खोजी गर्नुहोस् › विषयहरू › धेरै खानु
दैनिक जीवन
बाइबलमा धेरै खानु
पवित्र बाइबल (ULB) का 18 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- शासकसँग खाना खाँदै छौ? आफ्नो घाँटीमा छुरी राखहितोपदेश 23:1–3
पदहरू
हितोपदेश 23:1–3तँ खानलाई शासकसित बस्दा तेरो सामु राखिएको खानेकुरालाई होसियारीपूर्वक अवलोकन गर्। तँ धेरै खाने खन्चुवा हो भने तेरो घाँटीमा चक्कु राख्। तिनको स्वादिष्ट खानेकुराको लालसा नगर्, किनकि यो झुटको खाना हो।
- मह भेट्टायौ भने चाहिने जति मात्र खाऊहितोपदेश 25:16
पदहरू
हितोपदेश 25:16मह पाइस् भने चाहिँदो मात्रामा खा। नत्रता अत्यधिक खाइस् भने तैँले बान्ता गर्छस्।
- घिच्चाहरूको साथीले आफ्नो बुबालाई लाज दिलाउँछहितोपदेश 28:7
पदहरू
हितोपदेश 28:7व्यवस्था पालन गर्ने छोरो समझदार हुन्छ, तर घिचावाको सङ्गत गर्नेले चाहिँ आफ्नो बुबालाई लज्जित तुल्याउँछ।
- मासु ठूस्सिने गरी खानेहरूसँग नमिलहितोपदेश 23:20–21
पदहरू
हितोपदेश 23:20–21मातेकाहरू वा धेरै मासु हुसर्नेहरूसित सङ्गत नगर्, किनकि मतवाला र घिचुवाहरू गरिब बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ।
- धन्य त्यो देश, जसका शासकहरू उचित समयमा भोज खान्छन्उपदेशक 10:17
पदहरू
उपदेशक 10:17तर त्यो देश धन्यको हो, जसको राजा कुलीहरूको छोरो हो, र त्यसका अगुवाहरूले मात्नको लागि नभई शक्तिको लागि ठिक समयमा खान्छन्!
- खाऔँ र पिऔँ, किनकि भोलि हामी मर्छौँ!यशैया 22:13, १ कोरिन्थी 15:32
पदहरू
यशैया 22:13तर त्यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो। हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्दैछन्।
१ कोरिन्थी 15:32यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले मेरो ज्यानलाई नै जोखिममा पारेर जङ्गली जनावरसँग गरेको लडाइँले मानवीय दृष्टिबाट मलाई के लाभ हुन्छ र? त्यसैले, “हामी खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ।”
- हात्तीदाँतका ओछ्यानमा पल्टिएर थुमा र बाछाहरू खानेआमोस 6:4
पदहरू
आमोस 6:4तिनीहरू हस्तिहाडको ओछ्यानमा सुत्छन् र आ-आफ्ना पलङ्हरूमा आराम गर्छन्। तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन्।
- मूर्ख धनी: खाऊ, पिऊ र मोज गर!लुका 12:19–20
पदहरू
लुका 12:19–20म मेरो प्राणलाई भन्नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ। आराम गर, खा, पी र आनन्दित हो।’ तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘मूर्ख मानिस, आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने, तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?’
- तिनीहरूको देवता तिनीहरूको पेट होफिलिप्पी 3:19
पदहरू
फिलिप्पी 3:19तिनीहरूको नतिजा विनाश हो। किनकि तिनीहरूको ईश्वर तिनीहरूको पेट हो, र तिनीहरूको शर्ममा तिनीहरूको घमण्ड छ। तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्दछन्।
- तिनीहरूकै एक जना: क्रेटीहरू ... अल्छी घिच्चा हुन्तीतस 1:12
पदहरू
तीतस 1:12तिनीहरूमध्येका बुद्धिमान मानिसले भनेका छन्, “क्रेटका मानिसहरू नरोकिकन झुटो बोल्नेहरू, खराब र खतरनाक जनावर अर्थात् अल्छी पेट भएकाहरू हुन्।”
उदाहरणहरू
- भोकले लखतरान एसाव रातो दालको बदलामा आफ्नो जेठो-हक बेच्छन्उत्पत्ति 25:29–34
पदहरू
उत्पत्ति 25:29–34याकूबले सुरुवा पकाए। एसाव मैदानबाट आए, र उनी भोकले कमजोर भएका थिए। एसावले याकूबलाई भने, “कृपया, मलाई त्यो रातो सुरुवा खान देऊ, म थकित छु।” यसैकारण उनलाई एदोम भनियो। याकूबले भने, “पहिले तपाईंको ज्येष्ठ-अधिकार मलाई बेच्नुहोस्।” एसावले भने, “हेर, म त मर्नै आँटेको छु। मलाई त्यो ज्येष्ठ-अधिकारको के काम?” याकूबले भने, “पहिले मसँग शपथ खानुहोस्।” तब एसावले शपथ खाए, र यसरी उनले आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचे। याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए। एसावले खानपान गरे अनि उठेर आफ्नो बाटो लागे। यसरी एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई लत्त्याए।
- इस्राएल मिश्रका माछा, काँक्रा र खरबुजाका निम्ति रुन्छगन्ती 11:4–6, भजनसंग्रह 78:18
पदहरू
गन्ती 11:4–6केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्न थाले। तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे। अनि इस्राएलका मानिसहरू रुन थाले र भने, “हामीलाई कसले मासु खान दिन्छ?” हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन सम्झन्छौँ। अहिले हाम्रो भोक नै हराइसकेको छ, किनभने हामी देख्ने जत्ति सबै थोक मन्न मात्र हो।”
भजनसंग्रह 78:18आफ्नो भोक मेटाउनलाई खाना मागेर आफ्ना हृदयहरूले तिनीहरूले परमेश्वरलाई चुनौति दिए।
- मानिसहरू दुई दिनसम्म बट्टाई बटुल्छन्; त्यसपछि महामारी आउँछगन्ती 11:31–33
पदहरू
गन्ती 11:31–33त्यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो। तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे। बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके। मानिसहरू त्यस दिनभरि, रातभरि र अर्को दिनभरि बट्टाई चराहरू बटुल्नमा व्यस्त भए। कसैले पनि पच्चिस मुरीभन्दा कम बटुलेन। तिनीहरूले छाउनीभरि बट्टाई चराहरू फिँजाए। मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो। उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो।
- एलीका छोराहरूको नोकर तीनमुखे काँटाले मासु झिक्छ१ शमूएल 2:12–17
पदहरू
१ शमूएल 2:12–17यति बेलासम्म एलीका छोराहरू अयोग्य मानिहरू भएका थिए। तिनीहरूले परमप्रभुलाई चिनेनन्। मानिसहरूसँग पुजारीहरूको चलन यस्तो थियो, जब कुनै मानिसले बलिदान चढाउँथ्यो, तब पुजारीका सेवक मासु उमाल्दै गर्दा नै आफ्नो हातमा त्रिशूलसहित आउँथ्यो। उसले ताप्के वा कराही वा तसला वा भाँडोमा नै घोच्थ्यो। त्यो त्रिशूलमा आउने सबै पुजारीले आफ्नो निम्ति लान्थ्यो। तिनीहरूले शीलोमा आउने सबै इस्राएलीहरूसँग यसै गर्थे। अझ नराम्रो त, तिनीहरूले बोसो जलाउनअगि नै पुजारीको सेवक आउँथ्यो र बलिदान गरिरहेका मानिसलाई भन्थ्यो, “पुजारीको निम्ति पोल्नलाई मासु देऊ, किनकि तिमीबाट उनले उमालेको मासु स्वीकार गर्नुहुन्न, तर काँचो मात्र लिनुहुन्छ।” त्यो मानिसले यसो भन्यो भने, “तिनीहरूले पहिले बोसो जलाउनुपर्छ, र तब तपाईंले इच्छा गरेजति लानुहोस्।” तब उसले भन्थ्यो, “हुँदैन, तिमीले यो मलाई अहिले नै देऊ। होइन भने, मैले जबरजस्ती गरेर लानेछु।” यी जवानहरूको पाप परमप्रभुको सामु निकै ठुलो थियो, किनकि तिनीहरूले परमप्रभुको बलिदानलाई तुच्छ ठाने।
- विद्रोही छोरालाई घिच्चा र पियक्कड भनेर दोष लगाइन्छव्यवस्था 21:20
पदहरू
व्यवस्था 21:20तिनीहरूले धर्म-गुरुहरूलाई यसो भनून्, 'यो हाम्रो छोरो हठी र विर्दोही छ। यसले हाम्रो कुरा मान्दैन। यो लफङ्गो र मतवाला हो।'
- येशूलाई घिच्चा र पियक्कड भनिन्छमत्ती 11:19
पदहरू
मत्ती 11:19मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो!’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ।”
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार