Bible Explorer एप लिनुहोस्

खोजी गर्नुहोस् › विषयहरू › विधवाहरू

दैनिक जीवन

बाइबलमा विधवाहरू

पवित्र बाइबल (ULB) का 37 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।

व्यवस्थामा

  • कुनै विधवा वा टुहुरालाई दुर्व्यवहार नगरप्रस्थान 22:22–24
    पदहरू
    प्रस्थान 22:22–24विधवा वा अनाथलाई दुर्व्यवहार नगर्नू। तिनीहरूलाई सतायौ र तिनीहरूले मेरो पुकारा गरे भने म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु। मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरवारले मार्नेछु। तिमीहरूका पत्‍नीहरू विधवा बन्‍नेछन्, र तिमीहरूका छोराछोरीहरू अनाथ बन्‍नेछन्।
  • छुटेका बिटा, जैतून र दाख विधवाका निम्ति छोडिन्छन्व्यवस्था 24:19–21
    पदहरू
    व्यवस्था 24:19–21तिमीहरूले आफ्नो खेतमा फसलको कटनी गर्दा अन्‍नको एक बिटा बिर्सेका छौ भने त्यसलाई लिन फर्केर नजाओ। यो परदेशी, अनाथ वा विधवाको लागि होस् ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा आशिष् दिनुभएको होस्। तिमीहरूले भद्राक्षको रुखलाई हल्लाउँदा तिमीहरू फेरि हाँगाहरूमा नजाओ। यो परदेशी, अनाथ वा विधवाको लागि होस्। तिमीहरूले आफ्नो दाखबारीबाट दाख बटुल्दा तिमीहरूले फेरि सोहोरसाहर नगर्नू। छाडिएको चाहिँ परदेशी, अनाथ र विधावाको लागि हुने छ।
  • हरेक तेस्रो वर्षको दशांशले विधवा, टुहुरा र परदेशीलाई खुवाउँछव्यवस्था 14:28–29
    पदहरू
    व्यवस्था 14:28–29तिमीहरूले हरेक तिन वर्षको अन्त्यमा वर्ष-वर्षको उब्जनीको सबै दशांश ल्याउनू, र त्यसलाई तिमीहरूका सहरभित्र भण्डारण गर्नू। लेवीसित तिमीहरूसँगै कुनै हिस्सा वा सम्पत्ति नभएकोले लेवीसाथै तिमीहरूका सहरहरूभित्र भएका परदेशी, अनाथसाथै विधवा आएर ती खाऊन् अनि तृप्‍त होऊन्। यसो गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले गर्ने सबै कुरामा तिमीहरूलाई आशिष् देऊन्।
  • विधवाहरू पनि चाडहरूको आनन्दमा सहभागी हुन्छन्व्यवस्था 16:11, व्यवस्था 16:14
    पदहरू
    व्यवस्था 16:11परमप्रभु तिमीहरूका परमेश्‍वरले पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, सहरभित्र भएको लेवी र परदेशीसाथै तिमीहरूका बिचमा भएका अनाथ र विधवाले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ।
    व्यवस्था 16:14तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, लेवी र परदेशीसाथै तिमीहरूका सहरभित्र भएका अनाथ र विधवाले चाड अवधिमा आनन्द मनाओ।
  • विधवाको खास्टो धितोमा नलेऊव्यवस्था 24:17
    पदहरू
    व्यवस्था 24:17परदेशी वा अनाथले पाउने न्याय हरण गर्न दमन नगर। विधवाको ओढ्ने धरौटीको रूपमा नराख।
  • विधवाको भाकल उसैमाथि लागू हुन्छगन्ती 30:9
    पदहरू
    गन्ती 30:9तर विधवा र पतिसँग छुटिएकाको निम्ति, त्यसले आफैलाई बाँधेकी सबै कुरा त्यो विरुद्ध रहिरहने छ।
  • पुजारीकी निःसन्तान विधवा छोरीले बुबाको टेबलमा खान सक्छेलेवीहरू 22:13
    पदहरू
    लेवीहरू 22:13तर पुजारीकी छोरी विधवा, वा विच्‍छेद भएकी स्‍त्री हो, र त्यसको बालबच्‍चा छैन, र त्यो आफ्नो जवानीमा झैँ आफ्नै बुबाको घरमा बसोबास गर्न फर्की भने, त्यसले आफ्नो बुबाको भोजनबाट खान सक्छे। तर पुजारीको परिवारको सदस्य नभएको कसैले पनि पुजारीको भोजनबाट नखाओस्।
  • प्रधान पुजारीले विधवासँग विवाह गर्न हुँदैनलेवीहरू 21:14
    पदहरू
    लेवीहरू 21:14त्यसले विधवा, विच्‍छेद भएकी स्‍त्री, वा वेश्‍या बिहे नगरोस्। यस्ता स्‍त्रीहरूलाई त्यसले बिहे नगरोस्। त्यसले आफ्नै मानिसहरूबाट एउटा कन्या केटी नै बिहे गरोस्,
  • भाइले आफ्नो दाजुको निःसन्तान विधवासँग विवाह गर्छव्यवस्था 25:5–10
    पदहरू
    व्यवस्था 25:5–10सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्‍नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस्। बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्‍नी तुल्याओस्, र मृत लोग्‍नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस्। स्‍त्रीले जन्माउने पहिलो छोरोलाई मरेको व्यक्तिको नाउँ दिइयोस् ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस्। तर देवरले आफ्नी भाउजुलाई राख्‍ने इच्छा गरेन भने मुल ढोकामा गई भाउजुले धर्म-गुरुहरूलाई यसो भनोस्, 'मेरो देवरले इस्राएलमा त्यसको दाजुको नाउँ राख्‍न इन्कार गर्छ। त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य गर्दैन।' तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर त्यससित कुराकानी गरून्। तर त्यसले 'म भाउजुलाई राख्‍न चाहन्‍नँ' भनी जिद्दी गर्‍यो भने भाउजु धर्म-गुरुहरूको उपस्थितिमा देवरकहाँ आई उसले त्यसको खुट्टाबाट जुत्ता फुकालेर त्यसको मुखमा थुकिदेओस्। भाउजुले यसो भनोस्, 'आफ्नो दाजुको घर निर्माण नगर्ने मानिसलाई यसै गरिन्छ।' इस्राएलमा त्यसको नाउँलाई 'जुत्ता फुकालिएको घर' भनिने छ।

भनाइहरू

  • परमेश्‍वर विधवाहरूका रक्षक हुनुहुन्छभजनसंग्रह 68:5, भजनसंग्रह 146:9
    पदहरू
    भजनसंग्रह 68:5अनाथहरूका बुबा, विधवाहरूका न्यायकर्ता पवित्र स्थानमा बास गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ।
    भजनसंग्रह 146:9परमप्रभुले देशमा विदेशीको सुरक्षा गर्नुहुन्छ। उहाँले अनाथ र विधवालाई माथि उठाउनुहुन्छ। तर उहाँले दुष्‍टहरूको विरोध गर्नुहुन्छ।
  • अगमवक्ताहरू: विधवाको मुद्दा लडयशैया 1:17, यर्मिया 22:3, जकरिया 7:10
    पदहरू
    यशैया 1:17असल गर्न सिक। न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर।”
    यर्मिया 22:3परमप्रभु यसो भन्‍नुहुन्छः न्याय र धार्मिकता कायम राख, अनि लुटिएको कुनै व्यक्तिलाई थिचोमिचो गर्नेको हातबाट छुटकारा देओ। तिमीहरूको देशमा भएका कुनै पनि विदेशी वा अनाथ वा विधवालाई दुर्व्यवहार नगर। यस ठाउँमा हिंसा नगर वा निर्दोष रगत नबगाओ।
    जकरिया 7:10विधवा र टुहुरा, परदेशी, र गरिब मानिसमाथिअत्याचार नगर, र कसैले पनि आफ्नो हृदयमा अर्काको विरुद्ध खराबीको योजना नबनाओस्।’
  • अय्यूब: मैले विधवाको हृदयलाई आनन्दले गाउन लगाएँअय्यूब 29:13, अय्यूब 31:16
    पदहरू
    अय्यूब 29:13मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो। विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ।
    अय्यूब 31:16गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,
  • येशूले विधवाका घर हडप्ने मानिसहरूदेखि होसियार गराउनुहुन्छमर्कूस 12:40
    पदहरू
    मर्कूस 12:40तिनीहरूले विधवाहरूको घर खान्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन्। यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन्।”
  • पावल: परिवारले आफ्नै विधवाहरूको पालन गरोस्१ तिमोथी 5:3–5, १ तिमोथी 5:16
    पदहरू
    १ तिमोथी 5:3–5जो साँचो विधवाहरू हुन् तिनीहरूको आदर गर। तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून। तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो। तर वास्तविक विधवा एक्लै छोडिन्‍छन्। तिनको आत्‍मा भरोसा परमेश्‍वरमा नै हुन्छ। तिेनी रातदिन बिन्ती र प्रार्थनामा रहन्‍छिन्।
    १ तिमोथी 5:16यदि कोही विश्‍वासी स्‍त्रीसँग बिधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक बिधुवाहरूको सहायता गर्न सकोस्।
  • सहायताको सूचीमा राखिने विधवा कम्तीमा साठी वर्षकी हुनुपर्थ्यो१ तिमोथी 5:9–10
    पदहरू
    १ तिमोथी 5:9–10साठी वर्ष भन्दा कम उमेर नभएका एउटै पतिको पत्‍नी भएर बसेकी स्‍त्रीलाई मात्र विधवाको सूचीमा राख्‍नु। तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्‍वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन्।
  • विधवा फेरि विवाह गर्न स्वतन्त्र छे१ कोरिन्थी 7:39
    पदहरू
    १ कोरिन्थी 7:39स्‍त्री तिनको पति बाँचुञ्‍जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन्। तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्‍त्र हुन्छिन्, तर त्यो व्यक्‍ति प्रभुमा हुनुपर्छ।

उदाहरणहरू

  • तामार विधवाको पोशाकमा बुबाको घरमा विधवा भएर बस्छिन्उत्पत्ति 38:11, उत्पत्ति 38:14, उत्पत्ति 38:19
    पदहरू
    उत्पत्ति 38:11त्यसपछि यहूदाले आफ्नी बुहारी तामारलाई भने, “मेरो छोरो शेलह ठुलो नभएसम्म तिम्रा बुबाकै घरमा विधवा नै भएर बस।” किनभने अरू दाजुहरूझैँ शेलह पनि मर्छ कि भनेर उनी डराए। त्यसैकारण तामार तिनका बुबाकै घरमा बसिन्।
    उत्पत्ति 38:14तिनले विधवाको वस्‍त्र फुकालिन्, घुम्टोले आफ्नो टाउको र अनुहार ढाकिन् र अरूहरूले तिनलाई नचिनून् भनेर आफैँलाई कपडाले ढाकिन्। तिनी तिम्‍नाको बाटोमा रहेको एनैमको द्वारमा बसिन्। किनकि शेलह ठुलो भइसकेका तर तिनलाई उनकी पत्‍नी हुनलाई नदिइएको तिनले देखिन्।
    उत्पत्ति 38:19त्यसपछि तिनी उठेर गइहालिन्। तिनले आफ्नो घुम्टो हटाएर विधवाको वस्‍त्र लगाइन्।
  • नाओमीले मोआबमा आफ्ना पति र दुवै छोरा गुमाउँछिन्रूथ 1:3–5
    पदहरू
    रूथ 1:3–5त्यसपछि नाओमीका पति एलीमेलेक मरे र तिनी आफ्‍ना दुई छोराहरूसहित छोडिइन्। यी छोराहरूले मोआबका महिलाहरूमध्येबाट पत्‍नीहरू ल्याए। एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो। तिनीहरू त्यहाँ झण्डै दश वर्ष जति बसे। त्यसपछि नाओमीलाई पति र आफ्ना दुई सन्तानविहीन पारेर महलोन र किल्योन दुवै मरे।
  • रूथ नाओमीलाई खुवाउन खेतमा सिला बटुल्छिन्रूथ 2:2–3
    पदहरू
    रूथ 2:2–3मोआबी महिला रूथले नाओमीलाई भनिन्, “खेतहरूका अन्‍नका बालाहरूमाझ रहेका शिला-बाला खोज्न मलाई जान दिनुहोस्। मैले जसको दृष्‍टिमा कृपा पाउँछु, म तिनलाई नै पछ्याउनेछु।” त्यसैले नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी।” रूथ गइन् र तिनीहरूले कटनी गरेपछि रहेका अन्‍नहरूको शिला-बाला खोजिन्। तिनी एलिमेलेकका कुलका बोअजको खेतका खण्डमा आइपुगिन्।
  • तकोकी एउटी स्त्री दाऊदको सामु विधवाको बहाना गर्छे२ शमूएल 14:2–5
    पदहरू
    २ शमूएल 14:2–5योआबले तकोमा खबर पठाए र एउटा बुद्धिमानी स्‍त्रीलाई तिनीकहाँ ल्याउन लगाए। तिनले उनलाई भने, “कृपया तिमी शोकमा परेको बहाना गर र शोकको लुगा लगाऊ। आफूलाई तेल नलगाऊ, तर मरेको मानिसको निम्ति लामो समयदेखि शोकमा परेकी स्‍त्रीजस्तो होऊ। अनि राजाकहाँ जाऊ र तिनलाई मैले बताएको कुरामा बारेमा बताऊ।” यसरी उनले राजालाई भन्‍नुपर्ने कुरा योआबले उनलाई भने। तकोकी ती स्‍त्रीले राजासँग कुरा गर्दा, उनले आफ्‍नो अनुहार भुईंमा घोप्‍टो पारिन् र भनिन्, “हे महाराजा, मलाई सहायता गर्नुहोस्।” राजाले उनलाई भने, “के खराबी भयो?” उनले जवाफ दिइन्, “सत्य कुराचहिं म एउटी विधवा हुँ र मेरा पति मरिसकेका छन्।
  • सोलोमनका काँसाका कारीगर हुराम एक विधवाका छोरा थिए१ राजाहरू 7:14
    पदहरू
    १ राजाहरू 7:14हुराम नप्ताली कुलकी एउटी विधवाका छोरा थिए। तिनका पिता टुरोसवासी काँसाका कारिगर थिए। हुराम बुद्धि र समझशक्तिले भरिएका र काँसाका महान् काम गर्ने सिप भएका मानिस थिए। सोलोमन राजाको लागि काँसाको काम गर्न तिनी राजाकहाँ आए।
  • यारोबामकी आमा सेरूआ विधवा थिइन्१ राजाहरू 11:26
    पदहरू
    १ राजाहरू 11:26तब नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए। तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एफ्राइमी थिए। तिनकी विधवा आमा सेरूआ थिइन्।
  • सारपातकी विधवासँग एक मुट्ठी पीठो र अलिकति तेल मात्र छ१ राजाहरू 17:10–16
    पदहरू
    १ राजाहरू 17:10–16त्यसैले तिनी उठेर सारपातमा गए। तिनी सहरको मुल ढोकामा आइपुग्दा एउटी विधवाले दाउरा बटुल्दै थिइन्। तिनले उनलाई डाकेर भने, “मलाई पिउनलाई यो भाँडोमा थोरै पानी ल्याइदिनुहुन्छ कि?” उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस्।” उनले भनिन्, “परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि मसित कुनै रोटी छैन, तर भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलकति तेल छ। हेर्नुहोस्, म र मेरो छोरोको लागि खाना बनाई खाएर हामी नमरूँ भनी मैले दुईचार टुक्रा दाउरा बटुल्दै छु।” एलियाले उनलाई भने, “नडराऊ। गएर मैले भनेझैँ गर, तर पहिले मेरो निम्ति सानो रोटी बनाएर ल्याऊ। त्यसपछि तिमी र तिम्रो छोरोको निम्ती केही रोटी बनाऊ। किनकि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'परमप्रभुले पृथ्वीमा वृष्टि नपठाउञ्जेलसम्म पिठोको भाँडो रित्तो हुने छैन, न त ढुङ्ग्रोबाट तेल आउन रोकिने छ।” त्यसैले उनले एलियाले भनेझैँ गरिन्। उनी र एलियालगायत उनको घरानाले धेरै दिनसम्म खाए। परमप्रभुले एलियाद्वारा बोल्नुभएको वचनले भनेझैँ पिठोको भाँडो रित्तो भएन, न त ढुङ्ग्रोबाट तेल आउन रोकियो।
  • एलीशाले तेलद्वारा एउटी विधवाका छोराहरूलाई साहूबाट बचाउँछन्२ राजाहरू 4:1–7
    पदहरू
    २ राजाहरू 4:1–7अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ। अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन्।” त्यसैले एलीशाले तिनलाई भने, “तिम्रो निम्ति म के गरौं? घरमा तिमीसँग के छ मलाई भन।” तिनले भनिन्, “तपाईंका दासीको घरमा एउटा भाँडोमा तेलबाहेक केही छैन।” तब एलीशाले भने, “तिम्रा छिमेकीहरूबाट रित्ता भाँडाहरू पैँचो माग्‍न जाऊ। सकेजति धेरै पैँचो माग। त्यसपछि तिमी भित्र जाऊ र तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गर, अनि ती सबै भाँडामा तेल खन्याऊ। भरिएका भाँडाहरू एकापट्टि राख।” त्यसैले तिनी एलीशाबाट विदा भइन्, र तिनले आफ्ना छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गरिन्। तिनीहरूले तिनीकहाँ भाँडाहरू ल्याए, र तिनले ती तेलले भरिन्। जब ती भाँडाहरू भरिए तब तिनले आफ्नो छोरोलाई भनिन्, “अर्को भाँडा मकहाँ ल्याऊ।” तर उसले तिनलाई भन्‍यो, “अब एउटै भाँडा पनि छैन।” त्यसपछि तेल आउन पनि छाड्यो। तब तिनी आइन् र परमेश्‍वरका मानिसलाई त्यो कुरो बताइन्। तिनले भने, “गएर तेल बेच। तिम्रो ऋण तिर, र आफ्ना छोराहरूसित आरामसित बस।”
  • चौरासी वर्षसम्म विधवा हन्ना कहिल्यै मन्दिर छोड्दिनथिन्लुका 2:36–38
    पदहरू
    लुका 2:36–38एक जना हन्‍ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन्। उनी आशेर कुलकी फनुएलकी छोरी थिइन्। उनी धेरै वृद्ध भइसकेकी थिइन्। विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन्। त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन्। उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्‍वरको आराधना गर्दै रहिन्। त्यही समयमा उनी त्यहाँ आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन्। यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन्।
  • एउटी गरिब विधवाले भण्डारमा तामाका दुई साना सिक्का हाल्छिन्मर्कूस 12:41–44
    पदहरू
    मर्कूस 12:41–44त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्‍ने बस्‍नुभयो। मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो। धेरै धनी मानिसले ठुलो रकम हाले। त्यसपछि त्यहाँ एक जना गरिब विधवा आइन् र दुई सिक्‍का हालिन्। उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन्। किनभने सबैले आ-आफ्ना प्रशस्‍तताबाट दिए। तर यी विधवाले आफ्नो गरिबीबाट तिनी जिउनुपर्ने सबै पैसा हालिन्।”
  • येशूले नाइनकी एउटी विधवाको एक मात्र छोरालाई जीवित पार्नुहुन्छलुका 7:11–15
    पदहरू
    लुका 7:11–15त्यसको केही समयपछि येशू नाइन भन्‍ने सहरमा यात्रा गरिरहनुभएको थियो। मानिसहरूको एउटा ठुलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए। जब उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो। त्यो उसकी आमाको एक मात्र छोरो थियो। तिनी एउटी विधवा थिइन् र सहरबाट आएको एउटा भिड तिनीसँगै थियो। तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ।” तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्‍नेहरू टक्‍क अडिए। उहाँले भन्‍नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ।” मृत मानिस उठ्यो र बोल्न थाल्यो। तब येशूले उसलाई उसकी आमालाई सुम्पनुभयो।
  • दैनिक भोजन बाँड्दा ग्रीक-भाषी विधवाहरू छुटाइन्छन्प्रेरित 6:1
    पदहरू
    प्रेरित 6:1ती दिनमा जब चेलाहरूको सङ्ख्या गुणात्मक रूपमा बढ्दै गयो ग्रिक भाषा बोल्ने यहूदीहरूले हिब्रूहरूको विरुद्धमा गनगन गर्न थाले किनकि तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिँदै थियो।
  • विधवाहरूले पत्रुसलाई डोरकासले बनाएका लुगा देखाउँछन्प्रेरित 9:39
    पदहरू
    प्रेरित 9:39पत्रुस उठे र तिनीहरूसँगै गए। तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। पत्रुसको नजिकै बसेका सबै विधवाहरू रुँदै थिए र तिनीहरूले डोरकास तिनीहरूसँग छँदा उनले बनाएका वस्‍त्रहरू र अरू पोशाकहरू तिनलाई देखाउँदै थिए।

स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार