Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › रिस

दैनिक जीवन

बाइबलमा रिस

पवित्र बाइबल (ULB) का 41 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

भनाइहरू

  • नरम जवाफले रिस शान्त पार्छ; कठोर वचनले रिस उठाउँछहितोपदेश 15:1
    पदहरू
    हितोपदेश 15:1विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ।
  • रिसाउनमा ढिलो हुनु योद्धा हुनुभन्दा असलहितोपदेश 16:32, हितोपदेश 14:29
    पदहरू
    हितोपदेश 16:32योद्धा हुनुभन्दा बरु रिसाउनमा धिमा हुनु उत्तम हुन्छ, र आफ्नो आत्मालाई नियन्त्रण गर्नेचाहिँ सहरमाथि विजयी हासिल गर्नेभन्दा बलियो हुन्छ।
    हितोपदेश 14:29धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ।
  • आत्मसंयम नभएको मानिस पर्खाल भत्केको सहरजस्तो होहितोपदेश 25:28
    पदहरू
    हितोपदेश 25:28आत्मसंयमविनाको मानिस दरार भएको वा पर्खालविनाको सहरजस्तै हो।
  • मूर्खले आफ्नो सारा रिस पोख्छ; बुद्धिमान्‌ले त्यसलाई थाम्छहितोपदेश 29:11
    पदहरू
    हितोपदेश 29:11मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ।
  • दूध मथ्दा मक्खन निस्केझैँ रिस उचाल्दा झगडा निस्कन्छहितोपदेश 30:33
    पदहरू
    हितोपदेश 30:33जसरी दूध मथेर घिउ निस्कन्छ, र नाक ठोक्‍किँदा रगत निस्कन्छ, त्यसरी नै रिसमा गरिएको कामले द्वन्द्व उत्पन्‍न गराउँछ।
  • रिस मूर्खको काखमा बस्छउपदेशक 7:9
    पदहरू
    उपदेशक 7:9आत्मामा क्रोधित हुन हतार नगर्, किनकि क्रोधले मूर्खहरूको हृदयमा बास गर्छ।
  • रिसबाट अलग बस; त्यसले हानि मात्र ल्याउँछभजनसंग्रह 37:8
    पदहरू
    भजनसंग्रह 37:8क्रोधित नहोऊ र निराश नहोऊ। चिन्ता नगर। यसले समस्‍यामा मात्र पार्छ।
  • तिम्रो रिसमाथि घाम अस्ताउन नदेऊएफिसि 4:26
    पदहरू
    एफिसि 4:26“रिस गर, तर पाप नगर।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ।
  • सुन्नमा छिटो, बोल्नमा ढिलो, रिसाउनमा ढिलोयाकूब 1:19–20
    पदहरू
    याकूब 1:19–20मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस्। किनभने मानिसको रिसले परमेश्‍वरको धार्मिकताको काम गर्दैन।

उदाहरणहरू

  • कयिन ज्यादै रिसाउँछ र आफ्नो भाइ हाबिललाई मार्छउत्पत्ति 4:5–8
    पदहरू
    उत्पत्ति 4:5–8तर कयिन र तिनका भेटीहरूलाई उहाँले ग्रहण गर्नुभएन। यसैले कयिन साह्रै रिसाए र तिनले रिस देखाए। परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस् र तैँले किन रिस देखाउँछस्? यदि तैँले जे ठीक छ सो गरिस् भने, के तँलाई ग्रहण गरिनेछैन र? तर यदि तैले जे ठीक छ सो गर्दैनस भने त पाप तेरो ढोकैमा ढुक्छ र तँलाई अधिन गर्न इच्छा गर्छ, तर तैँले अधिन गर्नैपर्छ।” कयिनले आफ्ना भाइ हाबिललाई भने। अनि तिनीहरू खेतमा हुँदा कयिननले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरे र तिनलाई मारे।
  • याकूब राहेललाई: के म परमेश्‍वरको ठाउँमा छु र?उत्पत्ति 30:2
    पदहरू
    उत्पत्ति 30:2राहेलमाथि याकूबको क्रोध दन्कियो। तिनले भने, “के तिमीलाई सन्तान दिनबाट रोक्‍नु हुने म परमेश्‍वरको स्थानमा छु र?
  • रिसले चुर भएका याकूब लाबानलाई चुनौती दिन्छन्उत्पत्ति 31:36
    पदहरू
    उत्पत्ति 31:36याकूब रिसाए र तिनले लाबानलाई हप्काए, “मेरो दोष के हो? मेरो पाप के हो जसको लागि तपाईंले मेरो यसरी पिछा गर्नुभयो?
  • याकूब: शिमियोन र लेवीले रिसमा मानिसहरू मारेउत्पत्ति 49:5–7
    पदहरू
    उत्पत्ति 49:5–7शिमियोन र लेवी दाजुभाइ हुन्। हिंसाका हतियार नै तिनीहरूका तरवार हुन्। ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको बैठकमा नबस् किनकि मेरो हृदयमा त्यसको निम्ति अत्यन्तै श्रद्धा छ। किनकि तिनीहरूलेआफ्‍नो रिसमा मानिसहरूलाई मारे। तिनीहरूले आफ्नो आनन्दको निम्ति गोरुहरूका ढोडनसा काटेका छन्‌। तिनीहरूको रिस श्रापित् होस्, किनभने त्‍यो भयानक छ, र तिनीहरूको क्रोध पनि श्रापित् होस् किनकि त्‍यो निष्‍ठुर छ। तिनीहरूलाई म याकूबमा विभाजन गर्नेछु, इस्राएलमा तितरबितर पार्नेछु।
  • पत्नीको कुरा सुनेर योसेफका मालिक रिसले जल्छन्उत्पत्ति 39:19
    पदहरू
    उत्पत्ति 39:19आफ्नो नोकरले आफ्नी पत्‍नीलाई गरेको व्यवहार आफ्नी पत्‍नीबाट सुनेपछि तिनी रिसले चुर भए।
  • फारो मोशालाई: फेरि कहिल्यै मेरो मुख नदेख्प्रस्थान 10:28
    पदहरू
    प्रस्थान 10:28फारोले मोशालाई भने, “मबाट जाऊ! एउटा कुराको बारेमा होसियार होऊ। अबदेखि मेरो सामु देख नपर किनकि मेरो अनुहार देखेको दिनमा तिमी मर्नेछौ।”
  • रिसले तातेर मोशा फारोकहाँबाट निस्कन्छन्प्रस्थान 11:8
    पदहरू
    प्रस्थान 11:8फारोका सबै अधिकारी मकहाँ आई मेरो सामु निहुरिनेछन्। तिनीहरूले भन्‍नेछन्, 'तपाईंको पछि लाग्‍ने सबै मानिस जाऊन्।' त्यसपछि म जानेछु।” तब तिनी फारोकहाँबाट अति क्रोधित भएर गए।
  • बाछो देखेर मोशाले पाटीहरू फुटाउँछन्प्रस्थान 32:19
    पदहरू
    प्रस्थान 32:19जब मोशा छाउनी नजिक आइपुगे तिनले बाछो र मानिसहरू नाचिरहेका देखे। तिनी बेसरी रिसाए। तिनले आफ्ना हातबाट ती शिला-पाटीहरू फालिदिए, पर्वतको फेदीमा नै फुटाइदिए।
  • मोशाले चट्टानलाई दुई पटक हिर्काउँछन्गन्ती 20:10–11
    पदहरू
    गन्ती 20:10–11अनि मोशा र हारूनले चट्टानको सामु मानिसहरू भेला पारे। मोशाले तिनीहरूलाई भने, “अब हे बागीहरू हो, सुन। के हामीले तिमीहरूलाई यो चट्टानबाट पानी निकाल्नपर्छ? अनि मोशाले आफ्नो हात उठाएर चट्टानलाई दुई पटक हिर्काए, र पानी निस्क्यो। समुदाय र तिनीहरूका गाईवस्तुहरूले पानी पिए।
  • बालामले आफ्नी गधीलाई पिट्छन्, र ऊ बोल्छेगन्ती 22:27–29
    पदहरू
    गन्ती 22:27–29गधाले परमप्रभुको दूतलाई देख्यो र त्यो बालामको मुनि थचक्‍क बस्यो। बालाम रिसले आगो भए र तिनले गधालाई आफ्नो लहुरोले पिटे। त्यसपछि परमप्रभुले गधाको मुख खोलिदिनुभयो, त्यसैले त्यो बोल्न सक्यो। त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु र तपाईंले मलाई तिन पटक पिट्नुभएको?” बालामले गधालाई भने, “तैँले मसँग यति मूर्खतापूर्ण व्यवहार गरिस्। मेरो हातमा तरवार भएको भए हुन्थ्यो। यदि मेरो हातमा तरवार भएको भए, मैले तँलाई मारिसक्‍ने थिएँ।”
  • बालाक रिसले बालामको विरुद्धमा हात ठोक्छन्गन्ती 24:10
    पदहरू
    गन्ती 24:10बालाकको क्रोध बालामप्रति उर्लियो र तिनले आफ्ना हात ठटाए। बालाकले बालामलाई भने, “मैले मेरा शत्रुहरूलाई सराप दिन तपाईंलाई बोलाएँ, तर तपाईंले तिनीहरूलाई तिन पटकसम्म आशिष् दिनुभयो।
  • गिदोनले नरम जवाफद्वारा रिसाएका एफ्राइमीहरूलाई शान्त पार्छन्न्यायकर्ताहरू 8:1–3
    पदहरू
    न्यायकर्ताहरू 8:1–3एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई यो के गर्नुभयो? तपाईं मिद्दानीहरूका विरुद्धमा युद्ध गर्न जानुहुँदा तपाईंले हामीलाई बोलाउनुभएन।” तब उनीहरूले तिनीसँग ठुलो बहस भयो। तिनले उनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के नै गरेको छु र? के अबीएजेरको सबै दाखको फसलभन्दा एफ्राइमको बोटमा टिप्‍न छुटेका दाख नै असल छैनन् र? परमेश्‍वरले तिमीहरूलाई मिद्दानी शासकहरू, ओरेब र जएबमाथि विजय दिनुभएको छ! तिमीहरूका तुलनामा मैले के प्राप्‍त गरेको छु र?” जब तिनले यसो भने तब तिनीप्रतिको उनीहरूको रिस मर्‍यो।
  • एलीआबको रिस आफ्नो सानो भाइ दाऊदमाथि दन्कन्छ१ शमूएल 17:28
    पदहरू
    १ शमूएल 17:28तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने। एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्‍थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ। किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस्।”
  • शाऊलले आफ्नो छोरा जोनाथनमाथि भाला हान्छन्१ शमूएल 20:30–34
    पदहरू
    १ शमूएल 20:30–34तब जोनाथनको विरुद्धमा शाऊल रिस दन्‍कियो र तिनले उनलाई भने, “तँ पथभ्रष्‍ट र विद्रोही स्‍त्री को छोरो! तैंले यिशैका छोरालाई आफ्नै शर्म र आफ्नो आमाको नग्‍नताको शर्मको निम्ति रोजेको छस् भन्‍ने के मलाई थाहा छैन? किनकि यिशैका छोरा पृथ्वीमा रहेसम्‍म, न तँ रहेनेछस् न त तेरो राज्य नै रहनेछ। अब कसैलाई पठा र त्यसलाई मकहाँ लिएर आइज, किनकि त्यो मरिनैपर्छ।” जोनाथनले आफ्नो बुबा शाऊललाई जवाफ दिए, “के कराणले तिनलाई मारिनुपर्ने? तिनले के गरेका छन्?” तब शाऊलले तिनलाई मार्न आफ्नो भालाले हाने। यसरी आफ्नो बुबाले दाऊदलाई मार्न अठोट गरेका कुरा जोनाथनलाई पक्‍का थाहा भयो। जोनाथन रिसले आगो भएर टेबलबाट उठे र महिनाको दोस्रो दिन कुनै खाने कुरा खाएनन्, किनकि दाऊदको निम्‍ति तिनी शोकित भए, किनकि तिनका बुबाले उनको अनादर गरेका थिए।
  • धनी मानिसबारे नातानको कथा सुनेर दाऊद रिसले जल्छन्२ शमूएल 12:5
    पदहरू
    २ शमूएल 12:5दाऊद त्यो धनी मानिसप्रति रिसले आगो भए र नातानसँग जङ्गिए, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, त्‍यो मानिस जसले यसो गर्‍यो त्यो मारिन योग्य छ।
  • उदास र रिसाएका आहाब खान मान्दैनन्१ राजाहरू 21:4
    पदहरू
    १ राजाहरू 21:4त्यसैले आहाब उदास भए, र रिसाएर आफ्नो दरबारमा गए किनकि यिजरेली नाबोतले तिनलाई यसो भनी जवाफ दिएका थिए, “म मेरा पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिन्नँ।” तिनी आफ्नो ओछ्यानमा ठुस्स परेर सुते, र तिनले खाना खान इन्कार गरे।
  • नामान: के दमस्कसका नदीहरू यर्दनभन्दा असल होइनन् र?२ राजाहरू 5:11–12
    पदहरू
    २ राजाहरू 5:11–12तर नामान रिसाए र यसो भन्दै गए, “हेर, निश्‍चय नै तिनी मकहाँ बाहिर आउँनेछन् र खडा हुनेछन् अनि तिनले आफ्ना परमप्रभु परमेश्‍वरको नाउँ पुकार्नेछन् र मेरो कुष्ठरोगमाथि आफ्‍ना हात हल्‍लाउँनेछन् र मेरो कुष्‍टरोग निको पार्नेछन् भनी मैले सोचेको थिएँ। के दमस्कसका अबाना र फारपर नदीहरू इस्राएलका सबै पानीभन्दा असल छैनन् र? के म तिनमा नुहाएर शुद्ध हुन सक्दिनँ र?” त्‍यसैले तिनी फर्के र क्रुद्ध हुँदै आफ्नो बाटो लागे।
  • आसाले एक दर्शीलाई झ्यालखानामा हाल्छन्२ इतिहास 16:10
    पदहरू
    २ इतिहास 16:10त्यसपछि आसा ती दर्शीसँग रिसाए। उनले तिनलाई थुनामा राखे, किनकि यस विषयमा थिनीसित उनी रिसाएका थिए। यसै समयमा, आसाले केही मानिसहरूमाथि अत्याचार गरे।
  • हातमा धूपदानी लिएर उज्जियाह पुजारीहरूमाथि क्रोधित हुन्छन्२ इतिहास 26:19
    पदहरू
    २ इतिहास 26:19तब उज्‍जियाह रिसाए। तिनले धूप बाल्‍नलाई हातमा धुपौरो समातेका थिए। तिनी पुजारीहरूसँग रिसाएको बेलामा, ती पुजारीहरूकै सामुन्‍ने परमप्रभुको मन्‍दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्‍ठरोग निस्‍क्‍यो।
  • रानी वश्ती आउन नमान्दा अहासूरस आगबबूला हुन्छन्एस्तर 1:12
    पदहरू
    एस्तर 1:12तर अधिकारीहरूद्वारा ल्‍याइएको राजाको आदेश मानेर आउनलाई रानी वश्तीले इन्कार गरिन्। तब राजा सार्‍है रिसाए। आफूभित्रै तिनी रिसले क्रुद्ध भए।
  • मोर्दकैले नझुक्दा हामान रिसले भरिन्छन्एस्तर 3:5
    पदहरू
    एस्तर 3:5हामानको सामु मोर्दकैले घुँडा नटेकेको र ननिहुरेको कुरा जब हामानले देखे, तब तिनी रिसले चूर भए।
  • एलीहू अय्यूब र उनका तीन साथीमाथि रिसले जल्छन्अय्यूब 32:2–3
    पदहरू
    अय्यूब 32:2–3त्यसपछि रामको परिवारको बुजी बारकेलका छोरा एलीहूलाई रिस उठ्यो। तिनलाई अय्यूबको विरुद्धमा रिस उठेको थियो, किनकि तिनले परमेश्‍वरभन्दा पनि आफैलाई धर्मी ठहराएका थिए। तिन जना मित्रको विरुद्धमा पनि एलीहूलाई रिस उठ्यो किनकि तिनीहरूले अय्यूबलाई जवाफ दिन सकेका थिएनन्, र पनि तिनीहरूले अय्यूबलाई दोषी ठहराएका थिए।
  • नबूकदनेसरले भट्टी सात गुणा बढी तताउन लगाउँछन्दानिएल 3:13, दानिएल 3:19
    पदहरू
    दानिएल 3:13त्यसपछि नबूकदनेसर रिस र क्रोधले चूर भए अनि शद्रक, मेशक, र अबेद्‍नगोलाई आफूकहाँ ल्याउने हुकुम दिए। यसैले तिनीहरूले यी मानिसहरूलाई राजाको सामु ल्याए।
    दानिएल 3:19तब नबूकदनेसर रिसले चूर भए। शद्रक, मेशक, र अबेद्‍नगोप्रति तिनको अनुहार भाव बद्लियो। अनि तिनले आगोको भट्टीलाई साधारण रूपमा तताउनेभन्दा सात गुणा बढी तताउने आदेश दिए।
  • सुकेको बोटका निम्ति योना: म मर्ने गरी रिसाएको छुयोना 4:1, योना 4:9
    पदहरू
    योना 4:1तर यो कुराले योनालाई अप्रसन्‍न बनायो र तिनी धेरै रिसाए।
    योना 4:9तब परमप्रभुले योनालाई भन्‍नुभयो, “के तँ यो बिरुवाको निम्ति धेरै रिसाउनु ठिक हुन्‍छ र?” तब योनाले भने, “म मरुन्जेलसम्म पनि रिसाउन ठिक हुन्‍छ।”
  • ज्योतिषीहरूले झुक्याएपछि हेरोद रिसले भरिन्छन्मत्ती 2:16
    पदहरू
    मत्ती 2:16त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, उनी औधी रिसाए। ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समयअनुसार त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए।
  • नासरतको सभाघरले येशूलाई भीरबाट खसाल्न खोज्छलुका 4:28–29
    पदहरू
    लुका 4:28–29जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने, तब उनीहरू रिसले चुर भए। तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे।
  • येशू तिनीहरूको कठोर हृदयका कारण रिससाथ चारैतिर हेर्नुहुन्छमर्कूस 3:5
    पदहरू
    मर्कूस 3:5तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले मानिसहरूलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्यसले हात पसार्‍यो र येशूले त्यसका हातलाई पहिलेको जस्तै बनाइदिनुभयो।
  • रिसले चुर भएको महासभा स्तिफनसमाथि दाह्रा किट्छप्रेरित 7:54–58
    पदहरू
    प्रेरित 7:54–58जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने तिनीहरू स्तिफनसको विरुद्धमा क्रूद्ध बने र तिनीहरूले दाह्रा किटे। तर तिनले पवित्र आत्माले भरिएर एकटकले स्वर्गतिर हेरे र परमेश्‍वरको महिमा साथै येशूलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे। स्तिफनसले भने, “हेर्नुहोस्, म स्वर्ग उघ्रेको र मानिसका पुत्रलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देख्दछु।” तर परिषद्का सदस्यहरू ठुलो सोरले चिच्‍च्याए; तिनीहरूले आफ्ना कान थुने र तिनीहरू तिनीमाथि जाइलागे। तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए। साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे।
  • पावल प्रधान पुजारीलाई: ए चून पोतिएको पर्खाल!प्रेरित 23:3
    पदहरू
    प्रेरित 23:3त्यसपछि पावलले तिनलाई भने, “परमेश्‍वरले तपाईं चुन पोतेको पर्खाललाई पनि प्रहार गर्नुहुनेछ। तपाईं व्यवस्थाद्वारा मेरो न्याय गर्न बसिरहनुभएको छ, र पनि व्यवस्थाको विरुद्धमा गएर मलाई हिर्काउने आज्ञा दिनुहुन्छ?”

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार