खोजी गर्नुहोस् › विषयहरू › टेबल र भोजन
दैनिक जीवन
बाइबलमा टेबल र भोजन
पवित्र बाइबल (ULB) का 36 खण्ड, पङ्क्ति-पङ्क्ति गरी।
टेबलहरू
- एलीशाको सानो कोठामा ओछ्यान, टेबल, कुर्सी र बत्ती२ राजाहरू 4:10
पदहरू
२ राजाहरू 4:10कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ। तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्नेछन्।”
- सत्तरी जना राजाले अदोनी-बेजेकको टेबलमुनि टुक्राटाक्री बटुल्थेन्यायकर्ताहरू 1:7
पदहरू
न्यायकर्ताहरू 1:7अदोनी-बेजेकले भने, “हात र खुट्टाका बुढी औंला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्नो निम्ति भोजन बाटुल्थे। मैले जस्तो गरेको थिएँ, परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ।” तिनीहरूले उनलाई यरूशलेममा ल्याए, र उनी त्यहीं मरे।
- पवित्र पालको टेबल: सुनले मोहोरिएको सितिम काठ, बोक्ने डन्डासहितप्रस्थान 25:23–28
पदहरू
प्रस्थान 25:23–28तैँले बबुल काठको एउटा टेबुल बनाउनू। यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हातको होस्। तैँले यसलाई निखुर सुनले मोहर्नू र यसको चारैतिर सुनको बिट लगाउनू। त्यसको चारैतिर चार अङ्गुल चौडा भएको घेरो बनाउनू र घेरोको वरिपरि सुनको बिट लगाउनू। टेबुलको लागि सुनका चारवटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई चार खुट्टा भएका चारवटै कुनामा लगाउनू। टेबुललाई बोक्नलाई डन्डाहरूका लागि ठाउँ हुन ती मुन्द्राहरू घेरोको छेउमा होऊन्। टेबुललाई तीसँगै बोक्न सकियोस् भनी बबुल काठबाट डन्डाहरू बनाउनू र
- हरेक शबाथ सुनको टेबलमा दुई लहरमा बाह्र रोटी राखिन्छन्लेवीहरू 24:5–8
पदहरू
लेवीहरू 24:5–8तैँले मसिनो पिठो लिएर बाह्रवटा रोटी बनाउनू। हरेक रोटीमा एक पाथी पिठो होस्। त्यसपछि परमप्रभुको अगि शुद्ध सुनको टेबुलमाथि छ-छवटा गरी ती दुई ताँतीमा राख्नू। रोटीहरूका दुवै ताँतीमा सम्झनाको भेटीस्वरूप शुद्ध धूप राख्नू। यही धूप परमप्रभुको निम्ति होमबलि हुने छ। हरेक शबाथ दिनमा अनन्तको करारको चिन्हस्वरूप इस्राएलका मानिसहरूको खातिर प्रधान पुजारीले परमप्रभुको अगि त्यो रोटी राखोस्।
- मन्दिरका निम्ति सुनका टेबल र चाँदीका टेबल१ इतिहास 28:16
पदहरू
१ इतिहास 28:16उपस्थितिको रोटीको हरेक टेबलको निम्ति सुनको तौल, र चाँदीका टेबलहरूका निम्ति चाँदीको तौल तिनले तोकिदिए।
- येशूले पैसा साट्नेहरूका टेबल उल्टाउनुहुन्छयूहन्ना 2:15
पदहरू
यूहन्ना 2:15त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो। उहाँले पैसा साट्नेहरूको पैसा छरपष्ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो।
- टेबलमुनिका कुकुरहरूले बालबालिकाका टुक्राटाक्री खान्छन्मत्ती 15:27, मर्कूस 7:28
पदहरू
मत्ती 15:27तिनले भनिन्, “हो, प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही स-साना टुक्राहरू खाँदछन्।”
मर्कूस 7:28तर तिनले जवाफ दिएर उहाँलाई भनिन् “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबलबाट झरेको रोटीका टुक्राहरू त खान्छन् नि।”
- लाजरस धनी मानिसको टेबलबाट झरेका टुक्राका निम्ति तरसिन्छन् (दृष्टान्त)लुका 16:21
पदहरू
लुका 16:21उसले त्यस धनी मानिसको टेबलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो र त्यसबाहेक, कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे।
- तिम्रो टेबलको वरिपरि तिम्रा छोराहरू जैतूनका मुनाजस्ताभजनसंग्रह 128:3
पदहरू
भजनसंग्रह 128:3तिम्रो घरमा तिम्री पत्नी फल्दोफुल्दो दाखको बोटजस्तो हुनेछिन्। तिम्रा छोराछोरी टेबलको वरिपरि बस्दा तिनीहरू जैतूनका रूखहरूझैं हुनेछन्।
बस्ने र ढल्किने
- पाहुनाहरू खाँदा अब्राहाम रूखमुनि उनीहरूको छेउमा उभिन्छन्उत्पत्ति 18:8
पदहरू
उत्पत्ति 18:8तिनले दही, दूध र त्यो तयार गरिएको बाछाको मासु लगेर उनीहरूका सामु टक्र्याए। उनीहरूले खाँदा तिनी उनीहरूकै नजिक रूखमुनि उभिए।
- खाने बेलामा रूथ कटनी गर्नेहरूको छेउमा बस्छिन्रूथ 2:14
पदहरू
रूथ 2:14खाने बेलामा बोअजले रूथलाई भने, “यहाँ आऊ, र केही रोटी खाऊ र तिम्रो रोटीको टुक्रा सिर्कामा चोप।” तिनी कटनी गर्नेहरूको छेउमा बसिन् र तिनले तिनलाई केही भुटेको अन्न दिए। तिनले अघाइन्ञ्जेलसम्म खाइन् र केही उबारिन्।
- रानी एस्तर ढल्किरहेको आसनमा हामान घोप्टो पर्छन्एस्तर 7:8
पदहरू
एस्तर 7:8तब राजमहलको बगैँचाबाट दाखमद्य बाँडिएको कोठामा राजा फर्केर आए। हामानचाहिं भर्खरै एस्तर बसिरहेको सोफाको छेउमा पसारो परेका थिए। राजाले भने, “के मेरै उपस्थिति मेरै घरमा त्यसले रानीलाई बलात्कार गर्न खोज्छ?” राजाको मुखबाट यो वाक्य बाहिर निस्कनेबित्तिकै अधिकारीहरूले हामानको अनुहार छोपे।
- येशू बाह्र जनासँग टेबलमा ढल्किनुहुन्छमत्ती 26:20
पदहरू
मत्ती 26:20जब साँझ पर्यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्नुभयो।
- येशूको छेउमा ढल्किरहेका एक चेला उहाँलाई सोध्न पछाडि ढल्किन्छन्यूहन्ना 13:23–25
पदहरू
यूहन्ना 13:23–25उहाँका चेलाहरूमध्ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लगेर ढल्किरहेका थिए। यसकारण सिमोन पत्रुसले यो चेलालाई इसारा गरेर भने, “उहाँले हामीमध्ये कसको बारेमा भन्दै हुनुहुन्छ, हामीलाई भन।” त्यसैले, तिनी येशूको छातीमा ढल्किएर बसे, र उहाँलाई भने, “प्रभु, यो को हो?”
- एक फरिसीले येशूलाई खान बोलाउँछ, र उहाँ टेबलमा ढल्किनुहुन्छलुका 7:36
पदहरू
लुका 7:36अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो। त्यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो, भोजन खानलाई टेबुलमा गएर बस्नुभयो।
- मार्था सेवा गर्छिन्, र लाजरस येशूसँग टेबलमा ढल्किन्छन्यूहन्ना 12:2
पदहरू
यूहन्ना 12:2त्यसकारण, तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे। मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन् र लाजरस येशूसँगै टेबलमा ढल्किरहेकाहरूमध्ये एक जना थिए।
- पाँच हजार मानिस सय-सय र पचास-पचासको समूहमा घाँसमा बस्छन्मर्कूस 6:39–40, लुका 9:14
पदहरू
मर्कूस 6:39–40उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्ने आज्ञा गर्नुभयो। उनीहरू सय र पचासको समूह- समूहमा बसे।
लुका 9:14त्यहाँ पाँच हजारभन्दा बढी मानिस थिए। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्न लगाओ।”
कसले कोसँग खायो
- दाऊद शाऊलको टेबलमा आउँदैनन्; जोनाथन रिसाएर टेबल छोड्छन्१ शमूएल 20:29, १ शमूएल 20:34
पदहरू
१ शमूएल 20:29तिनले भने, “कृपया मलाई जान दिनुहोस्। किनकि हाम्रो परिवारको सहरमा एउटा बलिदान छ, र म त्यहाँ हुनुपर्छ भनी मेरो दाजुले मलाई आदेश दिएका छन्। मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने, कृपया मलाई जान र आफ्ना दाजुहरूलाई भेट्न दिनुहोस्।' यसकारण तिनी राजासँग खानलाई टेबलमा आएका छैनन्।”
१ शमूएल 20:34जोनाथन रिसले आगो भएर टेबलबाट उठे र महिनाको दोस्रो दिन कुनै खाने कुरा खाएनन्, किनकि दाऊदको निम्ति तिनी शोकित भए, किनकि तिनका बुबाले उनको अनादर गरेका थिए।
- सोलोमनको टेबलमा आउने सबैका निम्ति प्रशासकहरूले खानेकुरा जुटाउँछन्१ राजाहरू 4:27
पदहरू
१ राजाहरू 4:27जिल्ला-जिल्लाका अधिकृतहरूले प्रत्येक महिना पालैपालो राजा सोलोमन र तिनको टेबुलमा बसेर खानेहरू सबैका निम्ति भोजन जुटाउँथे। तिनीहरूलाई कुनै कुराको कमी थिएन।
- सोलोमनको टेबल र सेवकहरूको बसाइ देखेर शेबाकी रानी छक्क पर्छिन्१ राजाहरू 10:4–5
पदहरू
१ राजाहरू 10:4–5जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि, तिनले बनाएका राजदरबार, तिनको टेबुलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, तिनका अधिकारीहरूका काम र तिनीहरूका पोशाक, सेवा टहल गर्ने नोकर-चाकरहरू, तिनले परमप्रभुको घरमा बलिदान गर्ने होमबलिको तरिका देखिन्, तब उनी अवाक् भइन्।
- पाहुनाबाहेक धेरै यहूदी र अधिकारीहरू नहेम्याहको टेबलमा खान्छन्नहेम्याह 5:17
पदहरू
नहेम्याह 5:17हाम्रा वरिपरि भएका जाति-जातिहरूबाट आउने मानिसहरूबाहेक मेरो टेबुलमा यहूदीहरू र अधिकारीहरू गरी जम्मा १५० जना हुन्थे।
- यहोयाकीन जीवनभर बेबिलोनका राजाको टेबलमा खान्छन्२ राजाहरू 25:29
पदहरू
२ राजाहरू 25:29एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू उतारे, र यहोयाकीनले आफ्नो बाँकी जीवनकालभरि राजाको टेबुलमा बसेर नियमित रूपमा खाए।
- येशू मत्तीको घरमा कर उठाउने र पापीहरूसँग खानुहुन्छमत्ती 9:10–11, मर्कूस 2:15–16, लुका 15:2
पदहरू
मत्ती 9:10–11जब येशू खाना खान घरमा बस्नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए। जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”
मर्कूस 2:15–16जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै पापीहरू, कर उठाउनेहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्याएका थिए। जब शास्त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्छ?”
लुका 15:2फरिसीहरू र शास्त्रीहरू एक-अर्कासँग गनगन गर्न थाले र भने, “यस मानिसले पापीहरूलाई स्वागत गरी तिनीहरूसँग खाने गर्दछ।”
- मलाई धोका दिनेको हात मसँगै टेबलमा छलुका 22:21
पदहरू
लुका 22:21तर ध्यान देओ। मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै छ।
- बौरिनुभएका येशू: आओ, बिहानको खाना खाओयूहन्ना 21:12
पदहरू
यूहन्ना 21:12येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, र खाजा खाओ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्ने साहस गरेन।
- पहिलो विश्वासीहरू घर-घरमा रोटी भाँच्छन्प्रेरित 2:46
पदहरू
प्रेरित 2:46यसरी तिनीहरू दिनहुँ एकै उद्देश्यसहित मन्दिरमा भेला हुन्थे र तिनीहरूले घरघरमा रोटी भाँच्थे र हृदयको नम्रता र आनन्दसाथ एकअर्कामा भोजन बाँडचुँड गर्थे।
- बाह्र जना टेबलको सेवाका निम्ति प्रचार छोड्न चाहँदैनन्प्रेरित 6:2
पदहरू
प्रेरित 6:2बाह्र प्रेरितले चेलाहरूको समूहलाई बोलाएर भने, “खुवाउने-पियाउने काममा अल्झिन हामीले परमेश्वरको वचनलाई वेवास्ता गर्नु उपयुक्त हुँदैन।
- खतना नभएका मानिसहरूसँग खाएकोमा पत्रुसको आलोचना हुन्छप्रेरित 11:3
पदहरू
प्रेरित 11:3तिनीहरूले भने, “तपाईं बेखतनाका मानसिहरूसँग बस्नुभयो र तिनीहरूसँग खानुभयो।”
- एन्टिओखियामा पत्रुस गैरयहूदीहरूसँग खान छोड्छन्गलाती 2:12
पदहरू
गलाती 2:12याकूबबाट केही मानिसहरू आउनुअगि पत्रुस गैरयहूदीहरूसँग बसेर खाँदै थिए। तर जब यी मानिसहरू आए, उनले यो रोके र उनी गैरयहूदीहरूबाट टाढिए। उनी यी खतना गर्नैपर्ने मानिसहरूसँग डराए।
- झ्यालखानाको पालेले पावल र सिलासको अगाडि खाना राख्छप्रेरित 16:34
पदहरू
प्रेरित 16:34उनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूलाई खाना खुवाए। उनी उनका सबै घराना निकै रमाए किनभने उनीहरू सबैले परमेश्वरमा विश्वास गरेका थिए।
- अविश्वासीले निम्तो दियो? तिम्रो अगाडि जे राखिन्छ, त्यही खाऊ१ कोरिन्थी 10:27
पदहरू
१ कोरिन्थी 10:27तिमीहरूलाई विश्वास नगर्ने कुनै व्यक्तिले खानलाई निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर पनि प्रश्न नसोधी खाओ।
स्रोतहरू: पवित्र बाइबल (ULB) · © 2019 Door43 World Missions Community, CC BY-SA 4.0; changed: the translators' notes and the other readings typed into the verses, the speakers' labels in the Song of Songs and the letters over Psalm 119 left out, a few typing slips mended, verses in the app's numbering. · स्रोत र अधिकार