खोजी गर्नुहोस् › विषयहरू › घूस
दैनिक जीवन
बाइबलमा घूस
पवित्र बाइबल (ULB) का 27 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
- घूस नलेऊ, किनकि घूसले आँखा अन्धो बनाउँछप्रस्थान 23:8, व्यवस्था 16:19
पदहरू
प्रस्थान 23:8कहिल्यै घुस नलेओ किनकि घुसले देख्नेहरूलाई अन्धो तुल्याइदिन्छ र इमानदार मानिसहरूका वचनलाई बङ्ग्याइदिन्छ।
व्यवस्था 16:19तिमीहरूले जबरजस्ती न्याय हरण नगर। पक्षपात नगर न त घुस लेओ किनकि घुसले बुद्धिमानीहरूको आँखालाई अन्धो तुल्याई धर्मीहरूका वचनलाई बङ्ग्याइदिन्छ।
- निर्दोषलाई मार्न घूस लिने श्रापित होस्व्यवस्था 27:25
पदहरू
व्यवस्था 27:25'निर्दोष व्यक्तिलाई मार्न घुस लिने मानिस श्रापित होस्।' तब सबै मानिसले भनून्, 'आमेन।'
- शमूएल: मैले कसको हातबाट घूस लिएको छु?१ शमूएल 12:3
पदहरू
१ शमूएल 12:3म यहाँ छु। परमप्रभु र उहाँको अभिषिक्त जनको सामु मेरो विरुद्ध गवाही देओ। मैले कसैको गोरु लिएको छु? मैले कसैको गधा लिएको छु? मैले कसैलाई ठगेको छु? मैले कसैलाई थिचोमिचो गरेको छु? मेरा आँखाहरूलाई अन्धा तुल्याउन मैले कसैबाट घूस लिएको छु? मेरो विरुद्ध गवाही देओ र म तिमीहरूलाई त्यो फर्काइदिनेछु।”
- राजा यहोशापात आफ्ना न्यायकर्ताहरूलाई: पक्षपात वा घूस होइन२ इतिहास 19:7
पदहरू
२ इतिहास 19:7यसैले अब, परमप्रभुको भय तिमीहरूमा रहोस्। न्याय गर्दा होसियार होओ, किनकि परमप्रभु हाम्रा परमेश्वरमा अधर्म हुँदैन, नत उहाँमा पक्षपात र घूस लिने काम नै हुन्छ।”
- परमेश्वरसँग को बस्न सक्छ? घूस अस्वीकार गर्नेभजनसंग्रह 15:5, यशैया 33:15
पदहरू
भजनसंग्रह 15:5त्यसले रुपियाँ दिंदा ब्याज लिंदैन। निर्दोषको विरुद्ध साक्षी दिन त्यसले घूस लिंदैन। यी कुरा गर्नेहरू कहिल्यै डग्नेछैनन्।
यशैया 33:15त्यही नै जो धार्मिकतासाथ हिंड्छ र इमानदारसाथ बोल्छ। जसले अत्यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्तपातको बारे सुन्नदेखि आफ्ना कानहरू बन्द गर्छ र जसले दुष्टता हेर्नदेखि आफ्ना आँखाहरू बन्द गर्छ—
- हितोपदेशका भनाइहरू: उपहारले ढोका खोल्छ; गुप्त उपहारले रिस शान्त पार्छहितोपदेश 17:8, हितोपदेश 18:16, हितोपदेश 21:14
पदहरू
हितोपदेश 17:8घुस दिनेको लागि यो टुनाजस्तै हो। त्यो जहाँ गए तापनि सफल हुन्छ।
हितोपदेश 18:16मानिसको उपहारले बाटो खोली उसलाई महत्त्वपूर्ण मानिसको सामु ल्याउन सक्छ।
हितोपदेश 21:14गुप्तमा दिइएको उपहारले रिस मारिदिन्छ, र लुकाएर दिइएको उपहारले बल्दो क्रोधलाई शान्त पारिदिन्छ।
- घूसलाई घृणा गर्ने बाँच्नेछहितोपदेश 15:27
पदहरू
हितोपदेश 15:27चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ।
- घूसले हृदय भ्रष्ट पार्छउपदेशक 7:7
पदहरू
उपदेशक 7:7करकापले निश्चय नै बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ, र घुसले हृदयलाई भ्रष्ट पार्छ।
- अगमवक्ताहरूले घूस मन पराउने शासक र न्यायकर्तालाई दोष लगाउँछन्यशैया 1:23, यशैया 5:23, मिका 3:11, मिका 7:3, आमोस 5:12
पदहरू
यशैया 1:23तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन्। हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्छन्। तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन्।
यशैया 5:23जसले घुस लिएर दुष्टलाई छोडिदिन्छ र निर्दोषलाई उसको अधिकार हनन् गर्छ!
मिका 3:11तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन्। तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्न? हामीमाथि कुनै खराबी आइपर्नेछैन।”
मिका 7:3तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन्। शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ। यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन्।
आमोस 5:12किनकि तिमीहरूका अपराधहरू कति छन् अनि तिमीहरूका पाप कति ठुला छन् भनी म जान्दछु— तिमीहरू जसले धर्मीलाई कष्ट दिन्छौ, घूस लिन्छौ, र सहरको मूलद्वारका दरिद्रहरूको न्यायहरण गर्छौ
उदाहरणहरू
- शमूएलका छोराहरू घूस लिन्छन् र न्याय बङ्ग्याउँछन्१ शमूएल 8:3
पदहरू
१ शमूएल 8:3तिनका छोराहरू तिनका मार्गहरूमा हिंडेनन्, तर बेइमानपूर्ण लाभको पछि लागे। तिनीहरूले घूस लिए र न्यायलाई भ्रष्ट बनाए।
- शिमशोनलाई धोका दिन पलिश्ती शासकहरूले दलीलालाई चाँदी दिने प्रस्ताव गर्छन्न्यायकर्ताहरू 16:5
पदहरू
न्यायकर्ताहरू 16:5पलिश्तीहरूका शासकहरू त्यस स्त्रीकहाँ आए, र भने, “शिमशोनलाई छल गरेर त्यसको त्यो ठुलो बल केमा रहेको छ, र कसरी हामी त्यसको शक्तिलाई हामी हराउन सक्छौं भन्ने कुरा थाहा गर, ताकि हामीले त्यसलाई बाँधेर त्यसलाई लज्जीत पार्न सकौं। यो काम गर, र हामी हरेकले तिमीलाई चाँदीका १,१०० सिक्का दिनेछौं।”
- आसाले मन्दिरको चाँदी र सुन बेन-हददलाई पठाउँछन्१ राजाहरू 15:18–19
पदहरू
१ राजाहरू 15:18–19त्यसपछि आसाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारहरूमा छाडिएका सबै चाँदी र सुन लिए। तिनले ती आफ्ना अधिकारीहरूका हातमा दिए, र त्यसलाई तब्रिमोनका छोरा, हेज्योनका नाति अरामका राजा बेन-हददकहाँ पठाइदिए जो दमस्कसमा बस्थे। तिनले भने, “मेरा पिता र तपाईंका पिताको बिचमा भएजस्तै तपाईं र मेरो बिचमा एउटा करार बाँधियोस्। हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुनको उपहार पठाएको छु। इस्राएलका राजा बाशासितको करार तोड्नुहोस् ताकि तिनले मलाई एकलै छाडून्।”
- आहाजले मन्दिरको चाँदी र सुन अश्शूरका राजालाई पठाउँछन्२ राजाहरू 16:8
पदहरू
२ राजाहरू 16:8त्यसैले आहाजले परमप्रभुको मन्दिरमा भेट्टाइएका चाँदी र सुन अनि राजदरबारका धन-सम्पति लिए र अश्शूरका राजाकहाँ उपहारको रूपमा ति पठाए।
- मन्दिरको पुनर्निर्माण बिथोल्न सल्लाहकारहरूलाई भाडामा लिइन्छएज्रा 4:5
पदहरू
एज्रा 4:5यहूदीहरूका योजनालाई निराश तुल्याउन तिनीहरूले सल्लाहकारहरूलाई घुस पनि दिए। तिनीहरूले फारसका राजा कोरेसको शासनकाल र दाराको शासनकालभरि नै यसो गरे।
- नहेम्याहलाई डराएर मन्दिरमा लुकाउन शमायाहलाई भाडामा लिइन्छनहेम्याह 6:10–13
पदहरू
नहेम्याह 6:10–13म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ, जो आफ्नै घरमा बन्दी बनाइएका थिए। तिनले भने, “हामी परमेश्वरको मन्दिरभित्र भेटौँ, र मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरूलाई तपाईंलाई मार्न आउँदै छन्। तपाईंलाई मार्न तिनीहरू रातमा आउँदै छन्।” मैले जवाफ दिएँ, “के मजस्तो मान्छे भाग्छ र? के मजस्तो मान्छे आफ्नै जीवन बचाउन मन्दिरभित्र जान सक्छ र? म भित्र जाने छैनँ।” परमेश्वरले तिनलाई पठाउनुभएको होइन, तर तिनी आफैले मेरो विरुद्धमा अगमवाणी गरेका थिए भनी मैले महसुस गरेँ। तोबिया र सन्बलतले तिनलाई भाडामा लिएका थिए। तिनले भनेझैँ गरेर पाप गर्न र मेरो अपमान हुने गरी मेरो ख्याति बिगार्न तिनीहरूले तिनलाई भाडामा लिई मलाई डराउन चाहन्थे।
- यहूदीहरूविरुद्ध आदेशका निम्ति हामान दस हजार तोडा दिने प्रस्ताव गर्छन्एस्तर 3:9
पदहरू
एस्तर 3:9राजालाई खुसी लागेमा तिनीहरूलाई मार्ने आदेश दिनुहोस्, र यो काम गर्ने राजाका कर्मचारीहरूका निम्ति म राजकोषमा जम्मा गर्न तिन लाख किलो चाँदी दिनेछु।”
- मुख्य पुजारीहरूले यहूदालाई तीस चाँदीका टुक्रा दिन्छन्मत्ती 26:15
पदहरू
मत्ती 26:15र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्का छुट्ट्याइदिए।
- चेलाहरूले शव चोरे भन्न सिपाहीहरूलाई पैसा दिइन्छमत्ती 28:12–15
पदहरू
मत्ती 28:12–15जब पुजारीहरूले एल्डरहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए, र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र उनको मृत शरीरलाई चोरेर लगे।’ यदि यो खबर हाकिमकहाँ पुग्यो भने, हामी उहाँलाई राजी गराउनेछौँ र तिमीहरूलाई कुनै समस्यामा पर्न दिनेछैनौँ।” अनि ती सिपाहीहरूले पैसा लिए र उनीहरूलाई जस्तो निर्देशन दिइएको थियो, त्यस्तै गरे। यही खबर यहूदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ।
- राज्यपाल फेलिक्सले पावलले घूस देलान् भन्ने आशा गर्छन्प्रेरित 24:26
पदहरू
प्रेरित 24:26त्यही समयमा, पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए, त्यसैले तिनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्दथे।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार