्छन्नहेम्याह 1:4
    पदहरू
    नहेम्याह 1:4मैले यी वचन सुन्‍ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्‍वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ।
  • एज्रा शोक गर्दै न खाना खान्छन् न पानी पिउँछन्एज्रा 10:6
    पदहरू
    एज्रा 10:6तब एज्रा परमप्रभुको मन्‍दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए। तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्‍वासत्यागको लागि शोक गर्दै थिए।
  • अरू बिरामी हुँदा भजनकारले भाङ्ग्रा लगाएर उपवास बसेभजनसंग्रह 35:13
    पदहरू
    भजनसंग्रह 35:13तर तिनीहरू बिरामी हुँदा, मैले भाङ्ग्रा लगाएँ। मेरो शिर छातीमा निहुर्‍याएर मैले तिनीहरूको निम्ति उपवास बसें।

खतरा र सङ्कटमा

  • एस्तर: तीन दिनसम्म नखाओ, नपिओएस्तर 4:16
    पदहरू
    एस्तर 4:16“जानुहोस्, र मेरो निम्ति उपवास बस्‍न शूशनमा बस्‍ने सबै यहूदीलाई भेला गर्नुहोस्। तिन दिन र तिन रातसम्म केही नखानुहोस्, न त केही पिउनुहोस्। मेरा युवतीहरू र म पनि त्यसरी नै उपवास बस्‍नेछौँ। त्यसपछि कानुनको विरुद्धमा भए तापनि म राजाकहाँ जानेछु, र मेरो नाश हुन्छ भने पनि होस्।”
  • यहोशापातले सारा यहूदामा उपवासको घोषणा गर्छन्२ इतिहास 20:3
    पदहरू
    २ इतिहास 20:3यहोशापात डराए र परमप्रभुको खोजी गर्न अलग्‍गै गए। यहूदाभरि तिनले उपवासको घोषणा गरे।
  • सुरक्षित यात्राका निम्ति एज्रा अहावा नहरमा उपवासको घोषणा गर्छन्एज्रा 8:21–23
    पदहरू
    एज्रा 8:21–23त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्‍चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें। बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्‍न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्‍वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्‍नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ।' त्यसैले यस विषयमा हामीले उपवास बस्‍यौं, र परमेश्‍वरको खोजी गर्‍यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं।
  • बेन्यामीनसँगको युद्धमा इस्राएल बेथेलमा रुन्छ र उपवास बस्छन्यायकर्ताहरू 20:26
    पदहरू
    न्यायकर्ताहरू 20:26त्यसपछि इस्राएलका सबै सेना र सबै मानिसहरू बेथेलमा उक्ले र रोए, र तिनीहरू परमप्रभुको अगि बसे र तिनीहरू त्यस दिन साँझसम्म उपवास बसे र परमप्रभुलाई होमबलि र मेलबलि चढाए।
  • मिस्पामा मानिसहरू पानी खन्याउँछन् र उपवास बस्छन्१ शमूएल 7:6
    पदहरू
    १ शमूएल 7:6तिनीहरू मिस्‍पामा भेला भए, पानी भरे र परमप्रभुको सामु खन्याए। त्यस दिन तिनीहरू उपवास बसे र भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं।” शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे।
  • इस्राएल उपवास गर्दै, भाङ्ग्रा लगाएर, शिरमा धूलो हालेर भेला हुन्छनहेम्याह 9:1
    पदहरू
    नहेम्याह 9:1अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए। तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले।
  • आहाब लुगा च्यात्छन्, भाङ्ग्रा लगाउँछन् र उपवास बस्छन्१ राजाहरू 21:27
    पदहरू
    १ राजाहरू 21:27जब आहाबले यी वचनहरू सुने तिनले आफ्ना लुगा च्याते, र आफ्नो शरीरमा भाङ्ग्रा लगाए अनि उपवास बसे। तिनी भाङ्ग्रा लगाई अत्यन्तै उदास भए।
  • यहोयाकीमको समयमा यरूशलेममा उपवासको घोषणा गरिन्छयर्मिया 36:9
    पदहरू
    यर्मिया 36:9यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको पाँचौं वर्षको नवौँ महिनामा यरूशलेमका सबै मानिस र यहूदाका सहरहरूबाट यरूशलेम आएका सबै मानिसले परमप्रभुको सामु उपवासको घोषणा गरे।
  • दानिएल सिंहहरूसँग हुँदा राजा दारा उपवास गरेर रात बिताउँछन्दानिएल 6:18
    पदहरू
    दानिएल 6:18त्‍यसपछि राजा आफ्नो महलमा गए र रातभरि उपवास बसे। तिनको अगि कुनै मनोरन्जनका कुरा ल्याइएन, र उनलाई कत्ति पनि निद्रा लागेन।
  • दानिएल उपवास, भाङ्ग्रा र खरानीसहित प्रार्थना गर्छन्दानिएल 9:3
    पदहरू
    दानिएल 9:3उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्‍दै परमप्रभु परमेश्‍वरको खोजी गर्न मैले आफ्‍नो अनुहार उहाँतर्फ फर्काएँ।
  • दानिएल तीन हप्तासम्म मीठो खाना, मासु वा दाखमद्य खाँदैनन्दानिएल 10:2–3
    पदहरू
    दानिएल 10:2–3ती दिनहरूमा म दानिएल, तिन हप्‍तासम्म शोक गरिरहें। तिन हप्‍ता पुरै नबितेसम्म नै मैले कुनै मिठो खाना खाइनँ, न मासु खाएँ, न दाखमद्य पिएँ, न त मैले आफैंलाई तेलले अभिषेक गरें।
  • निनवे भाङ्ग्रा लगाएर उपवास बस्छ — गाईवस्तु र भेडाबाख्रा पनियोना 3:5–8
    पदहरू
    योना 3:5–8निनवेका मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गरे र तिनीहरूले उपवासको घोषणा गरे। तिमध्‍ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्‍ग्रा लगाए। त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्‍यो। तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्‍त्र उतारे, आफूलाई भाङ्‍ग्रा ढाके, र खरानीमा बसे। तिनले एउटा यस्तो घोषणाको सन्‍देश पठाए, “निनवेमा, राजा र भारदारहरूको अधिकारले, कुनै मानिस वा गाईबस्‍तु वा भेडाबाख्राले कुनै कुरा खानेछैनन्। तिनीहरूले खाना नखाऊन्, न पानी पिऊन्। तर मानिस र पशु दुबैले भाङ्‍ग्राले ढाकून्, र तिनीहरूले ठुलो सोरले परमेश्‍वारमा पुकारा गरून्। हरेक व्‍यक्‍ति आफ्ना दुष्‍ट मार्ग र आफ्ना हातले हिंसात्‍मक कामबाट फर्कून्।
  • शाऊलले आफ्ना सेनालाई साँझअघि खान निषेध गर्छन्१ शमूएल 14:24
    पदहरू
    १ शमूएल 14:24त्यस दिन इस्राएलका मानिसहरू व्याकुल भएका थिए किनभने, “साँझसम्म र मैले आफ्‍ना शत्रुहरूमाथि बद्‍ला नलिएसम्म खाना खाने कुनै पनि मानिस श्रापित होस्” भनेर शाऊलले मानिसहरूलाई शपथ खान लगाएका थिए। त्यसैले फौजका कुनै पनि व्‍यक्‍तिले खाना चाखेका थिएनन्।
  • पावलका शत्रुहरूले उनलाई नमारुन्जेल नखाने शपथ खान्छन्प्रेरित 23:12
    पदहरू
    प्रेरित 23:12जब उज्यालो भयो, केही यहूदीहरूले मतो गरे, र तिनीहरू आफैँमाथि श्राप घोषणा गरेः तिनीहरूले यसो भने, कि तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन्।

चालीस दिन

  • मोशा चालीस दिन र रात रोटी र पानीबिनाप्रस्थान 34:28, व्यवस्था 9:9, व्यवस्था 9:18
    पदहरू
    प्रस्थान 34:28मोशा परमप्रभुसित त्यहाँ चालिस दिन र चालिस रातसम्म बसे। तिनले न कुनै खाना खाए न पानी पिए। तिनले करारका वचनहरू अर्थात् दस आज्ञा शिला-पाटीहरूमा लेखे।
    व्यवस्था 9:9परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएका करारका शिला-पाटीहरू लिन म पर्वतमा उक्लँदा म चालिस दिन चालिस रातसम्म पर्वतमा बसेँ। मैले न रोटी खाएँ, न पानी पिएँ।
    व्यवस्था 9:18फेरि, मैले न रोटी खाएँ न पानी पिएँ। परमप्रभुको दृष्‍टिमा दुष्‍ट काम गरेर उहाँलाई चिढ्याई तिमीहरूका सबै पापको कारणले गर्दा चालिस दिन र चालिस रातसम्म म परमप्रभुको सामु लम्पसार परेँ।
  • एलिया एक छाक खानाको बलले चालीस दिन हिँड्छन्१ राजाहरू 19:8
    पदहरू
    १ राजाहरू 19:8त्यसैले तिनी उठेर खाए, र पिए अनि त्यस खानाको शक्ति पाएर चालिस दिन यात्रा गरेर परमेश्वरको पर्वत होरेबसम्मै आए।
  • येशू चालीस दिन र चालीस रात उपवास बस्नुहुन्छमत्ती 4:2
    पदहरू
    मत्ती 4:2चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो।

चलनहरू

  • प्रायश्चित्तको दिन: तिमीहरूले आफूलाई नम्र बनाउनूलेवीहरू 16:29
    पदहरू
    लेवीहरू 16:29यो तिमीहरूका निम्ति सधैँ एउटा विधि बनोस्, कि सातौँ महिनाको दसौँ दिनमा, तिमीहरूका बिचमा जन्मेको वा तिमीहरूका बिचमा बास गर्ने परदेशी सबैले आफैलाई नम्र बनाओस् र कुनै काम नगरोस्।
  • चौथो, पाँचौँ, सातौँ र दसौँ महिनामा उपवासजकरिया 7:5, जकरिया 8:19
    पदहरू
    जकरिया 7:5“भूमिका सबै मानिसहरू र पुजारीहरूलाई यस्तो भन्, ‘यी सत्तरी वर्षसम्म तिमीहरूले पाचौँ र सातौँ महिनामा उपवास बस्दा र विलाप गर्दा, के तिमीहरू साँच्‍चै मेरो निम्ति उपवास बसिरहेका थियौ?
    जकरिया 8:19“सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: चौथो, साथौँ, र दशौँ महिनाका उपवासहरू यहूदाका घरानाको निम्ति आनन्द, हर्ष, र खुशीका पर्वहरूका समय हुनेछन्! यसैले सत्य र शान्तिलाई प्रेम गर!
  • यशैया: कामदारहरूप्रति उचित व्यवहारसँगै जाने उपवासयशैया 58:3–7
    पदहरू
    यशैया 58:3–7तिनीहरू भन्छन्, 'हामी उपवास बसेका छौं तर तपाईंले यसलाई किन देख्‍नुहुन्‍न? हामीले आफैलाई नम्र तुल्याएका छौं, तर तपाईंले किन हेर्नुहुन्‍न?' हेर, तिमीहरूले आफ्नो उपवासको दिनमा आफ्नै खुसी खोज्छौ र आफ्ना कामदारहरूलाई अत्‍याचार गर्छौ। हेर, तिमीहरू झगडा गर्न र लडाइँ गर्न र आफ्‍नो दुष्‍टताको मुक्‍काले हान्‍न उपवास बस्छौ। तिमीहरूले आफ्नो सोर माथि सुनाउनलाई उपवास बस्दैनौ। के मैले चाहेको उपवास यस्‍तै किसिमको हो र? एक दिन मात्र कसैले आफैलाई नम्र तुल्याउने, आफ्नो शिर निगालो झैं झुकाउने, र भाङ्ग्रा लगाउने र खरानीमा बस्‍ने हो र? के तिमीहरूले परमप्रभुलाई खुसी पार्ने उपवास यसैलाई भन्छौ? के मैले चुनेको उपवास यो होइनः दुष्‍टताको बन्‍धनबाट मुक्‍त गर्नु, जुवाका डोरीहरू फुकाउनु, चूर्णभएकाहरूलाई स्वतन्त्र पार्नु र जुवालाई भाँच्‍नू? आफ्‍नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?” तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ। अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन।
  • हन्ना उपवास र प्रार्थना गर्दै रातदिन आराधना गर्थिन्लुका 2:37
    पदहरू
    लुका 2:37त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन्। उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्‍वरको आराधना गर्दै रहिन्।
  • एक फरिसी: म हप्तामा दुई पटक उपवास बस्छुलुका 18:12
    पदहरू
    लुका 18:12म हरेक हप्‍ता दुई पटक उपवास बस्दछु। म आफूले पाएका सबै थोकको दशांश दिन्छु।’
  • यूहन्‍नाका चेलाहरू किन उपवास बस्छन्, तर येशूका चेलाहरू किन बस्दैनन्?मत्ती 9:14–15
    पदहरू
    मत्ती 9:14–15त्यसपछि बप्‍तिस्मा-दिने यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्तछौँ, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाहमा आएकाहरू, दुलहा तिनीहरूका साथमा हुँदा-हुँदै दुःखी हुन्छन् र? तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, र तिनीहरू उपवास बस्‍नेछन्।
  • येशू: उपवास बस्दा आफ्नो मुख धोओमत्ती 6:16–18
    पदहरू
    मत्ती 6:16–18साथै, जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन्। साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर। यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिँदैनौ, तर गुप्‍तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ। अनि गुप्‍तमा देख्‍नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ।
  • टार्ससका शाऊल तीन दिनसम्म न खान्छन् न पिउँछन्प्रेरित 9:9
    पदहरू
    प्रेरित 9:9तिनी तिन दिनसम्म दृष्‍टिविहीन भए र तिनले न खाए न पिए।
  • बारनाबास र शाऊललाई पठाउनुअघि एन्टिओखियाको मण्डली उपवास बस्छप्रेरित 13:2–3
    पदहरू
    प्रेरित 13:2–3जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु।” सभाले उपवास प्रार्थना गरिसकेपछि, र तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे र उनीहरूलाई पठाइदिए।
  • प्रार्थना र उपवाससहित एल्डरहरू नियुक्त गरिन्छन्प्रेरित 14:23
    पदहरू
    प्रेरित 14:23जब तिनीहरूले विश्‍वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए।
  • पावल धेरै पटक भोकै रहे२ कोरिन्थी 11:27
    पदहरू
    २ कोरिन्थी 11:27धेरै अनिदोका रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा म कडा परिश्रम र कठिनाइमा परेको छु।
  • उपवासको दिनपछि समुद्री यात्रा खतरनाक भयोप्रेरित 27:9
    पदहरू
    प्रेरित 27:9हामीले ज्यादै धेरै समय लगायौँ। यहूदी उपवासको समय पनि बितिसकेको थियो। सामुद्रिक यात्रा खतरनाक भएको थियो। त्यसैले, पावलले तिनीहरूलाई चेताउनी दिए,
  • पावलका सहयात्रीहरू चौध दिनसम्म केही खाँदैनन्प्रेरित 27:33
    पदहरू
    प्रेरित 27:33जब बिहानको हुनै लागेको थियो, पावलले ती सबैलाई खाना खान बिन्ती गरे। उनले भने, “तपाईंहरूले खाना नखाई पर्खिएको आज यो चौधौँ दिन हो, तपाईंहरूले केही पनि खानु भएको छैन।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार