Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › पत्रहरू

दैनिक जीवन

बाइबलमा पत्रहरू

पवित्र बाइबल (ULB) का 38 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

राजा र अधिकारीहरू

  • दाऊद उरियाहलाई उनकै मृत्युको आदेश भएको पत्र बोकाएर पठाउँछन्२ शमूएल 11:14–15
    पदहरू
    २ शमूएल 11:14–15त्यसैले बिहान दाऊदले योआबलाई पत्र लेखे र यो उरियाहको हातमा पठाए। दाऊदले पत्र यसो भनेर लेखे, “धेरै भयङ्‍कर युद्धको अग्र पङ्‍तीमा उरियाहलाई राख्‍नू र त्यसबाट पछि हट्नू, ताकि त्यसलाई प्रहार गरियोस् र मारियोस्।”
  • ईजेबेल आहाबको नाउँमा पत्र लेख्छिन् र उनकै छापले छाप लगाउँछिन्१ राजाहरू 21:8–11
    पदहरू
    १ राजाहरू 21:8–11त्यसैले ईजेबेलले आहाबको नाउँमा चिठीहरू लेखिन्, र तिनका राजाको छाप लगाई नाबोतको सहरमा तिनीसित बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन्। उनले चिठीहरूमा यसो लेखेकी थिइन्, “उपवासको घोषणा गरी नाबोतलाई मानिसहरूका बिचमा आदरको स्थानमा बसाओ। तिनीसँगै दुई जना बेइमान मानिसलाई पनि राख जसले तिनको विरुद्धमा यस्तो गवाही देऊन्, 'तपाईंले परमेश्वर र राजालाई सराप दिनुभयो'।” तब तिनलाई बाहिर लगेर ढुङ्गाले हानेर मार। त्यसैले नाबोतको सहरका मानिसहरू, धर्म-गुरुहरू र धनी मानिसहरूलाई ईजेबेलले लेखेकी चिठीहरूमा व्याख्या गरेझैँ तिनीहरूले गरे।
  • अरामका राजा नामानलाई पत्रसहित पठाउँछन्२ राजाहरू 5:5–7
    पदहरू
    २ राजाहरू 5:5–7त्‍यसैले अरामका राजाले भने, “अब जाऊ, र म इस्राएलका राजालाई एउटा चिठी पठाउनेछु।” नामान गए र तिन सय चालिस किलो चाँदी, सत्तरी किलो सुन र दस जोर लुगा तिनले आफूसितै लगे। तिनले इस्राएलका राजाको निम्ति चिठी पनि लिएर गए जसमा लेखिएको थियो, “जब यो चिठी तपाईंकहाँ ल्याइन्छ मैले तपाईंकहाँ आफ्‍नो सेवकलाई पठाएको तपाईंले देख्‍नुहुनेछ, ताकि तपाईंले तिनको कुष्ठरोगबाट तिनलाई निको पारिदिनुहोस्।” जब इस्राएलका राजाले चिठी पढेका थिए, तब तिनले आफ्ना लुगा च्याते र भने, “आफैमा कुष्ठरोग भएको मानिसलाई मैले निको पारोस् भनी यो मानिसले इच्‍छा गर्नलाई मार्न र जिउँदो पार्न के म परमेश्‍वर हुँ र? उसले मसित झगडाको निहुँ खोजेको जस्‍तो पो लाग्‍दैछ।”
  • येहू आहाबका सत्तरी छोराका संरक्षकहरूलाई पत्र लेख्छन्२ राजाहरू 10:1–7
    पदहरू
    २ राजाहरू 10:1–7सामरियामा आहाबको घरानाका सत्तरी जना सन्तान थिए। येहूले चिठीहरू लेखे र ती सामरियामा यिजरेलका शासकहरू, धर्म-गुरुहरू र आहाबका सन्तानका अभिभावककहाँ यसो भनेर पठाए, “तिमीहरूका मालिकका सन्तानहरू तिमीहरूसित छन्, र तिमीहरूसित रथहरू, घोडाहरू र किल्लाबन्दी गरिएको सहर हतियार छन्। त्यसैले यो चिठी तिमीहरूले प्राप्‍त गर्ने बित्तिकै, तिमीहरूका मालिका सन्तानमध्ये सबैभन्दा उत्तम र योग्यलाई छान र तिनलाई आफ्‍ना पिताको सिंहासनमा राख, अनि तिमीहरूका मालिकका राजकीय वंशको निम्ति लडाइँ गर।” तर तिनीहरू त्रसित भए र आपसमा भने, “हेर, येहूको सामु दुई जना राजा त खडा हुन सकेनन्। त्‍यसैले हामी कसरी खडा हुन सक्छौँ?” तब दरबारका रेखदेख मानिसहरू, सहरका प्रमुखहरू र धर्म-गुरुहरू अनि बालबालिकका अभिभावकहरूले येहूलाई यसो भनेर समाचार पठाए, “हामी तपाईंका सेवकहरू हौँ। तपाईंले हामीलाई जे आज्ञा दिनुहुन्‍छ, त्‍यो हरेक कुरा हामी गर्नेछौँ। हामी कुनै मानिसलाई राजा बनाउनेछैनौँ। तपाईंको दृष्‍टिमा जे ठिक लाग्‍छ, त्यही गर्नुहोस्।” तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पटक चिठी लेखे, “तिमीहरू मेरो पक्षमा छौ र तिमीहरूले मेरो कुरा सुन्छौ भने तिमीहरूले आफ्‍ना मालिकका सन्‍तानका शिरहरू लिनुपर्छ र भोली यसै बेला यिजरेलमा मकहाँ आउनुपर्छ।” त्यस बेला राजाका सत्तरी जना सन्तानहरू आफूलाई हुर्काउने सहरका महत्त्वपूर्ण मानिसहरूसँगै थिए। त्यसैले जब तिनीहरूकहाँ चिठी आयो, तब तिनीहरूले राजाका छोराहरूलाई समाते र सत्तरी जनालाई नै मारे, तिनीहरूका शिरहरू टोकरीहरूमा राखे, र ती यिजरेलमा येहूकहाँ पठाए।
  • हिजकियाले अश्शूरका राजाको पत्र परमप्रभुको सामु फैलाउँछन्२ राजाहरू 19:14, यशैया 37:14
    पदहरू
    २ राजाहरू 19:14हिजकियाले सन्देशवाहकरूबाट यो चिठी प्राप्‍त गरे, र तिनले यो पढे। तब तिनी परमप्रभुको मन्दिरमा उक्ले अनि उहाँको सामु यसलाई खोलेर राखिदिए।
    यशैया 37:14हिजकियाले दूतबाट त्‍यो पत्र प्राप्‍त गरे र त्‍यो पढे। अनि तिनी परमप्रभुको मन्‍दिरमा गए र त्‍यसलाई उहाँको सामु फिंजाए।
  • बेबिलोनका राजा हिजकियालाई पत्र र उपहार पठाउँछन्२ राजाहरू 20:12, यशैया 39:1
    पदहरू
    २ राजाहरू 20:12त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकियालाई चिठीहरू र एउटा उपहार पठाए किनकि हिजकिया बिरामी परेका थिए भनी तिनले सुनेका थिए।
    यशैया 39:1त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियालाई पत्रहरू र उपहार पठाए। किनभने हिजकिया बिरामी भएका थिए र निको भए भनी उनले सुनेका थिए।
  • एलियाको एउटा पत्र राजा यहोरामकहाँ पुग्छ२ इतिहास 21:12
    पदहरू
    २ इतिहास 21:12एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो। त्‍यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तँ आफ्‍ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्,
  • हुलाकीहरू हिजकियाको निस्तार-चाडको निम्तो सारा इस्राएलमा पुर्‍याउँछन्२ इतिहास 30:1, २ इतिहास 30:6
    पदहरू
    २ इतिहास 30:1हिजकियाले सबै इस्राएल र यहूदाकहाँ दूतहरू पठाए र एफ्राइम र मनश्‍शेलाई चिट्ठीहरू पनि लेखे ताकि तिनीहरू यरूशलेममा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार-चाड मान्‍न यरूशलेमको परमप्रभुको मन्‍दिरमा आउन्‌।
    २ इतिहास 30:6यसैले राजाको हुकुमअनुसार राजा र तिनका अगुवाहरूका पत्रहरू लिएर पत्रवाहकहरू सारा इस्राएल र यहूदाभरि गए। तिनीहरूले भने, “इस्राएलका मानिसहरू हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्‍वरतिर तिमीहरू फर्क, ताकि अश्‍शूरका राजाहरूका हातबाट उम्‍कनेहरूतिर उहाँ पनि फर्कनुभएको होस्।
  • यरूशलेमको विरुद्धमा अरामी भाषामा लेखिएको पत्र अर्तासास्तलाईएज्रा 4:7–8, एज्रा 4:11
    पदहरू
    एज्रा 4:7–8अर्तासास्तको शासनकालमा विश्‍लाम, मित्रेता, ताबेल र तिनका सहयोगीहरूले अर्तासास्तलाई लेखे।उक्‍त चिट्ठी आरमेइक भाषामा लेखियो र अनुवाद गरियो। सेनापति रेहूम र सचिव शिम्शैले यरूशलेमको बारेमा अर्तासास्तलाई यसरी चिट्ठी लेखे।
    एज्रा 4:11तिनीहरूले अर्तासास्तलाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो, “हजुरका सेवकहरू, यूफ्रेटिस नदी पारिको प्रान्तका मानिसहरू यसो लेख्छन्:
  • राज्यपाल तत्तनैको प्रतिवेदन राजा दारालाईएज्रा 5:6–7
    पदहरू
    एज्रा 5:6–7यो यूफ्रेटिस नदीपारिको प्रान्तका राज्यपाल तत्तनै, शत्तर-बोज्नै र तिनीहरूका सहयोगीहरूले दारा राजालाई पठाएका चिट्ठीको प्रतिलिपी यही हो। तिनीहरूले लेखेर दारा राजालाई पठाएको विवरण यही हो, “हजुरमा अपार शान्ति रहोस्।
  • नहेम्याह सुरक्षित यात्रा र काठका निम्ति पत्र माग्छन्नहेम्याह 2:7–9
    पदहरू
    नहेम्याह 2:7–9तब मैले राजालाई भनेँ, “राजालाई खुसी लागे यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूका लागि मलाई चिट्ठीहरू पठाइऊन् ताकि म यहूदा जाँदा तिनीहरूले मलाई तिनीहरूका इलाकाहरू भएर जान अनुमति देऊन्। राजाको जङ्गलको जिम्मावाल आसापको लागि पनि एउटा चिट्ठी होस्, ताकि मन्दिरसित गाँसिएको किल्लाका मूल ढोकाहरू, सहरको पर्खाल र म बस्‍ने घरका लागि सत्तरीहरू बनाउन तिनले मलाई मुढाहरू जुटाइदेऊन्।” परमेश्‍वरको असल हात ममाथि भएकोले राजाले मेरो अनुरोध स्वीकार गर्नुभयो। म यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूकहाँ आइपुगेँ, र तिनीहरूलाई राजाका चिट्ठीहरू दिएँ। राजाले मसँगै सेनाका अधिकृतहरू र घोडचढीहरू पठाएका थिए।
  • सन्बलत नहेम्याहलाई छाप नलगाएको पत्र पठाउँछन्नहेम्याह 6:5–7
    पदहरू
    नहेम्याह 6:5–7उसै गरी सन्बलतले पाँचौँ पटक पनि मकहाँ तिनको सेवक पठाए, जसको हातमा खोलिएको चिट्ठी थियो। त्यहाँ यस्तो लेखिएको थियो, “जाति-जातिहरूका बिचमा यस्तो खबर पुगेको छ र गेशेम पनि त्यही भन्छन्, कि तिमी र यहूदीहरूले विद्रोह गर्ने योजना बनाउँदै छौ। त्यसकारण तिमीहरूले यो पर्खाल पुनर्निर्माण गर्दै छौ। तिमी तिनीहरूका राजा हुनै लागेका छौ भनी यी खबरहरूले बताउँछन्। यरूशलेममा तिम्रो बारेमा यो घोषणा गर्न तिमीहरूले अगमवक्ताहरू पनि नियुक्त गरेका छौ, 'यहूदामा राजा हुनुहुन्छ!' राजाले यी खबरहरू सुन्‍नेछन् भनी तिमी निश्‍चित हुन सक्छौ। त्यसकारण, आऊ र एक-अर्कासित कुराकानी गरौँ।”
  • हामानका पत्रहरू हुलाकीद्वारा हरेक प्रान्तमा जान्छन्एस्तर 3:13
    पदहरू
    एस्तर 3:13बाह्रौँ महिना (जुन अदार महिना हो) को तेह्रौँ दिनमा युवादेखि वृद्धसम्म, बालबालिका र महिला सबै यहूदीलाई एकै दिनमा नामेट पार्न, मार्न र नाश गर्न अनि तिनीहरूका धन-सम्पत्ति खोस्‍न राजाका सारा प्रान्तमा पत्रवाहकहरूद्वारा चिठ्ठीहरू पठाइए।
  • मोर्दकै राजाको औँठीले पत्रमा छाप लगाउँछन्; हुलाकीहरू द्रुत घोडा चढ्छन्एस्तर 8:10
    पदहरू
    एस्तर 8:10मोर्दकैले राजा अहासूरसको नाउँमा त्‍यो लेखे र त्यसमा राजाको छाप-औँठीले छाप लगाए। राजको सेवामा प्रयोग गरिने छिटो कुद्‍ने घोडाहरूमा सवार गराएर पत्रवाहकहरूद्वारा तिनले ती चिठ्ठीहरू पठाए।
  • नजिक र टाढाका यहूदीहरूलाई पूरीमबारे मोर्दकैका पत्रएस्तर 9:20
    पदहरू
    एस्तर 9:20मोर्दकैले यी कुराहरूका विवरण गरे, अनि राजा अहासूरसका टाढा र नजिकका सबै प्रान्तमा भएका सबै यहूदीलाई चिट्ठीहरू पठाए,
  • बेबिलोनमा निर्वासितहरूलाई यर्मियाको पत्रयर्मिया 29:1
    पदहरू
    यर्मिया 29:1निर्वासितहरूका बिचमा बाँकी रहेका धर्म-गुरुहरू, पुजारीहरू, अगमवक्ताहरू र सबै मानिस जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको मुट्ठोमा लिखित वचनहरू यी नै हुन्।
  • सेनापति क्लाउडियस लिसियास राज्यपाल फेलिक्सलाई लेख्छन्प्रेरित 23:25–30
    पदहरू
    प्रेरित 23:25–30त्यसपछि उनले यस्तो चिट्ठी लेखे। “क्लाउडियस लुसियसबाट, माननीय राज्यपाल फेलिक्सलाई अभिवादन। यी मानिस यहूदीहरूबाट पक्रिएका थिए र तिनीहरूले यिनलाई मार्नै लागेका थिए। जब मैले सैन्‍यदलसहित गएर यी मानिसको उद्धार गरेँ, त्यसपछि तिनी रोमी नागरिक रहेछन् भन्‍ने कुरा थाहा पाएँ। यिनीहरूले यी मानिसलाई किन दोष लगाएका रहेछन् भनी जान्‍नको लागि मैले तिनलाई तिनीहरूको परिषद्‌मा ल्याएँ। मैले थाहा पाएँ, कि उनीहरूले उनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यी मानिसलाई दोष लगाएका रहेछन्। तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने तिनको विरुद्धमा त्यस्तो कसुर भएको मैले देखिनँ। र मलाई यो पनि जानकारी गराइयो, कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्‌यन्‍त्र गरिएको थियो। त्यसकारण, मैले तुरुन्तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु, र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु। बिदा!”

आरम्भिक मण्डलीमा

  • लूकाले थियोफिलसका निम्ति क्रमबद्ध विवरण लेख्छन्लुका 1:3, प्रेरित 1:1
    पदहरू
    लुका 1:3सम्मानित थियोफिलस, त्यसैले मलाई पनि यी सबै कुराहरूलाई अनुसन्धान गरी ठिकसित क्रमबद्ध रूपमा सुरुदेखि घटेका घटनाहरूलाई लेख्‍न असल लाग्यो।
    प्रेरित 1:1थियोफिलस, मैले पहिला लेखेको पुस्तकले येशूलाई माथि नलगिएसम्म उहाँले गर्न र सिकाउन थाल्नुभएका सबै कुरा बताएको छ।
  • शाऊल दमस्कसका सभाघरहरूका निम्ति पत्र माग्छन्प्रेरित 9:2
    पदहरू
    प्रेरित 9:2र त्यस मार्गका पुरुष होस् या स्‍त्री जोसुकैलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहको नाउँमा पत्र मागे।
  • यरूशलेमको सभाको पत्र एन्टिओखियामा पढिन्छप्रेरित 15:23, प्रेरित 15:30
    पदहरू
    प्रेरित 15:23तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरू, प्रेरितहरू, एल्डरहरू, भाइहरूलाई अभिवादन।
    प्रेरित 15:30जब उनीहरू बिदा भएर एन्टिओखियामा आए। तिनीहरूलेभिडलाई एकसाथ भेला पारेपछि पत्र दिए।
  • अखैयामा अपोल्लोसलाई स्वागत गर्न भाइहरूले पत्र लेख्छन्प्रेरित 18:27
    पदहरू
    प्रेरित 18:27जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे। त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे।
  • रोमका यहूदी अगुवाहरू: तिम्रोबारे हामीले कुनै पत्र पाएका छैनौँप्रेरित 28:21
    पदहरू
    प्रेरित 28:21तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे।
  • तर्तियसले रोमीहरूलाई लेखिएको पत्र लेखेरोमी 16:22
    पदहरू
    रोमी 16:22यो पत्र लेख्‍ने म तर्तियसले प्रभुमा अभिवादन गर्दछु।
  • पावलले कोरिन्थलाई पहिले लेखेको एउटा पत्रको उल्लेख गर्छन्१ कोरिन्थी 5:9
    पदहरू
    १ कोरिन्थी 5:9मेरो पत्रमा मैले तिमीहरूलाई यौनसम्बन्धी अनैतिक मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखेँ।
  • सिफारिसका पत्रहरू२ कोरिन्थी 3:1
    पदहरू
    २ कोरिन्थी 3:1के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र?
  • हेर, मैले आफ्नै हातले कति ठूला अक्षरमा लेखेको छु!गलाती 6:11
    पदहरू
    गलाती 6:11हेर मैले आफ्नै हातले कति ठुला-ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु।
  • पावलको आफ्नै हातको अभिवादन हरेक पत्रको चिनो हो२ थेसलोनिकी 3:17
    पदहरू
    २ थेसलोनिकी 3:17यो मेरो अभिवादन हो, म पावल आफ्नै हातले हरेक पत्रहरू लेखेको हो भन्‍ने चिन्ह हो।
  • हामीबाट आएजस्तो देखिने पत्रदेखि होसियार२ थेसलोनिकी 2:2
    पदहरू
    २ थेसलोनिकी 2:2कि प्रभुको दिन आइसकेको छ भनी तिमीहरूको मन सजिलै नधर्मराओस्, न त विचलित होस्, न आत्माद्वारा, न वचन न त हाम्रो पत्रद्वारा। प्रभुको आगमन पहिल्यै भइसकेको छ भनेर
  • कलस्से र लाउडिकियाले पत्र साटासाट गर्नुपर्छकलस्सी 4:16
    पदहरू
    कलस्सी 4:16जब यो पत्र तिमीहरूका बिचमा पढिनेछ, त्यसपछि लाउडिकियाको मण्डलीमा पनि यो पढ्नू र लाउडिकियाबाट आउने पत्र पनि तिमीहरूले पढ्नू।
  • पावल ओनेसिमसबारे फिलेमोनलाई लेख्छन्फिलेमोन 1:1, फिलेमोन 1:10
    पदहरू
    फिलेमोन 1:1ख्रीष्‍ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई,
    फिलेमोन 1:10म मेरा छोरा ओनेसिमसको निम्ति बिन्ती गरिरहेछु, जसको म कारागारमा हुँदा बुबा बनेँ।
  • पत्रुस: पावलका पत्रका केही भाग बुझ्न गाह्रो छन्२ पत्रुस 3:16
    पदहरू
    २ पत्रुस 3:16पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्न कठिन हुने कुराहरू पनि छन्। अनुशासनहीन र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्‍याउँछन् जसरी तिनीहरूले धर्मशास्‍त्रका अरू वचनहरूलाई बङ्ग्याउँदै आफ्नो विनाश निम्त्याउँछन्।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार