Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › विवाह र बिहे

दैनिक जीवन

बाइबलमा विवाह र बिहे

पवित्र बाइबल (ULB) का 53 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

चलन

  • आमाबुबाले छोराहरूका निम्ति पत्नी खोज्थेउत्पत्ति 21:21, उत्पत्ति 24:3–4, उत्पत्ति 28:1–2, यर्मिया 29:6
    पदहरू
    उत्पत्ति 21:21ऊ पारानको उजाड-स्थानमा बस्दा, उसकी आमाले उसको निम्ति मिश्रबाट एउटा पत्‍नी ल्याइदिइन्।
    उत्पत्ति 24:3–4अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्‍ये कसैलाई पनि मेरो छोरोकी पत्‍नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्‍वर्ग र पृथ्‍वीका परमप्रभु परमेश्‍वरको यो शपथ खान लाउँछु। तर तैँले मेरो देशमा मेरै कुटुम्‍बकहाँ गएर मेरो छोरा इसहाकको लागि एउटी पत्‍नी ल्‍याउनेछस्।”
    उत्पत्ति 28:1–2इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैँले कनानी स्‍त्रीहरूबाट आफ्नो निम्ति पत्‍नी नलिनू। पद्दन-आराममा तेरी आमाका बुबा बतूएलको घरमा गएर त्‍यहीँबाट तेरा मामा लाबानका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‌।
    यर्मिया 29:6बिहेबारी गर र छोराहरू र छोरीहरू जन्माओ। त्यसपछि आफ्ना छोराहरूका लागि पत्‍नीहरू ल्याओ, र आफ्ना छोरीहरू तिनीहरूका पतिहरूलाई देओ। तिनीहरूले छोराहरू र छोरीहरू जन्माऊन्, र त्यहाँ आफ्नो सङ्ख्या बढाओ, घटाउने होइन।
  • शिमशोन आमाबुबालाई पलिश्ती पत्नी ल्याइदिन भन्छन्न्यायकर्ताहरू 14:2
    पदहरू
    न्यायकर्ताहरू 14:2जब तिनी फर्के, तब तिनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई देखें। तिनलाई मेरो पत्‍नी हुनलाई ल्याइदिनुहोस्।”
  • रिबेकालाई सोधिन्छ: के तिमी यस मानिससँग जान्छ्यौ?उत्पत्ति 24:57–58
    पदहरू
    उत्पत्ति 24:57–58तिनीहरूले भने, “हामी कन्‍यालाई बोलाउँछौँ र तिनलाई सोध्छौँ।” अनि तिनीहरूले रिबेकालाई डाकेर सोधे, “के तिमी यस मानिसको साथमा जान्‍छ्यौ?” तिनले भनिन्, “म जान्‍छु।”
  • इसहाकलाई भेट्दा रिबेकाले घुम्टोले आफूलाई ढाक्छिन्उत्पत्ति 24:65
    पदहरू
    उत्पत्ति 24:65तिनले नोकरलाई भनिन्, “हामीलाई भेट्‌न बाहिर हिँड्‌दै आउने मानिस को हुन्‌?” त्‍यस नोकरले भन्‍यो, “उनी त मेरा मालिक हुन्‌।” तब रिबेकाले घुम्‍टो हालेर आफ्‍नो अनुहार छोपिन्‌।
  • बेहुलीका निम्ति गहना र लुगा, उसको परिवारका निम्ति उपहारउत्पत्ति 24:53
    पदहरू
    उत्पत्ति 24:53तब त्‍यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्‍याएर रिबेकालाई दियो। त्‍यसले तिनका दाजु र आमालाई पनि मूल्‍यवान्‌ उपहारहरू दियो।
  • बेहुलीको बुबालाई दाइजो तिरिन्थ्योउत्पत्ति 34:12, प्रस्थान 22:16–17
    पदहरू
    उत्पत्ति 34:12तपाईंहरूलाई इच्छा लागेमुताबिक जतिसुकै दाइजो र उपहार माग्‍नुुहोस् म ती दिनेछु, तर मलाई यी युवती पत्‍नी तुल्याउनलाई दिनुहोस्।”
    प्रस्थान 22:16–17कुनै पुरुषले मगनी नभएकी कन्या केटीलाई फकाएर त्यससित सुत्यो भने त्यसले दुलहीको रकम दिएर त्यसलाई आफ्नी पत्‍नी बनाउनुपर्छ। केटीको बुबाले केटी त्यसलाई दिन पूर्ण रूपमा अस्वीकार गर्‍यो भने त्यसले कन्या केटीहरूको दुलहीको सम्पत्ति बराबरको रकम तिर्नुपर्छ।
  • लाबान: जेठीभन्दा पहिले कान्छीको बिहे गर्ने हाम्रो चलन होइनउत्पत्ति 29:26
    पदहरू
    उत्पत्ति 29:26लाबानले भने, “जेठीको भन्‍दा कान्‍छीको विवाह अगि गर्ने रीति हामीकहाँ छैन।
  • विवाहको उत्सव एक हप्ताउत्पत्ति 29:22, उत्पत्ति 29:27–28
    पदहरू
    उत्पत्ति 29:22तब लाबानले त्‍यस ठाउँका सबै मानिसहरू जम्‍मा गरेर भोज दिए।
    उत्पत्ति 29:27–28यो छोरीसँग एक साता पुरा गर, र अर्को सात वर्ष मेरो सेवाको सट्टामा म तिमीलाई अर्की पनि दिनेछु।” याकूबले त्‍यसै गरे, र लेआसँग एक साता पुरा गरे। तब लाबानले आफ्‍नी छोरी राहेललाई पनि याकूबकी पत्‍नीको रूपमा दिए।
  • बेहुलाले तीस जना साथीसहित सात दिनको भोज दिएन्यायकर्ताहरू 14:10–12
    पदहरू
    न्यायकर्ताहरू 14:10–12शिमशोनका बुबा तल त्यो स्‍त्री भएको ठाउँमा गए, र शिमशोनले त्यहाँ एउटा भोज दिए, किनकि त्‍यो दुलहाले गर्नैपर्ने प्रचलन थियो। स्‍त्रीका नातेदारहरूले तिनलाई देख्‍नेबित्तिकै, तिनीहरूले आफ्ना तिस जना साथी तिनीसँग बस्‍नलाई ल्याए। शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु। तिमीहरूमध्ये कसैले भोजको सात दिनभित्रमा अड्को फुकाएर त्यसको उत्तर मलाई भन्‍न सक्यौ भने, म तिमीहरूलाई तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू दिनेछु।
  • बेहुलीको गहना र विवाहको पटुकायर्मिया 2:32, यशैया 61:10
    पदहरू
    यर्मिया 2:32के कन्याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र? तरै पनि मेरो जातिले मलाई गन्‍नै नसक्‍ने दिनदेखि भुलेको छ।
    यशैया 61:10परप्रभुमा म अत्यन्तै आनन्दित हुनेछु। मेरो परमेश्‍वरमा म धैरै खुसी हुनेछु। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाउनुभएको छ। उहाँले मलाई धार्मिकताको वस्‍त्रले ढाक्‍नुभएको छ, जसरी एउटा दुलहाले आफूलाई मुकुटले सजाउँछ र एउटी दुलहीले आफूलाई गहनाहरूले सजाउँछे।
  • सुनौलो बुट्टा भरिएको पोशाकमा राजकुमारी आफ्ना सखीहरूसँगभजनसंग्रह 45:13–14
    पदहरू
    भजनसंग्रह 45:13–14दरवारका छोरी सह्रै महिमित छिन्। तिनको पहिरन सुनले बनाइएको छ। बुट्टेदार पोशाकमा तिनलाई राजाकहाँ लगिनेछ। तिनको पछि हिंड्ने कन्यहरूलाई तिमीकहाँ ल्याइनेछन्।
  • विवाहको दिन सोलोमनको शिरमा आमाले लगाइदिएको मुकुटश्रेष्ठगीत 3:11
    पदहरू
    श्रेष्ठगीत 3:11हे सियोनका छोरीहरू हो, बाहिर गएर राजा सोलोमनलाई एकटक लगाएर हेर, जसले मुकुट लगाउनुभएको छ, जुन उहाँकी आमाले विवाहको दिनमा, उहाँको हृदय आनन्दले भरिएको दिनमा उहाँलाई पहिराइदिएकी थिइन्।
  • बेहुला र बेहुलीको स्वरले गल्लीहरू भरिन्थेयर्मिया 7:34
    पदहरू
    यर्मिया 7:34यहूदाका सहरहरू र यरूशलेमका सडकहरूबाट हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोरलाई म अन्त्य गरिदिनेछु, किनकि यो देश उजाड हुनेछ।”
  • दस कन्या बत्ती लिएर बेहुलालाई भेट्न निस्कन्छन् (दृष्टान्त)मत्ती 25:1–6
    पदहरू
    मत्ती 25:1–6तब स्‍वर्गको राज्‍य ती दस कन्‍याजस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए। तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए। किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन्। तर बुद्धिमती कन्‍याहरू प्रत्‍येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे। दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्‍द्रामा परे र सुते। तर मध्‍यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा! बाहिर जाऊ अनि उनलाई भेट।’
  • पाहुनाले विवाहको पोशाक लगाउनुपर्थ्यो (दृष्टान्त)मत्ती 22:11–12
    पदहरू
    मत्ती 22:11–12तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे। राजाले उसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ?’ अनि त्यस व्यक्‍तिले केही बोल्न सकेन।
  • सहरको ढोकामा धर्म-गुरुहरूको साक्षीमा विवाहरूथ 4:9–11
    पदहरू
    रूथ 4:9–11त्यसपछि बोअजले धर्मगुरुहरू र सबै मानिसहरूलाई भने, “मैले एलीमेलेकको, किल्योन र महलोनको सबै थोक मैले आज किनेँ भन्‍ने कुराको साक्षी तपाईंहरू हुनुहुन्छ।” साथै त्यसको उत्तराधिकारमा मृत मानिसको नाउँलाई मैले उठाउन सकूँ भनी महलोनकी पत्‍नी मोआबी महिला रूथलाई मैले मेरी पत्‍नीको रूपमा प्राप्‍त गरेको छु, ताकि त्यसको नाउँ आफ्ना दाज्यूभाइहरु माझबाट र त्यसको ठाउँको प्रवेशद्धारबाट नहराओस्। आज तपाईंहरू साक्षी हुनुहुन्छ।” प्रवेशद्धारमा भएका सबै मानिसहरू र धर्मगुरुहरूले भने, “हामी साक्षीहरू छौँ। परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल र लेआजस्तै तुल्याउनुभएको होस्; र तपाईं एप्रातामा फलिफाप हुनुहोस् र बेथलेहेममा प्रसिद्ध हुनुहोस्।
  • मगनी मात्र भएको बेला योसेफलाई मरियमका पति भनिन्छमत्ती 1:18–19, लुका 1:27
    पदहरू
    मत्ती 1:18–19येशू ख्रीष्‍टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, तर उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो। तिनका पति योसेफ धर्मी मानिस थिए र उनले तिनलाई सबैका सामु शर्ममा पार्न चाहेनन्। यसैले, उनले गोप्य प्रकारले तिनीसँगको मगनीलाई रद्द गर्ने निर्णय गरे।
    लुका 1:27परमेश्‍वरले तिनलाई एउटा कन्याकहाँ पठाउनुभयो जसको योसेफ भन्‍ने मानिससँग मगनी भएको थियो। तिनी दाऊदका वंशका थिए र कन्याको नाउँ मरियम थियो।

व्यवस्थामा

  • नयाँ विवाहित मानिस एक वर्ष युद्धबाट मुक्त रहन्छव्यवस्था 24:5
    पदहरू
    व्यवस्था 24:5भर्खरै बिहे गरेको पुरुष सेनासँगै युद्धमा नजाओस् न त जबरजस्ती उसलाई कुनै जिम्मेवारी दिइयोस्। त्यो एक वर्षसम्म घरमा रही त्यसले भर्खरै ल्याएकी पत्‍नीसित रमाओस्।
  • भाइले आफ्नो दाजुको निःसन्तान विधवासँग विवाह गर्छव्यवस्था 25:5–10, उत्पत्ति 38:8, मर्कूस 12:19
    पदहरू
    व्यवस्था 25:5–10सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्‍नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस्। बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्‍नी तुल्याओस्, र मृत लोग्‍नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस्। स्‍त्रीले जन्माउने पहिलो छोरोलाई मरेको व्यक्तिको नाउँ दिइयोस् ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस्। तर देवरले आफ्नी भाउजुलाई राख्‍ने इच्छा गरेन भने मुल ढोकामा गई भाउजुले धर्म-गुरुहरूलाई यसो भनोस्, 'मेरो देवरले इस्राएलमा त्यसको दाजुको नाउँ राख्‍न इन्कार गर्छ। त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य गर्दैन।' तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर त्यससित कुराकानी गरून्। तर त्यसले 'म भाउजुलाई राख्‍न चाहन्‍नँ' भनी जिद्दी गर्‍यो भने भाउजु धर्म-गुरुहरूको उपस्थितिमा देवरकहाँ आई उसले त्यसको खुट्टाबाट जुत्ता फुकालेर त्यसको मुखमा थुकिदेओस्। भाउजुले यसो भनोस्, 'आफ्नो दाजुको घर निर्माण नगर्ने मानिसलाई यसै गरिन्छ।' इस्राएलमा त्यसको नाउँलाई 'जुत्ता फुकालिएको घर' भनिने छ।
    उत्पत्ति 38:8यहूदाले ओनानलाई भने, “तँ आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्। आफ्नी भाउजूप्रति देवरको कर्तव्य पूरा गर्, र आफ्नो दाजुको निम्ति एउटा बालक हुर्का।”
    मर्कूस 12:19“गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्‍चा नभईकन मर्छ भने, त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्‍चा जन्माउनुपर्छ।’
  • सलोफादका छोरीहरूले बुबाकै कुलमा विवाह गर्नुपर्छगन्ती 36:6–8
    पदहरू
    गन्ती 36:6–8सलोफादका छोरीको बारेमा परमप्रभुले यो आज्ञा दिनुहुन्छ, 'तिनीहरू आफूलाई उत्तम लाग्‍ने मानिससँग विवाह गरून्, तर तिनीहरूले आफ्ना पिताको परिवारभित्र मात्र विवाह गर्नुपर्छ।' इस्राएलका मानिसहरूको कुनै पनि अंश एउटा कुलबाट अर्कोमा बद्‍ली गर्नुहुँदैन। इस्राएलका मानिसहरूको हरेक कुलले आ-आफ्नो पुर्खाको कुलको अंशलाई निरन्तरता दिनुपर्छ। आफ्नो कुलमा अंश पाउने हेरक महिलाले आफ्नै पिताको कुलको परिवारभित्र मात्र विवाह गर्नुपर्छ, ताकि इस्राएलका मानिस हरेकले आ-आफ्नो पुर्खाहरूबाटको अंश पाओस्।
  • पुजारीले पारपाचुके भएकी स्त्रीसँग विवाह गर्न हुँदैनलेवीहरू 21:7, लेवीहरू 21:13–14
    पदहरू
    लेवीहरू 21:7तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति अलग गरिएका हुनाले तिनीहरूले त्यस्ती स्‍त्रीलाई विवाह नगरून् जो एउटी वेश्‍या हो र जो अपवित्र छे, र तिनीहरूले आफ्नो पतिबाट विच्‍छेद भएकी स्‍त्रीलाई विवाह नगरून्।
    लेवीहरू 21:13–14प्रधान पुजारीले आफ्नी पत्‍नीको रूपमा कन्या केटी बिहे गरोस्। त्यसले विधवा, विच्‍छेद भएकी स्‍त्री, वा वेश्‍या बिहे नगरोस्। यस्ता स्‍त्रीहरूलाई त्यसले बिहे नगरोस्। त्यसले आफ्नै मानिसहरूबाट एउटा कन्या केटी नै बिहे गरोस्,
  • कैदी स्त्रीले पहिले पूरा एक महिना आमाबुबाका निम्ति शोक गर्छेव्यवस्था 21:10–13
    पदहरू
    व्यवस्था 21:10–13जब तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गर्न जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिनीहरूलाई तिमीहरूको वशमा ल्याउनुहुन्छ अनि जब तिमीहरूले तिनीहरूलाई बन्दी बनाई ल्याउँछौ, तब तिमीहरूले बन्दीहरूका बिचमा सुन्दरी स्‍त्री देख्यौ र त्यसलाई आफ्नी पत्‍नी बनाउने इच्छा गर्‍यौ भने त्यसलाई आफ्नो घरमा लैजानू। त्यसले आफ्नो कपाल खौरन्छे र नङ् काट्छे। त्यसपछि त्यसले निर्वासनमा छँदा आफूले लगाएको लुगा फुकाल्छे र त्यो तिम्रो घरमा बसी आफ्ना बुबाआमाको लागि एक वर्षसम्म शोक गर्छे। त्यसपछि तिमी त्योसित सुत्‍न सक्छौ र त्यसको पति हुन सक्छौ र त्यो तिम्री पत्‍नी हुन्छे।
  • इस्राएलीहरूलाई कनानका जातिहरूसँग विवाह नगर्न भनिन्छव्यवस्था 7:3
    पदहरू
    व्यवस्था 7:3तिनीहरूसित विवाहको कुनै बन्दोवस्त नमिलाउनू। तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, र आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरू नलिनू।

उदाहरणहरू

  • अब्राहामले आफ्नी सौतेनी बहिनी सारासँग विवाह गरेउत्पत्ति 11:29, उत्पत्ति 20:12
    पदहरू
    उत्पत्ति 11:29अब्राम र नाहोरले विवाह गरे र पत्‍नि ल्याए। अब्रामकी पत्‍निको नाउँ साराई थियो र नाहोरकी पत्‍निको नाउँ मिल्का थियो, तिनी हारानको छोरी थिइन् अनि हारान मिल्का र यिस्काका पिता थिए।
    उत्पत्ति 20:12हुन त यिनी मेरो बुबाकी छोरी मेरी बहिनी हुन्, तर यिनी मेरी आमाकी छोरी होइनन्, र यिनी मेरी पत्‍नी भइन्।
  • इसहाकले रिबेकालाई प्रेम गरे र आमाको मृत्युपछि सान्त्वना पाएउत्पत्ति 24:67
    पदहरू
    उत्पत्ति 24:67इसहाकले रिबेकालाई आफ्‍नी आमा साराको पालमा लगे, र विवाह गरे। अनि तिनी उनकी पत्‍नी भइन्, र उनले तिनलाई प्रेम गरे। यसरी आफ्‍नी आमाको मृत्‍युपछि इसहाकले सान्‍त्‍वना पाए।'
  • याकूब राहेलका निम्ति सात वर्ष काम गर्छन्; ती केही दिनजस्ता लाग्छन्उत्पत्ति 29:18–20
    पदहरू
    उत्पत्ति 29:18–20याकूबले राहेललाई प्रेम गरे, त्यसैले तिनले भने, “तपाईंकी कान्‍छी छोरी राहेलको निम्‍ति म सात वर्षसम्‍म तपाईंको सेवा गर्नेछु।” लाबानले भने, “त्‍यसलाई अर्को मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो। मसँगै बस।” यसकारण याकूबले राहेलको निम्‍ति सात वर्षसम्‍म सेवा गरे। राहेलप्रति तिनको प्रेमको कारण तिनलाई त्‍यो समय तिनलाई थोरै दिनजस्‍तो लाग्‍यो।
  • याकूबलाई पहिले लेआ, त्यसपछि राहेल दिइन्छउत्पत्ति 29:21–28
    पदहरू
    उत्पत्ति 29:21–28त्‍यसपछि याकूबले लाबानलाई भने, “मैले सेवा गर्ने दिनहरू पुरा भएको हुनाले मलाई मेरी पत्‍नी दिनुहोस् ताकि म तिनीसँग विवाह गर्न सकूँ।” तब लाबानले त्‍यस ठाउँका सबै मानिसहरू जम्‍मा गरेर भोज दिए। साँझमा उनले आफ्‍नी छोरी लेआलाई याकूबकहाँ ल्‍याइदिए, र याकूबले तिनीसँग सहवास गरे। लाबानले आफ्‍नी कमारी जिल्‍पालाई आफ्‍नी छोरी लेआकी कमारी हुनलाई दिए। याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्‌। तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको? मैले राहेलको निम्‍ति सेवा गरेको होइन र? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो?” लाबानले भने, “जेठीको भन्‍दा कान्‍छीको विवाह अगि गर्ने रीति हामीकहाँ छैन। यो छोरीसँग एक साता पुरा गर, र अर्को सात वर्ष मेरो सेवाको सट्टामा म तिमीलाई अर्की पनि दिनेछु।” याकूबले त्‍यसै गरे, र लेआसँग एक साता पुरा गरे। तब लाबानले आफ्‍नी छोरी राहेललाई पनि याकूबकी पत्‍नीको रूपमा दिए।
  • कालेबले किर्यत-सेपेर कब्जा गर्नेलाई आफ्नी छोरी अक्सा दिन्छन्न्यायकर्ताहरू 1:12–13
    पदहरू
    न्यायकर्ताहरू 1:12–13कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्यसलाई लिन्‍छ, त्यसको पत्‍नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु।” कालेबका भाइ कनजका छोरा, ओत्‍निएलले दबीरमाथि कब्जा गरे, यसैले कालेबले आफ्नी छोरी अक्सा तिनकी पत्‍नी हुनलाई दिए।
  • गोल्यतलाई मार्नेलाई शाऊल आफ्नी छोरी दिने वचन दिन्छन्१ शमूएल 17:25, १ शमूएल 18:17
    पदहरू
    १ शमूएल 17:25इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ। उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन्।”
    १ शमूएल 18:17तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छिन्। तिनलाई म तिम्रो पत्‍नी हुनलाई दिनेछु। मेरो निम्ति मात्र साहसी हुनु र परमप्रभुको युद्ध लड्नुपर्छ।” किनकि शाऊलले सोचे, “तिनीमाथि मेरो हात नपरोस्, तर तिनीमाथि पलिश्तीहरूको हात परोस्।”
  • शाऊल एक सय पलिश्ती खलडी माग्छन्; दाऊद दुई सय ल्याउँछन्१ शमूएल 18:25–27, २ शमूएल 3:14
    पदहरू
    १ शमूएल 18:25–27त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्‍ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्‍न'।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्‍ने शाऊलको विचार थियो। जब तिनका सेवकहरूले दाऊदलाई यी कुराहरू बताए, तब दाऊद राजाको ज्वाइँ हुन राजी भए। ती दिन सिद्धिनअगि नै, दाऊद आफ्ना मानिसहरूसँग गए र दुई सय जना पलिश्तीहरूलाई मारे। दाऊदले तिनीहरूका खलडी ल्याए र तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए, ताकि तिनी राजाका ज्‍वाइँ हुन सकून्। त्यसैले शाऊलले तिनकी छोरी मीकललाई उनको पत्‍नी हुनलाई दिए।
    २ शमूएल 3:14त्यसपछि दाऊदले यसो भन्‍दै शाऊलका छोरा ईश्‍बोशेतकहाँ दूतहरू पठाए, “मलाई मेरी पत्‍नी मीकल देऊ, जसलाई मैले सय जना पलिश्‍तीको खलडीको मूल्य तिरें।”
  • बोअजले साक्षीहरूका सामु रूथलाई पत्नीको रूपमा लिन्छन्रूथ 4:5, रूथ 4:10
    पदहरू
    रूथ 4:5त्यसपछि बोअजले भने, “तपाईंले नाओमीबाट जग्गा किनेको दिनमा नै मृतकको उत्तराधिकारको नाउँलाई उठाउनको निम्ति मृत मानिसको विधवा मोआबी रूथलाई पनि लानुपर्छ।”
    रूथ 4:10साथै त्यसको उत्तराधिकारमा मृत मानिसको नाउँलाई मैले उठाउन सकूँ भनी महलोनकी पत्‍नी मोआबी महिला रूथलाई मैले मेरी पत्‍नीको रूपमा प्राप्‍त गरेको छु, ताकि त्यसको नाउँ आफ्ना दाज्यूभाइहरु माझबाट र त्यसको ठाउँको प्रवेशद्धारबाट नहराओस्। आज तपाईंहरू साक्षी हुनुहुन्छ।”
  • बेन्यामीनीहरूले शीलोका नाच्ने केटीहरूबाट पत्नी समात्छन्न्यायकर्ताहरू 21:21–23
    पदहरू
    न्यायकर्ताहरू 21:21–23शीलोबाट युवतीहरू नाच्नलाई बाहिर निस्कने समयलाई हेर। तब दाखबारीहरूबाट बाहिर निस्‍क र तिमीहरू हरेकले शीलोबाट युवतीललाई आफ्नी पत्‍नीको रूपमा लिएर बेन्यामीनको भूमिमा फर्क। जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन्, तब हामी तिनीहरूलाई भन्‍नेछौं, ‘हामीमाथि कृपा गर्नुहोस्! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्‍नी दिएनौं। तपाईंहरू निर्दोष हुनुहुन्छ, किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन।’” बेन्यामीनी मानिसहरूले त्यस्तै गरे। तिनीहरूले नाचिरहेका युवतीहरूबाट पत्‍नीहरू लिए र तिनीहरूसँगै अगि बढे। तिनीहरू आफ्नै उत्तराधिकारको ठाउँमा फर्केर गए। तिनीहरूले नगरहरू बनाए र त्‍यसमा बसोबास गरे।
  • अहासूरसले एस्तरलाई रानी बनाउँछन् र एस्तरको भोज दिन्छन्एस्तर 2:17–18
    पदहरू
    एस्तर 2:17–18राजाले अन्य कुनै स्‍त्रीलाई भन्दा एस्तरलाई बढी मन पराए, र अन्य सबै कन्याहरूले भन्दा बढी उनले स्वीकृति र निगाह पाए। त्यसैले तिनले उनको शिरमा राजकीय शिरपेच पहिराइदिए, र वश्तीको साटो उनलाई रानी बनाए। राजाले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा ठुलो, “एस्तरको भोज” भोज दिए र तिनले प्रान्तहरूलाई कर छुट दिए। तिनले राजकीय उदारतासहित उपहारहरू पनि दिए।
  • होशे पन्ध्र शेकेल चाँदी र जौ दिएर एउटी स्त्री किन्छन्होशे 3:2
    पदहरू
    होशे 3:2यसैले मैले त्यसलाई मेरो निम्ति पन्ध्र शेकेल चाँदी र अढाइ मुरी जौ तिरेर किनें।
  • येशू र उहाँका चेलाहरू कानाको एउटा विवाहमायूहन्ना 2:1–10
    पदहरू
    यूहन्ना 2:1–10तिन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन्। विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो। जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन।” येशूले जवाफ दिनुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ? मेरो समय अझ आइसकेको छैन।” उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्‍नुहुन्छ, त्यही गर”। त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “भाँडाहरूमा पानी भर।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए। तब उहाँले नोकरहरूलाई भन्‍नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्‍तिलाई देऊ”। तिनीहरूले त्यसै गरे। मुख्य व्यक्‍तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्‍ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो)। तब उनले दुलहालाई बोलाए र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन्। तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ।”
  • प्रेरितहरू यात्रामा आफ्ना पत्नीहरूलाई सँगै लैजान्थे१ कोरिन्थी 9:5
    पदहरू
    १ कोरिन्थी 9:5के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग विश्‍वासी पत्‍नी लिएर हिँड्ने अधिकार छैन?

हितोपदेशका भनाइहरू

  • जसले पत्नी पाउँछ, उसले असल कुरा पाउँछहितोपदेश 18:22
    पदहरू
    हितोपदेश 18:22पत्‍नी पाउनेले असल कुरा पाउँछ, र परमप्रभुबाट निगाह प्राप्‍त गर्छ।
  • झगडालु पत्नीसँग घरमा बस्नुभन्दा छानाको एउटा कुनामा बस्नु असलहितोपदेश 21:9, हितोपदेश 21:19
    पदहरू
    हितोपदेश 21:9झगडालु पत्‍नीसित एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ।
    हितोपदेश 21:19झगडालु र रिसालु पत्‍नीसित बस्‍नुभन्दा उजाड्-स्थानमा बस्‍नु बेस हुन्छ।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार